एसियाली सेयर बजारमा चीन-अमेरिका व्यापार वार्ताको प्रभाव, ‘पर्ख र हेर’मा लगानीकर्ता
सिङ्गापुर । व्यापारीहरूले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको नयाँ नीतिगत निर्णय र अमेरिका-चीन वार्तालाई पर्खिरहेका समय बुधबार एशियाली शेयर बजारमा मिश्रित प्रभाव देखिएको छ । जापानको शेयर बजारको लेखाजोखा राख्ने निक्के सुचकाङ्कमा २२५ अङ्क अर्थात् ०.५ प्रतिशतको कमी आई २० हजार ५५६ दशमलब ५४ अङ्क कायम भएको छ भने दक्षिण कोरियाली कोस्पीमा ०.९ प्रतिशतको वृद्धि भई २२ हजार तीन दशमलब १७ कायम भएको छ । हङकङको हाङसेङ सूचकाङ्कमा ०.१ प्रतिशत अङ्कले वृद्धिभई २७ हजार ५६४ दशमलब १९ अङ्क कायम भएको छ । साङघाइ कम्पोजिट सूचकाङ्कमा ०.२ प्रतिशतको ह्रास आउँदा २५ हजार ८९ दशमलब ७० अङ्क कायम भएको छ । अष्ट्रेलियाको एस एण्ड पी एएसएक्स २०० मा ०.२ प्रतिशत अङ्कले वृद्धि भई पाँच हजार ८८६ दशमलब ७० कायम भएको छ । ताइवानमा स्टक बजार स्थिर रहेको छ भने थाइल्याण्ड र इन्डिोनेसियामा वृद्धि देखिएको छ । रासस/एपी
मेगा बैंकको नयाँ शाखा धादिङको ज्वालामुखीमा
काठमाडौं । मेगा बैंकका नयाँ शाखा धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकामा औपचारिक रुपमा उदघाटन भएको छ । उक्त शाखा कार्यालयको उद्घाटन गाउँपालिकाका अध्यक्ष विनोदराज तिमिल्सिनाले गरेका हुन । मेगा बैंकको शाखा खुलेपछि स्थानीय जनताको वित्तीय अवस्था र जीवनस्तरमा परिवर्तन आउने गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाको विश्वास रहेको छ । बैंकको शाखा खुलेपछि स्थानीय बासिन्दाहरु निकै उत्साही बनेको मेगा बैंक ज्वालामुखी शाखाका प्रबन्धक आत्मराम दवाडीले बताए । उक्त शाखामा १५ सय जनाले खाता खोली कारोबार शुरु गरिसकेका छन् भने १४ करोड निक्षेप र २ करोड ऋण प्रवाह भइसकेको प्रबन्धक दवाडीले बताए । धादिङमा मेगा बैंकको तीनवटा शाखा भएको छ । मेगा बैंकले यस अघिदेखि नै धादिङबेशी र मलेखुमा शाखा विस्तार गरी बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । हाल देशभरि मेगा बैंकको १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २३०० भन्दा बढी मेगा रेमिट एजेण्ट रहेका छन् ।
आरपी ग्रुपको पहिलाे शाखा ललितपुरकाे एपी शोरुममा
काठमाडौं । आरपी ग्रुपले पहिलोपटक व्यवसाय विस्तार क्यानेडियन फुटवेयर एण्ड एस्सेसोरिज ब्रान्ड एपीको शोरुम ललितपुरको जावलाखेलमा सञ्चालन गर्ने भएको छ । हालको मिस नेपाल वल्ड श्रृंखला खतिवडा र पूर्वमिस नेपाल मलिना जोशीले संयुक्त रूपमा उक्त शोरुमको उद्घाटन गरेका हुन् । उद्घाटनको अवसरमा व्यवसाय विस्तार गर्न एपीको शोरुममा माघ २५ गतेसम्म प्रत्येक सामानको खरिदमा १० प्रतिशत छुटको व्यवस्था रहेको छ । साथै शोरुममा हरेक सामानहरुको १ वर्षको वारेन्टी रहेको छ । नयाँ युवापुस्ताको ध्यानलाई मध्यनजर गर्दै आरपी ग्रुपले ब्रान्डेड एपीका सामानहरु नेपाली बजारमा विस्तार गर्ने भएकाे छ । आगामी ६ महिनाभित्र ब्रान्डको शोरुम काठमाडौंको दरबारमार्ग, इटहरी र पोखरामा पनि विस्तार गर्ने जानकारी गराएका छन् । फेसनेबल कपडा, जुत्ता ब्याग, सुटकेश, पर्स, बेल्ट लगायतका वस्तुहरु बिक्रि गर्ने आरपी ग्रुपका काठमाडौंको र लालितपुरका विभिन्न ठाँउमा संचालनमा रहेका छन् ।
