भरतपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण हुने, सरकार सहयोगी बन्छः प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण अभियानमा सरकार सहयोगी बन्ने बताएका छन् । फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका निम्ति फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर गर्न आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्तरीय रङ्गशाला मैदान नहुँदा नेपालमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता हुन नसेकेकोले यस्तो मैदानको आवश्यकता रहेको धारणा व्यक्त गरे । “अहिले हामीकहाँ भएका मूलपानी र त्रिवि क्रिकेट मैदान काम चलाउ मात्रै छन्, त्यसैले यहाँ अन्तर्राष्ट्रियस्तरको रङ्गशाला आवश्यक छ, भएकाको पनि स्तरोन्नति आवश्यक छ”, उनले भने । खेल र राजनीतिको सम्बन्ध अन्योन्याश्रित रहेको बताउँदै प्रधानमन्त्री ओलीले तत्कालीन अवस्थामा खेल जितेर (लिगलिगे दौड) राज हुने परम्पराको स्मरण गर्नुभयो । नेपाल अब समृद्धितर्फ अघि बढिसकेको कुरा आफूले अन्तर्राष्ट्रिय समुदायलाई समेत बताएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समृद्धिको अभियान अब साकार हुँदै जाने बताए । उनले ठेकेदार भागेकाले मेलम्ची समयमै काठमाडौँ ल्याउन नसकिएको बताउँदै ठेकेदार कम्पनीसँग केही दिनभित्रै वार्ता हुने र मेलम्चीको काम अगाडि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गरे । सरकार वार्ता र संवादबाटै अगाडि बढ्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्र कमजोर भयो भनेर हल्ला फिँजाउनु दुर्भाग्य भएको बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै भएको बताए । “राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै हो । तपाईं हेर्नुहोला अबको १० वर्षभित्र नेपालको राजनीति सफा हुन्छ, एउटा नयाँ अभियानमा जान्छ”, उनले भने । उनले खेलकै करण कयौँ राष्ट्रलाई एकताबद्ध बनाएको बताउँदै मुलुकको अर्थतन्त्र माथि उकास्न र समृद्धि हासिल गर्न अब मुलुकमा खेलको विकास गर्न ढिला भइसकेको बताए । मुलुकको समृद्धिका लागि अब सबै जनताले आआफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताउँदै अध्यक्ष दाहालले समृद्धिलाई साकार रुप दिन सबले सङ्कल्प गर्नुपर्ने बेला आएको बताए । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले खेलकूदकै कारण नेपाल पछिल्लो समय संसारमा चिनिँदै गएको बताए । उनले खेलकूदको विकास र रङ्गशाला निर्माणका लागि पार्टीका तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कमी नहुने वचनबद्धतासमेत व्यक्त गरे । युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मा सुनारले नेपाली खेलाडीले प्रतिकूलताका बाबजूद अन्तर्राष्ट्रिय सफलता हात पारिरहनु सराहनीय काम हो भने । उनले खेल क्षेत्रको विकासविना मुलुकको समृद्धि हासिल हुन नसक्ने बताउँदै यस क्षेत्रको भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर मुलुकको सबै स्थानीय तहमा खेलग्राम निर्माण गर्ने कार्यविधि ल्याएको उनले बताए । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सरकारको एक महानगरमा एक सुविधासम्पन्न रङ्गशाला बनाउने कार्यक्रमअनुसार फाउण्डेशनलाई जग्गा प्राप्त गर्न चुनौती नहोस् भनेर जग्गा दिन तयार भएको बताइन् । उनले दुई वर्षभित्र रङ्गशाला तयार गरेर पहिलो खेल भारत र पाकिस्तानबीच गराउनेसमेत बताइन् । रासस
मेसीको कप्तानीमा तिर्खाएको बार्सिलोनालाई एक्का ट्रायल पर्ला ?
