विकासन्युज

नेपालमा प्रत्येक १० जना व्यक्तिमा १ जनालाई सिओपिडी दम, करोडौं खर्चदा पनि न्यूनिकरण हुनसकेन

काठमाडौं। विश्वमा नसर्न रोग भयावह अवस्थामा छ । नेपालमा मात्र ६६ प्रतिशत मृत्यु नसर्न रोगको कारण हुने गर्छ । त्यही नसर्न रोग मध्ये  सिओपिडी दम राेग पनि एक हाे। याे एउटा दिर्घकालिन श्वासप्रश्वास सम्बन्धी रोग हो जसमा मुख्यतय श्वासप्रश्वास प्रवाहमा समस्या हुन्छ । बिशेषत यो समयसँगै बिग्रदै जाने हुन्छ । तर समयमै उपचार गरेमा यस रोगको रोकथाम र उपचार सम्भव छ । हाल विश्वमा अवस्था हेर्ने हो भने विश्व स्वास्थ्य संगठनको २०१६ को रिपोर्ट अनुसार विश्वमा २५ लाख मानिसहरु सिओपिडी दमबाट प्रभावित छन्। वार्षिक ३१.७ लाख मानिसहरुको मृत्यु यसको कारण हुने गर्छ। हाल सिओपिडी संसारभरको मृत्युको चौथो कारण हो र २०३० सम्म यो तेस्रो कारण बन्ने अनुमान गरिएको छ। अझै ९० प्रतिशत सिओपिडी नेपाल जस्तो कम विकसित मुलुकहरुबाट हुने गरेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट जारी सोधपत्र अनुसार सिओपिडीको व्यापकता प्रति एक लाख व्यक्तीमा ५२.४९ प्रतिशत रहेको थियाे र यो पाँचाै नम्बरमा आएको थियो। २०१७ सम्म आईपुग्दा सिओपिडी व्यापकता ६० प्रतिशत भएर दोस्रो नम्बर मा पुगेको छ। यस अन्तरालमा सिओपिडी १५ प्रतिशतले बढेको हो । वायु प्रदुशण, धुम्रपान बढेसँगै यो नम्बर बढ्दै जाने बताईएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले १३ हजार नेपालीहरुमा हाल सालै गरेको खोज अनुसार ४ वटा नसर्ने रोग सिओपिडी, मधुमेह, म्रिगौला सम्बन्धी रोग र रक्त नली सम्बन्धी समस्या देखिएका छन्। यि रोगहरु मध्ये सिओपिडी सबैभन्दा बढी देखिएको छ। ११.७ प्रतिशत मानिसहरु सिओपिडी दम रोगको प्रभावमा छन् जसमा पुरुषहरुमा १२.६ प्रतिशत र महिलाहरुमा ११ प्रतिशत रहेको छ। यधापी यससम्बन्धी मानिसहरुमा जनचेतन भने एकदमै कम रहेको छ। नेपालमा प्रत्येक १० जना व्यक्तीमा १ जनालाई सिओपिडी दम भएको अनुसन्धानले बताउँछ। यस्तै प्रदेश अनुसार कर्णाली प्रदेशका २५ प्रतिशत मानिसमा सिओपिडी दम देखिएको छ अर्थात प्रत्येक ४ जनामा १ जनालाई सिओपिडी दम रोग देखिएको छ। यस्तै दोस्रोमा प्रदेश २ मा १६.४ प्रतिशत अर्थात प्रत्येक ६ जनामा १ जनालाई सिओपिडी दम   देखिएको छ। यस्तै तेस्रोमा सुदुरपस्चिम प्रदेशमा १४.३, प्रदेश नम्बर ३ मा ११.