जापानी कम्पनी हाज्माले पायो नागढुङ्गा-नौविसे सुरुङमार्ग निर्माणको कार्यादेश
काठमाडाैं । नागढुङ्गा– नौविसे सुरुङमार्ग निर्माण गर्न जापानी कम्पनी हाज्माले कार्यादेश पाएको छ । नौविसे सुरुङमार्ग आयोजनाले बिहिबार कम्पनीलाई कार्यादेश (टिओआर) हस्तान्तरण गरेकाे हो । आयोजना प्रमुख श्यामप्रसाद खरेलले हाज्मालाई ४२ महिनाको अवधिमा निर्माण गर्न निर्देशन दिएको बताए । उक्त कम्पनीले अब ४२ महिनाभित्र निर्माण सकेर सुरुङमार्ग हस्तान्तरण गर्नुपर्नेछ । उनले बाहिरका स्थायी संरचना र विल्डिङहरु निर्माण सुरु गर्न नगरपालिकामा नक्सा स्वीकृतको प्रक्रिया सुरु गरिएको बताए । त्यसै गरि २५ जना जापानीलाई भिसा परमिटको प्रकृया, मास्टर लिष्ट स्वीकृत, निर्माण सामाग्री आयातका लागि भन्सार सहजीकरणको काम सुरु भएको उनले जानकारी दिए। उनले निर्माण सामाग्री ल्याउन अझै दुई/तीन महिना लाग्ने बताए । खरेलका अनुसार मास्टर लिष्ट तयार भएपछि इक्विपमेन्ट ल्याउने प्रकृया कम्पनीले सुरु गर्नेछ । उनका अनुसार सुरुङमार्ग बाहिरका कामहरु सुरु गरिएको छ। क्याम्प राख्ने, साईटसम्म पुग्ने लिकंरोड निर्माण लगायतको काम भइरहेको छ। आयोजनाका अनुसार सुरुङमार्गभित्रको भन्दा बाहिरको काम धेरै छ।
सञ्चार मन्त्रालयकाे सचिवमा दीपक सुवेदी, भन्छन्-मेराे लागि नयाँ काम
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले कार्यभार सम्हालेका छन् । यसअघि सुवेदी प्रदेश २ का मुख्य सचिव रहेर कार्य सम्पादन गर्दै आएका थिए । सचिव सुवेदीले बुधबारबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हालेका हुन् । उनका लागि यो मन्त्रालय नयाँ हो । उनले सञ्चार मन्त्रालय आफ्ना लागि बिलकुलै नयाँ मन्त्रालय भएकोले मन्त्रालयका सबै कर्मचारीहरुको साथ र सहयोगबाट कार्य सम्पादन गर्ने अपेक्षा गरेका छन् । यसअघि सो मन्त्रालयमा सचिवको जिम्मेवारी महेन्द्रमान गुरुङले सम्हालेका थिए ।
नेपाल बंगलादेश बैंकद्धारा नवकिरण अनाथ, असहाय बालउत्थान समाजलाई ब्ल्यांकेट हस्तान्तरण
काठमाडौं । नेपाल बंगलादेश बैंकले नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ ओटा जाडोको ब्ल्यांकेट हस्तान्तरण गरेको छ । बैंकले विश्व बालदिवसको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार ललितपुर-२३ हात्तीवन, धापाखेलस्थित उक्त समाजलाई सो मात्राको ब्ल्यांकेट हस्तान्तरण गरेको हो । बैंकले सो अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन र बसोबासको लागि सहज होस् भनि ब्ल्यांकेट वितरण गरेको हो । बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंहले सो अनाथालयका बालबालिकाहरुलाई सहायोग सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा सो संस्थाकी अध्यक्ष सावित्री पोखरेलले सो सहयोगले बालबालिकाको अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै, बैंकले आफ्नो संस्थागत नारा ‘हामी सबैको बैंक’भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।
भूकम्प तथा विपत्ति व्यवस्थापनमा सरकारी निकाय, अन्तराष्ट्रियस्तरसँग साझेदारी गर्दै
