विकासन्युज

‘एन आईसी एशिया रन फर हेल्थ’ विराटनगरमा सम्पन्न

विराटनगर । एनआई सी एशिया बैंक लिमिटेडको विराटनगर प्लाटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ को सहकार्यमा “एन आई सी एशिया रन फर हेल्थ”दौड प्रतियोगिता सम्पन्न गरेको छ । विराटनगर–शंकरपुरस्थित जनता नमुना उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको “एन आईसी एशिया रन फर हेल्थ” दौड प्रतियोगितामा विराटनगरका विभिन्न कलेजहरुको सहभागिता थियो । राष्ट्रिय अर्वुदरोग निवारण दिवसको पुर्वसन्ध्यामा अर्वुद रोगको विषयमा सर्वसाधारणमा जनचेतना जगाउन सचेतना मूलक उक्त दौड कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा संयोजक विकास बेगबानीले बताए । ५ किलोमिटर दुरीको सो प्रतियोगितात्मक दौडमा करिव १ हजार जना युवायुवतीहरुले सहभागिता जनाएका थिए । प्रदेश नं. १ का संघीय संसदका सांसद मोती दुगड र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उद्घघाटन गरेको उक्त कार्यक्रममा चर्चित नायिका केकी अधिकारी र रिचा शर्मासमेत सहभागि थिए । प्रतियोगितामा छात्रतर्फ सिटि कलेज विराटनगरका सुम्रित यादव प्रथम, मेरील्याण्ड कलेजका समिर क्षेत्री दोश्रो र नगरग्राम उच्च माविका चिर्पा शेर्पा तेश्रो भएका थिए भने छात्रातर्फ अर्किड कलेजकी ज्योति त्रिताल प्रथम, सिटि कलेजकी श्रीसन घिमिरे दोश्रो र अर्किड कलेजकी रंजिता माझी तेश्रो भएकी थिईन । प्रथम, दोश्रो तथा तेश्रो हुनुहुने खेलाडीहरुलाई पुरस्कार स्वरुप क्रमशः ३२ इन्चको टेलिभिजन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनरप्रदान गरिएको थियो ।

क्यान इन्फोटेक मेला चार लाखले अवलोकन गरे, रोबोट ब्याटल कम्पिटिसनमा सुरज पटवारी विजयी

काठमाडौं । सूचना प्रविधिमा रुचि राख्ने करिब ४ लाख अवलोकनकर्ताको उत्साहजनक उपस्थितिका साथ क्यान इन्फोटेक २०१९ समापन भएको छ । माघ १५ गतेदेखि सुरु भएको मेलाको अवलोकन गर्न अन्तिम दिन आइतबार मात्र करिब एक लाख मानिस मेलास्थल भुकुटीमण्डप पुगेका थिए । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि आयोजना गरेको २५औं संस्करणको क्यान इन्फोटेक २०१९ मा दैनिक जीवनमा प्रविधिको प्रयोगलाई विशेष महत्व दिइएकाले पनि अवलोकनकर्ताको उल्लेख्य घुइँचो लागेको हो । मेलामा औषधि ओसारपसारका लागि ड्रोनको प्रयोग, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषिक्षेत्रमा प्रविधिको प्रयोग अवलोकनको व्यवस्था मिलाइएको थियो । त्यस्तै, मेलास्थलमै सहरको कुनै एक स्थानबाट इन्टरनेटको माध्यमबाट दूरदराजदेखि गाउँगाउँका विद्यालयमा एकसाथ अध्ययन–अध्यापन गराइएको थियो । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ईसेवा’ नाम दिइएको मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका थिए । सूचना प्रविधि मेला अवलोकन गर्न मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेल, वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न दलका नेता, नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृत, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, व्यापारी, व्यवसायी, कलाकार, खेलाडीलगायत विभिन्न पेसागत संघसंगठनका प्रतिनिधि भृकुटीमण्डप पुगेका थिए । क्यान इन्फोटेक समापनपछि कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघका अध्यक्ष हेमन्त चौरसियाले नेपाली प्रविधिको उत्पादनमा भएको वृद्धिसँगै सूचना प्रविधि मेलाको औचित्य थप प्रभावकारी बन्दै गएको बताए । उनका अनुसार यसपटकको मेलामा नेपाली प्रविधि र नेपाली प्राविधिकको उत्साहजनक उपस्थिति रह्यो । ‘क्यान इन्फोटेक २०१९ को सफलता नै यसैमा निहित छ,’ उनले भने । मेलामा तीनवटा डिभाइसमा कनेक्ट गर्न मिल्ने किबोर्ड, ट्राफिक म्यानेजमेन्टमा उपयोग गर्न सकिने सिसिटिभी क्यामेरालगायतमा अवलोकनकर्ताले विशेष रुचि देखाएका थिए । सूचना प्रविधि मेलाको सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क अवलोकनको सुविधा दिइएको थियो । यसैबीच, क्यान इन्फोटेकमा बुधबारदेखि सुरु भई आइतबार सम्पन्न रोबोट ब्याटल कम्पिटिसनअन्तर्गत मिनी पुस बुटतर्फ सुरज पटवारी विजयी भएका छन् भने पवनदेव शर्मा उपविजेता बनेका छन् । त्यस्तै, कम्ब्याट रोबोट ब्याटलतर्फ सोनाम घिमिरे विजेता तथा पवनदेव शर्मा नै उपविजेता बन्न सफल भए । त्यसैगरी, अटोनोमस रोबोट ब्याटलतर्फ राजेश धुसू, रविन पराजुली, सुशील श्रेष्ठ, सरोज गुराव विजयी भए भने सञ्जीव गोसाई, प्रकाश श्रेष्ठ, विजयकुमार फुयाल र सागर खरेल उपविजेता बनेका छन् ।