७ प्रतिशत, प्रदेश ५ मा ९ प्रतिशत र प्रदेश १ र गण्डकी प्रदेशमा सबैभन्दा थोरै अर्थात ६ प्रतिशतलाई सिओपिडी दम रोग लागेको देखिन्छ। हाल नेपालमा ३४ लाख व्यक्ति सिओपिडी दमबाट प्रभावित छन्। नेपालमा हाल धुम्रपान गर्न व्यक्तिको संख्या दिनहुँ बढ्दो छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुसार नेपालमा प्रत्येक ३ मा १ जनाले धुम्रपान गर्छन वा पहिला गर्थ। हाल धुम्रपान गर्न मानिसको संख्या हेर्न हो भने नेपालमा हाल प्रत्येक ५ जना व्यक्तिमा १ जना अर्थात ३० प्रतिशतले धुम्रपान गर्दछन् । धुम्रपान सिओपीडी हुनुको मुख्य कारण भए पनि अन्य कारणहरु पनि छन् जस्तै अहिले बढ्दै गईरहेको शहरीकरण त्यसका साथसाथै गाउँघरको चुल्होमा प्रयोग हुने बायोमास फियुल, दाउराको प्रयोगले चुल्हामा काम गर्ने महिलाहरुमा सिओपिडी लाग्न सक्ने सम्भावना उच्च हुन्छ। त्यसका साथसाथै बिकास निर्माणका कामहरु भएका ठाउँबाट निक्सने धुलो-धुवाँहरुले त एक त वायु प्रदुशण पनि गरिरहेका छन् र एक त त्यही काम गर्ने कामदारहरुलाई सबैभन्दा बढी असर गरिरहेको छ। वायु प्रदुशणको हिसाबले नेपाल विश्वका ५ खराब मुलुकमा परेको छ। वायु प्रदुशणबाट नेपालमा वर्षनी एक हजार व्यक्तीले ज्यान गुमाउँदै आएका छन्। सिओपिडी दमका मुख्य कारण  १। धुम्रपान २। बाह्य वायु प्रदुषण धुँवा, धुलो आदि ३। घर भित्र हुने वायु प्रदुषण चुल्होमा गोइठो, पराल, दाउरा आदिको प्रयोग ४। पेशागत जोखिम ५। बंशानुगत जोखिम सिओपिडी दमका लक्षणहरू मुख्य लक्षणहरू १। स्वास प्रस्वासमा समस्या ( स्वाँस्वाँ हुने २। खोकी ( सेतो वा पहेलो खकार अन्य लक्षणहरू १। छाति घ्यार घ्यार कराउने २। औला वा जिब्रो निलो हुने ३। दुवै खुट्टा सुन्निने ३। पटक पटक छातीको संक्रमण हुने सिओपिडी उपचार पद्दति • नियमित इन्हेलर प्रयोग • नियमित चिकित्षक संग जांच • जोखिम कम गर्ने – धुम्रपान, बायु प्रदुषण, पेशागत जोखिम आदि • अन्य रोगको निदान र उपचार • स्वस्थकर बानी – नियमित व्यायाम स्वस्थकर आहार यस रोग नियन्त्रणको लाग कति बजेट छुट्टाईएको छ ? इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागका अनुसार दम, मुटु, मिर्गौला र मधुमेह रोगबारे सचेतना जगाउनकै लागि चालु आर्थिक वर्षमा मात्र ८ करोड रुपैयाँ विनियोजन भएको छ । सरकारले यस रोगबारे सचेतना कार्यक्रमका लागि ३ वर्ष यता प्रत्येक प्रदेशमा १ करोड र केन्दमा ९४ लाख रुपैयाँ छुट्याएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ५१ वटा जिल्लाहरुमा दमको रोगको विषयमा सचेतनाको कार्यक्रम गरीरहेको दाबी गरेको छ । यधापी सरकारले करोडौं रुपैया छुटाउदै आए पनि यस रोगको बिरामी संख्या बढ्दो छ।

