भेनेजुयलामाथि प्रतिबन्धको प्रभाव, पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
काठमाडौं । भेनेजुयलामा आर्थिक प्रतिबन्धको घोषणाले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएकाे छ । राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न निर्वाचन गराउन दवाब सिर्जना गर्ने उद्देश्यले थप पेट्रोलियम पदार्थमा मूल्य प्रभाव परेको हाे। ‘वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटिआई)को मूल्यमा आगामी मार्चका लागि हुने आपूर्तिमा २.९ र ब्रेन्टको मार्चका लागि हुने आपूर्तिमा १.९ प्रतिशतले वृद्धि गर्ने बताएपछि यसको प्रभाव गत हप्तादेखि नै अमेरिका लगायत भेनेजुयलाबाट पेट्रोलियम पदार्थको आयात गर्ने मुलुकमा परेको छ । गत जनवरी २५ सम्म तेलको मूल्यमा सामान्य कमी देखिएको थियो । अघिल्लो हप्ता तेलको कच्चा पदार्थ, डब्लुटिआई मा ०.२ प्रतिशत र ब्रेन्टमा १.७ प्रतिशतको कमी आएको थियो । डब्लुटिआईको मूल्य प्रति ब्यारेल ५३.६९ अमेरिकी डलर र ब्रेन्टको मूल्य प्रतिव्यारेल ६१.६४ अमेरिकी डलर कायम भएको थियो । तर गत हप्ताको सोमबार डब्लुटिआईमा १.७० अमेरिकी डलर कमी आई प्रति ब्यारेल ५१.९९ अमेरिकी डलर र ब्रेन्टमा प्रतिब्यारेल १.७१ अमेरिकी डलरको कमी आई ५९.९३ प्रतिशत कायम भएको थियो । राष्ट्रपति मदुरोलाई दवाव दिन काराकासको तेलको निर्यातलाई नियन्त्रण गर्न अमेरिकाले भेनेजुयलाको राज्यद्वारा सञ्चालित तेल कम्पनीमाथि प्रतिबन्धको घोषणा गर्यो जसको प्रभाव गत साता देखि नै अमेरिकी राष्ट्रहरूमा तेलको मूल्यमा वृद्धि भएको हो । पछिल्लो परिवर्तनपछि तेलको कच्चा पदार्थ डब्लुटिआईमा १.३२ प्रतिव्यारेल अमेरिकी डलर वृद्धि भई ५३.३१ डलर कायम भएको छ भने ब्रेन्टमा १.३९ को वृद्धि भई ६१.३२ कायम हुन गयो । तर यो क्रम निरन्तर रहँदा डब्लुटिआइ को मूल्यमा आगामी मार्चका लागि हुने आपूर्तिमा २.९ र ब्रेन्टको मार्चका लागि हुने आपूर्तिमा १.९ प्रतिशतले वृद्धि गर्ने बताइएको हो । रासस/सिन्ह्वा
सोनाम ल्होसारमा प्रदेश नं ३ सरकारले दियो सार्वजनिक बिदा
काठमाडौं। प्रदेश नं ३ प्रदेशसरकारले सोनाम ल्होसारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५औँ सोनामा ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ । गत माघ ९ गतेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको हो । तामाङबाहुल्य प्रदेश नं ३ मा ल्होसारको अवसरमा बृहत ल्होछार महोत्सवको समेत आयोजना गरिने भएको छ । माघ २१ र २२ गते प्रदेश राजधानी हेटौँडामा सो महोत्सव हुनेछ। रासस
सबै बैंक र बीमा कम्पनीले सूचना अधिकारी राख्नै पर्ने
काठमाडौं । अब सबै बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुले प्रवक्ता राख्नै पर्ने भएको छ । राष्ट्रिय सूचना आयोगले सबै बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुलाई सूचना अधिकारीको व्यवस्था गरि पारदर्शी रुपमा सूचना प्रवाहको व्यवस्था गर्न भनेको हो । यसँगै वित्तिय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंक र बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि सूचना अधिकारी राख्नै पर्नेछ । हाल २३७ वटा बैंक तथा वित्तिय संस्था सञ्चालनमा रहेका छन् । त्यस्तै ४० वटा बीमा कम्पनी सञ्चालनमा छन् । सूचना आयोगले १८० वटा राजनीतिक दल, ६२ वटा सार्वजनिक संस्थान र २५७ वटा आईएनजिओले समेत सूचना अधिकारी मार्फत सूचना प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ ।