बैंक अफ काठमाण्डूका सेयरधनीले २५ प्रतिशत लाभांश पाउने निश्चित
काठमाडौं । बैंक अफ काठमाण्डूका सेयरधनीले कम्पनीको गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांश पाउने निश्चित भएको छ । बिहीबार सम्पन्न बैंकको २४औं वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेसँगै कम्पनीका सेयरधनीले सो मात्राको लाभांश पाउने भएका हुन् । साधारणसभाले चुक्तापुँजीकाे १४ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । गत पुस २९ गतेसम्म नेप्सेमा कारोबार गर्ने बैंकका सेयरधनीहरुले उक्त लाभांश पाउनेछन् । ७ अर्ब ७ करोड रहेको बैंकको चुक्ता पूँजी बोनस पछि ८ अर्ब ६ करोड रुपैयाँ कायम हुनेछ ।
विशेष भत्ताको माग गर्दै चिनी उद्योगमा अनिश्चितकालीन अनशन
काठमाडौं । रामनगरका मजदूरले विशेष भत्ताको माग गर्दै एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा आमरण अनशन जारी राखेका छन् । वर्षौदेखि पाउँदै आएका सेवा सुविधा उद्योग व्यवस्थापन पक्षले कटौती गरेको भन्दै १० जना मजदूरले सामूहिकरुपमा उद्योग प्रशासनको गेट अगाडि अनिश्चितकालीन आमरण अनशनमा बसेका हुन् । बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी अखिल नेपाल औद्योगिक मजदूर युनियनका उपाध्यक्ष नीरबहादुर अधिकारीको नेतृत्वमा फेकन साह, दशरथ महतो, जीवनहरि उपाध्याय, ओपिन्द्र पासवान, रामसेवक महतो, केदार सुस्लिङ, लीलाधर महतो, रामहरि दुलालले अनिश्चितकालीन आमरण अनशन बसेका हुन् । गत साउन महीनादेखि नेपाल सरकारले वृद्धि गरिएको प्रति मजदूर रु तीन हजार ७५० उद्योग प्रशासनले नदिएको भन्दै सो को माग गर्दै विभिन्न चरणका शान्तिपूर्ण आन्दोलन सम्पन्न गरिसकेका मजदूरले इण्डष्ट्रिजको मूलगेट अगाडि आमरण अनशनमा बसेका हुन् । अहिले उखु क्रसिङ मौसम भएकाले उद्योगको कामकाज प्रभावित नहुने गरी शान्तिपूर्णरुपमा उद्योगको मूलगेट अगाडि अनशन शुरु गरेको मजदूर नेता पर्शुराम खनालले बताएका छन् । खाइपाइ आएको तलबभत्ता कुनै पनि हालतमा कटौती गरिनु नहुनेतर्फ सचेत गराउँदै विभिन्न समयमा उद्योग प्रशासनसँग वार्ता सम्पन्न गरिएको अर्का मजदूर नेता मुरारी दुलालले जानकारी दिएका छन् । आमरण अनशनमा बसेका मजदूरलाई प्रदेशसभा सदस्य भरतप्रसाद साहले फूलमाला र अबीर लगाएका थिए । रासस
नेपाल इन्स्योरेन्सको माघ २७ गतेदेखि बुक क्लोज
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको आगामी माघ २७ गतेदेखि बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि उक्त दिनदेखि माघ २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । उक्त निर्णय कम्पनी संचालक समितिको बैठकले गरेको हो । इन्स्योरेन्सले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
