विकासन्युज

रौतहटका मूर्तिकारहरु माता सरस्वतीको मूर्ति बनाउन व्यस्त, ६० हजार आम्दानी गर्ने लक्ष्य

रौतहट। सरस्वती पूजा नजिकिँदै जाँदा रौतहटका बजारमा मूर्तिकार र मूर्ति व्यवसायीहरू मूर्ति बनाउन र सजाउन व्यस्त देखिएका छन् । माटोको मूर्ति बनाउने कुमालेहरू सरस्वती पूजाको अवसरमा सरस्वतीको मूर्ति बनाउन व्यस्त भएका हुन् । बसन्तपञ्मीको दिनलाई विद्यार्थीभाई बहिनीहरुले शिक्षकी देवीको रुपमा चिनिने सरस्वतीमाताको प्रतिमा मूर्तिलाई सजाई पूजा गर्ने चलन छ । सरस्वती पूजाको दिन नजिकीए संग कलाकार लाई भ्याइ नभ्याइ भएको हो । उनीहरुले यो समयमा मूर्तिबाट राम्रो आम्दानी लिने गरेका छन् । रौतहटका शैक्षिक संस्था , टिउसन सेन्टर, निजी विधालय, कोचिङ्ग सेन्टर का विधार्थीहरुले दिएको अर्डर अनुसारको मूर्ति बनाउन र सजाउन साथै रंगरोगन गर्न यहाँका कारीगरहरु दिनरात मेहनत गर्दै खट्दै छन् । आजकाल रौतहटको गौरको कबिर चौक, धर्मशाला चौक, गरुडा, शिवनगर, कटहरिया, माधोपुर लगायतका स्थानमा कलकारहरु मूर्ति बनाउन व्यस्त छन् । एउटा सरस्वतीको मूर्तिको ३ हजारदेखि ५ हजार रुपैयाँसम्ममा विक्री गर्ने गरेको उनीहरूले बताएका छन् । सरस्वती पूजाको अवधिभरमा करीब ६० हजार रुपैयाँसम्मको आम्दानी गर्ने गढवाका विकेस पण्डितले बताए । अहिले बनाइएको र बुकिङ्ग भएको मूर्तिहरु लिन आउने गा्रहकको संख्या समेत बढेको र हाल सम्म दुई दर्जन भन्दा बढी मूर्ति तयार भईसकेको पंडितले बताए । बााकी मूर्ति सजाउन अझ ५ दिन लाग्ने बताएका छन् । भाग्यको कुरा छ, कुनै वर्ष सोचे भन्दा बढी आम्दानी हुन्छ । कुनै वर्ष त्यती फाईदा हुदैन पंडितले थपे । विशेषगरी दुर्गापूजा, विश्वकर्मापूजा, कृष्णजन्माष्टमी र सरस्वती पूजाको समयमा मूर्तिको माग हुने गरेको उनले जानकारी दिए । सरस्वती पूजा धार्मिक परम्परा भए पनि त्यसभित्र ठूलो व्यवसाय लुकेको मूर्तिकार बताउँछन् । बर्सेनि माघ शुक्ल पञ्चमीमा मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी माघ २७ गते आइतबार देशभर मनाइँदैछ । वसन्त पञ्चमीमा सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास गरिन्छ । बालबालिकालाई सोही दिन अक्षरारम्भ गराउने चलन छ । चन्द्रमाजस्तो गोरो वर्णकी, हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पनि पुकारिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार र विद्यार्थीले कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले यसलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धांगिनी ब्रह्मायणीको उपासनाले ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आज सरस्वतीको पूजागरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

सिग्नेचर पुल बनाउन नेपाली इन्जिनियरले पनि सिक्दै, सबैभन्दा पहिले नारायणीमाथि बन्ने

