विकासन्युज

३३ करोड बिगो सहित २ भारतीय बिरुद्ध राजश्व अनुसन्धानले दायर गर्यो मुद्दा

काठमाडौं । राजश्व अनुसन्धान विभागले नेपाली रुपैयाँको अबैध कारोबारमा संलग्न २ भारतीय विरुद्ध ३३ करोड ३२ लाख बिगो सहित मुद्दा दायर गरेको छ । विभागले भारतीय नागरिक रितेश कुमार मधेसिया र निरज अग्रहरी विरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्धा दायर गरेको जनाएको छ । विभागले उनीहरुसँग ३८ लाख ९३ हजार एक सय रुपैयाँ नगद समेत बरामद गरेको छ । भारतबाट नेपाली रुपैयाँ ल्याई विभिन्न नेपाली बैंकहरुमा १६ करोड २५ लाख १२ हजार ३ सय १३ रुपैयाँ जम्मा गरेका छन् । एक जनाले नेपाल आउँदा र जाँदा ५ हजार भन्दा बढी रकम लिएर आउन वा विदेश जान नपाउने व्यवस्था छ ।

घुम्ती बीमा कार्यक्रम संचालन गर्दै बीमा समिति, सातै दिन २४ घण्टा सेवा दिने तयारी

काठमाडौं । बीमा समितिले आगामी कात्र्तिक २१,२२ र २३ गते घुम्ती बीमा कार्यक्रम संचालन गर्ने भएको छ । समितिले प्रदेश–२ को जनकपुरमा तीन दिनसम्म उक्त सेवा संचालन गर्न लागेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । पाइलटिङको रुपमा आयोजना गर्न लागिएको उक्त कार्यक्रम अवधिमा २४ घण्टा सेवा दिने उनले बताए । ‘मुलुक भरी नै बीमा चेतनामा वृद्धी गर्न हामीले घुम्त्ती बीमा कार्यक्रम संचालन गर्न लागेका हौं,’ उनले भने यो कार्यक्रम पाइलटिङको रुपमा गर्न लागिएको हो ।’ आगामी दिनमा यस्तै सेवा सबै प्रदेशमा पुर्याउने समितिको उदेश्य रहेको छ । नेपाल राष्ट्र बैकको शाखारहित बैकिङसँग मिल्दोजुल्दो अवधारणा अनुरुप समितिले सो घुम्ती कार्यक्रम अघि बढाएको हो । घुम्त्ती बीमा सम्बन्धि नीति भने बीमा समितिले ल्याइसकेको भने छैन । यद्यपि बीमा समितिमा घुम्ती बीमा सम्बन्धी छलफल भने हुन थालेको समितिले बताएको छ । घुम्ती बीमा नीति आएपछि त्यसैको आधारमा बीमा कम्पनीहरूले स्विकृतिका लागि आफ्ना पोलिसी बीमा समितिमा ल्याउँने पाइएको छ । नीति बनेपछि सोही नीतिको आधारमा बीमा कम्पनीहरूले बीमा सेवा प्रदान गर्न सक्छन् । शाखा विना नै बीमा सेवा प्रदान गर्न बीमा समितिले यस्तो अवधारणा अघि सारेको उनले बताए । बीमा समितिले आगामी दिनमा २४ सै घण्टा बीमा सेवा दिन आवश्यक रहेको बताएको छ । बीमितहरुले बीमा सेवा लिँदा निवार्द सातै दिन २४ सै घण्टा पाउनु पर्छ भन्ने हो,’ उनले भने । घुम्ती बीमा भनेको बीमित उभिएको र बीमिति बसेको ठाउँमै पुग्ने बीमा भएको बीमा समितिले जनाएको छ । साथै, उक्त घुम्त्ती बीमा मार्फत बीमितले बीमा गराउँदा थप शुल्क बुझाउनु पर्दैन । बीमितले बैकमा चेक लिइ, लाइन बसेर बिमाङ्क भुक्तान गर्दा बढी समय लाग्ने भएकोले घुम्ती बीमाले बिमकलाई राहत दिने बताइएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीबि चाँपागाई मार्फत सो कार्यक्रमको शुभारम्भ हुनेछ ।