हिरोको बाइक अथवा स्कुटर किन्ने सोच्दै हुनुहुन्छ ? यस्ता छन् नेपालमा पाइने मोडलहरू (मूल्य सहित)

काठमाडाैं । इण्डियन मोटरसाइकल एवं स्कुटर मेनुफेक्चरिङ्ग कम्पनी ‘हिरो मोटोकर्प’ को नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ्ग प्रा.लि.ले नेपाली बजारमा हिरोको १२५ सीसी सम्मका स्कुटर तथा २२३ सीसी सम्मका मोटरसाइकलहरु विक्री वितरण गर्दै आइरहेको छ । हाल नेपालमा हिरोका स्कुटर तथा मोटरसाइकल गरी २२ अलग मोडेलहरुको विक्री वितरण भइरहेको छ । बजारमा बढिमा दुई लाख छ हजार रुपैयाँ मूल्यसम्म पर्ने हिरोका स्कुटरहरु तथा तीन लाख ८५ हजार रुपैयाँ मूल्य सम्म पर्ने मोटरसाइकलहरु उपलब्ध रहेका छन् । पछिल्लो समयमा हिरोले नेपाल भित्र्याएको एडभेन्चर मोटरसाइकल ‘एक्सपल्स २००’ ले बजारमा निकै चर्चा कमाइ रहेको छ । मजबुत पार्टस्हरु भएको, सहजै मेन्टेन गर्न सकिने, बढि माइलेज प्रदान गर्ने र उचित मूल्य पर्ने मोटरसाइकल तथा स्कुटरहरु उत्पादन गर्ने ब्राण्डको रुपमा हिरो चर्चित रहेको छ । हाल नेपालमा उपलब्ध भइरहेका हिरोको स्कुटर तथा मोटरसाइकलको मूल्य सूची यस प्रकार रहेको छः

उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि १५ जना सिफारिस, कसलाई कँहा ?

काठमाडौं । न्याय परिषद्को बुधबार बसेको बैठकले उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि १५ जना सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशबाट छ जना, सरकारी वकिलबाट एक जना र कानून व्यवसायीबाट आठ जना गरी १५ जना न्यायाधीशको नाम सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । उच्च अदालतमा १२ न्यायाधीशको पद रिक्त रहेको थियो । यही मङ्सिर १५, १६ र २१ गते तीन जना न्यायाधीशको अवकाश हुने भएकाले सिफारिस भएका तीन जना न्यायाधीश सेवा निवृत्त भएको मितिदेखि मात्र लागू हुनेछ । जिल्ला न्यायाधीशबाट उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि किरणकुमार पोखरेललाई उच्च अदालत विराटनगर (ओखलढुङ्गा इजलास), मुरारीबाबु श्रेष्ठलाई उच्च अदालत सुर्खेत (जुम्ला इजलास), सुदर्शनराज पाण्डेलाई उच्च अदालत पोखरा (बाग्लुङ इजलास), दीपेन्द्र अधिकारीलाई उच्च अदालत जनकपुर (राजविराज इजलास), रमेशराज पोखरेललाई उच्च अदालत जनकपुर (वीरगञ्ज इजलास) र नरिश्वर भण्डारीलाई उच्च अदालत विराटनगरमा सिफारिस गरिएको हो । त्यस्तै, उच्च अदालतका न्यायाधीशका लागि सरकारी वकिलबाट गीताप्रसाद तिम्सिनालाई उच्च अदालत जनकपुर (राजविराज इजलास) मा नियुक्तिका लागि सिफारिस गरिएको छ । अधिवक्ताबाट उच्च अदालतको न्यायाधीश सिफारिस हुनेहरुमा मिलनकुमार राई (भोजपुर) लाई उच्च अदालत दिपायल, राजुराम सिलवाल (चितवन)लाई उच्च अदालत विराटनगर (ओखलढुङ्गा इजलास), मेरिना श्रेष्ठ (डोटी) लाई उच्च अदालत तुलसीपुर, मिना गौतम सेढाईं (मोरङ) लाई उच्च अदालत पाटन, सोमकान्त मैनाली (चितवन) लाई उच्च अदालत विराटनगर (धनकुटा इजलास) मा नियुक्तिका लागि सिफारिस गरिएको छ । त्यस्तै, देशबहादुर सार्की (भोजपुर)लाई उच्च अदालत तुलसीपुर (बुटवल इजलास), रेखा थापा पाण्डे (सुनसरी) लाई उच्च अदालत पाटन र किरणकुमारी गुप्ता (सप्तरी) लाई उच्च अदालत पोखरामा नियुक्तिका लागि सिफारिस गरिएको छ । सिफारिस भएका तीन जना न्यायाधीश सेवा निवृत्त भएको मितिदेखि मात्र लागू हुनेछ । उच्च अदालतका लागि जिल्ला न्यायाधीशका रूपमा पाँच वर्ष काम गरेकालाई वा अधिवक्ताका रूपमा निरन्तर कम्तीमा १० वर्ष वकालत गरेको वा कानूनका क्षेत्रमा निरन्तर १० वर्ष अध्यापन र अन्वेषण गरेको वा राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारीका रूपमा कम्तीमा पाँच वर्ष काम गरेको व्यक्तिलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ । रासस

