विकासन्युज

ज्योति विकास बैंक र जेएमई रेमिटबीच रेमिट सेवा सम्बन्धि सम्झौता

काठमाडाैं । ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा जेएमई रेमिटसगं रेमिट सेवाको लागि सम्झौता गरेको छ। आइतबार मङसिर १ गते ज्योति विकास बैंक र जेएमई रेमिटबीच उक्त सहकार्य सम्झौता भएको छ । सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा तथा जेएमई रेमिटको तर्फबाट जेएमई रेमिटका प्रबन्धक मीरा शर्माले हस्ताक्षर गरेका हुन् । जेएमई रेमिटले स्थापना काल देखिनै जापानबाट गुणस्तरिय रेमिट सेवाप्रदान गर्दै आएको छ। यस सम्झौता पश्चात जेएमई रेमिटको रेमिट सेवा ज्योति विकास बैंकको जुनै पनि शाखा कार्यालयबाट लिन सकिने छ। ज्योति विकास बैंकको मुलुकभर रहेका १०२वटा शाखाबाट जेएमई रेमिटको देश/ विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुनेछ। हाल ज्योति विकास बैंकले १०२शाखा कार्यालय, १एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्रनै अन्य थप २५ स्थानबाट समेत एटिएम मार्फत सेवाप्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजार भन्दा बढि खाताबाट ३० अर्ब रूपैयाँभन्दा बढि निक्षेप संकलन गरी २० हजार भन्दा बढि ऋणीलाई २६ अर्व रूपैयाँभन्दा बढि लगानी गर्न सफल भएको छ ।

अर्घाखाँची सिमेन्टले गर्याे टिभीसी अवधारणा प्रतियोगिताको मिति सार्वजनिक

काठमाडौं । अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । कम्पनीले टेलिभिजन च्यानलमा बजाउनको लागि सर्वसाधारणबाट आवश्यक कमर्सियलको लागि अवधारणा हासिल गर्ने लक्ष्य राखेर सो प्रतियोगिताको आयोजना गरेको छ । यस प्रतियोगितामा सहभागी हुन इच्छुक सर्वसाधारणा महानुभावहरुले आ–आफ्नो नविन, रोचक तथा मौलिक अवधारणा कम्पनीको इमेल [email protected] मा पठाउनु पर्नेछ । यसरी पठाइएको अवधारणा मध्ये उत्कृष्ट एक अवधारणा पठाउने सर्जकलाई ५० हजार बराबारको नगद पुरष्कार सहित कम्पनीले सम्मान गर्ने जनाएको छ । सर्वसाधारणले यहि मंसिर १५ गतेभित्र साँझ ५ बजेसम्म अवधारणा पठाइ सक्नुपर्ने कम्पनीले जनाएको छ । तथापी, यस प्रतियोगीतामा रचनात्मक क्षेत्रमाकामगर्ने कम्पनी, विज्ञापन एजेन्सी वा नेपाल सरकारमा दर्ता भएका कुनै पनि संघसंस्थालाई समावेश नगरी मात्रआम सर्वसाधारणलाई सहभागी गराइनेछ । “सर्वसाधारण नागरिक, आमउपभोक्ता एवं साहित्य श्रृजना तथा रचनात्मक क्षेत्रमा काम गरिरहेका सर्जकहरुस“ग सहकार्य गरी रचनालाई सम्मान गर्ने उदेश्यका साथ यस प्रतियोगीताको आयोजना गरिएको हो,” कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले भने । प्रतियोगीतामा सहभागी हुन इच्छुकहरुले अवधारणा पठाउँदा सबैभन्दा पहिले अर्घाखाँची सिमेन्टको आधिकारीक फेसबुक पेज https://www.facebook.com/Arghakhanchi-Cement-Pvt-Ltd-669894399789589 लाइक र फलो गरी [email protected] मा आफ्नो अवधारणा पठाउनु पर्नेछ । यसरी अवधारणा पठाउने ब्यक्तिले इमेलमा आफ्नो नाम, ठेगाना, मोबाइल नम्बर तथा नागरिकता, राहदानी वा अन्य कुनै परिचयपत्रको छायाँप्रति स्पष्ट हुनु पर्ने जनाएका छन् । टिभीसीबाट प्रभावित भएको, पुर्नप्रशोधन गरीएको वा अन्य अवधारणाको मर्म वा विषयबस्तुलाई नयाँ तरिकाले पुनर्निमाण गरिएको पाइएमा सो अवधारणालार्ई प्रतियोगीतामा सामेल नगराइने जानकारी दिएका छन् । कम्पनीले अन्तत बनाउने टिभीसी कम्तीमा ४० सेकेण्ड र बढीमा ६० सेकेन्डको हुने हुनाले सोही अनुसारको अवधारणाहरु मात्रै मान्य हुने जानकारी दिएका छन् ।