काठमाडौं । बार्सिलोना च्याम्पियान्स् लिग जित्न आतुर रहेको छ । यसका लागि क्लब व्यवस्थापन र प्रशिक्षकले सम्पुर्ण शक्ति केन्द्रित गरिरहेका छन् । आफ्नो क्लब इतिहासमा ५ पटक मात्रै जितेको बार्सिलोनाले यसको संख्या बढाउन चाहिरहेको छ । गत साल रोमासँग ३-० को हार बेहोर्दै बाहिरिएको बार्सिलोना यो पट यस्तो गल्ती नगर्ने तयारी गरेको छ । मुख्य प्रशिक्षक इर्नेस्टो भाल्भारे खेलाडी थाक्नु नै खेल हारको मुख्य कारण भएको बताइरहेका छन् । यो सिजन प्रशिक्षकले कोपा ‘डेल रे’ लाई ध्यान दिइरहेका छैनन् । ३ वटै मुख्य ट्रफिमा ध्यान दिदाँ खेलाडी थाक्ने प्रशिक्षकको बुझाइरहेको छ । यसो त बार्सिलोना कोपा डेलरेको अन्तिम आठको खेलमा सेभिल्लासँग २-० ले पछि परिसकेको छ । बुधबार राती हुने खेलमा कमब्याक हुने धुनमा बार्सिलोना हुनेछ । यसका लागि पहिलो सेटमा सम्भवत मेसीलाई प्रशिक्षकले मैदान उतार्नेछन् । अघिल्लो चरणमा जानको लागि बार्सिलोनाका लागि ३-० को नतिजा निकाल्न आवश्यक छ । लालिगामा ५ अंकको स्पस्ट अग्रता लिएको बार्सिलोना धेरै गोल गर्नबाट भने चुकिरहेको छ । भरपर्दा डिफेन्डर स्यामुएल उमटीटीको अभाव अहिले बार्सिलोनामा देखिरहेको छ । यस्तै उच्च फर्ममा रहेका उसमाने डेम्बेले पनि घाइते हुनु बार्सिलोनाका लागि अर्को समस्या रहेको छ । सन् २०१५ मा लुइस इनरिकेले ३ वटा ट्रफि एकै सिजन जिताएका थिए । यो सिजन पनि बार्सिलोनाले ३ ट्रफी जित्ने आधार रहेको छ । हाल बार्सिलोनाका लागि रोटेसनमा खेल्ने खेलाडी उल्लेख्य रुपमा रहेको छ । तर यसमा प्रशिक्षक सफल हुन सकेका छैनन । कोपा डेलरेमा सेभिल्लासँगको खेलमा मेसी नहँदा हार बेहोर्नु नै यसको उदाहरण हो । निकै आस गरिएका खेलाडी फिलिपे कोटिन्हो फर्ममा नआउनु पनि अर्को समस्या हो । उनले गोल तथा असिस्टमा उल्लेख्य रुपमा प्रगति गर्न सकेका छैनन । कोटिन्होको प्रर्दशनबाट अहिलेनै आत्तिनु नहुने बार्सिलोना म्यानेजमेन्टको बुझाइ रहेको छ । उनलाई बेच्ने कुरा चलिरहँदा कोटिन्होले आफु चाडैनै बार्सिलोना छोड्न क्याम्प नोउ नआएको प्रतिक्रिया दिइसकेका छन् । उनलाई लय समात्नका लागि अझ धेरै समय मैदान खेलाउनु पर्ने देखिन्छ । सेभिल्लासँगको दोस्रो लिगमा बार्सिलोनाले कमब्याक गर्न सके यसले खेलाडीको आत्माबल बढ्नेछ । यसमा पुर्ण शक्ति लगाएर अन्य खेलमा मुख्य खेलाडीलाई आराम दिनुपर्ने भाल्भारे समक्ष चुनौती छ । भाल्भारेको माइनस रणनिती हुन सक्छ घातक बार्सिलोनाले ४३३ को सेटमा खेल खेलिरहेको छ । विगतलाई हेर्ने हो भने बलियो मिडफिल्डकै कारण बार्सिलोनाको टिकीटाका चलेको थियो । अहिले मिडफिल्ड निकै कमजोर अवस्थामा छ । बल लिएर अघि बढ्ने र असुरक्षित हुने बित्तिकै पछाडी बल दिने भाल्भारेको रणनिती च्याम्पियान्स लिगमा घातक हुन सक्छ । यदि यसरी खेल खेल्दा अगाडी गोल खाएको अवस्थामा कमब्याक गर्न कठिन हुनेछ । किानकी च्याम्पियान्स लिग खेल्ने टोली निकै प्रभावशाली नै हुन्छन् । बार्सिलोनाको हालको खेलमा स्पीड बढाउन पर्ने आवश्यक छ । डेम्बेलेको स्पीड अहिले निकै प्रभावशाली बन्दै गएको छ । त्यस्तै स्पीड बाया तर्फबाट पनि दिन सकियो भने बार्सिलोनाले गोल संख्या सजिलै बढाउन सक्छ ।
चक्रपथमा ४० सिटका आधुनिक विद्युतीय बस, मोबाइलबाटै भाडा तिर्न सकिने
