‘एस-प्रेसो’ मिनी एसयुभि: भारतमा बेजोड सफल, नेपालमा के होला ?
काठमाडाैं । मारुती सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्प प्रा.लि.ले उक्त ब्राण्डको विल्कुलै नयाँ उत्पादन ‘एस-प्रेसो’ मिनी एसयुभिलाई नेपाली बजारमा केहि दिन अगाडि मात्र सार्वजनिक गरेको थियो । भारतमा निकै चर्चा कमाइ सकेको उक्त एसयुभिले यहाँ पनि दरो पकड जमाउनेछ भनी कम्पनीले विश्वास गरेको छ । सुरुवाती मूल्य २२ लाख ९९ हजार तोकिएको सो एसयुभिका चार अलग भेरियन्टहरु नेपालमा उपलब्ध रहेका छन् । हाल नेपालस्थित मारुती सुजुकीका ३६ ओटै रिटेल नेटवर्क मार्फत एस-प्रेसो विक्री वितरण भईरहेको छ । सुजुकीले ‘बेस्ट-इन-क्लास’ फिचरहरु दिएको एस-प्रेसोमा १० भन्दा बढि सेफ्टी फिचरहरु समावेस छन् । यस एसयुभिमा टफ स्पोर्ट वाचबाट सञ्चालित डाइनामिक कन्सोल, ट्रेन्डी इन्फोटेन्मेन्ट सिस्टम र डिजिटल स्पिडोमिटर, सेग्मेन्टमै पहिलो पटक दिइएको स्टेयरिङ माउन्टेड अडियो एण्ड भ्वाइस कन्ट्रोल र त्यसैगरी म्युजिक इन्टरटेन्मेन्ट र नेभिगेसनको लागि स्मार्ट प्ले जडित टच स्क्रिनजस्ता विशेषताहरु लोड गरिएको छ । हर्टटेक प्ल्याटफर्मको पाँचौं जेनेरेशनमा निर्माण गरिएको कारण यस एसयुभिले पैदलयात्रीको सुरक्षालाई पनि प्राथमिकतामा राखेको बुझ्न सकिन्छ । मारुती सुजुकीले एस-प्रेसोको सेफ्टी फिचरहरुको रुपमा डुअल एयरव्याग, एबीएस सिस्टम, इबीडी सिस्टम, प्रि-टेन्स्नर र फोर्स लिमिटर सहितको सिट बेल्ट, ड्राइभर र को-ड्राइभरका लागि सिट बेल्ट रिमाइन्डर, रियर पार्किङ्ग असिस्ट सिस्टम, हाई स्पिड वार्निङ अलर्ट र रिभर्स पार्किङ्ग सेन्सर लगायतलाई समावेश गरेको छ । एस-प्रेसोमा प्रयोग भएको इञ्जिन बीएस६ मापदण्डमा आधारित ९९८ सीसी पेट्रोल इञ्जिन हो जसले ३८ एचपीको पावर र ९० एनएमको टर्क प्रोड्युस गर्दछ । यस कारमा ५-स्पिड म्यानुअल ट्रान्समिशन दिइएको छ भने यस कारले २१.४ केएमपीएलको माइलेज प्रदान गर्दछ । त्यसैगरी, ५ सिटर यस एसयुभिको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिको चक्कामा चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । थोरै मूल्यमै एउटा एसयुभिको फिल गराउने, उत्कृष्ट माइलेज क्षमता, ठूलो ग्राउण्ड क्लियरेन्स, बेस्ट-इन-क्लास फिचर लगायत ठूलो संख्यामा दिइएका सेफ्टी फिचर्सका कारण यो एसयुभिले भारतमा ठूलो लोकप्रियता कमाउन सफल भएको छ ।नेपाली बजारमा हालसालै मात्र भित्रिएको यस एसयुभिले नेपाली कार पारखीहरुको मन भने जित्न सफल होला या नहोला भन्ने बुझ्नका लागि केहि समय कुर्नै पर्ने देखिन्छ । एस-प्रेसोको नेपालमा उपलब्ध भेरियन्टहरुको मूल्य यस प्रकार रहेको छः
चीन तिब्बत-नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर शुरु, चीनकाे मात्रै ५० भन्दा बढी स्टल
