राष्ट्र बैंक सञ्चालक समिति बैठकद्वारा ४ वित्तीय संस्थालाई मर्जरको स्वीकृति

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समिति बैठकले चार वटा वित्तीय संस्थालाई मर्जरको स्वीकृति दिएको छ । समिति बैठकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने अन्तिम स्वीकृति दिएको हो । यसैगरी मनकामना लघुवित्तसँग स्मार्ट लघुवित्त गाभ्न सैद्धान्तिक स्वीकृति दिइएको राष्ट्र बैंक श्रोतले जनाएको छ । सञ्चालक समिति बैठकको भोलि पनि बस्ने [&hellip;]</p>


काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समिति बैठकले चार वटा वित्तीय संस्थालाई मर्जरको स्वीकृति दिएको छ ।

समिति बैठकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने अन्तिम स्वीकृति दिएको हो ।

यसैगरी मनकामना लघुवित्तसँग स्मार्ट लघुवित्त गाभ्न सैद्धान्तिक स्वीकृति दिइएको राष्ट्र बैंक श्रोतले जनाएको छ ।

सञ्चालक समिति बैठकको भोलि पनि बस्ने जनाइएको छ । आजको बैठकमा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ माथि लागेको अनियमितताको आरोप बारे छलफल भएपनि निर्णय हुने सकेन र भोलिको बैठकमा ठोस निर्णय हुने राष्ट्र बैंक श्रोतले जनाएको छ ।

 

Share News