विकासन्युज

शिवमले सर्वोत्कृष्ट ३७ डिलरहरुलाई गर्यो सम्मान, तीन विजेताले पाए छुट्टाछुट्टै अवार्ड

काठमाडौ । शिवम् सिमेन्टले “शिवम् कृति समारोह २०७६” को अवासरमा उत्कृष्ट डिलरहरु मध्ये सर्वोत्कृष्ट ३७ वटा डिलरहरुलाई विभिन्न विधामा अवार्डहरुबाट सम्मान गरेको छ । सिमेन्टले कार्तिक २९ र ३० गते काठमाडौंको हायात होटलमा भएको कार्यक्रममा आफ्ना सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान गरेका हो । जस अनुसार पहिलो दिन कोर इष्ट जोनका डिलरहरुलाई त्रिनेत्र, प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् रिजनल डाइमण्ड, गोल्ड र सिल्भर तथा दोश्रो दिन सेन्ट्रल वेस्ट जोनको डिलरहरुलाई रिजनल अवार्डहरुको साथ साथै नेसनल प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् नेशनल डाइमण्ड, गोल्ड तथा सिल्भर अवार्डहरुबाट सम्मानित गरिएको छ । ‘क्वालिटीको मामिलामा नो कम्पर्माइज’ भन्ने सिद्धान्त लिएको शिवम् सिमेन्टसले क्वालिटीको मामिलामा कम्पर्माइज भन्दै सम्मान गरेको हो । उक्त कार्यक्रममा नेपालको चर्चित कलाकारहरुको साथ साथै भारतका कलाकार राजु श्रीवास्तवका मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो । उक्त कार्यक्रममा देशको हरेक भूभागबाट डिलरहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै शिवम् सिमेन्टसका अध्यक्ष सुरेन्द्रकुमार गोयलले आपसी,सदभाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्टसले सिमेन्ट जगतमा उच्च स्थान पाउन सफल भएको बताए । साथै, आगामी दिनहरुमा अझै दिगो रुपमा प्रस्तुत गर्दै शिवम् सिमेन्टसलाई सदैव नम्बर. सिमेन्टको रुपमा परिचित गराइराख्ने प्रतिवद्धता व्यक्त गरे । उपस्थित डिलरहरुले शिवम् सिमेन्टले आयोजना गरेको यस्तो कार्यक्रमहरुबाट व्यापार, व्यवसायमा लागेका सम्पुर्ण उद्योगी, व्यापारीहरुलाई थप हौसला प्रदान गर्ने धारणा राखेका थिए ।

सबैभन्दा बढी आयकर दाखिला गर्नेमा कामना सेवा विकास बैंक, राजस्व विभागबाट सम्मानित

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सम्मानित भएको छ । बैंक “आठौं राष्ट्रिय कर दिवस, २०७६“ को अवसरमा मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकोमा आन्तरिक राजस्व विभागबाट सम्मानित भएको हो । बैंकले हाल १०३ वटा शाखा तथा ५१ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले एबीएबीएस, लेटेस्ट इन्टरनेट बैंकिङ एण्ड मोबाइल बैंकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

गण्डकी विकास बैंकले एकैदिन विस्तार गर्यो चार नयाँ शाखा, थप ११ वटा सञ्चालनमा आउँदै

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले एकैदिन चार वटा शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकले आइतबार मात्र धादिङ्गको धादिङ्गबेसी, लमजुङ्गको भोटेओडार, तनहुँको जामुने र चितवनको मेघौलीमा एकैसाथ शाखा कार्यालय विस्तार गरेको हो । यस सहित बैंकको शाखा संख्या ८५ पुगेको छ । बैंकको थप विभिन्न ११ स्थानमा शाखा कार्यालयहरुको निर्माण कार्य भै राखेको र उक्त शाखा कार्यालयहरु समेत सञ्चालनमा आए पश्चात बैंकको कुल शाखा संख्या ९६ पुग्नेछ । न्यू विजनेश एजद्वारा आयोजित सन् २०१९ को बेष्ट म्यानेजड डेभलपमेन्ट बैंकको एवार्डबाट पुरस्कृत यस विकास बैंकको कुल चुक्ता पूँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । गत असोजमसान्तसम्म बैंकले १२ करोड ४२ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । उक्त अवधिमा बैंकले कुल निक्षेप ३० अर्ब ९ करोड रुपैयाँ संकलन गर्न र कुल कर्जा २६ अर्ब ३० करोड रुपैयाँ प्रवाह गर्न सफल भएको छ । समिक्षा अवधिमा बैंकको निश्क्रिय कर्जाको अनुपात पनि न्यून रहेको छ । मेगा बैंक नेपाल लिमिटेडसँग गत आश्विनमा मर्जर/प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरी बैंकलाई अझ सवल, सक्षम बनाउने र यसका लगानीकर्ताहरुको लगानीको सम्बर्धन गर्ने र सबै सरोकारवालाहरुको हित संरक्षण गर्ने नीति बैंकको रहेको छ ।

