विकासन्युज

एलजी खुशीको डबल अपग्रेडको पहिलो भाग्यशाली विजेता घोषित

काठमाडौँ । एलजी नेपालले चाडपर्व २०७६ लाई लक्षित गरी ल्याएको खुशीको डबल अपग्रेड योजनामा खैरेनीका १ का गोविन्द अधिकारी विजेता घोषित भएका छन् । एलजी ब्राण्डका उत्पादनहरु जस्तै टेलिभिजन रेफ्रिजेरेटर, वासिङ मेशिन, भ्याकुम क्लिनर, डिसवासर, माइक्रोवेभ र साउण्ड सिस्टमहरुको खरिद गर्नेहरु मध्ये लक्की ड्र मार्फत अधिकारी विजेता घोषित भएका हुन् । यो योजनामा विजेता हुँदै उनले अनेकौँ इनोभेटिभ प्रोडक्हरुले आफु र आफ्नो घरलाई डबल अपग्रेड गर्ने मौका प्राप्त गरेका हुन् । यो योजना अझै बाँकी छ । यस योजनाको लाभ उठाउनको लागि एलजीका सामाग्रीहरु खरिद गरी ३४३४३ मा म्यासेज पठाउन र खुशीको डबल अपग्रेड अफरको लाभ उठाउन कम्पनीले अनुरोध गरेको छ ।

लक्ष्मी बैंकको ११६औँ शाखा काठमाण्डाैंको तहाचलमा

काठमाडौं । लक्ष्मी बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा ११६औँ शाखा काठमाण्डोैंको तहाचलमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । उक्त नयाँ शाखाको साथ लक्ष्मी बैंकको शाखा सञ्जाल ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १ सय ४० एटिएम, २५सय भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

खप्तड लघुजलविद्युत् आयोजनाः साढे दुई कराेड लागतमा ६० मेगावट विद्युत उत्पादन

अछाम । सुन्दर पर्यटकीय क्षेत्र खप्तडमा विद्युत् उत्पादन शुरु भएको छ । अछामको साँफेबगर नगरपालिका–१२ मा ६० किलोवाटको खप्तड लघुजलविद्युत् परियोजनाले उत्पादन शुरु गरेको हो । विसं २०७० देखि निर्माण कार्य शुरु भएको सो आयोजना निर्माणमा वैकल्पिक ऊर्जाको रु एक करोड २७ लाख ५० हजार, गरिबी निवारण कोषको २५ लाख, २०७० मा तत्कालीन निर्वाचन क्षेत्र विकास कोषबाट १५ लाख, तत्कालीन जिल्ला विकास समितीबाट पाँच लाख खर्च भएको थियो । आयोजनाको लागि पछिल्लो समय खप्तड क्षेत्र पर्यटन विकास समितिबाट १४ लाख, साँफेबगर नगरपालिकाबाट १३ लाख, साँफेबगर नगरपालिका १२ नं. वडाबाट पाँच लाख २० हजार, पूर्वाधार विकास कार्यक्रम अछाम क्षेत्र नं. १ बाट १५ लाख, सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट २० लाख आर्थिक सहयोग भएको आयोजनाका अध्यक्ष खकेन्द्र कडायतले जानकारी दिएका छन् । हाल आयोजनाको कूल लागत रु दुई करोड ६८ लाख ५९ हजार पुगेको र ६० किलोवाट विद्युत् उत्पादन भइरहेको अध्यक्ष कडायतले बताए । विद्युत् सुचारु भएसँगै खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाली सेनाको व्यारेक, खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय, छिमेकी जिल्ला बाजुराको छेडेदह गाउँपालिकाको वडा नं. १ र २ तथा खप्तडका सबै टोलका बासिन्दाले विद्युत् उपभोग गर्ने भएका छन । बिहीबार बिहान सो विद्युत् आयोजनाको उद्घाटन गर्दै पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले अब खप्तडमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने बताएका छन् । खप्तडमा विद्युत्को पहुँच हुँदा यहाँ आउने पर्यटकलाई सहज हुने भएकाले अझ बढी पर्यटक भित्रिने धारणा व्यक्त गरे । उनले दूरदराजका बासिन्दालाई अन्धकारबाट मुक्त गर्न र पर्यटन प्रर्वद्धन गर्न लघुजलविद्युत् आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने समेत बताए । कार्यक्रममा राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, सुदूरपश्चिम प्रदेशसभा सदस्य हर्कबहादुर कुँवर, साँफेबगर नगरप्रमुख कुलबहादुर कुँवर, नेकपा अछामका जिल्ला कमिटी सचिव झपट साँउद र अन्य जनप्रतिनिधिलगायत सहभागी रहेको थियो ।