५६ लाखले गराए जीवन बीमा, महिलाको संख्या ३९ प्रतिशत मात्रै
काठमाडौं । देशभरमा जीवन बीमा गराउनेको संख्या ५६ लाख नाघेकाे छ । जीवन बीमा गराउने क्रम बढ्दो रहेकाे तर पुरुषको तुलनामा जीवन बीमा गराउने महिनाको संख्या निकै कम रहेको तथ्याङ्कले देखाएकाे छ । ६१ प्रतिशत पुरुषले जीवन बीमा गराउँदा महिलाको हिस्सा ३९ प्रतिशत मात्र रहेको पाइएको छ । पुरुषको तुलनामा महिला सहभागिता हरेक क्षेत्रमा कम छ अरु क्षेत्रमा जस्तै जीवन बीमा गराउनेमा पनि महिलाको सहभागिता कम पाइएको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । जीवन बीमा गराउने महिलाको संख्या ३८.८१ प्रतिशत पुग्दा पुरुषको संख्या ६१.१९ प्रतिशत पुगेको हो । बीमा समितिका अनुसार जीवन बीमाको पोलिसी किन्नेको संख्या ५६ लाख ५७ हजार २ सय ९ रहेको छ । सो पोलिसी किन्ने महिलाको संख्या २१ लाख ९५ हजार ३ सय ७९ रहेको छ भने पुरुषको संख्या ३४ लाख ६१ हजार ८ सय ३० रहेको बीमा समितिले जनाएको छ । राष्ट्रिय बीमा संस्थानमार्फत जीवन बीमा गर्नेको संख्या १ लाख ४० हजार रहेको छन् । सो संख्यामा ३७ प्रतिशत महिला रहेका छन् भने ६३ प्रतिशत हिस्सा पुरुषको रहेको छ । त्यसैगरी नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या ३ लाख ५६ हजार ६ सय ८ रहेको छ । सो संख्यामा ३९.५८ प्रतिशत महिला रहेका छन्, पुरुषको संख्या ६०.४२ प्रतिशत रहेका छन् । नेपाल लाईफ ईन्स्योरेन्समा जीवन बीमा गराउनेको संख्या ९ लाख ८३ हजार ७ सय ४३ रहेको छ । सो संख्यामा ३६.४७ प्रतिशत महिला रहेका छन् भने ६३.५३ प्रतिशत पुरुष रहेका छन् । यसैगरी, अर्को बीमा कम्पनी लाईफ ईन्स्योरेन्स कर्पोरेशन नेपालमा जीवन बीमा गराउनेको संख्या ७ लाख १ हजार ९ सय ५४ रहेको छ । सो संख्यामा ३७.२० प्रतिशत महिला र ६२.८० प्रतिशत पुरुष रहेका छन् । यता, मेट लाईफ ईन्स्योरेन्समा जीवन बीमा गराउनेको संख्या १४ लाख ४८ हजार २ सय ६० रहेको छ । जसमध्ये ५६.२४ प्रतिशत महिला र ४३.७६ प्रतिशत पुरुष रहेका छन् । एशियन लाईफ ईन्स्योरेन्समा जीवन बीमा गराउनेको संख्या ४४ हजार ८ सय ७९ रहेको छ । सो संख्यामा ४४.११ प्रतिशत महिला र ५५.८९ प्रतिशत पुरुष रहेका छन् । यसैगरी सूर्या लाईफ ईन्स्योरेन्स कम्पनीका अनुसार जीवन बीमा गराउनेको संख्या १ लाख ७६ हजार ६ सय ९७ रहेको छ । सो संख्यामा ४०.२१ महिला र ५९.७९ प्रतिशत पुरुष रहेका छन् । बीमा समितिका निर्देशक राजुरमण पौडेलका अनुसार बीमा गर्नेको सङ्ख्या बढ्ने क्रममा नै रहेको छ तर सचेतना कार्यक्रम पर्याप्त नभएकाले महिलाको संख्या कम भएको हुनसक्छ । गुराँश लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या ७४ हजार ७ सय ४७ रहेको छ । सो संख्यामा ४२.०९ प्रतिशत महिला र ५७.९१ प्रतिशत पुरुष रहेका छन् । त्यसैगरी प्राईम लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या १४ लाख २६ हजार ९ सय ७७ रहेको छ । सो संख्यामा २० प्रतिशत महिला र ८० प्रतिशत पुरुष रहेका छन् । आईएमई लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउने संख्या ११ हजार २ सय ४५ रहेको छ । सो संख्यामा ४०.