सनराइज बैंकको १२४औँ शाखा सप्तरीको इनरुवामा

काठमाडौं । सनराइज बैंकले सप्तरी स्थित इनरुवामा १२४औँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहेता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) जनकशर्मा पौड्यालले संयुक्त रुपमा गरेका हुन् । साथै, इनरुवा वडा १ का वंडाअध्यक्ष रामचन्द्र पोद्घार र इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र शाहले संयुक्त रुपमा एटीएमको उद्घाटन गरेका छन् । कार्यक्रममा सीईओ जनकशर्मा पौड्यालले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथ अघि बढाउदैं लाने बताएका छन् । हालसम्म बैंकले १२४ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा एटीएम मार्फत बैंकिङ् सेवा प्रदान गर्दै आइरहेको छ ।

बीमा व्यवसायमा सबैभन्दा बढी आयकर बुझाउने नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीमध्येमै सबैभन्दा बढी आयकर दाखिला गरेको छ । उक्त स्वरुप आन्तरिक राजस्व विभागले कम्पनीलाई कदर स्वरुप सम्मान गरेको छ । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा मंसिर १ गते काठमाडौंमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झालाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् । सो अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत झाले यो सम्मानले कम्पनीलाई अझ जिम्मेवार बनाएको तथा नेपालको बीमा व्यवसाय अझ परिस्कृत गर्दै सबै जनताका सामु पुगी सेवा प्रदान गर्दै अगाडि बढ्न र नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउन हौसला मिलेको बताएका छन् । जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजार हिस्सा ओगटेको यस कम्पनीको चुक्ता पूँजी ५ अर्ब ५० करोड र लगानी ७८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको पहिलो चार महिनामा जम्मा ९ अर्ब ६२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । १ लाख ३५ हजार ६ सय १० प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीमा स्वेदेशी तथा विदेशी गरी २६ लाख ६९ हजार ८ सय ८६ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका इन्स्योरेन्सले जानकारी दिएको छ ।

घर बनाउँदा नक्सासँगै इन्टेरियर डिजाइन पास गर्नु पर्ने, के हो इन्टेरियर डिजाइन ?

काठमाडौं । अब घर बनाउदा घरको नक्सासँगै घरका लागि इन्टेरियर डिजाइन पनि पास गराउनु पर्ने भएकाे छ ।  इन्टेरियर डिजाइनर्स एशोसियस अफ नेपालको १६औं वार्षिक उत्सवको कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले साे कुरा बताएका हुन् । उनले भने – ‘हामीले महानगरपालिकामा नक्सा पास गर्न आउँदा इन्टेरियर डिजाइन पनि पास गर्नका लागि छलफल भैइरहको छ। साथै, इन्टेरियर डिजाइन पास गराउँदा घर सजावटको खर्च पनि कम हुने र पछि इन्टेरियर डिजाइनको लागि समय पनि लाग्दैन । इन्टेरियर डिजाइनर्स एशोसियस अफ नेपालका अध्यक्ष विन्द्रा कक्षपति प्रधानले हाल इन्टेरियर डिजाइनको महत्व बढ्दै गएको बताउँदै इन्टेरियर डिजाइनरहरुको हकहित तथा प्रतिष्ठा र सचेतना बढाउन संस्था कटिबद्ध रहेको धारणा राखेकी छिन्। साथै, उनले यस क्षेत्रमा ज्ञान भएकाहरु कोहि पनि बेरोजगार बस्नु नपर्ने उल्लेख गर्दै रोजगार तथा स्वरोजगार क्षेत्रको रुपमा इन्टेरियर डिजाइनलाई विकास गर्नुपर्नेमा जोड दिएकी छिन्। घर, अपार्टमेन्ट, होटेल, हस्पिटल र रेस्टुरेन्टमा इन्टेरियर डिजाइनको माग बढ्दै गएको छ । अन्य पेसाजस्तै इन्टेरियर डिजाइनबाट पनि राम्रो कमाइ गर्न सकिने र समयअनुसार डिजाइनर ‘अपग्रेड’ हनुपर्ने उनको भनाई छ । अहिले घर बनाई सकेपछि डेकोरेटरका रुपमा मात्र इन्टेरियरको काम हुने गरेको भन्दै उनले घर निर्माणको योजना बनाउँदादेखि नै इन्टेरियर डिजाइनलाई पनि सँगै अघि बढाउँदा खर्च कम हुनुका साथै राम्रो डिजाइन बन्ने उनको दाबी छ । के हो इन्टेरियर डिजाइन ? जसरी आधुनिक फेसनका लुगामा बुट्टा भरेर, नयाँ नयाँ शैलीमा कट आउट गरेर डिजाइनमा लुक दिइन्छ, त्यसरी नै घरका सादा र रंगविहिन भित्ता, सिलिङ र रुमको बनावट इन्टेरियर डिजाइनमार्फत नयाँ रूप दिइन्छ । यो कला एक डिजाइनरको कल्पनाशक्ति र सिर्जन शीलतामा आधारित हुन्छ ।