यसकारण प्रख्यात छ १५० सीसीको ‘बेनेली टिएनटि १५० आई’, मूल्य कति ?

काठमाडौं । नेपालका लागि बेनेली मोटरसाइकल्सको आधिकारिक बिक्रेता केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रालिले केही महिना अघि ‘टिएनटि १५० आई’ लाई नेपालमा सार्वजनिक गरेको थियो । नेपाली बजारमा तीन लाख १५ हजार रुपैयाँ मूल्य तोकिएको सो मोटरसाइकल १५० सीसीको एउटा बहुप्रतिक्षित नेकेड मोटरसाइकल हो । बेनेली टिएनटि १५० आई एउटा मोडर्न फिचरहरु भएको प्रिमियम लुकिङ्ग मोटरसाइकल हो जसको डिजाइन टिएनटि ३०० आई सँग मिल्दोजुल्दो रहेको छ । यस बाइकमा दिइएको रातो रङ्गको फ्रेमले बाइकलाई आकर्षक बनाएको छ । टिएनटि १५० आईमा फुल-डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, हेलोजेन हेडलाइट, एलइडि ब्याकलाइट, एलइडि साइड इन्डिकेटर्स, एलइडि डिआरएलहरु लगायतका फिचर्स दिइएका छन् । यस बाइकमा प्रयोग भएको इञ्जिन १४९.५ सीसी सिङ्गल-सिलिण्डर, लिक्विड-कुल्ड, ४-स्ट्रोक, ४-भल्व एफआई इञ्जिन हो । कम्पनीका अनुसार यो इञ्जिनले ९.५ किलोवाटको पावर र ९.५ एनएमकै टर्क प्रोड्युस गर्छ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स र वेट क्लच पनि दिइएको छ । १३.५ लिटरको फ्युल ट्याङ्क क्यापासिटि रहेको यस बाइकले दिने माइलेज ५० केएमपीएलको हाराहारी रहेको छ । फ्रन्टमा अपसाइड-डाउन फर्क र रियरमा मोनोशक दिइएको टिएनटि १५० आई को अगाडिको चक्कामा डुअल पिस्टन क्यालिपर डिस्क ब्रेक र पछाडिको चक्कामा भने सिङ्गल पिस्टन क्यालिपर डिस्क ब्रेक दिइएको छ । त्यसैगरी १४४ के.जी. कर्ब वेट भएको यस बाइकको ग्राउण्ड क्लियरेन्स चाहिँ १९० मिलिमिटर छ । कम्पनीले जनाए अनुसार अहिलेको चाडपर्वलाई लक्षित योजना अनुसार बेनेली टिएनटि १५० आई को खरिदमा दुई अलग स्क्र्याच कार्ड मार्फत प्रत्येक स्क्र्याचमा कम्तीमा सात हजार रुपैयाँ देखि लिएर एक लाख रुपैयाँ सम्मको नगद छुट प्राप्त गर्न सकिनेछ ।