काठमाडौं । सडक विभाग अन्तर्गत पुल माहाशाखाले सिग्नेचर पुल निर्माणको कामलाई अघि बढाएको छ । देशको विभिन्न स्थानमा कलात्मक पुल निर्माण गर्नका लागि महाशाखाले काम अघि बढाएको हो । पुल निर्माणका लागि माहाशाखाले अहिले अध्ययन गरिहेको छ । पुल निर्माणको लागि चिनियाँ प्राविधिक टोलीसँग छलफल भैरहेको छ । सिग्नेचर पुल नेपाल लागि नयाँ विषय भएकोले यस विषयको अध्ययनमा समय लागेको माहाशाखाका उप निर्देशक दीपक कुमार भट्टराईले बताए । ‘पुल निमार्णको लागि हामीले चिनियाँ टोलीसँग अन्र्तक्रिया गरिहेका छौं, उनीहरुको सल्लाह अनुसार नै पुल डिजाइनको काम हुनेछ उपनिर्देशक भट्टराईले भने यो आर्थिक वर्षमा ४ पुलको डिजाइन फाइनल गरि मन्त्रालय पेश गर्नेछौं ।’ सिग्नेचर पुल निर्माणको लागि अन्य देशको प्रविधी नै मिल्ने भएपनि जियोग्राफी भने फरक हनेछ । पुल निर्माणबाट नेपाली इन्जिनियरहरुले पनि प्रविधि सिक्नको लागि चिनियाँ टोलीसँगै नेपाली इन्जिनियरलाई पनि सम्मिलित गरिएको छ । पुलको डिजाइन सबैभन्दा पहिले चितवन र नवलपरासीको गैँडाकोट जोड्ने नारायणी नदीमा अध्ययन गरिनेछ । चिनियाँ प्राविधिकको सहयोगमा महाखाशाले पुल निर्माणको प्रारम्भिक नमूना तयार पार्नेछ । ५०० मिटर लामो हुने यो पुल ४ लेनको हुनेछ । प्रतिमिटर २० लाख लागतमा एक अर्ब रूपैयाँमा उक्त पुल निर्माणमा खर्च लाग्ने अनुमान गरिएको छ । हाल सञ्चालनमा रहेको पुलको ठीक तल्लोपट्टी निर्माण गर्नुपर्ने अवस्था आए दुई लेनको र देवघाट आसपासमा निर्माण गर्नुपर्ने अवस्था आए चार लेनको निर्माण गर्ने तयारीमा विभाग रहेको उपमहानिर्देशक भट्टराईले जानकारी दिए । त्यस्तो पुललाई पानीको प्रवाहले केही असर नगर्ने प्राविधिक बुझाइ छ । वातावरणीय दृष्टिकोणले पनि जलचरको संरक्षण हुनेछ । सरकारले चितवन–नवलपरासी जोड्ने सडक र पुललाई शहरी पूर्वाधारमा राखेको खण्डमा पूर्व–पश्चिम राजमार्गलाई देवघाट आसपासबाट मोड्ने तयारीमा रहेको छ । त्यस्तो अवस्था आए पूर्व–पश्चिम राजमार्ग परिवर्तन हुने र पुल चार लेनको निर्माण हुनेछ । पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ । साँझ वा बिहानको समयमा विभिन्न धार्मिक भजनसमेत पुलमा सुन्न पाइनेछ । देवघाट हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल भएकाले पनि पुललाई पर्यटकमैत्री बनाउन लागिएको हो । आयोजनाबाट नयाँ प्रविधिको प्रयोग गरेर पुलको डिजाइन गरिने र नेपाली प्राविधिकलाई सक्षम र सबल बनाउने लक्ष्य राखिएको छ । विभागले चिनियाँ उच्च प्राविधिकलाई निम्त्याएर सीपसमेत सिक्ने र नेपाली प्राविधिकलाई सक्षम बनाउने लक्ष्य रखेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले पनि सो पुल निर्माणका सम्बन्धमा आवश्यक तयारी गरिरहेको छ ।हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी जोड्ने पुल ४६० मिटर लामो रहेको छ । पुल निर्माणको लागि विश्व बैंकको सहयोग १० सिग्नेचर पुल निर्माणको लागि विश्व बैंकले सहयोग गर्ने भएको छ । बैंकले पुलहरुको निर्माणका लागि १० अर्ब रुपैंयाँ सहयोग गर्नेछ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सिग्नेचर पुल निर्माणका लागि ७० करोड रुपैंयाँ विनियोजन गरेको छ । यस्ता छन् १० पुल बन्ने स्थान पुल माहाशखाले चितवन र नवलपरासी जोड्ने नारायणी नदि, रौतहट र सर्लाही जोड्ने बागमति पुल, टेकु र कालीमाटी जोड्ने बिष्णुमतिमा निर्माण गर्नेछ । त्यस्तै रुपन्देहीको तिनाउ खोला र पोखराको विजयपुर खोलामा सिग्नेचर पुल निर्माण गर्न लागेको हो । त्यस्ता पुलहरुको डिजाइन निर्माणका लागि विभागले विश्व प्रशिद्ध चिनियाँ इञ्जिनियर डिवाई चेनलाई मासिक १८ लाख पारिश्रमिक दिएर नेपाल बोलाएको छ । सिग्नेचर पुलहरुको निर्माण लागत प्रतिमिटर ३० लाखसम्म लाग्ने बताइन्छ । यस्ता पुलहरु अन्य साधारण पुल भन्दा ४० प्रतिशतसम्म महंगा हुनेछन् । धार्मिक, सांस्कृतिक तथा पर्यटकिय महत्व बोकेका ठाउँमा सिग्नेचर पुल निर्माण गर्न लागिएको हो । विभागले नेपालमै पहिलो पटक बानेश्वर र बबरमहल जोड्ने धोवीखोलमा आर्क ब्रिज निर्माण गरिरहेको छ ।