सबैभन्दा बढी नाफामुलक व्यवसाय गर्नेमा आईएमई लाइफ इन्स्योरेन्स, पायो सम्मान पत्र

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ का लागि नेपाल पूनर्बीमा कम्पनीमा पूनर्बीमा प्रदान गरेका जीवन बीमा कम्पनीहरु मध्ये आईएमई लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी नाफामुलक व्यवसाय गरेको छ । इन्स्योरेन्सले पूर्नबीमा शुल्क र दाबीको आधारमा सबैभन्दा बढी नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मान पत्र प्राप्त गरेको छ । उक्त सम्मानपत्र नेपाल पूनर्बीमा कम्पनीको छैठौं वार्षिक उत्सव कार्यक्रमको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले इन्स्योरेन्सलाई प्रदान गरेको हो । इन्स्योरेन्सले ७६ जिल्लामा आफ्नो १०० भन्दा बढि शाखा तथा उपशाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी, कम्पनीले घातक रोग विरूद्ध उपचार खर्च, लघुवीमा, सामुहिक बीमा लगायत बीमितलाई प्रत्यक्ष फाइदा पुग्ने विभिन्न किसिमका बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीले निकट भविष्यमा समेत सम्भावित ग्राहक एवं बीमितको चाहना अनुरुप लाभदायक बीमा योजनाहरू प्रस्तुत गर्ने बताएको छ । साथै, कम्पनीले थप शाखा तथा उपशाखा कार्यालयहरू मार्फत सेवा विस्तार गरि जीवन बीमाको पहुंच वृद्धि गर्ने लक्ष्य लिएको छ ।