कैलाश विकास बैंकको शाखा सिराहा बजारमा, शाखा संख्या ८७ पुग्याे

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले सिराहा जिल्लाको सिराहा बजारमा नयाँ शाखा स्थापना गरी आइतबारदेखि कारोवार शुभारम्भ गरेको छ । उक्त शाखाको शुभारम्भ सिराहा नगरपालिकाका मेयर अषेश्वरप्रसाद यादबले एक समारोहकाबीच गरेका छन् । बैंकको हालसम्म शाखा संख्या ८७ पुगेका छन् भने एटिएम संख्या ३२ पुगेका छन् । निकट भविष्यमा काठमाडौका बिभिन्न २ स्थान तथा देशका अन्य ८ ठाँऊहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैकले जनाएको छ । बैंकले अत्याधुनिकप्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ्ग सेवाको साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, कनेक्ट आइपिएस सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवालगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

नेपालभित्र रेमिट्यान्स काराेबार ६० हजार भन्दा बढी गर्न नपाउने

काठमाडाैं । नेपाल राष्ट्र बैङ्कले नेपालभित्र नगदमा हुने विप्रेषण (रेमिट्यान्स) काराेबार ६० हजारमा सीमित गरेकाे छ । राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै रेमिट्यान्स कम्पनीका एजेन्ट, सब एजेन्ट मार्फत हुने काराेबारलाइ निरूत्साहित गर्दै काराेबार सीमा घटाएकाे हाे। यसअघि एजेन्ट सब एजेन्टहरूले एक पटकमा एक लाख रूपैयाँसम्म भुक्तानी दिन पाउँथे । गत असारअघि यस्ताे सीमा पनि थिएन । राष्ट्र बैंककाे नयाँ व्यवस्थाले रेमिट कम्पनीकाे व्यवसायमा थप नकारात्मक असर पर्ने छ भने बैकिङ सेवा नपुगेकाे क्षेत्रमा उपभाेक्ताले थप सकर र समय व्यतित गर्नु पर्नेछ । राष्ट्र बैंकको नयाँ व्यवस्थासँग अब एक व्यक्तिले अर्को व्यक्तिलाई एकदिनमा एकपटकमा ६० हजार रुपैयाँमात्रै रकम पठाउन सक्नेछन् ।

सिभिल बैंकले बचतकर्तालाई ७ लाखकाे दुर्घटना बीमा र १ लाखको औषधी दिने

काठमाडौं । सिभिल बैंक लिमिटेडले नयाँबचत खाता योजना “सम्मान बचत खाता” ल्याएको छ । बैंकले यस बचत खातामा ७ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु/अपांग बीमा निःशुल्क गराउने भएको छ । यसका साथै, अस्पताल भर्ना भई लागेको १ लाख रुपैयाँसम्मको औषधोपचार खर्चको बीमा पनि निःशुल्क रुपमै उपलब्ध गराउने भएको छ । यस योजनामा ग्राहकहरुले बीमाका सुविधाहरु प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेको कुरा पनि बैंकले जनाएको छ । न्यूनतम मौज्दात शुन्य रहेको यस बचत खातामा ग्राहकहरुका लागि निःशुल्क चेक बुक, एटीएम कार्ड, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ, रेमिटेन्स सुविधा, ओभरड्राफ्ट कार्ड तथा निःशुल्क एबीबीएस सुविधा रहेकोे कुरा बैंकले जनाएको छ ।   हाल सालै जारी गरीएको श्रम ऐन अनुसार प्रत्येक संघ-संस्थाले आफ्नो श्रमिक/कर्मचारीहरुलाई ७ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु/अपांग बीमा तथा औषधोपचार खर्चको लागी १ लाख रुपैयाँसम्मको बीमा गराउनुपर्ने नियम रहेको छ । तर यस योजना अन्तर्गत बैंकले नै आफ्नै खर्चमा बीमा गराइदिने भएको तथा बीमाका सुविधाहरु प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेकोले यस योजनाबाट संघ-संस्था लगायत ग्राहकवर्गहरु लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।  