पप्पुलाई रोक्न राष्ट्र बैंकको ठेक्का ४५ दिन थपियो
काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय भवन निर्माण सम्बन्धी ठेक्काको म्याद पुनः ४५ दिन थपिएको छ । विवादास्पद पप्पु कन्स्ट्रक्सनले ठेक्का पाउने सुनिश्चित भएपछि पुनः ठेक्काको म्याद थपिएको हो । केन्द्रिय बैंकको भवन निर्माणका लागि आवेदन दिएका १२ कम्पनीमध्ये पप्पु कन्स्ट्रक्सनले ठेक्का पाउने देखिएपछि चौतर्फी विरोध भएको थियो । हाल सो ठेक्का सम्बन्धी फाइल प्रधानमन्त्री कार्यालयमा पुगेको छ । ‘हामीले आर्थिक प्रस्ताव खोलेका थियौं, पप्पुले पाउने देखिएपछि विवाद भयो र फाइल प्रधानमन्त्री कार्यालय पुगेको छ’, पुननिर्माण प्राधिकरणका सम्पदा संरक्षण महाशाखाका प्रमुख राजुमान महर्जनले विकासन्युजसँग भने । पप्पुपछि दोश्रो र तेश्रो नम्बरमा क्रमशः सिसो समानान्तर जेभी र विकोई हेविई जेभी परेका छन् । सो ठेक्का प्रक्रिया आरम्भ भएको २४० दिन भैसकेको छ । प्राधिकरणले ठेक्काको म्याद ४५ दिन थपिएको हो । पप्पुले एसआरबीसीसंगको संयुक्त उपक्रम (जेभी) संग बोलपत्र पेश गरेको थियो । राष्ट्र बैंकको भवन बनाउन प्राविधिक प्रस्ताव पास हुने कम्पनीहरुमा क्यापसिटी गौरी पार्वती जेभी, कुमार सीएफसी जेभी, सीआर ५ स्वच्छन्द जेभी, जीआईएसी, शर्मा लाभा जेभी, जेटिक रमन जेभी, सीसो समानन्तर जेभी, बीएलके रसुवा रोशन जेभी, एसआरबीसी पप्पु जेभी, चाइना रेल्वे गजुरमुखी जेभी, बिल्ल कन्टेक जेभी, तँदी केसी जेभी र बीकोइ हेविइ जेभी रहेका थिए ।
लगानीको स्रोत नखुलेपछि विदेशी लगानीकर्ता भागाभाग, राष्ट्र बैंकद्वारा ५४ कम्पनीसँग विवरण माग
काठमाडौं । विदेशी लगानीमा खुलेको दर्जनौ कम्पनीका लगानीकर्ता लगानीको स्रोत खुलाउन नसकेपछि भागेका छन् । लगानीको स्रोत खुलाउन नसक्ने, कम्पनीका बास्तविक मालिख खुलाउन नसक्ने, विदेशबाट नेपालमा रकम ल्याएको प्रमाण पेस गर्न नसक्ने लगानीकर्ता भाग्न थालेको नेपाल राष्ट्र बैंकले जनाएको छ । विदेशी लगानी भित्र्याउन तथा लेखाङकन गर्न माग गर्दै राष्ट्र बैंक पुगेको १०३ कम्पनी मध्ये ५४ वटा कम्पनीले सरकारले तोकेअनुसारको विवरण पेस गर्न सकेका छैनन् । प्रक्रिया पुरा नहुँदा उनीहरुको फाइल स्वीकृत गर्न नेपाल राष्ट्र बैंक असमर्थ भएको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले जनाएका छन् । अधिकांश कम्पनीले लगानीको स्रोत खुलाउन नसकेको र स्रोत खुलाउने प्रमाण पेश गर्न भनेपछि लगानीकर्ता नै सम्पर्क विहिन भएको राष्ट्र बैंकको भनाई छ । विदेशबाट रकम ल्याएको प्रमाण पेस गर्न नसक्ने, स्वीकृत पुँजी भन्दा बढी लगानीको माग गर्ने, बैंक मौज्दात देखाउन नसक्नेहरुलाई पनि राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउने तथा लेखाङकन गर्न स्वीकृत दिन नसकेको ढुंगानाले जनाकारी दिए । विदेशी लगानी भित्र्याउने तथा लेखाङकन गर्न अनुमति