हेराल्ड कलेजले सम्पन्न गर्यो पहिलो दिक्षान्त कार्यक्रम

काठमाडौं । हेराल्ड कलेज काठमाडौंले बुधबार पहिलो दिक्षान्त कार्यक्रम सम्पन्न गरेको छ । उक्त दिक्षान्त समारोहमा बिएस्सी अनर्स कम्प्युटर साइन्स कोर्ष पुरा गरेका ६७ जना विद्यार्थीलाई बेलायत स्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति टिच स्टिलले दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका छन् । दिक्षान्त समारोहमा बोल्दै प्रमुख अतिथि सह उपकुलपति टिच स्टिलले नेपालमा सम्बन्धन प्राप्त कलेजले उत्कृष्ट शिक्षा दिएको बताए । साथै, हेराल्ड कलेजलाई दिएको सम्बन्धन र यहाँको शिक्षाले नेपालको शिक्षा क्षेत्रमा ठुलो योगदान पुग्नेछ । ‘विदेशका कुनैपनि कलेजलाई सम्बन्धन दिँदा कलेजको बारेमा अध्ययन गरेर मात्र दिने गरिन्छ ।’ उनले भने– ‘उभ्धरहेम्टन विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजबाट उतिर्ण विद्यार्थी मध्ये ९६ प्रतिशतले रोजगारी हासिल गरेका छन् ।’ सन् २०१६ को सेप्टेम्बरबाट कक्षा शुरु गरेको हेराल्ड कलेज काठमाडौं विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमध्ये उत्कृष्ठ मानिन्छ । कलेजले चारवर्षे ब्याचलर अफइन्टरनेशल विजनेश म्योजमेन्ट र तीन वर्षे बिएस्सी अनर्स कम्प्युटर साइन्स कक्षा संचालन गरिरहेको छ । आइएनजी ग्रुपले संचालन गरेको हेराल्ड कलेज काठमाडौको बारेमा जानकारी दिँदै ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले वेलायती शिक्षाले गर्दा नेपाली विद्यार्थीमा स्वअध्ययन बढेको छ । उनले आइएनजी ग्रुप अन्तर्गत संचालित पाच वटा कलेजले करिब ५०० युवालाई रोजगारी दिँदै आएको जानकारी गराउँदै सन् २०२५ भित्र करिब १० हजारलाई रोजगारी दिने घोषणा गरेका छन् । ती संस्थामा अध्ययनरत मध्ये करिब ४ हजारले ग्रयाजुएट हासिल गरेको र ४ हजारको संख्यामा पुर्व विद्यार्थीको एल्मुनाई संगठित रहेको कलेजले जानकारी दिएको छ ।

जनता बैंक र ग्लोबल आइएमई बैंकको कार्ड एक अर्काको एटीएममा चलाउँदा पैसा नलाग्ने

काठमाडौं । जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंकबाट जारी गरिएका कार्ड एक अर्काको एटीएममा चलाउँदा शुल्क नलाग्ने भएको छ । बैंकले मर्जर प्रक्रियालाई मध्यनजर गर्दै ग्राहकहरुको सुविधाको लागि उक्त सेवा दिएको हो । यी दुई एक आपसमा मर्जरमा जाने सम्बन्धि प्रस्ताव गत मंसिर २ गते सम्पन्न दुबै बैंकको साधारण सभाले पारित गरिसकेको छ । मर्जर पश्चातग् लोबल आईएमइ बैक लिमिटेडको नामबाटएकिकृत कारोवारका लागि अन्तिम तयारी भईरहेको छ । मर्जर पश्चात बन्ने ग्लोबल आईएमइ बैकको मुलुकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा उपस्थिति हुने गरी तयारी भइरहेको छ । करिव ३०० भन्दा बढी शाखा सञ्जाल, ३२०० कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैक बन्नेछ । मर्जरपश्चात बन्ने ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी करिब १९ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब, ९४ अर्ब रुपैयाँ भएको छ ।