काठमाडौं । चक्रपथमा ४० सिट क्षमताका आधुनिक विद्युतीय बस गुड्ने भएका छन् । बसमा थप ४० जनाका लागि उभिन पुग्ने ठाउँ रहनेछ । सुन्दर यातायात प्रालीले चक्रपथमा सुविधा सम्पन्न विद्युतिय बस गुडाउन लागेको हो । चीनको बिएके कम्पनीले निर्माण गरेको विद्युतिय बस एक पटक चार्ज गर्दा २६८ किलोमिटर गुड्ने सुन्दर यातायातका अध्यक्ष भेष थापाले जानकारी दिए । कम्पनीले ३ वटा बस नेपाल ल्याईसकेको छ भने चार्जिङ स्टेशन पनि झिकाईसकेको छ । एउटा बसको मूल्य १ करोड ८७ लाख पर्छ । यी बसहरुमा मोबाइलबाटै भाडा तिर्न सकिन्छ । त्यसका लागि कम्पनीले ‘सुन्दर यातायात भेइकल रिचार्ज’, नामको एप्स निर्माण गरिरहेको छ । ‘४० सिट क्षमताका आधुनिक विद्युतिय बस गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ, बसमा एप्सबाटै भाडा तिर्न सकिन्छ’, सुन्दर यातायातका अध्यक्ष थापाले विकासन्युजसँग भने । ३ वटा बस ल्याईसकेको कम्पनीले थप १० वटा बस ल्याउने प्रक्रिया अघि बढाईसकेको छ । https://bikashnewscdn.prixacdn.net/uploads/2019/01/sundar_yatayat.mp4 १३ जना युवा उद्यमी मिलेर उनीहरुले काठमाडौं पछि पोखारा, बुटवल र चितवनको शहरी क्षेत्रमा विद्युतिय बस सञ्चालन गर्ने योजना बनाएका छन् । नेपालमै पहिलो पटक निजी क्षेत्रबाट विद्युतिय बस सञ्चालन गर्न लागिएको तर सरकारले अपेक्षाकृत सहयोग नगरेको गुनासो पनि थापाले पोखे । यस अघि साझा यातायातले विद्युतिय बस ल्याएको भए पनि गुणस्तरमा समस्या देखिएपछि फिर्ता पठाईएको छ । सरकारले विद्युतिय सवारी साधनमा भन्सार छुट दिएको छ तर चार्जिङ स्टेशनको भन्सारमा छुटमा भने आनाकानी भैरहेको थापाले जानकारी दिए । रघुविरको अर्घेल्याई विद्युतिय सवारी साधनको प्रवद्र्धनमा वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ तगारो बनेको आरोप पनि उनीले लगाए । सरकारले आफ्नो नीति तथा कार्यक्रम, बजेत वत्तव्य र बामपन्थी घोषणा पत्रमै उल्लेख गरिएका व्यवस्थाहरुको कार्यान्वयनमा मन्त्रीले चासो नदेखाएको थापाले बताए । ‘सरकारको नीति तथा कार्यक्रममै ५ बर्षभित्र विद्युतिय सवारी साधनहरुको हिस्सा २० प्रतिशत पुर्याउने भनिएको छ, तर वर्तमान मन्त्रीले चासो देखएका छैनन्’, थापाले आरोप लगाए । उनका अनुसार विद्युतिय बसका लागि आवश्यक पर्ने चार्जिङ स्टेशनका उपकरण आयातमा मन्त्रालयले सहुलियत दिन आनाकानी गरिरहेको छ । त्यसमा मन्त्री महासेठले नै अनिच्छा देखाएका हुन् । ‘चार्जिङ स्टेशनका उपकरणमा भन्सार छुट दिन भन्सार विभाग तयार छ, यातायात व्यवस्था विभाग पनि पत्र लेख्न तयार छ तर मन्त्री आफैं सकारात्मक छैनन्, हामीले पटक पटक कुरा राख्यौं तर काम भएन’, थापाले आक्रोस पोखे ।
ज्योति विकास बैंकले एकै दिन खोल्यो ५ शाखा
काठमाडौँ । ज्योति विकास बैंक लि.ले सर्लाहीको हरिवन, सप्तरी जिल्लाको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा माघ १६ गते एकैदिन नयाँ शाखा संचालनमा ल्याएको छ । हरिवन नगरपालिका वडा नं ११, हरिवनमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अतिति हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काद्धारा एक कार्यक्रमका बिच उद्घाटन भयो । त्यसैगरी, रुपनी गाउँपालिका वडा नं १, रुपनीबजारमा रहेको नयाँ शाखाको रुपनी गाँउपालिकाका मेयर हरेराम यादव तथा बैंकका संचालक छत्रमान श्रेष्ठज्यू र बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ३ मा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अतिथी नेपाल राष्ट्र बैक विरगंजका निर्देशक रविन्द्र महर्जनज्यू तथा बैंकका सञ्चालक ध्रुव कोइरालाले संयुक्त रुपमा उद्घाटन गरे । निजगढ नगरपालिका वडा नं ९, सहिदचोकमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अतिथि निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनाल तथा बैंकका संचालक नारायणप्रसाद पौड्यालबाट उद्घाटन भयो । त्रियुगा नगरपालिका ११, गाईघाट उदयपुर मा रहेको शाखाको पनि औपचारिक उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी तथा बैँकका संचालक जगदिश्वरप्रसाद अधिकारीले संयुक्त रुपमा गरेको सहायक महाप्रबन्धक रामहरि आचार्यले जनाएका छन् ।