चार भेरियन्टमा सुजुकीको ‘एस-प्रेसो’ नेपाली बजारमा, मूल्य २२ देखि २५ लाख रुपैयाँ

काठमाडौं । नेपालका लागि सुजुकी ‘फोर-ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा मिनी एसयुभी ‘एस-प्रेसो’, ‘माई फस्र्ट एसयुभी’ सार्वजनिक गरेको छ । ‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौं पुस्तामा निर्माण भएको ‘एस-प्रेसो’मा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ जसले यसको बनोटलाई अझ बलियो, सुरक्षित र कठोर बनाइदिएको छ । १० भन्दा बढी सुरक्षा व्यवस्था रहेको ‘एस-प्रेसो’ अब नेपालका सबै ३६ वटा सुजुकी रिटेल नेटवर्कमार्फत बिक्री वितरण हुनेछ । सुजुकीले ‘एस-प्रेसो’मा ‘वेस्ट-इन-क्लास’ फिचरहरु समेत लोड गरेको छ । सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने- ‘‘एस-प्रेसो’को लन्च हामी हाम्रा ग्राहकका लागि ‘बेस्ट भ्यालु प्राइस’मा‘बेस्ट इन डिजाइन, टेक्नोलोजी र सेफ्टी’उपलब्ध गराउन प्रतिबद्ध छौं । ‘एस-प्रेसो’ बीएस६ मापदण्डमा आधारित छ जुन वातावरण संरक्षणप्रति प्रतिबद्ध मापदण्ड हो । ‘एस-प्रेसो’ले यो सेग्मेन्टमा नयाँ उत्साह सिर्जना गर्नेछ ।’ एक्सटेरियर नयाँ सुजुकी ‘एस-प्रेसो’ को डिजाइन ‘बोल्ड’ छ र एसयुभी गुणले पूर्ण छ । यसको ‘अपराइड ए–पिलर’ र ‘ब्याक डोर’ डिजाइनले यसलाई बलियो एसयुभीको स्वरुप दिएको छ । ‘मोर्डन ग्लास’ र ‘बडी’कोअनुपातलाई सावधानीपुर्वक डिजाइन गरिएको छ जसले यसलाई ‘बोल्ड लुक’दिएको छ । साथै, ‘१८० एमएम हाई ग्राउन्ड क्लेरेन्स’ र ‘डोर–सिल’ले ‘एस–प्रेसो’को आत्मविश्वास र कठोरतालाई प्रस्तुत गर्छ । यसको स्वरुपलाई आर१४ टायरजडितवर्गाकार ‘ह्विल–आर्क’ले दमदार बनाइदिएको छ । यसमा प्रयोग गरिएको ‘अर्पेचर हेडल्याम्प’ र ‘ग्रिल ग्राफिक्स’ले यो कारको ‘बोल्डनेस’लाई व्यापक बनाइदिएको छ । चौडा ‘सि-सिग्नेचर टेल ल्याम्प’लाई थोरै माथि सारिएको छ जसले यसको उपस्थितिलाई बलियो मात्र नभएर सडकमा सहजै चिन्न सकिने बनाएको छ । ‘युनिक र युथफुल’इन्टेरियर सुजुकी ‘एस-प्रेसो’मायुनिक र एक्साइटिङ इन्टेरियर डिजाइन रहेको छ जसले यसलाई छुट्टै ‘स्टाइल’ दिएको छ । यसको केन्द्रमा ‘डाइनामिक कन्सोल’ रहेको छ जुन ‘टफ स्पोर्ट वाच’बाट प्रभावित छ र यसले विशेष गरी युवाग्राहकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । योसँगै ‘ट्रेन्डी इन्फोटेन्मेन्ट सिस्टम र डिजिटल स्पिडोमिटर’ रहेको छ । यसले कारलाई ‘आइकनिक स्टाइल’ दिलाउनुका साथै नयाँ प्रविधि र ‘बोल्ड डिजाइन’को समिश्रण झल्काउँछ । ‘एस-प्रेसो’को ‘सिटिङ लेआउट’ थोरै अग्लो छ जसले ‘कमान्डिङ ड्राइभिङ पोजिसन’ प्रत्याभुत गर्छ । यसमा पर्याप्त ‘लेग रुम’ समेत रहेको छ । ‘स्पोर्टी ब्ल्याककलर स्किम’ सहितको ठूलो ‘क्याबिन स्पेस’ले युवा ग्राहकमा उत्साह सञ्चार गर्ने अपेक्षा गरिएको छ । रोमाञ्चक यात्राको लागि नयाँ ‘टेक्नोलोजी’ ‘एस-प्रेसो’मा सेग्मेन्टमै पहिलो पटक ‘स्टेरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल’ राखिएको छ । साथै, यसमा म्युजिक, इन्टरटेन्मेन्ट र नेभिगेसनको लागि ‘स्मार्ट प्ले’ जडित टच स्क्रिन छ जुन ‘एन्ड्रोइड अटो, एप्पल कारप्ले’वाअन्यकुनै ‘स्मार्टप्ले स्टुडियो एक्पकम्पेटिबल’ छ । ‘एस–प्रेसो’मा बजारमा प्रमाणित र स्थापित १.० लिटरको बीएस६ मापदण्डमा आधारित ‘के टेन’इन्जिन रहेको छ जसले पर्फमेन्समा कुनै सम्झौता नगरी माइलेज दिन्छ । बेजोड ‘सेफ्टी फिचर’ यात्रु र बटुवाको सुरक्षा प्रत्याभुत गर्न सुजुकीले गरिरहेको निरन्तर प्रयासको परिणाम हो, ‘एस-प्रेसो’ । सुजुकीको ‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौ पुस्तामा निर्माण गरिएको यो कार भारतको पछिल्लो सुरक्षा मापदण्डमा आधारित छ । ‘हार्टटेक्ट प्लेटफर्म’ले गाडीको ‘बडी’मा ‘इम्प्याक्ट एब्जोप्र्सन’ र ‘इनर्जी डिस्पर्सन’ राम्रो बनाइदिन्छ । यसले यात्रुको सुरक्षा प्रत्याभुत गर्छ । यसमा ‘डुअल एअरब्याग’, ‘इबीडी’ (इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन)सहितको ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम), ‘प्रि-टेन्सनर’ र ‘फोर्स लिमिटर’ सहितको सिट बेल्ट, ड्राइभर र को-ड्राइभरका लागि सिट ‘बेल्ट रिमाइन्डर’, ‘रियर पार्किङ असिस्ट सिस्टम’, ‘हाई स्पिड वार्निङ एलर्ट’ र ‘रिभर्स पार्किङ सेन्सर’ लगायतका सुरक्षा फिचरहरु रहेका छन् । यस्तो छ मूल्यः