अरुणिमा शैक्षिक प्रतिष्ठानको ३४ औं स्थापना दिवस सम्पन्न

काठमाडौं । अरुणिमा शैक्षिक प्रतिष्ठानले आफ्नो ३४औ स्थापना दिवस मनाएको छ । व्यक्तित्व अभिनन्दन तथा विविध साँस्कृतिक कार्यक्रम सहित भव्यताका साथ सम्पन्न गरेको छ । काठमाडाैंको आरुवारी वि.सं.२०४२ सालमा स्थापित संस्था यो स्थानसम्म आउँदा आफूलाई त्रिनेत्रको रुपमा स्थापित गराउन सफल भएको छ । कार्यक्रममा प्रमुख अतिथि विश्व विद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. डा. देबराज अधिकारीले राष्ट्रको विकासमा अतुलनीय योगदान पु¥याउदै आएको अरुणिमाले आगामी दिनहरुमा अझै गुणस्तरीय शिक्षा प्रदान गर्दै आफूलाई उत्कृष्ट विद्यालयको रुपमा स्थापित गराउन सकोस भन्ने धारणा व्यक्त गरेका थिए । गुठियारहरुको सहयोगमा शैक्षिक गुठीका रुपमा संचालित यस प्रतिष्ठानले अरुणिमा मा.वि., बौद्ध, नव अरुणिमा मा.वि., आरुवारी एवम अरुणिमा शिशु सदन मा वि., महाँकाल समेतको सुव्यवस्थापन गर्न सफल भैसकेको छ । बिद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद लामिछानेले सम्पूर्ण सहयोगी हातहरुका कारण अरुणिमा राष्ट्रकै उत्कृष्ट शैक्षिक संस्थाहरू मध्यमा आउन सफल भएको छ । कार्यक्रममा तीनैवटा शैक्षिक संस्थाका विद्यार्थी,अभिभावक तथा शुभचिन्तकहरुको उल्लेखनिय उपस्थिती रहेको थियो भने विद्यार्थीहरुले नेपाली भेष भूषा र संस्कृति झल्कने विभिन्न साँस्कृतिक कार्यक्रमको प्रस्तुत गरेका थिए ।

बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकबाट बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको आइतबार बसेको तेस्रो बैठकले उक्त विधेयक पारित गरेको हो । बैठकमा अन्य पाँच विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएका छन् । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यस्तै, अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘निवृत्तभरण कोष विधेयक, २०७५, भुक्तानी तथा फछ्र्योट विधेयक, २०७५, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७५, माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । ‘विज्ञापनसम्बन्धी विधेयक नियमनमुखी मात्रै’ राष्ट्रियसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।’ विधेयकको सैद्धान्तिक छलफलका क्रममा मन्त्री बाँस्कोटाले विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि बन्देज नलगाउने गरी आएको स्पष्ट पार्दै नियमनमुखी मात्रै भएको बताए । विश्वमा प्रचलित नियमअनुसार नै विधेयकमा व्यवस्था उल्लेख गरिएको अवगत गराउँदै उनले विधेयक समानुपातिक विज्ञापन प्रणालीमा पनि आधारित रहेको जानकारी गराए । विज्ञापन गर्दा बालबालिका, लैङ्गिक र जनसरोकारका विषयमा समेत सचेत हुनुपर्ने विषय विधेयकमा रहेको मन्त्री बाँस्कोटाको भनाइ थियो । राष्ट्रियसभाको अर्को बैठक यही माघ २७ गते दिउँसो १ बजे बस्नेछ । रासस