मागेका तर स्वीकृत पाउन नसकेको ५४ कम्पनीको नाम सार्वजनिक गर्दै राष्ट्र ३० दिनभित्र सबै प्रक्रिया पुरा गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । निर्देशनअनुसार माग २८ गतेसम्म विवरण नबुझाउने कम्पनीहरुको आवेदन खारेज गरिने छ । आवेदन खारेजीपछि ती कम्पनीहरुले नयाँ प्रक्रिया शुरु गर्नु पर्ने जनाईएको छ । डावर नेपाल, हुलास स्टील जस्ता पुराना कम्पनीहरुको पनि लेखाङ्कनमा समस्या देखिएको छ । डाङ्गोटे सिमेन्ट उद्योगले लगानी भित्र्याएको प्रमाण देखाउन सकेको छैन । विदेशी लगानी भित्र्याउन माग गर्ने तर प्रक्रिया पुरा गर्न नसक्नेमा कम्पनीहरुमा रियलस्टेट कम्पनी, खानी, उद्योग, होटल, रेष्टुरेन्ट, परामर्शदाता, कलेज, प्रविधि, कार्गो, भाषा सिकाउने लगायत छन् । सम्बन्धित ५४ वटा कम्पनीहरुको सूचि हेर्न यहाँ क्लिक गर्नुहास् ।
‘एन आईसी एशिया रन फर हेल्थ’ विराटनगरमा सम्पन्न
विराटनगर । एनआई सी एशिया बैंक लिमिटेडको विराटनगर प्लाटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ को सहकार्यमा “एन आई सी एशिया रन फर हेल्थ”दौड प्रतियोगिता सम्पन्न गरेको छ । विराटनगर–शंकरपुरस्थित जनता नमुना उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको “एन आईसी एशिया रन फर हेल्थ” दौड प्रतियोगितामा विराटनगरका विभिन्न कलेजहरुको सहभागिता थियो । राष्ट्रिय अर्वुदरोग निवारण दिवसको पुर्वसन्ध्यामा अर्वुद रोगको विषयमा सर्वसाधारणमा जनचेतना जगाउन सचेतना मूलक उक्त दौड कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा संयोजक विकास बेगबानीले बताए । ५ किलोमिटर दुरीको सो प्रतियोगितात्मक दौडमा करिव १ हजार जना युवायुवतीहरुले सहभागिता जनाएका थिए । प्रदेश नं. १ का संघीय संसदका सांसद मोती दुगड र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उद्घघाटन गरेको उक्त कार्यक्रममा चर्चित नायिका केकी अधिकारी र रिचा शर्मासमेत सहभागि थिए । प्रतियोगितामा छात्रतर्फ सिटि कलेज विराटनगरका सुम्रित यादव प्रथम, मेरील्याण्ड कलेजका समिर क्षेत्री दोश्रो र नगरग्राम उच्च माविका चिर्पा शेर्पा तेश्रो भएका थिए भने छात्रातर्फ अर्किड कलेजकी ज्योति त्रिताल प्रथम, सिटि कलेजकी श्रीसन घिमिरे दोश्रो र अर्किड कलेजकी रंजिता माझी तेश्रो भएकी थिईन । प्रथम, दोश्रो तथा तेश्रो हुनुहुने खेलाडीहरुलाई पुरस्कार स्वरुप क्रमशः ३२ इन्चको टेलिभिजन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनरप्रदान गरिएको थियो ।
क्यान इन्फोटेक मेला चार लाखले अवलोकन गरे, रोबोट ब्याटल कम्पिटिसनमा सुरज पटवारी विजयी
काठमाडौं । सूचना प्रविधिमा रुचि राख्ने करिब ४ लाख अवलोकनकर्ताको उत्साहजनक उपस्थितिका साथ क्यान इन्फोटेक २०१९ समापन भएको छ । माघ १५ गतेदेखि सुरु भएको मेलाको अवलोकन गर्न अन्तिम दिन आइतबार मात्र करिब एक लाख मानिस मेलास्थल भुकुटीमण्डप पुगेका थिए । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि आयोजना गरेको २५औं संस्करणको क्यान इन्फोटेक २०१९ मा दैनिक जीवनमा प्रविधिको प्रयोगलाई विशेष महत्व दिइएकाले पनि अवलोकनकर्ताको उल्लेख्य घुइँचो लागेको हो । मेलामा औषधि ओसारपसारका लागि ड्रोनको प्रयोग, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषिक्षेत्रमा प्रविधिको प्रयोग अवलोकनको व्यवस्था मिलाइएको थियो । त्यस्तै, मेलास्थलमै सहरको कुनै एक स्थानबाट इन्टरनेटको माध्यमबाट दूरदराजदेखि गाउँगाउँका विद्यालयमा एकसाथ अध्ययन–अध्यापन गराइएको थियो । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ईसेवा’ नाम दिइएको मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका थिए । सूचना प्रविधि मेला अवलोकन गर्न मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेल, वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न दलका नेता, नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृत, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, व्यापारी, व्यवसायी, कलाकार, खेलाडीलगायत विभिन्न पेसागत संघसंगठनका प्रतिनिधि भृकुटीमण्डप पुगेका थिए । क्यान इन्फोटेक समापनपछि कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघका अध्यक्ष हेमन्त चौरसियाले नेपाली प्रविधिको उत्पादनमा भएको वृद्धिसँगै सूचना प्रविधि मेलाको औचित्य थप प्रभावकारी बन्दै गएको बताए । उनका अनुसार यसपटकको मेलामा नेपाली प्रविधि र नेपाली प्राविधिकको उत्साहजनक उपस्थिति रह्यो । ‘क्यान इन्फोटेक २०१९ को सफलता नै यसैमा निहित छ,’ उनले भने । मेलामा तीनवटा डिभाइसमा कनेक्ट गर्न मिल्ने किबोर्ड, ट्राफिक म्यानेजमेन्टमा उपयोग गर्न सकिने सिसिटिभी क्यामेरालगायतमा अवलोकनकर्ताले विशेष रुचि देखाएका थिए । सूचना प्रविधि मेलाको सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क अवलोकनको सुविधा दिइएको थियो । यसैबीच, क्यान इन्फोटेकमा बुधबारदेखि सुरु भई आइतबार सम्पन्न रोबोट ब्याटल कम्पिटिसनअन्तर्गत मिनी पुस बुटतर्फ सुरज पटवारी विजयी भएका छन् भने पवनदेव शर्मा उपविजेता बनेका छन् । त्यस्तै, कम्ब्याट रोबोट ब्याटलतर्फ सोनाम घिमिरे विजेता तथा पवनदेव शर्मा नै उपविजेता बन्न सफल भए । त्यसैगरी, अटोनोमस रोबोट ब्याटलतर्फ राजेश धुसू, रविन पराजुली, सुशील श्रेष्ठ, सरोज गुराव विजयी भए भने सञ्जीव गोसाई, प्रकाश श्रेष्ठ, विजयकुमार फुयाल र सागर खरेल उपविजेता बनेका छन् ।
कैलाश विकास बैंकको शाखा सिराहा बजारमा, शाखा संख्या ८७ पुग्याे
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले सिराहा जिल्लाको सिराहा बजारमा नयाँ शाखा स्थापना गरी आइतबारदेखि कारोवार शुभारम्भ गरेको छ । उक्त शाखाको शुभारम्भ सिराहा नगरपालिकाका मेयर अषेश्वरप्रसाद यादबले एक समारोहकाबीच गरेका छन् । बैंकको हालसम्म शाखा संख्या ८७ पुगेका छन् भने एटिएम संख्या ३२ पुगेका छन् । निकट भविष्यमा काठमाडौका बिभिन्न २ स्थान तथा देशका अन्य ८ ठाँऊहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैकले जनाएको छ । बैंकले अत्याधुनिकप्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ्ग सेवाको साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, कनेक्ट आइपिएस सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवालगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।