तिहारमा २५ लाख माला खपत हुने, एउटा मालाको बढीमा ७० रुपैयाँ

काठमाडौं । पछिल्लो समय फूल उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ उन्मुख बन्दै गएको छ । फूल उत्पादनमा आत्मनिर्भरतर्फ उन्मुख भएसँगै यस वर्षको तिहारमा खपत हुने २५ लाख मालामध्ये दुई लाख ५० हजार माला मात्रै भारतबाट ल्याउने फ्लोरिकल्चर एसोसियशनले जनाएको छ । तिहार नजिकिएसँगै उपत्यकाभित्र रहेका पुष्प व्यवसायीले कोटेश्वरमा रहेको पुष्प कोलस्टोरमा माला तथा फूल जम्मा गरिरहेको फ्लोरिकल्चर एसोसियसनका अध्यक्ष कुमार कसजूले बताए । उनले भने–‘ग्रामिण क्षेत्रका किसानहरुपनि यस समयमा आफ्नो उत्पादनलाई बजार जतिसक्दो छिटो बजार पुर्याउने तयारीमा छन् ।’ पुष्प व्यवसायी मात्र नभएर कालिमाटी तरकारी बजारका व्यवसायीहरुले भारतबाट दुई लाख माला अबैध तरिकाले भित्र्याएका छन् । फ्लोरिकल्चर एसोसियशन कसजुले भने-‘बालाजु औद्योगिक क्षेत्रमा रहेको कोलस्टोरमा अबैध तरिकाले व्यवसायीले माला जम्मा गरेका छन् । गत वर्ष भन्दा आठलाख बढी मालाको माग यस वर्षको तिहारमा गत वर्षभन्दा रु आठ लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १७ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा २५ लाख मालाको माग रहेको बताइएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनु पर्ने अवस्था छ । एउटा मालाको बढीमा ७० रुपैयाँ यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म बढी तिर्नुपर्ने देखिन्छ । गत वर्ष रु ५० देखि ६० भन्दा बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष कसजूले बताए । तिहारमा मात्रै १५ करोडको कारोबार तिहारमा मात्रै रु १५ करोड फूलको कारोबार हुने गरेको छ । ‘यसपटकको तिहारमा भारतबाट अत्यन्तै थौरै मूल्यको माला आयात गर्ने तयारी रहे पनि माग बढेकाले फूलको माला केही आयात गर्नुपरेको छ’, कसजूले भने । ६० प्रतिशत माला खपत काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत भएको छ । स्वदेश र विदेशमा गरी वार्षिक रु. दुई अर्ब ४२ करोडको फूलको कारोवार भएको थियो । तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडवाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ । पुष्प व्यवसायमा मनग्य आम्दानी विगत १७ वर्षदेखि पुष्प व्यवसाय गर्दै आएका ललितपुर लेलेका राजकुमार पहरी यस क्षेत्रमा आत्म सन्तुष्टि रहेको बताउँछन् । बार्षिक ६० लाख रुपैयाँ फूल उत्पादन गर्दै आएका उनले कोटेश्वर, महादेवस्थान स्थित ४ रोपनी क्षेत्रफलमा अरुण नर्सरी स्थापना गरी व्यवसाय सञ्चालन गरेका छन् । उनले भने–‘नेपालमा फूल उत्पादन व्यवयायप्रति आकर्षण बढ्दै गएको छ, फूल खेतीमा नै रमाउनुका साथै आफूलाई समर्पित गरेर अगाडि बढ्नेको संख्या एक्कासी बढ्दो छ ।’ अरुण नर्सरीका सञ्चालक पहरीले सिजनको बेलामा करिब ४ लाखदेखि ५ लाखसम्म आम्दानी हुने बताए । ४५० प्रजातिका फूल नेपालमा उत्पादन व्यावसायिकरुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको व्यवसायिक खेती गर्दै आएका छन् । विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । काठमाडौँ उपत्यकामा मात्रै ३०० व्यवसायीले यसको खेती विस्तार गरिसकेका छन् ।

