अरुणिमा शैक्षिक प्रतिष्ठानको ३४ औं स्थापना दिवस सम्पन्न
काठमाडौं । अरुणिमा शैक्षिक प्रतिष्ठानले आफ्नो ३४औ स्थापना दिवस मनाएको छ । व्यक्तित्व अभिनन्दन तथा विविध साँस्कृतिक कार्यक्रम सहित भव्यताका साथ सम्पन्न गरेको छ । काठमाडाैंको आरुवारी वि.सं.२०४२ सालमा स्थापित संस्था यो स्थानसम्म आउँदा आफूलाई त्रिनेत्रको रुपमा स्थापित गराउन सफल भएको छ । कार्यक्रममा प्रमुख अतिथि विश्व विद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. डा. देबराज अधिकारीले राष्ट्रको विकासमा अतुलनीय योगदान पु¥याउदै आएको अरुणिमाले आगामी दिनहरुमा अझै गुणस्तरीय शिक्षा प्रदान गर्दै आफूलाई उत्कृष्ट विद्यालयको रुपमा स्थापित गराउन सकोस भन्ने धारणा व्यक्त गरेका थिए । गुठियारहरुको सहयोगमा शैक्षिक गुठीका रुपमा संचालित यस प्रतिष्ठानले अरुणिमा मा.वि., बौद्ध, नव अरुणिमा मा.वि., आरुवारी एवम अरुणिमा शिशु सदन मा वि., महाँकाल समेतको सुव्यवस्थापन गर्न सफल भैसकेको छ । बिद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद लामिछानेले सम्पूर्ण सहयोगी हातहरुका कारण अरुणिमा राष्ट्रकै उत्कृष्ट शैक्षिक संस्थाहरू मध्यमा आउन सफल भएको छ । कार्यक्रममा तीनैवटा शैक्षिक संस्थाका विद्यार्थी,अभिभावक तथा शुभचिन्तकहरुको उल्लेखनिय उपस्थिती रहेको थियो भने विद्यार्थीहरुले नेपाली भेष भूषा र संस्कृति झल्कने विभिन्न साँस्कृतिक कार्यक्रमको प्रस्तुत गरेका थिए ।
बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन विधेयक पारित
काठमाडौं । राष्ट्रियसभा बैठकबाट बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको आइतबार बसेको तेस्रो बैठकले उक्त विधेयक पारित गरेको हो । बैठकमा अन्य पाँच विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएका छन् । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यस्तै, अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘निवृत्तभरण कोष विधेयक, २०७५, भुक्तानी तथा फछ्र्योट विधेयक, २०७५, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७५, माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । ‘विज्ञापनसम्बन्धी विधेयक नियमनमुखी मात्रै’ राष्ट्रियसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।’ विधेयकको सैद्धान्तिक छलफलका क्रममा मन्त्री बाँस्कोटाले विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि बन्देज नलगाउने गरी आएको स्पष्ट पार्दै नियमनमुखी मात्रै भएको बताए । विश्वमा प्रचलित नियमअनुसार नै विधेयकमा व्यवस्था उल्लेख गरिएको अवगत गराउँदै उनले विधेयक समानुपातिक विज्ञापन प्रणालीमा पनि आधारित रहेको जानकारी गराए । विज्ञापन गर्दा बालबालिका, लैङ्गिक र जनसरोकारका विषयमा समेत सचेत हुनुपर्ने विषय विधेयकमा रहेको मन्त्री बाँस्कोटाको भनाइ थियो । राष्ट्रियसभाको अर्को बैठक यही माघ २७ गते दिउँसो १ बजे बस्नेछ । रासस
सिरहाकाे लहानमा सनराइज बैंककाे शाखा स्थानान्तरण
काठमाडौं । सनराइज बैंकले सिरहाको लहान शाखा स्थानान्तरण गरेकाे छ । सनराइज बैंकले सिरहा जिल्ला लहान न.पा. वडा नं. ८, लहानस्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिव ७५० मि. को दुरीमा स्थानान्तरण गरेको छ । शाखाको उद्घाटन उद्योग वाणिज्य महासंघ नेपालका उपाध्यक्ष किशोर प्रधान तथा उद्योग वाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्यले संयुक्त रुपमा गरेका थिए । उक्त कार्याक्रमको उद्घाटन पूर्व मेयर लगनलाल चौधरीले लहान शाखाको एटिएमको उद्घाटन गरेका थिए । उक्त उद्घाटन समारोहमा बैंकका नायव महा प्रबन्धक अपछकुमार यादव लगाएत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो । सनराइज बैंकका मुलुक भरि १०२ वटा शाखा, ११४ वटा एटिएम, २८ वटा शाखारहित बैंकिङ्ग सेवा र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल रहेको छ ।