काठमाडौं । नेपाल चेम्वर अफकमर्स, इभेन्ट भेन्यू एशोसि एसनअफ नेपाल (इभा), नेपाल इमरजेन्सी सेल्टर एण्ड डिजास्टर प्रिभेन्सन एजुकेशनएड (नेपा)को संयुक्त आयोजना तथा जापान स्थित ओसाका सिटी युनिभर्सिटीको सहयोगमा विपद व्यवस्थापन सम्बन्धी जानकारी भएको छ । आज संचालित तालिम कार्यक्रमको ओसाका सिटी युनिभर्सिटीका प्राध्यापक मितामुरा मुनेकी र चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले संयुक्त उद्घाटन गरे । सो अवसरमा श्रेष्ठले २०७२ को महाभूकम्प पश्चात नेपालका पार्टी प्यालेसहरुले उद्दार गरी खेलेको उल्लेखनिय भूमिकाबारे चर्चा गर्दै निजी क्षेत्रले विपदव्यवस्थापनमा सरकारी निकाय, अन्तराष्ट्रिय विकास साझेदारहरुसँग सहकार्य गरिरहेको बताए । उनले भविष्यमा समेत विपद रोकथाम, उद्दार लगायत सचेतना कार्यक्रम नियमित रुपमा गर्ने उल्लेख गरे । जापानको ओसाका स्थित नेपाल चेम्बर अफकसर्मका वाणिज्यदूत दिनेश श्रेष्ठको पहलमाइभा नेपालका १२ जना व्यवसायीहरु ओसाका सिटी युनिभर्सिटीमा बिपद व्यवस्थापनमा तालिम हासिल गरे । उक्त तालिमबाट प्राप्त सिप एंव ज्ञानलाई पार्टी प्यालेसका अन्य सहभागीलाई “ट्रेनिङ अफ ट्रेनर्स”को रुपमा तालिम दिने उद्देश्यले आयोजित साे कार्यक्रममा ओसाका सिटी युनिभर्सिटीका प्राध्यापक मुनेकीले बिपदको वेला समुदाय र पार्टी प्यालेस वीचमा सम्वन्ध विकसित हुने बताए । नेपालका पाटी प्यालेसहरुले विगतको भूकम्प लगायत अन्य विपदको अवस्थामा पु¥याएको योगदानको विपत रोकथाममा समेत पार्टी प्यालेसहरुले अहस् एंव महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । कार्यक्रममा इभाका निवर्तमान अध्यक्ष श्रीमान सिंहले जापान तथा नेपालको परिपेक्षमा विपद व्यवस्थापन सम्बन्धी कार्यपत्र समेत प्रस्तुत गरे । इभाका उपाध्यक्ष तेबिन्द्ररत्न शाक्यको सभापतित्वमा भएको उक्त कार्यक्रमा चेम्वर तथा इभा नेपालका पदाधिकारीहरु तथा तालिममा प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, नेपालमा यथावत
काठमाडौं । नेपाल आयल निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि नेपालमा यथावत राखेकाे छ । निगमले सर्वसाधारणको हितलाई मध्यनजर राख्दै मूल्य यथावत राखिएको हाे । गत कात्तिक ३० गते इण्डियन आयल कर्पोरेशन (आइओसी)ले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ६५ पैसा वृद्धि भएर आएको छ भने डिजेलमा प्रतिलिटर ८० पैसा घटेर आएको छ । आइओसीले प्रत्येक १५/१५ दिनमा इन्धनको नयाँ मूल्यसूची पठाउने गरेको छ । सोही मूल्यलाई आधार मानेर निगमले मूल्य समायोजन गर्दै आएको थियो । अहिले काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा, हवाई इन्धन (बाह्य) प्रतिलिटर १ अमेरिकी डलर तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३५० रहेको छ ।
किष्ट मेडिकल कलेजकाे मातहतबाट“सन्ध्याकालिन विशेषज्ञ सेवा” प्रदान
काठमाडौं । किष्ट मेडिकल कलेज मातहतको शिक्षण अस्पतालमा “सन्ध्याकालीन विशेषज्ञ सेवा” पूर्णकालिन रुपमा सञ्चालन भएको गरेको छ । १२ बर्षको अवधिमा यस कलेजले पाँच सयभन्दा बढी चिकित्सक छन् । जनशाक्ति उत्पादनका लागी आवश्यक पर्ने ठूलो मात्राको विशेषज्ञ जनशाक्ति रहेको यस शिक्षण अस्पतालको पकड क्षेत्रका सर्वसाधारण जनताहरुको कठिनाईलाई महसूुस गरेका छन् । जनसमुदाय एवम् विद्यालय÷कलेज जाने विद्यार्थी वर्गहरुलाई समेत लक्षित गरि आफूसँग भएको ठूलो साधन र स्रोतलाई ती समूदायको हितमा प्रयोग गर्ने उद्देश्यले आफ्नो सेवालाई विस्तार गरि “सन्ध्याकालीन विशेषज्ञ सेवा”कार्यक्रम सञ्चालन गरेको छ । गतमंसिर एकगते वाङम्य शाताब्दी पुरुष डा.सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा शुरु भयो । कार्यक्रम उद्घाटनका क्रममा वाङम्य पुरुषले विशेषज्ञ सेवा नैतिक जिम्मेवारीका साथ उपलब्ध गराउन स्वास्थ्य विशेषज्ञहरुलाई सुझाव दिए । डा.जोशी यस अघि यस शिक्षण अस्पतालमा विरामी पर्दा आउने गरेर करिव १ दशक अगाडि उनको हर्निया सम्बन्धि समस्याको शल्यक्रिया सो अस्पतालमा भएको थियो । अस्पतालको सेवाबाट आफू खुशी रहेको र हाल अत्याधुनिक प्रविधियूक्त विभिन्न विधाका विशेषज्ञहरुको सलंग्नता रहेको बताए । सोहि कार्यक्रममा वाङम्य शाताब्दी पुरुष डा.जोशीलाई समाज र संस्कृतिप्रति पुत्याएका योगदानका शिक्षण अस्पतालका कार्यकारी अध्यक्ष ई.आशिष थापाले प्रशंसा गर्दै सम्मानपत्र प्रदान गर्याे । अस्पतालले सबै रोगका समस्यालाई सहजिकरण गर्दै आएको अस्पताल स्रोतले जनाएको छ । यस कार्यक्रमले ललितपुरको विशेष गरि यातायातको असुविधा भएको पूर्वी र दक्षिण भेगका बासिन्दाहरुलाई विशेष सेवातथा सहयोग पुर्याउने नै छ, भने ललितपुरको सहरी क्षेत्रका बसिन्दाहरुलाई अझ बढी सहजताका साथ सेवाप्रदान गर्ने लक्ष्य रहेको छ । कार्यक्रम उद्घाटन समारोहमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ लगायत दश वटै वडाका अध्यक्ष एवं स्वास्थ्य कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
अब मेसिनबाटै चेक डिपोजिट हुने, सिद्धार्थ बैंकले ल्यायो आधुनिक सुविधा
काठमाडौं । सिद्धार्थ बैंकले ग्राहकहरुलाई प्रभावकारी सुविधा पुर्याउने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाल यो सुविधा बैंकको हात्तीसार शाखाबाट शुरु गरिएको छ भने आगामी दिनमा अन्य शाखाहरुमा पनि क्रमशस् विस्तार गरिने छ । यस प्रकारको चेक डिपोजिट मेसिन सञ्चालनमा आए पश्चात सेवाग्राहीहरूले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्नेछन् । यस प्रकारको आधुनिक प्रविधियुक्त मेसिनको प्रयोगबाट बैंकद्धारा प्रदान गरिने सुविधाहरू अझ सरल, सहज तथा छरितो हुनेछ । आगामी दिनमा पनि नयाँ प्रविधिलाई आत्मसात् गर्दै ग्राहकहरुलाई चुस्त र दुरुस्तरुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले विभिन्न आधुनिक बैंकिङ्ग सेवाहरु थप रूपमा सञ्चालनमा ल्याउने बैंकले जनाएको छ । बैंकले देशभर १७२ वटा शाखा(४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १८७ एटीएम र १,६०० भन्दा बढी पीओएस् मेसिन मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
आईडीपी आईएलटीएसद्वारा अल्फाबिटा सम्मानित
काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा चर्चित अल्फाबिटा एजुकेशन कन्सल्टेन्सी पुरस्कृत भएको छ । आईएलटीएस परीक्षा संचालन गर्दै आएको ‘आईडीपीआईएल’ले ‘नेपाल्स नम्बर वान बिजनेस पार्टनर’को रुपमा अल्फाबिटालाई पुरस्कारसहित सम्मान गरेको हो । आईएलटीएस परीक्षामा सबैभन्दा धेरै विद्यार्थी अल्फाबिटाबाटै सहभागीहुने भएका कारणले उक्त पुरस्कार प्रदान गरिएको जनाएको छ । यसअघि सन् २०१७ र २०१८ मा पनि अल्फाबिटा यो पुरस्कारबाट सम्मानित भइसकेको छ । अल्फाबिटा नेपालमा पहिलो पटक ब्रिजकोर्स सुरुवात गर्ने संस्था हो । संस्थाले विगत २८ वर्षदेखि विद्यार्थीलाई शैक्षिक परामर्श प्रदानगर्दै आएको छ । अल्फाबिटाले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेलाहरु समेत आयोजना गर्दै आएको छ । अल्फाबिटाका अध्यक्ष तथा सीईओ द्विराजशर्मा संस्थाकोे गुणस्तरीय परामर्श र विद्यार्थीको आकर्षणले नै सम्मान प्राप्त भएको बताए ।