बैंक अफ काठमाण्डूको स्वतन्त्र संचालकमा मोहना लोहनी

काठमाडौं । बैंक अफ काठमाण्डूको स्वतन्त्र संचालकमा मोहना लोहनी नियुक्त भएकी छिन् । बैंकको कात्तिक २२ गते बसेको संचालक समितिको बैठकले लोहनीलाई स्वतन्त्र संचालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । संचालक पदमा नियुक्त भएसँगै उनले उक्त पदको जिम्मेवारी सम्हाल्ने छन् ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई कतार एयरवेजमा विशेष छुट

काठमाडौं । कतार एयरवेजले ग्लोबल आइएमई बैंकका ग्राहकलाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिने भएको छ । बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी तथा कतार एयरवेजको तर्फबाट कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर मोहमद एलइमामले हस्ताक्षर सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच सम्पन्न सम्झौता अनुसार कतार एयरवेजले बैंकको कार्ड प्रयोगकर्तालाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिने सहमति गरेको हो । हवाई टिकटको बेस रेटमा लागू हुने यो छुट कतार एयरवेजको उडान हुने विभिन्न देशमा लागू हुनेछ ।

खानेपानी मन्त्री मगरको प्रतिबद्धताः ‘एक वर्षमा पुनर्वास क्षेत्रमा सडक कालोपत्रे हुन्छ ’

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको पुनर्वास लगायत अन्य क्षेत्रहरुको विकासमा पहिलो प्राथमिकता दिने बताइन्। कञ्चनपुरमा कार्यकर्ता भेटघाटका क्रममा मन्त्री मगरले कञ्चनपुरको दक्षिणी भेग पुनर्बास स्थित दोदा नदीको अवलोकनका क्रममा अब पुनर्वास र अन्य क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको जानकारी दिएका छन् । सदरमुकाम भन्दा टाढा रहेको यस क्षेत्रलाई विगतका दिनमा सरकारले खासै ध्यान नदिएको बताउँदै  विकासमा गम्भीर भएर लागेको बताए । ‘सरकारले गर्ने विकास सधैं बजार केन्द्रित बन्यो ।’ उनले भने, ‘जसका कारण अहिले सम्म यहाँका जनता धेरै सेवा सुविधाबाट बञ्चित बने । अब विकासले यस क्षेत्रलाई पनि छुनेछ । स्तरीय बाटोघाटो नहुँदा यस क्षेत्रका जनताको सदरमुकामबाट सम्बन्ध टुटेको छ ।’ उनले पुनर्बास नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८ र ९ लाई जोड्ने लोकतान्त्रिक सडक कालोपत्रेका लागि पहल गर्ने बताए। यो सडक भित्री सडक भएपनि यस क्षेत्रका जनताका लागि महत्वपूर्ण भएकाले यसको कालोपत्रे गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने उनको भनाइ छ । ‘यस सडकको कालोपत्रे भएपछि यो सडक पुनर्वासका जनतालाई धनगढीको सदरमुकामसँग जोड्ने सबैभन्दा छोटो सडक बन्नेछ, उनले भने, ‘यसै आर्थिक बर्षभित्र कालोपत्रे निर्माणका लागि भौतिक मन्त्रालयमा पहल गर्नेछु ।’ मन्त्री मगरले पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापासँग भेट गरी सडक कालोपत्रे गर्ने विषयमा कुराकानी गरे । भेटमा मेयर थापाले सडक कालोपत्रेका लागि नगरपालिकासँग बजेट अपुग भएकाले केन्द्र सरकारसँग बजेट थप गरिदिन मन्त्री मगरलाई आग्रह गरे। पुनर्वास नगरपालिकाकै पहलमा सडकको डिपिआर भने तयार भईसकेको छ । मन्त्री मगरले सोमबार नै प्राबिधिकको टोली आएर सडकको अवलोकन गर्ने र थप प्रक्रियाहरु अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै सो सडकमा पानी जम्ने समस्या पनि रहेकोले त्यसको दीर्घकालिन समाधानको उपायका साथ सडक कालोपत्रे गरिने मन्त्री मगरको भनाइ छ । सो अवसरमा पुनर्वास नगरपालिकाका मेयर थापा, बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरी, लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायक, सडक डिभिजनका ईञ्जीनियर अर्जुनबहादुर बम लगायतको उपस्थिति थियो । गत बर्ष पनि खानेपानी मन्त्री मगरले सरकारले दिएको ४ करोड रकम कञ्चनपुर क्षेत्रको विकासमा नै खर्च गर्नुभएको थियो । उहाँले १ करोड रुपैयाँ पुनर्वास नगरपालिकालाई प्रदान गरेका छन् । जसमा ४० लाख रकम पुनर्वास १० को लमैया पुल निर्माणका लागि खर्च भएको थियो । १० लाख पुनर्वास ९ मा भ्यू टावर निर्माणका लागि खर्च भएको थियो । त्यस्तै बेलौरी नगरपालिकामा पनि १ करोड रुपैयाँ सडक निर्माण, बाटोघाटो निर्माण, बिद्यालय भवन निर्माण लगायतका कामका लागि छुट्याउनुभएको थियो । त्यसैगरि लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकाका लागि पनि १ करोड रुपैयाँ छुट्याएका छन् । कञ्चनपुरका बिभिन्न स्थानीय तहका १ सय स्थानमा खानेपानीका योजनाहरु समेत दिए । उनले बिद्यालय, मठ–मन्दिर, सार्वजनिक स्थानहरु, खेलकुद मैदान, चर्च, बिभिन्न समुहहरु, स्मृति भवनहरुमा पनि ट्यांकी, पानी फिल्टर, साना सिचाईका उपकरण पुर्याउने जनाएका छन्।