सिरहाकाे लहानमा सनराइज बैंककाे शाखा स्थानान्तरण

काठमाडौं । सनराइज बैंकले सिरहाको लहान शाखा स्थानान्तरण गरेकाे छ । सनराइज बैंकले सिरहा जिल्ला लहान न.पा. वडा नं. ८, लहानस्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिव ७५० मि. को दुरीमा स्थानान्तरण गरेको छ । शाखाको उद्घाटन उद्योग वाणिज्य महासंघ नेपालका उपाध्यक्ष किशोर प्रधान तथा उद्योग वाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्यले संयुक्त रुपमा गरेका थिए । उक्त कार्याक्रमको उद्घाटन पूर्व मेयर लगनलाल चौधरीले लहान शाखाको एटिएमको उद्घाटन गरेका थिए । उक्त उद्घाटन समारोहमा बैंकका नायव महा प्रबन्धक अपछकुमार यादव लगाएत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो । सनराइज बैंकका मुलुक भरि १०२ वटा शाखा, ११४ वटा एटिएम, २८ वटा शाखारहित बैंकिङ्ग सेवा र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल रहेको छ ।

बालिले अब चाँडै बाहिरी पर्यटकलाई १० डलर कर लिने

काठमाडौं। बालीले टापुको वातवरण र सांस्कृतिक सम्प्दालाई जोगाउन अब चाडै नै बाहिरी पर्यटकलाई १० डलर कर लिने भएको छ। आन्तरिक पर्यटकलाई भने १ डलर मात्र कर लिईनेछ। यस बिषयमा बाली प्रशासनले डिसेम्बर देखी छलफल गर्दै आईरहेको छ। बाली गवर्नर वेयन केस्टरले भने, “पर्यटकको राजस्व बालीको वातवरण र संस्कृतिको संरक्षणको कार्यक्रम कोषको लागि प्रयोग गरिने छ।” बालीको ब्यूरोको आधिकारिक तथ्याङ्कको अनुसार, जनवरीदेखि अक्टोबर 2018 सम्ममा ५,१६४,९२९ र गत वर्ष ५,१२४,८३९ पर्यटकहरूको बाली भ्रमण गरेका थिए। गत बर्षको तुलनामा यस बर्ष पर्यटकको संख्या २।८७ प्रतिशतले वृद्धि भएको हो। बालीको समुन्द्री सतहमा अत्याधिक फोहोरहरु जम्मा हुने कारणले यो कदम लिन लागिएको हो। प्रति दिन बाली बाट १०० टन फोहोरहरु संकलन हुने गर्दछ। जापानले हालै अन्तर्राष्ट्रिय पर्यटकहरूले देशको पर्यटकको पूर्वाधार विस्तार गर्न जापानबाट फर्कने समयमा १००० ईन ( अस्ट्रेलियन डलर १३) कर लिने घोषणा गरेको छ त्यस्तै न्यूजील्याण्डले भने संरक्षण र पूर्वाधार कोषको लागि यस बर्षको अन्त्य तिर अस्ट्रेलियन डलर ३३ कर लिने जनाएको छ।

जनता बैंक र टिच फर नेपालबीच शैक्षिक गुणस्तर सम्बन्धि सम्झौता

काठमाडौं । जनता बैंक र टिच फर नेपालबीच शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रममा सहकार्य सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले हस्ताक्षर गरेका थिए । टिच फर नेपालले ग्रामिण क्षेत्रमा रहेका सरकारी विद्यालयमा फेलो शिक्षकहरु खटाई शैक्षिक असमानता घटाउने कार्यमा सहयोग गर्दै आएको छ । हाल टिच फर नेपालले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्साको ग्रामिण क्षेत्रका ५१ विद्यालयमा ११०जना फेलो (प्रद्यार्थी) शिक्षकहरु मार्फत करिव १० हजार विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धिमा कार्य गरिरहेको छ । सम्झौतापत्रमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट टिच फर नेपाललाई बार्षिक रु. ५ लाख प्रदान गर्नेछ । उक्त कोषबाट टिच फर नेपालले विद्यालयहरुमा महत्वपूर्ण विषयका दक्ष जनशक्तिलाई  शिक्षकको रुपमा खटाउने , यसरी खटाइएका फेलो शिक्षकहरु शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा सरिक रहेकाे छ ।