बालिले अब चाँडै बाहिरी पर्यटकलाई १० डलर कर लिने
काठमाडौं। बालीले टापुको वातवरण र सांस्कृतिक सम्प्दालाई जोगाउन अब चाडै नै बाहिरी पर्यटकलाई १० डलर कर लिने भएको छ। आन्तरिक पर्यटकलाई भने १ डलर मात्र कर लिईनेछ। यस बिषयमा बाली प्रशासनले डिसेम्बर देखी छलफल गर्दै आईरहेको छ। बाली गवर्नर वेयन केस्टरले भने, “पर्यटकको राजस्व बालीको वातवरण र संस्कृतिको संरक्षणको कार्यक्रम कोषको लागि प्रयोग गरिने छ।” बालीको ब्यूरोको आधिकारिक तथ्याङ्कको अनुसार, जनवरीदेखि अक्टोबर 2018 सम्ममा ५,१६४,९२९ र गत वर्ष ५,१२४,८३९ पर्यटकहरूको बाली भ्रमण गरेका थिए। गत बर्षको तुलनामा यस बर्ष पर्यटकको संख्या २।८७ प्रतिशतले वृद्धि भएको हो। बालीको समुन्द्री सतहमा अत्याधिक फोहोरहरु जम्मा हुने कारणले यो कदम लिन लागिएको हो। प्रति दिन बाली बाट १०० टन फोहोरहरु संकलन हुने गर्दछ। जापानले हालै अन्तर्राष्ट्रिय पर्यटकहरूले देशको पर्यटकको पूर्वाधार विस्तार गर्न जापानबाट फर्कने समयमा १००० ईन ( अस्ट्रेलियन डलर १३) कर लिने घोषणा गरेको छ त्यस्तै न्यूजील्याण्डले भने संरक्षण र पूर्वाधार कोषको लागि यस बर्षको अन्त्य तिर अस्ट्रेलियन डलर ३३ कर लिने जनाएको छ।
जनता बैंक र टिच फर नेपालबीच शैक्षिक गुणस्तर सम्बन्धि सम्झौता
काठमाडौं । जनता बैंक र टिच फर नेपालबीच शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रममा सहकार्य सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले हस्ताक्षर गरेका थिए । टिच फर नेपालले ग्रामिण क्षेत्रमा रहेका सरकारी विद्यालयमा फेलो शिक्षकहरु खटाई शैक्षिक असमानता घटाउने कार्यमा सहयोग गर्दै आएको छ । हाल टिच फर नेपालले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्साको ग्रामिण क्षेत्रका ५१ विद्यालयमा ११०जना फेलो (प्रद्यार्थी) शिक्षकहरु मार्फत करिव १० हजार विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धिमा कार्य गरिरहेको छ । सम्झौतापत्रमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट टिच फर नेपाललाई बार्षिक रु. ५ लाख प्रदान गर्नेछ । उक्त कोषबाट टिच फर नेपालले विद्यालयहरुमा महत्वपूर्ण विषयका दक्ष जनशक्तिलाई शिक्षकको रुपमा खटाउने , यसरी खटाइएका फेलो शिक्षकहरु शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा सरिक रहेकाे छ ।
विराटनगर-इटहरी मोनोरेलका लागि ३२ अर्ब लगानी सम्झौता, ३० किमी यात्राको ५० रुपैंया भाडा
काठमाडौं । विराटनगर इटहरी मोनोरेल निर्माणका लागि ३२ अर्बको लगानी सम्झौता भएको छ । विराट मोनोरेलका अध्यक्ष अशोक मेहताले भारतको नयाँ दिल्ली पुगेर २० अर्ब भारतीय रुपैंयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् । ‘२० अर्ब भारतीय रुपैंयाँ लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ, नेपाल सरकारले मोनोरेल निर्माण सम्बन्धी अनुमति दिएपछि काम पैसा आउँछ’, बिराट मोनोरेलका अध्यक्ष मेहताले विकासन्युजसँग भने । बहुराष्ट्रिय कम्पनी भिनेष्टाले मोनोरेलमा लगानी गर्न लागेको हो । ‘भारतीयहरुको प्रमुख सहभागीता रहेको बहुराष्ट्रिय कम्पनी फिनेष्टोले लगानी गर्ने भएको छ, अब बिराटनगर मोनोरेल निर्माण हुने पक्का भएको छ’, मेहताले भने । यहि पुस २९ गते मोनोरेल निर्माणका कम्पनीले नयाँ लगानीकर्ताका रुपमा अजय कुमार सत्याललाई उपाध्यक्ष नियुक्त गरेको थियो । मोनोरेल जापानी प्रविधीको हुनेछ । ७० प्रतिशत विदेशी लगानी र ३० प्रतिशत