मेगा बैंकले एकैदिन खोल्यो १८ वटा नयाँ शाखा, गुणस्तरीय बैंकिङ सेवालाई प्राथमिकता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले एकैदिन १८ वटा शाखाबाट औपचारिक रुपमा कारोबार शुरु गरेको छ । ४ वटा नगरपालिका र १४ वटा गाउँपालिकामा विस्तारित १८ वटा नयाँ शाखाको आइतबार एकैदिन उद्घाटन गरिएको हो । जसमध्ये नगरपालिकाहरुमा तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोटमा मेगा बैंकको नयाँ शाखाले आइतबारबाट औपचारिक कारोबार शुभारम्भ गरेका छन् । भानु नगरपालिकाका मेयर उदयराज गौलीले भानु शाखा, सैनामेना नगरपालिका मेयर चित्रबहादुर कार्कीले सैनामैना शाखा, लहान नगरपालिकाका मेयर मुनी साहले लहान शाखा र भीरकोट नगरपालिकाका मेयर छायाँराम खनालले भीरकोट शाखाको उद्घाटन भयो । यसैगरी, शाखा विस्तार भएका १४ वटा गाउँपालिकामा धादिङको त्रिपुरासुन्दरी, गोरखाको भीमसेन, सिन्धुपाल्चोकको हेलम्बु, इन्द्रावती र पाँचपोखरी, सर्लाहीको रामनगर, सिराहाको विष्णुपुर, धनुषाको लक्ष्मीनियाँ, पाँचथरको कुमायक, इलामको रोङ, ओखलढुंगाको खिजिदेम्बा, उदयपुरको रौतामाई, बर्दियाको गेरुवा, प्युठानको ऐरावती रहेका छन् । त्रिपुरासन्दुरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले त्रिपुरासुन्दुरी शाखा, भीमसेन गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले भीमसेन शाखा, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बु शाखा, इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले इन्द्रावती शाखा, पाँचपोखरी गाउँपालिकाका अध्यक्ष टासी लामा ह्याल्मोले पाँचपोखरी शाखाको उद्घाट्न गरे । यस्तै, रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले रामनगर शाखा, विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले विष्णुपुर शाखा, लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादवले मेगा बैंकको लक्ष्मीनियाँ शाखा, कुम्यायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले कुम्मायक शाखा, रोङ गाउँपालिकाका अध्यक्ष शम्शेर राईले रोङ शाखा, खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष बेदबहादुर रोकाले खिजिदेम्बा शाखा, रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले रौतामाई शाखा, गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले गेरुवा शाखा र ऐरावती गाउँपालिकाका अध्यक्ष नबिलबिक्रम शाहले मेगा बैंकको ऐरावती शाखाको उद्घाटन गरेका छन् । यसअघि गत बिहीबार धादिङको ज्वालामुखी गाउँपालिकामा मेगा बैंकको नयाँ शाखा उद्घाटन गरिएको थियो । ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकले बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको छ । ‘ग्रामीण भेगका जनतालाई बैंकिङ सेवा पुर्याउने नेपाल सरकारको योजना अनुरुप हामीले दुरदराजमा हाम्रा सेवाहरुलाई विस्तार गरिरहेका छौँ । वित्तीय पहुँच र समावेशिताको माध्यमबाट नेपालीहरुको जीवनस्तर उकास्न मेगा बैंक सदैव कटिबद्ध छ,’ मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले भनिन्, ‘हामीले नयाँ शाखा विस्तारसँगै गुणस्तरीय बैंकिङ सेवालाई पनि प्राथमिकतामा राखेका छौँ ।’ मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएमको सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २३ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

रौतहटका मूर्तिकारहरु माता सरस्वतीको मूर्ति बनाउन व्यस्त, ६० हजार आम्दानी गर्ने लक्ष्य