विराटनगर-इटहरी मोनोरेलका लागि ३२ अर्ब लगानी सम्झौता, ३० किमी यात्राको ५० रुपैंया भाडा

काठमाडौं । विराटनगर इटहरी मोनोरेल निर्माणका लागि ३२ अर्बको लगानी सम्झौता भएको छ । विराट मोनोरेलका अध्यक्ष अशोक मेहताले भारतको नयाँ दिल्ली पुगेर २० अर्ब भारतीय रुपैंयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् । ‘२० अर्ब भारतीय रुपैंयाँ लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ, नेपाल सरकारले मोनोरेल निर्माण सम्बन्धी अनुमति दिएपछि काम पैसा आउँछ’, बिराट मोनोरेलका अध्यक्ष मेहताले विकासन्युजसँग भने । बहुराष्ट्रिय कम्पनी भिनेष्टाले मोनोरेलमा लगानी गर्न लागेको हो । ‘भारतीयहरुको प्रमुख सहभागीता रहेको बहुराष्ट्रिय कम्पनी फिनेष्टोले लगानी गर्ने भएको छ, अब बिराटनगर मोनोरेल निर्माण हुने पक्का भएको छ’, मेहताले भने । यहि पुस २९ गते मोनोरेल निर्माणका कम्पनीले नयाँ लगानीकर्ताका रुपमा अजय कुमार सत्याललाई उपाध्यक्ष नियुक्त गरेको थियो । मोनोरेल जापानी प्रविधीको हुनेछ । ७० प्रतिशत विदेशी लगानी र ३० प्रतिशत स्वदेशी लगानीमा बुट मोडलबाट मोनोरेल निर्माण गर्ने तय भएको छ । मोनोरेल ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । विराटनगर इटहरी सडकमै निर्माण हुने मोनोरेलका लागि बिराटनगर महानगरपालिका, बुढीगंगा नगरपालिका, दुहबी नगरपालिका र इटहरी उप महानगरपालिकाले सहमति दिईसकेका छन् । मोनोरेलमा १ नम्बर प्रदेश सरकार र मार्गधिकारभित्र पर्ने स्थानीय तहहरुले समेत लगानीका लागि इच्छा देखाएको कम्पनीका अध्यक्ष परमानन्द मेहताले जानकारी दिए । कम्पनीले आगामी २ हप्ताभित्रै मोनोरेलको डीपीआर निर्माण आरम्भ गर्ने जनाएको छ । करिब ३० किलोमिटर लामो मोनोरेलले अधिकतम १० वर्षभित्र लगानी उठाई सक्नेछ । मोनोरेलको एक तर्फी भाडा दर ५० रुपैंयाँ प्रस्ताव गरिएको छ । डीपीआरका लागि उपाध्यक्ष सत्याल र इञ्जिनियर सिर्जु दहाललको नेतृत्वमा प्रबिधी तथा वैदेशिक समन्वय समिति बनेको छ । त्यसमा भारतका राकेश पुजारी पनि सहभागी छन् । नेपालमै पहिलो पटक मोनोरेलमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिन लागेको र त्यो बुट मोडलमा हुने पनि प्रबन्ध निर्देशक आत्रेयले जानकारी दिए । सो मोनोरेलले एक पटकमा ५ सय जना यात्रु बोक्ने क्षमता राख्नेछ । बिहान ५ बजेदेखि राती ९ बजेसम्म सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको पनि आत्रेयले सुनाए । ७ जना व्यवसायीले खडा गरेको बिराट मोनोरेल इन्टरनेशनल प्रालीमा हाल नयाँ लगानीकर्ता थपिएपछि कामले गति लिन लागेको हो ।