महासंघको विधान संशोधन विवादमा सहमतिको संकेत, छलकपट भए मुठभेड हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनका विषयमा उत्पन्न विवादमा सहमति हुन सक्ने संकेतहरु देखिएका छन् । अध्यक्ष पदका लागि प्रत्यक्ष मतदान विधि अर्को निर्वाचनदेखि लागू हुने गरी विधान संशोधन गर्ने महासंघका अध्यक्ष भवानी राणाले राखेको प्रस्तावले असन्तुष्टि पक्ष शान्त भएका छन्, तर अध्यक्ष राणाको प्रस्तावमा छलकपट हुन सक्ने आशंका उनीहरुको मनमा यथावत देखिएको छ । महासंघको केन्द्रीय नेतृत्वको निर्वाचनको लागि यसै वर्ष चैतको अन्तिम साता हुँदैछ । उक्त निर्वाचनलाई प्रभावित पर्नेगरी महासंघको विधान संशोधनको गर्न यहि कात्तिक २९ गते विशेष साधारणसभा बोलाईएको छ । महासंघका उपाध्यक्ष किशोर प्रधानका अनुसार विधान संशोधनका लागि करिब ३५ बुँदे प्रस्ताव विशेष साधारणसभामा पेस गरिदैछ । त्यसमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालका लागि स्वत: अध्यक्ष हुने वर्तमान व्यवस्था खारेज गरेर अध्यक्ष पदको निर्वाचन प्रत्यक्ष मतदानबाट गर्ने प्रस्तावमा ठूलो विवाद छ । प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन गर्ने गरी विधान संशोधन हुँदा यसअघि प्रत्यक्ष मतदानबाट बरिष्ठ उपाध्यक्ष भएका शेखर गोल्छा फेरी चुनाव लड्नु पर्छ वा अध्यक्ष बन्ने प्रक्रियाबाट वाहिरिनु पर्छ । यस्तो अवस्थामा गोल्छा निर्वाचनमा भाग नलिने र माडवरी समूदायका सदस्यहरुले महासंघ परित्याग गर्ने बताइएको छ । महासंघमा हुने सम्भावित दुर्घटना रोक्न अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने गरी विधान संशोधन गर्ने, तर यसअघि भावी अध्यक्षको रुपमा वरिष्ठ उपाध्यक्ष बनेको गोल्छालाई अध्यक्ष बन्न रोक्न नहुने प्रस्ताव आफूले गरेको अध्यक्ष राणाले बताइन् । ‘संस्थालाई कमजोर बनाउने गरी विधान संशोधन गर्ने पक्षमा हामी छैनौं । सहमतिको लागि मैले मध्यमार्गी प्रस्ताव गरेको छु’ राणाले विकासन्युजसँग भनिन् । होहल्ला र मुडभेडको जोखिम नेतृत्वले विधान संशोधनको प्रस्ताव सर्वसहमतिमा पेश नगरेमा महासंघको विशेष साधारणसभामा होहल्ला र मुडभेडको जोखिम रहेको महासंघका सदस्यहरु बताउँछन् । विधान संशाेधनका प्रस्तावित विषयहरूमा महासंघकाे अध्यक्ष र उपाध्यहरूबीच नै विवाद देखिएकाे छ । यस विषयमा महासंघकाे कार्यसमितिमा र पूर्व अध्यक्षहरूबीचमा भएका विवादहरू छरपस्ट रूपमा बाहिर आएका छन् । ‘अध्यक्ष, पदाधिकारी र कार्यसमितिले सर्बसहमतिमा विधान संशोधनको प्रस्ताव ल्याएमा विशेष साधारणसभाले त्यसलाई सहमतिमा नै अनुमोदन गर्ने छ’ महासंघका प्रभावशाली एक नेताले भने–‘विधान संशोधन जस्तो महत्वपूर्ण प्रस्तावमा पदाधिकारी र कार्यसमितिबाटै विरोध भयो भने साधारणसभामा जम्मा हुने मास विभाजित हुन्छ र ठूलो विवाद हुन्छ ।’ विधान संशोधनको प्रक्रियामा समेत गम्भिर त्रुटिहरु देखिएकोले विवाद हुने देखिएको छ । महासंघको विधानमा संशोधन गर्न चाहेको विषयहरु कार्यसमितिले पास गरेर सदस्य संघहरुलाई तीन महिना अघि नै जानकारी दिनु पर्ने प्रावधानको पालना नभएको महासंघका  सदस्यहरुले बताएको छ । ‘कात्तिक २९ गते विशेष साधारणसभा छ । अझै पनि सदस्यहरुको राय सुझाव लिने प्रक्रिया जारी छ । विधानको धारा ६६ १(क) पालना भएको देखिएन’ उनीहरूकाे भनाइ छ । विधान संशोधनको विषयमा विवाद हुँदा ध्वनी मतको आधारमा पास वा फेल भएकाे निर्णय गर्ने वा मतदान नै गर्ने भन्ने विषयमा पनि महासंघका सदस्यहरु बीच विवाद देखिएको छ । ध्वनी मतका आधारमा सभाको सभापतिले पास वा फेल भनेको आधारमा निर्णय हुने एक थरीको भनाई छ भने मतदान नै हुनुपर्ने अर्कोथरीको विचार छ । विधानमा भने मतदान हुने व्यवस्था प्रष्ट रहेकाे देखिन्छ । 