घरेलु लघुवित्तद्दारा धुलिखेलमा तालिम तथा प्रगति समिक्षा गोष्ठी

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको धूलिखेलमा “तालिम तथा त्रैमासिक समिक्षा गोष्ठी” सम्पन्न भएको छ । कार्तिक २९ र ३० गते समापन भएको घरेलु लघुवित्त संस्था अन्तर्गतका १३ जना शाखा प्रमुखहरुको आगमनमा गोष्ठी भएको जनशक्ति तथा कार्यसञ्चालन विभाग प्रमुख प्रदिपकुमार घिमिरेले जानकारी दिएका थिए । तालिमका सहभागीहरुलाई स्वागत गर्दै तालिमको उद्देश्यको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद अधिकारीले प्रकाश पारेका हुन् । संस्थाले २०७६ कात्र्तिक मसान्तसम्ममा लगभग ४ हजार घरपरिवारहरुमा सेवा विस्तार गर्दै १८ करोड भन्दा बढी लगानी गरेको जनाएका छन् । यस कार्यक्रममा लघुवित्त कार्यक्रम,कर्जा तथा जोखिम सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख सोनाम शेर्पा, जनशक्ति व्यवस्थापन तथा कार्य सञ्चालन सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख प्रदिप घिमिरे, लेखा तथा योजना सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख अन्जना प्याकुरेल तथा आइ टि सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा रोशनि श्रेष्ठले जानकारी दिइन् । यस संस्थाले संस्था स्थापनाको छोटो समयमा नै ११ जिल्लाहरुमा १३ शाखा कार्यालयहरु स्थापना गरी विगत ९ महिनादेखि लघुवित्त सेवा प्रदान गर्दै गई रहेको छ । यस क्रममा लघुवित्त कार्यक्रमको मुटु भनेको फिल्ड रहेको तथा फिल्ड को व्यवस्थापक शाखा प्रबन्धक तथा सम्बन्धित सबैले जिम्मेवार गम्भिर भएर कार्यक्रमको विकास विस्तार तथा गुणस्तर कायम गर्दै शाखाहरुको निर्धारित लक्ष्य हासिल गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् ।

सेञ्चुरी बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले धुलिखेल नगरपालिका वडा नं ७ स्थित श्री सञ्जीवनी माध्यमिक विद्यालयलाई दुई थान कम्प्युटर वितरण गरेको छ । उक्त कम्प्युटर धुलिखेल शाखाका शाखा प्रबन्धक दिपक ढुङ्गानाले सो विद्यालयका प्राचार्य लोकेन्द्र ढकाललाई हस्तान्तरण गरेका हुन् । । बैंकले सूचना प्रविधि र कम्प्यूटरको ब्यवहारिक ज्ञानमा सहयोग पुर्याउने उद्देश्यले विद्यालयलाई  कम्प्युटर वितरण गरेको हो ।

हिमस्टारको हातखाली नजाने “अजबको गज्जब” योजना समापन

काठमाडौं । हिमस्टारको हातखाली नजाने “अजबको गज्जब” योजना भब्य रुपमा सम्पन्न भएको छ । गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रा. लि. ले दशैं, तिहार रछठको अवसर पारेर ‘अजबको गज्जब ’ योजना सार्वजनिक गरेको थियो, जुन भब्य रुपमा सम्पन्न भएको हो । ग्राहकको उत्साहजनक प्रतिक्रियाले , कम्पनीले आफ्नो लक्षित टार्गेट भन्दा बढी बिक्रि भएको जानकारी दिए । कम्पनीले नेपालीहरुको महानपर्वहरु बडा दशैं, तिहार तथा छठको अवसर पारेर ग्राहकहरुले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा ए.सी. लगायतको खरिदमा हिमस्टारका ड्राइआइरन,स्टिम आइरन ,ब्लेन्डर, मिक्स्चर, ग्राइन्दर तथा ३ वर्ष वारेन्टी सहित निशुल्क एसी जडान प्राप्त गरेका छन् । हिमस्टार ब्राण्डले नेपाली बजारमा स्तरिय होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ ।