विकासन्युज

ग्लोबलआइएमई बैंकद्वारा विद्यालयलाई कम्प्यूटर सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत तनहूँ जिल्लाको ब्यास नगरपालिका १२, बेल्थोकस्थित कुर्लुङ्ग प्राथमिक विद्यालयलाई दुई वटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । बिहिबार आयोजित एक कार्यक्रमबीच बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभागका इन्चार्ज बसन्तराज रेग्मीले कुर्लुङ्ग प्राथमिक विद्यालयका प्रधानाध्यापक पदमबहादुर पन्थलाई दुईवटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेका हुन् । ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै यस्ता सामाजिक कार्यहरु गर्दै आएको छ ।

टोयोटाले इटिओस फेमेलीकाे उत्पादन बन्द गर्दै, यस्ता छन् कारण

काठमाडौं । जापनिज कार उत्पादक कम्पनी टोयोटाले अप्रिल २०२० बाट आफ्नो इन्ट्री लेभल कारहरु ‘इटिओस’, ‘इटिओस लिभा’ र ‘इटिओस क्रस’ को उत्पादन बन्द गर्ने भएको छ । भारतमा नयाँ प्रदुषण नियम लागू हुने दिनबाट यी मोडेलहरुलाई डिस्कन्टिन्यू गरिनेछ । टोयोटाले आफ्ना ती मोडेलहरुलाई नयाँ प्रदुषण नियम अनुरुप अपडेट गर्नुपरेको खण्डमा सो कारहरुको मूल्य धेरै बढेर जानेछ । त्यसैगरी अक्टोवर २०२० बाट भारतमा ‘पेडेस्ट्रियन प्रोटेक्शन नम्र्स’ पनि लागू हुन गइरहेको छ । सो नियम लागू भएपछि वाहनहरुमा शिट मेटल लगायतका विशेषता हुनु अनिवार्य समेत हुनेछ । भारतिय मिडियाहरुले जनाए अनुसार टोयोटाले इटिओस फेमेलीलाई उल्लेखित मापदण्ड अनुरुप अपडेट गर्न ठूलो लगानी खन्याउनुको सट्टा सो फेमेलीकै उत्पादन बन्द गर्नुमा फाइदा देखेको हो । टोयोटाले पहिलो पटक इटिओस सेडानलाई डिसेम्वर २०१० मा बजारमा ल्याएको थियो भने इटिओस लिभा ह्याचब्याकलाई जुन २०११ मा र इटिओस क्रसलाई चाहिँ मे २०१४ मा भित्र्याएको थियो । इटिओस फेमेलीको उत्पादन बन्द गरिए पछि ‘ग्ल्यान्जा प्रिमियम ह्याचब्याक’ टोयोटाको इन्ट्री लेभल मोडेलको रुपमा चिनिनेछ । टोयोटाको नेपालका लागि आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा.लि.ले नेपाली बजारमा इटिओसको मूल्य ३७ लाख ५० हजार रुपैयाँ तोकेको छ भने इटिओस लिभा चाहिँ ३२ लाख रुपैयाँ मूल्यमा विक्री वितरण गर्दै आइरहेको छ ।

अब माछापुच्छ्रे  बैंकका शाखाबाट अष्ट्रेलियन डलर (एयूडी) सटही सुविधा

काठमाडौं । माछापुच्छ्रे बैंकले अष्ट्रेलियन डलर नगद आयात गरी ग्राहकलाई बिक्री शुरु गरेको छ । हाल बजारमा रहेको अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न माछापुच्छ्रे बैंकले विदेशबाट अष्ट्रेलियन डलर खरिद गरि ग्राहकहरुलाई सटही सुविधा प्रदान गर्न लागेको हो । विदेश जाने नेपालीहरुले विदेशको भिसा लागेपछि अधिकतम एक हजार पाँच सय अमेरिकी डलर वरावरको अष्ट्रेलियन डलर साट्न पाउने प्रावधान रहेपनि हाल नेपाली बजारमा देखिएको अष्ट्रेलियन डलरको अभाव रहेको छ । अधिकांश नेपालीले सहजरुपमा अष्ट्रेलियन डलर प्राप्त गर्न सकिरहेका छैनन् । सोहि समस्यालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकले तोेके बमोजिम पार्सपोर्ट, भिसा रकन्र्फम एयर टिकट साथमा लिएर आउने ग्राहकलाई काठमाडौं उपत्यका भित्र रहेका निम्न शाखाहरु मार्फत अष्ट्रेलियन डलर साट्न पाउने सुविधा ल्याएको हो । बैंकले काठमाडौं उपत्यका भित्रका शाखा कार्यालयहरु (लाजिम्पाट, पुतलीसडक, नक्साल, नयाँबानेश्वर, पाटन, चावहिल, थापाथली, बालुवाटार, चापागाउँ, बौद्ध, भक्तपुर, न्यूरोड) बाट सहज रूपमा अष्ट्रेलियन डलर उपलब्ध गराउने व्यवस्था मिलाएको छ । माछापुच्छ्रे बैंकले हालसम्म १४४ वटा शाखाहरु, १३७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएमहरु मार्फतबाट ग्राहकलाई बंैकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।

एभरेष्ट बैंकले दियो मनिपाल अस्पताललाई हेमोडायलेसिस् मेसिन

काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस् मेसिन हस्तान्तरण गरेको छ । नयाँ मेसिनले मिर्गौला बिरामीहरुलाई उपचारका लागि पर्खिनुपर्ने समय कम गर्न मद्दत पुर्याउनेछ । ईबिएलले ठुलो संख्यामा ग्राहकहरुको लाभका लागि विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ र “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ । मनिपाल अस्पतालका डिन बीएम नागपाललाई एभरेष्ट बैंक लि. का डीजीएम राजिव जैनले सो मेसिन हस्तान्तरण गरेका हुन् । सो मेसिन भारतीय दुतावास कोलोनियल ए. च्याम्बीएल एसएम डिफेन्स एट्याची, मनिपाल अस्पताल र पोखराका पेन्सन भुक्तानी कार्यलयका अन्य विभिन्न अधिकारीहरुको उपस्थीतिमा एलटी. जेन. सानतनु दयाल, एभीएसएम, एसएम, भीएसएम, डीजी, डीसी र डब्लूले मेसिनको उद्घाटन गरेका थिए । एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । एभरेष्ट बैंक बेस्ट म्यानेज्ड कमर्सियल बैंक, २०१९ बाट सम्मानित भएको छ । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२२ एटिएम तथा बृहत बाहर्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

७० वर्षदेखि समग्र विकासमा नेपाल चेम्बर, पछिल्लो समय चुनौती बढ्दो

काठमाडौं । चेम्बर अफ कमर्स नवलपुरको प्रथम साधारण सभा तथा पदस्थापन समारोह समापन भएको छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी राजेश काजी श्रेष्ठले मुलुकको समग्र विकासमा नेपाल चेम्बरले विगत ७० वर्षदेखि खेल्दै आएको भूमिकाको चर्चा गरे । देश संघीयतामा गएसँगै चेम्बरको सञ्जाल पनि उद्यम व्यवसायको विकास र नीतिगत वहश पैरवी, व्यापार प्रदर्शनीमा सहभागिता आदिमा संलग्न रहनु परेको भएकाले समेत जिल्ला र प्रदेश स्तरमा समेत जिल्ला चेम्बर अफकमर्सको विस्तार गरिएको बताए । यो व्यवस्थाले स्थानीय, जिल्ला र प्रदेश स्तरमा समेत निर्णय प्रकृया सरल, प्रभावकारी र व्यवहारिक हुने अध्यक्ष श्रेष्ठले भने । सो अवसरमा विशेष अतिथी संविधान सभा सदस्य कृष्ण पौडेलले नवलपुर चेम्बरले यस क्षेत्रका उद्यमी/व्यवसायीको समस्या समाधान गर्ने संस्थाको रुपमा कार्य गर्नेमा आफू विश्वस्त रहेको बताए । चेम्बर प्रदेश अध्यक्ष यदुनाथ अधिकारीले जिल्ला चेम्बरहरुले समेत अन्तराष्ट्रिय मेला प्रदर्शनीमा सहभागि हुृने अवसर प्राप्त भएमा स्थानीय वस्तुले बजार पाई व्यापार घाटा कम हुन मद्दत पुग्ने विचार व्यक्त गरे । सोही अवसरमा चितवन चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठले नवलपुर चेम्बरले खेलेको भूमिकाका आगमी दिनमा चूनौतीलाई अवसरको रुपमा लिइ अगाडी बढ्न चेम्बर सक्षम हुने अपेक्षा रहेको बताए । नवलपुर चेम्बर अफकमर्सका अध्यक्षदीपक भण्डारीको अध्यक्षतामा सम्पन्न सो सभामा सरकारी निकायका प्रतिनिधीहरु, प्रदेश चेम्बरका पदाधिकारीहरु, उद्यमी /व्यवसायीहरुको, उपस्थिती रहेको थियो ।

सेञ्चुरी बैंकद्वारा बर्दिबासमा निः शुल्क आँखा शिविर संचालन

बर्दिबास। सेञ्चुरी कमर्सियल बैंकको बर्दिबास शाखाले पथलैया बजार, महोत्तरीमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निः शुल्क आँखा शिविर सञ्चालन गरेको छ । बालबालिकाहरुदेखि लिएर वृद्धवृद्धाहरुसमेत सहभागी उक्त शिविरमा १२७ जनाभन्दा बढीको निः शुल्क जांच गरिएको थियो । सगरमाथा चौधरी आँखा अस्पतालको सहयोगमा सो शिविर सम्पन्न भएको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ । बैंकको अन्य जानकारीका लागी बैंकको वेबसाइट धधध।अभलतगचथदबलप।अयm।लउ तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

मोरङ्ग जिल्लामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

मोरङ्ग। प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा मोरङ्ग जिल्लाको विराटनगर उपमहानगरपालिकास्थित मोरङ्ग जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । मोरङ्गस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको मंसिर ०५ गते मंगलबार मोरङ्गका प्रमुख जिल्ला अधिकृत मदन भुजेलज्यूूले एक समारोहका विच समुद्घाट्न गरेको हो । जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज हुने भएको छ। प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । प्रभु बैंकले १९६ वटा शाखा कार्यालय, १५२ वटा एटिएम , ३६ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

सवा १८ अर्बले घट्यो एनसेलले तिर्नुपर्ने कर, २१ अर्ब १० करोडमात्र तिरे पुग्ने (पूर्णपाठ सहित)

काठमाडौं । सर्वोच्च अदालतले एनसेलले २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपैयाँ तिर्नु पर्ने फैसला गरेको छ । बिहीबार सर्वोच्चले पूर्णपाठ सार्वजनिक गर्दै एनसेलले सो रकम कर तिर्नुपर्ने निर्धारण गरेको हो । सर्वोच्चको यो फैसलापछि एनसेललाई १८ अर्ब ३३ करोड रुपैयाँ राहत भएको छ । एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ कर निर्धारण गरेको थियो । कुल कर निर्धाणरण ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ थियो । त्यसबेला एनसेलले २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ तिरिसकेको थियो । एनसेलले यसबाहेक यो कर बुझाउँदाको दिनसम्मको शुल्क र ब्याज थप तिर्नुपर्ने छ । [pdf id=181286]