पोखरामा जिक्सर स्टन्ट मानिया सम्पन्न

काठमाडौँ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजि अटोमोबाईल्स र पोखराको लागि आधिकारिक बिक्रेता हिमालय अटो वर्ल्डले संचालन गरेको सुजुकी जिक्सर स्ट्रिट स्टन्ट मानिया कार्यक्रम तथा प्रत्यक्ष कन्सर्ट कार्यक्रम बुधबार पोखरा सभा गृहमा सम्पन्न भएको छ। सुजुकीको हाल मात्रै नेपाली बजारमा भित्रिएको जिक्सर २५० सिसिको पावर तथा पर्फमेन्सलाई प्रत्यक्ष रुपमा देखाउने अभिप्रायले संचालन गरिएको कार्यक्रममा राईडरहरुले देखाएको कलाबाट पोख्रेली युवाहरुले निकै नै मनोरन्जन लिएका थिए । प्रख्यात राईडर डि आरआयु, राम सरदार तथा गौरबले स्टन्ट प्रस्तुति दिएका थिए। साथै नेपाल बिरलै देख्न पाईने अन्तरास्ट्रिय राईडरको सुरक्षित चालकी कलालाई पोखरामा प्रत्यक्ष हेर्ने मौका सुजुकीले प्रथम पटक मिलाएको हो । स्टन्ट हेर्न को निमित्त आएका गोर्खालि रिकन्डिसनका संचालक रञ्जित रोक्काले आफुलाई जिक्सर २५० को पावर तथा राईडरको राईडिङ्ग पर्फमेन्सले निकै लोभ्याएको जानकारी दिए । सुजुकीले आफ्नो २५० सिसि मोडेलका बाईकहरुको र्यालि गरी बजार परिक्रमा गराएका थिए । सुजुकी सोरुम नयाँ बजारबाट सुरु भएको र्याली पृथ्वी चोक छोरेपाटन, लेकसाईड, सृजना चोक, न्युरोड हुँदै सभागृह मा आएर सम्पन्न भएको भिजि सुजुकी पश्चिम नेपालका बिक्री प्रबन्धक धनीराम भुसालले जानकारी दिए । म्यालोडी गायक अलमोडा राना उप्रेतीको प्रस्तुतिले कार्यक्रममा थप हौसला थपेका थिए । साथै एक जना ७७ बर्षिय बृद्ध रानासंगै नाचेर साथ दिंदा कार्यक्रमको माहोल थप रोचक बन्न पुगेको थियो । बिदेशी पर्यटकहरुले समेत राईडिङ्ग तथा सांस्कृतिक कार्यक्रम को मज्जा लिई रहेका देखिन्थे । सुजुकी मोटर्स ईन्डियाद्वारा उत्पादित जापानिज प्रबिधिको जिक्सर बाईक मा २५० सिसि को इन्जिन क्षमता, २६.५ बिएचपि पावर, एफआई प्रबिधि, सुजुकी आयल कुल्ड प्रबिधि, ६ गियर ट्रान्समिसन, रेडियल टायर, स्पिलिट सिट, फुल्लि डिजिटल ईन्सट्रमेन्ट जस्ता विशेष प्रबिधि सहितका बिशेषता रहेको भिजि सुजुकीका बजार प्रमुख समित सिंहले जानकारी दिए । यो एउटा कम्प्याक्ट मोडल रहेको र यसमा नेकेड भर्जन तथा स्पोर्टी फेयरिङ्ग भर्जन गरी ३ मोडलमा उत्पादन गरिएको जानकारी दिए । साथै सुजुकीले आफ्ना सम्पूर्ण उत्पादनमा ५ बर्ष सम्मको वारेन्टी सुबिधा प्रदान गर्दै आएको छ । सुजुकीले स्टन्ट मानिया काठमाडौंपछि पोखरामा सम्पन्न गरेको हो ।

पर्याप्त बजेट विनियोजन नगर्दा निर्माण चरणमै पुलहरू रुग्ण, वर्षौदेखिका आयोजना अलपत्र