नबिल र अजोडबीच बीमा सेवा सम्झौता
काठमाडौँ । नबिल बैंक लि. र अजोड इन्स्योरेन्स लि.बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा नबिल बैंकका तर्फबाट रिटेल व्यावसाय प्रमुख निरज शर्मा र अजोड इन्स्योरेन्स लि का तर्फवाट सहायक महाप्रबन्धक श्री महेश राज खरेलले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।
ओम डेभलपमेन्ट बैँकको सहयोगमा दृष्टिबिहीनलाई कम्प्युटर शिक्षा
काठमाडौँ । ओम डेभलपमेन्ट बैंकको सहयोगमा दृष्टिबिहीनहरुका लागि पोखरामा कम्प्युटर शिक्षा तालिम सुरु भएको छ । बैंकको आर्थिक सहयोग र कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा भएको तालिमको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले उद्घाटन गरेका हुन् । फागुन १८ देखि २४ गतेसम्म पोखरामा आयोजना हुने ‘भायानेट क्यानइन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को पूर्व सन्ध्यामा तालिम आयोजना गरिएको हो । यसअघि बैंकले खैरेनी मा.बि. खैरेनीटार तनहुंको पुस्तकालयलाई पुस्तकहरु हस्तान्तरण गरेको थियो भने सिद्धेश्वर महादेव बृद्धाश्रम गैडाकोटलाई आर्थिक सहयोग, बाल मन्दिर मावि नदिपुर पोखरालाई भौतिक सामाग्री तथा हरिहर आश्रम देबघाटलाई कम्प्यूटर हस्तान्तरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बताए ।
सुबिसुको एलेक्जा सेट अफ बक्स, जे भन्यो तेहि मान्ने, मूल्य ५००० भन्दा कम
काठमाडौं । सुबिसुले म्याजिक सेटअप बक्स् ल्याएको छ । बोलेरै टीभी, किताब, गित सुन्न मिल्ने सेटअप बक्स् ल्याएको हो । सेटअप बक्स् जुनसुकै टेलिभिजन सेटमा फिट गर्न सकिने सुबिसुका प्रेसिडेन्ट सुधिर पराजुलीले बताए । उनका अनुसार सेटअप बक्स टीभीमा जडान गरेपछि जुनसुकै कुरा सोध्न, पढ्न र हेर्न सकिनेछ । सेटअप बक्सलाई एक मपिहनाभित्रै बजारमा ल्याउने तयारी गरेको छ । जसको मूल्य ५ हजार भन्दा बढी नपर्ने कम्पनीले जानकारी दिएको छ । मुल्याङकन र बजारको अध्ययन गरी छिट्टै बजारमा ल्याउने तयारी सुबिसुको रहेको छ । भारतमा निर्मित सेटअप बक्स सबैभन्दा पहिला नेपालमा उद्घाटन गरिएको हो । सर्वप्रथम एलेक्जा स्मार्ट सेटअप बक्स टीभीमा जडान गर्नुपर्नेछ टीभीमा जडान गर्नुपर्नेछ । यसको लागि इन्टरनेट पनि आवश्यक रहन्छ । जडान गरिसकेपछि सेटअपमा आउने सानो रिमोटमा बोल्नु पर्नेछ । यसरी बोल्दा अग्रेजी भाषामा बोल्नु पर्नेछ । एलेक्जाले बोलीको आधारमा गुगलबाट खोजेर विभिन्न सेवा दिनेछ । बोलीबाटै टीभी च्यानल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगित, समान्य ज्ञान, किताब पढ्न समेत मिल्नेछ । यो प्रविधि नेपालमै पहिलो पटक भित्रिएको कम्पनीको दाबी छ । एलेक्जा सेटअप बक्स सम्पुर्ण सुबिसु सेन्टरहरुमा उपलब्ध हुनेछन् ।
सिभिल मलमा जाडोका कपडामा ७० % छुट
काठमाडौँ । सुन्धारा स्थित सिभिल मलमा अधिकतम छुटमा जाडोका लुगा बिक्री शुरु भएको छ । ‘सिभिलमल विन्टर सेल – २०७५’ नाम दिईएको अफर अवधिभर ज्याकेट, स्वेटर, पाईन्ट, जुत्ता लगायतका विभिन्न सामग्रीहरू ७० प्रतिशतसम्म छुटमा एकै बिक्री भइरहेको छ । माघ ११ देखि शुरू भएको ‘सिभिलमल विन्टर सेल – २०७५’ फागुन ४ गतेसम्म चल्नेछ ।