०२ प्रतिशत महिला र ५९.९८ प्रतिशत पुरुष रहेका छन् । यूनियन लाईफ ईन्स्योरेन्स कम्पनीका अनुसार जीवन बीमा गराउनेको संख्या १४ हजार ३८ रहेको छ । सो संख्यामा ३७.३७ प्रतिशत महिला र ६२.६३ प्रतिशत पुरुष रहेका छन् । ज्योति लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या १३ हजार ३ सय ९० रहेकोे छ । जसमध्ये ४६.८८ प्रतिशत महिला र ५३.१२ प्रतिशत पुरुषको संख्या रहेको छ । सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या १३ हजार ९ सय २० रहेको छ । सो संख्यामा ३८.९७ प्रतिशत महिला र ६१.०३ प्रतिशत पुरुष रहेका छन् । रिलायन्स लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या ५ हजार २ सय ५९ रहेको छ । सो संख्यामा ३९.९९ प्रतिशत महिला र ६०.०१ प्रतिशत पुरुष रहेका छन् । सिटिजन्स लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्नेको संख्या ७१ हजार २ सय ७२ रहेको छ । सो संख्यामा १०.०९ प्रतिशत महिला र ८९.९१ प्रतिशत पुरुष रहेका छन् । सानीमा लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्नेको संख्या ५ हजार २ सय ६६ रहेको छ । सो संख्यामा ३२.९५ प्रतिशत महिला र ६७.०५ प्रतिशत पुरुष रहेका छन् । प्रभु लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्नेको संख्या ४ हजार ३६ रहेको छ । सो संख्यामा ३८.०१ प्रतिशत महिला र ६१.९९ प्रतिशत पुरुष रहेका छन् । रिलायवल नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीमा भने जीवन बीमा गर्ने महिलाको संख्या पुरुषको भन्दा धेरै रहेको छ । सो संस्थामा जीवन बीमा गर्नेको संख्या १ लाख ६४ हजार ९ सय १० रहेको छ । सो संख्यामा २३.४० प्रतिशत मात्र पुरुष रहेका छन् भने महिलाको संख्या ७६.६० प्रतिशत रहेको छ । बीमा समितिका निर्देशक राजुरमण पौडेलका अनुसार बीमा गर्नेको सङ्ख्या बढ्ने क्रममा नै रहेको छ, तर सचेतना कार्यक्रम पर्याप्त नभएकाले महिलाको संख्या कम भएको हुनसक्छ । साथै, आगामी दिनमा महिलाको सङ्ख्यामा समेत वृद्धी हुने निर्देशक पौडेलले बताए ।
ग्लोबल आइएमईद्धारा मुसिकोट नगरपालिकालाई ५० प्रतिशत व्याज अनुदान
काठमाडौं । ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाबीच कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । स्थानिय कृषकहरुलाई ग्लोबल आइएमई बैंक मार्फत ऋण प्रवाह गर्ने र उक्त ऋणको ५० प्रतिशत व्याज मुसिकोट नगरपालिकाले बैंकलाई भुक्तानी गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात छनौट भएका कृषकहरुले आवश्यक कागजपत्र पुरा गरे पश्चात बैंक नियमानुसार न्यूनतम २ लाख देखि अधिकतम १० लाख सम्मको ऋण सुविधा उपयोग गर्न पाउने छ । हाल बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि आफ्ना ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखा रहित बैंकिङ्गसेवा मार्फत आफ्ना ग्राहकहरुमाझ सेवाप्रदान गर्दै आइरहेको छ ।