सानिमा बैंकको नाफा १४ प्रतिशतले बढ्यो, कर्जा प्रवाह ८३ अर्ब ५२ करोड

काठमाडौं । सानिमा बैंकको नाफा १४.४० प्रतिशतले बढेको छ । गत साउनदेखि असोजसम्म बैंकले ५९ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ७ करोड ४७ लाख रुपैयाँ बढी हो । बैंकले अघिल्लो वर्षको सोही अवधिमा ५१ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आवको तीन महिनासम्ममा बैंकले निक्षेपतर्फ साढे ६ अर्ब वृद्धि गर्दा कर्जा प्रवाह दुई अर्ब ११ करोडले बढाएको छ । बैंकको निक्षेप संकलन ९५ अर्ब ९२ करोड हुँदा कर्जा प्रवाह ८३ अर्ब ५२ करोड रहेको छ । बैंकको जगेडा कोषमा दुई अर्ब ५४ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ करोड २३ लाख रुपैयाँ बढी हो । अघिल्लो वर्षको तीन महिनामा बैंकको जगेडा कोषमा दुई अर्ब २३ करोड रुपैयाँ रहेको थियो । असोज मसान्तसम्म बैंकले दुई अर्ब ९६ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ भने एक अर्ब ८१ करोड रुपैयाँ व्याज खर्च गरेको छ । बैंकको कस्ट अफ फण्ड ७.२२ प्रतिशत, बेसरेट ९.२१ प्रतिशत र सीसीडी रेसियो ७८.८४ प्रतिशत रहेको छ । त्यस्तै, पुँजी पर्याप्तता अनुपात भने १२.६६ प्रतिशत रहेको छ । बैंकको ब्याजको स्प्रेडदर ४.४४ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी २६.४७ रुपैयाँ रहेको छ । गत साउनदेखि असोज मसान्तसम्म ६३ दिन कारोबार भएको बैंकको १२ लाख २९ हजार ७१० कित्ता सेयर किनबेच भएको थियो । सो अवधिमा बैंकको सेयर प्रतिकित्ता ३०० रुपैयाँदेखि ३६१ रुपैयाँको बीचमा कारोबार भएको थियो ।

राष्ट्र बैंक सञ्चालक समिति बैठकद्वारा ४ वित्तीय संस्थालाई मर्जरको स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समिति बैठकले चार वटा वित्तीय संस्थालाई मर्जरको स्वीकृति दिएको छ । समिति बैठकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने अन्तिम स्वीकृति दिएको हो । यसैगरी मनकामना लघुवित्तसँग स्मार्ट लघुवित्त गाभ्न सैद्धान्तिक स्वीकृति दिइएको राष्ट्र बैंक श्रोतले जनाएको छ । सञ्चालक समिति बैठकको भोलि पनि बस्ने जनाइएको छ । आजको बैठकमा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ माथि लागेको अनियमितताको आरोप बारे छलफल भएपनि निर्णय हुने सकेन र भोलिको बैठकमा ठोस निर्णय हुने राष्ट्र बैंक श्रोतले जनाएको छ ।  

सातै प्रदेशमा टिभिएस अपाचे सप्तरङ्ग सिरिज २ हुने

काठमाडौँ । टिभिएस टु ह्वीलरको नेपालस्थित एक आधिकरिक वितरक जगदम्बा मोटर्स प्रालिको सक्रियतामा यसपटक देशको सातै प्रदेशमा टिभिएस अपाचे सप्तरङ्ग सिरिज २ सम्पन्न हुने भएको छ । यस मनोरञ्जनात्मक कार्यक्रमको उद्घाटन सातै प्रदेशका मुख्यमन्त्रीहरुले गर्नेछन् । सप्तरङ्गको पहिलो शृँखलाको लोकप्रियताबाट हौसिएको आयोजक संस्था ग्रीष्मा ब्रोडकाष्टिङ्गको आयोजना रहेको यो संगीतमय मनोरन्जनात्मक कार्यक्रम देशको सातवटै प्रदेशमा क्रमशः यही २०७६ कात्तिक २१ गतेदेखि मंसिर ४ गतेसम्म प्रस्तुत गरिनेछ । कार्यक्रममा विभिन्न गीतसंगीतका साथसाथै नृत्य, प्रहसन आदि पनि समावेश गरिएका छन् । यस साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहने छन् भनें साथमा जितु नेपाल, गायक सुगम पोखरेल लगायतका चर्चित कलाकारहरुले आ-आफ्नो प्रस्तुति दिने जनाइएको छ । नेपाललाई सन् २०२० मा भ्रमण वर्षको रुपमा मनाउन लागेको सन्दर्भमा पर्यटन प्रवद्र्धन र समुन्नतिका लागि भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रमले भ्रमण वर्षको लक्ष्य प्राप्तीमा सहयोग पु¥याउने अपेक्षा पनि गरिएको छ ।