रौतहट। सरस्वती पूजा नजिकिँदै जाँदा रौतहटका बजारमा मूर्तिकार र मूर्ति व्यवसायीहरू मूर्ति बनाउन र सजाउन व्यस्त देखिएका छन् । माटोको मूर्ति बनाउने कुमालेहरू सरस्वती पूजाको अवसरमा सरस्वतीको मूर्ति बनाउन व्यस्त भएका हुन् । बसन्तपञ्मीको दिनलाई विद्यार्थीभाई बहिनीहरुले शिक्षकी देवीको रुपमा चिनिने सरस्वतीमाताको प्रतिमा मूर्तिलाई सजाई पूजा गर्ने चलन छ । सरस्वती पूजाको दिन नजिकीए संग कलाकार लाई भ्याइ नभ्याइ भएको हो । उनीहरुले यो समयमा मूर्तिबाट राम्रो आम्दानी लिने गरेका छन् । रौतहटका शैक्षिक संस्था , टिउसन सेन्टर, निजी विधालय, कोचिङ्ग सेन्टर का विधार्थीहरुले दिएको अर्डर अनुसारको मूर्ति बनाउन र सजाउन साथै रंगरोगन गर्न यहाँका कारीगरहरु दिनरात मेहनत गर्दै खट्दै छन् । आजकाल रौतहटको गौरको कबिर चौक, धर्मशाला चौक, गरुडा, शिवनगर, कटहरिया, माधोपुर लगायतका स्थानमा कलकारहरु मूर्ति बनाउन व्यस्त छन् । एउटा सरस्वतीको मूर्तिको ३ हजारदेखि ५ हजार रुपैयाँसम्ममा विक्री गर्ने गरेको उनीहरूले बताएका छन् । सरस्वती पूजाको अवधिभरमा करीब ६० हजार रुपैयाँसम्मको आम्दानी गर्ने गढवाका विकेस पण्डितले बताए । अहिले बनाइएको र बुकिङ्ग भएको मूर्तिहरु लिन आउने गा्रहकको संख्या समेत बढेको र हाल सम्म दुई दर्जन भन्दा बढी मूर्ति तयार भईसकेको पंडितले बताए । बााकी मूर्ति सजाउन अझ ५ दिन लाग्ने बताएका छन् । भाग्यको कुरा छ, कुनै वर्ष सोचे भन्दा बढी आम्दानी हुन्छ । कुनै वर्ष त्यती फाईदा हुदैन पंडितले थपे । विशेषगरी दुर्गापूजा, विश्वकर्मापूजा, कृष्णजन्माष्टमी र सरस्वती पूजाको समयमा मूर्तिको माग हुने गरेको उनले जानकारी दिए । सरस्वती पूजा धार्मिक परम्परा भए पनि त्यसभित्र ठूलो व्यवसाय लुकेको मूर्तिकार बताउँछन् । बर्सेनि माघ शुक्ल पञ्चमीमा मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी माघ २७ गते आइतबार देशभर मनाइँदैछ । वसन्त पञ्चमीमा सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास गरिन्छ । बालबालिकालाई सोही दिन अक्षरारम्भ गराउने चलन छ । चन्द्रमाजस्तो गोरो वर्णकी, हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पनि पुकारिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार र विद्यार्थीले कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले यसलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धांगिनी ब्रह्मायणीको उपासनाले ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आज सरस्वतीको पूजागरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

सिग्नेचर पुल बनाउन नेपाली इन्जिनियरले पनि सिक्दै, सबैभन्दा पहिले नारायणीमाथि बन्ने