काठमाडौं । सरकार आफैँले ठेक्का लगाएका आयोजनालाई पर्याप्त बजेट विनियोजन नगर्दा निर्माण चरणमै पुलहरू रुग्ण बन्ने गरेका छन् । हुनत सरकारले चालु आवमै ३३ ठूला रणनीतिक पुलसहित २ सय ४५ स्थानीय तहका पुल निर्माण गर्ने भएको छ । यद्यपि निर्माणाधीन अवस्थामा रहेका १२ सय ९३ पुलमध्ये धेरै पुल बजेट अभावका कारण समयमै निर्माण सम्पन्न हुन सकेका छैनन् । यी पुल निर्माण गर्न करिब ३५ अर्ब रुपैयाँ बजेट लाग्छ । तर, सरकारले यस आवमा पनि पुलहरूको ठेक्का प्रक्रियामै सकिने गरी चार अर्ब रुपैयाँमात्र बजेट विनियोजन गरेको सडक विभागले जानकारी दिएको छ । चालु आवमा सरकारले निर्माण गर्न लागेको २ सय ४५ पुलमध्ये दुई सय १२ वटा स्थानीय तहको पुल हुन् । सरकारले रणनीतिक पुल निर्माण गर्नको लागि ३ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ भने स्थानीय तहले निर्माण गर्ने २ सय १२ पुलको लागि ३० करोड विनियोजन गरेको छ । ठेक्का लागेका अन्य पुललाई पन्छाएर सरकारले लक्ष्य राखे अनुरुप कार्य सम्पादन गर्दा पनि एउटा पुल निर्माणका लागि १४ लाख १५ हजार रुपैयाँमात्र पाउँछन् । सरकारले पुल निर्माण गर्न विनियोजित गरेको बजेट अत्यन्त न्यून हो । निर्माण व्यवसायीका अनुसार हाल सानो पुल बनाउन पनि कम्तीमा दुई करोड रुपैयाँ लाग्ने गर्छ । सरकारले विनियोजन गरेको न्यून बजेट पुल बनाउन होइन, ठेक्का लगाउँदैमा सकिन्छ । एउटा पुल निर्माण गर्न कम्तीमा १८ महिनादेखि दुई वर्ष समय लाग्छ । यहाँ वर्षौँदेखि बजेट अभावका कारण आयोजना रुग्ण बनेका छन् । आयोजन सुरु गर्दा पर्याप्त बजेट व्यवस्था नहुँदा निर्माण अवधिसँगै लागत पनि बढ्दै जाने गरेको छ । समयमै सकिने गरी पर्याप्त बजेट विनियोजन गरेर पुल निर्माण प्रक्रिया थाल्ने हो भने निर्माणमा अवधिमा थपिने २५ देखि ३० प्रतिशत बजेट बचाउन सकिन्छ । पुल निर्माण सरकारको प्राथमिकतामा नपरेकोले हरेक वर्ष थोरैमात्रै बजेट विनियोजन गर्दै आएको छ । यसले निर्माण चरणमा रहेका आयोजनालाई अलपत्र बनाएको छ । अहिले पनि सांसदका माग र पुरानै परिपाटी अनुसार बजेटमा आयोजना पार्ने क्रम अन्त्य हुन सकेको छैन । स्थायी सरकारले कार्यभार सम्हालेको दुई वर्ष पुग्न लाग्दा समेत पुरानै प्रक्रियाले निरन्तरता पाउँदा यस्तो समस्या आएको हो । परियोजना साइकल पूरा नगरी रातो कितावमा आयोजना र बजेट सुनिश्चित नगरी ठेक्का लगाउने अभ्यासले पुल जस्तै अन्य हजारौं आयोजना अलपत्र परेका छन् । सार्वजनिक खरिद (आठौं संशोधन) नियमावलीले बजेटको सुनिश्चितता नगरी ठेक्का लगाउन मिल्दैन भनेको छ । गत आर्थिक वर्षमा करिब साढे दुई सय पुल निर्माण सम्पन्न भएको छ । सरकारले संघ, प्रदेश र स्थानीय तहको कार्य क्षेत्र विवादका कारण गत आवमा एउटा पनि पुलको ठेक्का लगाएको थिएन ।