दुर्घटना अपडेटः सुकुटे बस दुर्घटनामा मृत्यु हुने १३ पुगे

मेलम्ची । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको वा२ख ७२४५ नंको यात्रुवाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिए । उनका अनुसार केही शव खोलाले बगाएको छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० भन्दा बढी सवार थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उनले अहिले उद्धार जारी रहेको जानकारी दिए । घाइतेलाई सिन्धु सहाबहार अस्पताल तथा गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । रासस

मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आज पदमुक्त गरेकी छिन् । नेपालको संविधानको धारा १६५ को उपधारा १० को खण्ड (ख) बमोजिम नेपाल सरकारको मन्त्रिपरिषद्को आजको निर्णयबाट प्रदेश प्रमुखहरुलाई पदमुुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त व्यवस्था छ । पदमुक्त प्रदेश प्रमुखमा प्रदेश नं १ का प्रा डा गोविन्दबहादुर तुम्बाहाङ (धनकुटा), प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ (काठमाडौँ), प्रदेश नं. ३ का अनुराधा कोइराला (काठमाडौँ), गण्डकी प्रदेशका बाबुराम कुँवर (अर्घाखाँची), प्रदेश नं ५ का उमाकान्त झा (धनुषा), कर्णाली प्रदेशका दुर्गाकेशर खनाल (सुर्खेत) र सुदूरपश्चिम प्रदेशका मोहनराज मल्ल (कैलाली) छन् । उनीहरुलाई अघिल्लो सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो । निर्वाचन सम्पन्न भइसकेपछि ती प्रदेश प्रमुख नियुक्त भएकाले नयाँ सरकारले राजनीतिक निर्णयबाट हटाउने आकलन गरिँदै आएको थियो । सरकारले यसअघि निर्वाचन आचारसंहिता लागू भएपछि अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय पनि गरेको थियो । रासस

ओली सरकारले देखेको सपना: ‘आफ्नै देशमा उत्पादन भएको ग्यास प्रयोग गर्न पाउने’

काठमाडौं । नेपालीहरुले आफ्नै देशमा उत्पादन भएको ग्यास प्रयोग गर्न पाउने भएका छन् । चाइनिज जियोलोजिकल सर्वेको आर्थिक र प्रविधिक सहयोगमा खानी तथा भू–गर्व विभाग सहभागितामा नेपालमा नै ग्यास उत्खनन् कार्य अघि बढेको हो । चाइनिज जियोलोजिकल सर्वेले दैलेखको चुप्रामा क्याम्प स्थापना गरी काम सुरु गरेको छ । दैलेखको चुप्रामा क्याम्प राखी ४० किलोमिटरको क्षेत्रमा काम भइरहेको छ । ग्यास उत्खनन् र परीक्षणका लागि चाइना जिओलोजिकल सर्वे र नेपालको तर्फबाट खानी तथा भू–गर्व विभाग सहकार्यमा दैलेखको शिरिस्थानमा मिथेन ग्यासको उत्खननको लागी क्याम्प स्थापना गरी काम सुरु गरेको हो । खानी तथा भू–गर्व विभागका उप प्रमुख तथा परियाजना प्रमुख सुधिर रैजोरले भने–‘चीन सरकारको सहयोगमा नेपाल सरकार र चीनको सरकारी निकायबीच समन्वय गरी ग्यास उत्खननको काम भइरहेको छ ।’ हामीले आवश्यकता पर्ने सामाग्रीहरु सबै चीनबाट ल्याएर काम सुरु गरेका हौ । अब १ वर्ष भित्र दैलेखमा कति ग्यास छ भनेर थाहा हुने र १ वर्षपछि नेपालले नै ग्यास उत्खनन् गर्ने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको त्तकालीन सरकारले नाकाबन्दीसँगै मुलुकभर पेट्रोलियम पदार्थको चरम सङ्कट परेपछि दैलेखमा पेट्रोलियम पदार्थको अनुसन्धान गरी उत्खनन गर्न सकिने घोषणा गरेको थियो । त्यतिबेला नै अनुसन्धान गरी चीन फर्केको चिनियाँ टोलीले पेट्रोलियम पदार्थ मिथेन ग्यास भएको पुष्टि गरेपछि दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन् गर्न चीनको कम्पनीसँग सम्झौता गरेलगत्तै उत्खनन् गर्ने बाटो खुलेको थियो । दैलेखको नाभिस्थान, पादुका, शिरिस्थान, धुलेश्वरलगायत क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको अनुसन्धानबाट पुष्टी भैसकेको छ । नेपालमा पेट्रोलियम पदार्थ मात्रै होईन सुन, तामा, फालम लगायतका खानी समेत रहेका छन् ।