जापानी कम्पनी हाज्माले पायो नागढुङ्गा-नौविसे सुरुङमार्ग निर्माणको कार्यादेश

काठमाडाैं । नागढुङ्गा– नौविसे सुरुङमार्ग निर्माण गर्न जापानी कम्पनी हाज्माले कार्यादेश पाएको छ । नौविसे सुरुङमार्ग आयोजनाले बिहिबार कम्पनीलाई कार्यादेश (टिओआर) हस्तान्तरण गरेकाे हो । आयोजना प्रमुख श्यामप्रसाद खरेलले हाज्मालाई ४२ महिनाको अवधिमा निर्माण गर्न निर्देशन दिएको बताए । उक्त कम्पनीले अब ४२ महिनाभित्र निर्माण सकेर सुरुङमार्ग हस्तान्तरण गर्नुपर्नेछ । उनले बाहिरका स्थायी संरचना र विल्डिङहरु निर्माण सुरु गर्न नगरपालिकामा नक्सा स्वीकृतको प्रक्रिया सुरु गरिएको बताए । त्यसै गरि २५ जना जापानीलाई भिसा परमिटको प्रकृया, मास्टर लिष्ट स्वीकृत, निर्माण सामाग्री आयातका लागि भन्सार सहजीकरणको काम सुरु भएको उनले जानकारी दिए। उनले निर्माण सामाग्री ल्याउन अझै दुई/तीन महिना लाग्ने बताए । खरेलका अनुसार मास्टर लिष्ट तयार भएपछि इक्विपमेन्ट ल्याउने प्रकृया कम्पनीले सुरु गर्नेछ । उनका अनुसार सुरुङमार्ग बाहिरका कामहरु सुरु गरिएको छ। क्याम्प राख्ने, साईटसम्म पुग्ने लिकंरोड निर्माण लगायतको काम भइरहेको छ। आयोजनाका अनुसार सुरुङमार्गभित्रको भन्दा बाहिरको काम धेरै छ।

सञ्चार मन्त्रालयकाे सचिवमा दीपक सुवेदी, भन्छन्-मेराे लागि नयाँ काम

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले कार्यभार सम्हालेका छन् । यसअघि सुवेदी प्रदेश २ का मुख्य सचिव रहेर कार्य सम्पादन गर्दै आएका थिए । सचिव सुवेदीले बुधबारबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हालेका हुन् । उनका लागि यो मन्त्रालय नयाँ हो । उनले सञ्चार मन्त्रालय आफ्ना लागि बिलकुलै नयाँ मन्त्रालय भएकोले मन्त्रालयका सबै कर्मचारीहरुको साथ र सहयोगबाट कार्य सम्पादन गर्ने अपेक्षा गरेका छन् । यसअघि सो मन्त्रालयमा सचिवको जिम्मेवारी महेन्द्रमान गुरुङले सम्हालेका थिए ।

नेपाल बंगलादेश बैंकद्धारा नवकिरण अनाथ, असहाय बालउत्थान समाजलाई ब्ल्यांकेट हस्तान्तरण

काठमाडौं । नेपाल बंगलादेश बैंकले नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ ओटा जाडोको ब्ल्यांकेट हस्तान्तरण गरेको छ । बैंकले विश्व बालदिवसको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार ललितपुर-२३ हात्तीवन, धापाखेलस्थित उक्त समाजलाई सो मात्राको ब्ल्यांकेट हस्तान्तरण गरेको हो । बैंकले सो अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन र बसोबासको लागि सहज होस् भनि ब्ल्यांकेट वितरण गरेको हो । बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंहले सो अनाथालयका बालबालिकाहरुलाई सहायोग सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा सो संस्थाकी अध्यक्ष सावित्री पोखरेलले सो सहयोगले बालबालिकाको अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै, बैंकले आफ्नो संस्थागत नारा ‘हामी सबैको बैंक’भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।