काठमाडौं । सडक विभाग अन्तर्गत पुल माहाशाखाले सिग्नेचर पुल निर्माणको कामलाई अघि बढाएको छ । देशको विभिन्न स्थानमा कलात्मक पुल निर्माण गर्नका लागि महाशाखाले काम अघि बढाएको हो । पुल निर्माणका लागि माहाशाखाले अहिले अध्ययन गरिहेको छ । पुल निर्माणको लागि चिनियाँ प्राविधिक टोलीसँग छलफल भैरहेको छ । सिग्नेचर पुल नेपाल लागि नयाँ विषय भएकोले यस विषयको अध्ययनमा समय लागेको माहाशाखाका उप निर्देशक दीपक कुमार भट्टराईले बताए । ‘पुल निमार्णको लागि हामीले चिनियाँ टोलीसँग अन्र्तक्रिया गरिहेका छौं, उनीहरुको सल्लाह अनुसार नै पुल डिजाइनको काम हुनेछ उपनिर्देशक भट्टराईले भने यो आर्थिक वर्षमा ४ पुलको डिजाइन फाइनल गरि मन्त्रालय पेश गर्नेछौं ।’ सिग्नेचर पुल निर्माणको लागि अन्य देशको प्रविधी नै मिल्ने भएपनि जियोग्राफी भने फरक हनेछ । पुल निर्माणबाट नेपाली इन्जिनियरहरुले पनि प्रविधि सिक्नको लागि चिनियाँ टोलीसँगै नेपाली इन्जिनियरलाई पनि सम्मिलित गरिएको छ । पुलको डिजाइन सबैभन्दा पहिले चितवन र नवलपरासीको गैँडाकोट जोड्ने नारायणी नदीमा अध्ययन गरिनेछ । चिनियाँ प्राविधिकको सहयोगमा महाखाशाले पुल निर्माणको प्रारम्भिक नमूना तयार पार्नेछ । ५०० मिटर लामो हुने यो पुल ४ लेनको हुनेछ । प्रतिमिटर २० लाख लागतमा एक अर्ब रूपैयाँमा उक्त पुल निर्माणमा खर्च लाग्ने अनुमान गरिएको छ । हाल सञ्चालनमा रहेको पुलको ठीक तल्लोपट्टी निर्माण गर्नुपर्ने अवस्था आए दुई लेनको र देवघाट आसपासमा निर्माण गर्नुपर्ने अवस्था आए चार लेनको निर्माण गर्ने तयारीमा विभाग रहेको उपमहानिर्देशक भट्टराईले जानकारी दिए । त्यस्तो पुललाई पानीको प्रवाहले केही असर नगर्ने प्राविधिक बुझाइ छ । वातावरणीय दृष्टिकोणले पनि जलचरको संरक्षण हुनेछ । सरकारले चितवन–नवलपरासी जोड्ने सडक र पुललाई शहरी पूर्वाधारमा राखेको खण्डमा पूर्व–पश्चिम राजमार्गलाई देवघाट आसपासबाट मोड्ने तयारीमा रहेको छ । त्यस्तो अवस्था आए पूर्व–पश्चिम राजमार्ग परिवर्तन हुने र पुल चार लेनको निर्माण हुनेछ । पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ । साँझ वा बिहानको समयमा विभिन्न धार्मिक भजनसमेत पुलमा सुन्न पाइनेछ । देवघाट हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल भएकाले पनि पुललाई पर्यटकमैत्री बनाउन लागिएको हो । आयोजनाबाट नयाँ प्रविधिको प्रयोग गरेर पुलको डिजाइन गरिने र नेपाली प्राविधिकलाई सक्षम र सबल बनाउने लक्ष्य राखिएको छ । विभागले चिनियाँ उच्च प्राविधिकलाई निम्त्याएर सीपसमेत सिक्ने र नेपाली प्राविधिकलाई सक्षम बनाउने लक्ष्य रखेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले पनि सो पुल निर्माणका सम्बन्धमा आवश्यक तयारी गरिरहेको छ ।हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी जोड्ने पुल ४६० मिटर लामो रहेको छ । पुल निर्माणको लागि विश्व बैंकको सहयोग १० सिग्नेचर पुल निर्माणको लागि विश्व बैंकले सहयोग गर्ने भएको छ । बैंकले पुलहरुको निर्माणका लागि १० अर्ब रुपैंयाँ सहयोग गर्नेछ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सिग्नेचर पुल निर्माणका लागि ७० करोड रुपैंयाँ विनियोजन गरेको छ । यस्ता छन् १० पुल बन्ने स्थान पुल माहाशखाले चितवन र नवलपरासी जोड्ने नारायणी नदि, रौतहट र सर्लाही जोड्ने बागमति पुल, टेकु र कालीमाटी जोड्ने बिष्णुमतिमा निर्माण गर्नेछ । त्यस्तै रुपन्देहीको तिनाउ खोला र पोखराको विजयपुर खोलामा सिग्नेचर पुल निर्माण गर्न लागेको हो । त्यस्ता पुलहरुको डिजाइन निर्माणका लागि विभागले विश्व प्रशिद्ध चिनियाँ इञ्जिनियर डिवाई चेनलाई मासिक १८ लाख पारिश्रमिक दिएर नेपाल बोलाएको छ । सिग्नेचर पुलहरुको निर्माण लागत प्रतिमिटर ३० लाखसम्म लाग्ने बताइन्छ । यस्ता पुलहरु अन्य साधारण पुल भन्दा ४० प्रतिशतसम्म महंगा हुनेछन् । धार्मिक, सांस्कृतिक तथा पर्यटकिय महत्व बोकेका ठाउँमा सिग्नेचर पुल निर्माण गर्न लागिएको हो । विभागले नेपालमै पहिलो पटक बानेश्वर र बबरमहल जोड्ने धोवीखोलमा आर्क ब्रिज निर्माण गरिरहेको छ ।