स्वदेशी लगानीमा बुट मोडलबाट मोनोरेल निर्माण गर्ने तय भएको छ । मोनोरेल ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । विराटनगर इटहरी सडकमै निर्माण हुने मोनोरेलका लागि बिराटनगर महानगरपालिका, बुढीगंगा नगरपालिका, दुहबी नगरपालिका र इटहरी उप महानगरपालिकाले सहमति दिईसकेका छन् । मोनोरेलमा १ नम्बर प्रदेश सरकार र मार्गधिकारभित्र पर्ने स्थानीय तहहरुले समेत लगानीका लागि इच्छा देखाएको कम्पनीका अध्यक्ष परमानन्द मेहताले जानकारी दिए । कम्पनीले आगामी २ हप्ताभित्रै मोनोरेलको डीपीआर निर्माण आरम्भ गर्ने जनाएको छ । करिब ३० किलोमिटर लामो मोनोरेलले अधिकतम १० वर्षभित्र लगानी उठाई सक्नेछ । मोनोरेलको एक तर्फी भाडा दर ५० रुपैंयाँ प्रस्ताव गरिएको छ । डीपीआरका लागि उपाध्यक्ष सत्याल र इञ्जिनियर सिर्जु दहाललको नेतृत्वमा प्रबिधी तथा वैदेशिक समन्वय समिति बनेको छ । त्यसमा भारतका राकेश पुजारी पनि सहभागी छन् । नेपालमै पहिलो पटक मोनोरेलमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिन लागेको र त्यो बुट मोडलमा हुने पनि प्रबन्ध निर्देशक आत्रेयले जानकारी दिए । सो मोनोरेलले एक पटकमा ५ सय जना यात्रु बोक्ने क्षमता राख्नेछ । बिहान ५ बजेदेखि राती ९ बजेसम्म सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको पनि आत्रेयले सुनाए । ७ जना व्यवसायीले खडा गरेको बिराट मोनोरेल इन्टरनेशनल प्रालीमा हाल नयाँ लगानीकर्ता थपिएपछि कामले गति लिन लागेको हो ।
अघि बढ्यो टेलिकमको फोरजी सेवा विस्तार, ६५ लाख जनतामा उच्च गतिको डाटा
काठमाडाैं । नेपाल टेलिकमको फोरजी/एलटीई सेवा देशभर विस्तार कार्यका लागि सम्झौता सम्पन्न भएको सम्बन्धमा यसैसाथ संलग्न प्रेस विज्ञप्ति प्रकाशन/प्रसारण गरी सहयोग गरिदिनु हुन अनुरोध छ । नेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारका लागि आइतबार सम्झौता सम्पन्न भएको छ । संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको हो । फोरजी/एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क-यानको लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता सम्पन्न भएको हो । यस सम्बन्धी छुट्टाछुट्टै सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् । नेपालभर ६५ लाख क्षमताको फोरजी/एलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा ¥यान नेटवर्क तयार गरिने छ । यसका लागि मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ । ¥यान नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ । सम्झौता पश्चात् एक वर्ष भित्रमा परियोजना सम्पन्न हुने छ । नेपाल टेलिकमले मुलुकमै पहिलो पटक मिति २०७३ पौष १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजी/एलटीई सेवा सञ्चालन गरेको थियो । देशभर यो सेवा विस्तार भए पश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरले सञ्चालन गरी ग्राहकलाई आ-आफ्नो रुचि र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्राप्त हुनेछ । यसबाट मुलुकभर द्रुत गतिको डाटा तथा अन्य सेवा उपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
एनसीसी बैंक र ब्लु क्रस अस्पतालबीच शुल्क सहुलियत सम्झौता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ब्लु क्रस अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ब्लु क्रस अस्पताल तर्फवाट कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार, नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरmले ब्लु क्रस अस्पतालका सेवाहरूमा विशेष छुट पाउनेछन् । बैंकका ग्राहकले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।