काठमाडौं । राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा चारदिने चीन तिब्बत-नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर सोमबार(आज)देखि शुरु भएको छ । जन गणतन्त्र चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको ट्रेड डेभलपमेन्ट ब्युरो र चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको आयोजना तथा नेपाल-चीन उद्योग वाणिज्य संघको सहकार्यमा एकदेशीय व्यापार मेला शुरु भएको हो । आयोजक तिब्बत बोर्डर ट्रेड चेम्बरका अध्यक्ष लावा छिलेका अनुसार मेलामा चीनका ५० भन्दा बढी स्टल रहेको बताएका छन् । मंसिर १२ गतेसम्म चल्ने मेलामा जौबाट बनेका खाद्य सामग्री, दुग्ध पदार्थ, मदिरा, वाइन, तिब्बती औषधी, हस्तकला, स्किन केयरसम्बन्धी उत्पादन, खेलकुद, कपडा, भवनका सामग्री, साइकल लगायतको स्टल राखिएको छ । नेपालमा लगानीको अवसर पहिचान गर्न चाहने चिनियाँ कम्पनीहरु पनि मेलामा सहभागी भएको अध्यक्ष छिलेले जानकारी दिए । यो मेलाले नेपाल र चीनबीचको व्यापार र आर्थिक सम्बन्ध अझ बलियो बनाउने उनको विश्वास छ । नेपाल-चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले मेलामा व्यवसायी–व्यवसायीबीच (बिटुबी) छलफल, समझदारीपत्रमा हस्ताक्षर लगायत कार्यक्रम रहेको बताए । मेलाको उद्देश्य उपभोक्तालाई वस्तु बिक्री गर्ने भन्दा पनि चिनियाँ वस्तुको क्रेता (बायर)लक्षित प्रदर्शनी गर्नु रहेको उनले बताए । त्यसैले चिनियाँ व्यवसायीले नेपाली व्यवसायीसँग आयात निर्यात अभिवृद्धि, लगानी लगायत विषयमा अन्तक्र्रिया गर्ने लक्ष्य लिएको तुलाधरको भनाइ छ । दुई चेम्बरबीच सन् २०१४ मा भएको समझदारी अनुसार दुवै मुलुकका उद्यमी, व्यवसायीले पालैपालो आफ्ना वस्तु अर्को मुलुकमा लगेर प्रदर्शन गरी दुईपक्षीय व्यापारको आकार बढाउन यसपालि चिनियाँ व्यवसायी नेपाल आएको बताइएको छ । आगामी अप्रिलतिर नेपाली व्यवसायीले तिब्बतमा आयोजना हुने यस्तै प्रकारको प्रदर्शनीमा स्टल राख्ने योजना छ । यो मेलाले दुई देशबीचको व्यापारिक क्रियाकलाप वृद्धि हुने र सदियौं पुरानो आर्थिक, व्यापारिक तथा सामाजिक सम्बन्ध अझ प्रगाढ हुने आयोजक र सहयोगी संस्थाको विश्वास छ । मेलामा सहभागी चिनियाँ व्यवसायीले नेपालमा उत्पादन गरेर चीन निर्यात गर्न सकिने वस्तुबारे पनि अध्ययन गर्ने उद्देश्य राखेको तुलाधरले जानकारी गराए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल प्रमुख अतिथि रहेको उद्घाटन समारोहमा नेपालका लागि चिनियाँ दूतावासका वाणिज्य सचिव, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ लगायतको सहभागिता थियो ।
१७औँ हस्तकला व्यापार मेलाको तयारी पुरा, मंसिर १२ गतेदेखि शुरु
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा हुने १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नविल बैँक, नेपाल चेम्बर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासङ्घको आयोजनामा आगामी मङ्सिर १२ देखि १६ गतेसम्म हुने मेलाको सम्पूर्ण तयारी पुरा भएको हो । महासङ्घले सोमबार पत्रकार सम्मेलन गरी नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उदेश्यका साथ मेला आयोजना गर्न लागेको मेलाको तयारी पुरा भएको जनाएको छ । मेलामा नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यवसायीक सम्बन्ध विकास गर्नु, नेपाली उद्यमीलाई कम खर्चमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलामा सहभागीता गर्ने, व्यापार मेलाको माध्यामबाट नेपाली कला संस्कृतिको प्रचारप्रसार गर्न मेला आयोजना गरिएको मेलाका महासङ्घका निवर्तमान अध्यक्ष एवं संयोजक धर्मराज शाक्यले जानकारी दिए । गतवर्ष भन्दा यसवर्ष मेलामा नेपाली छालाजन्य जुत्ताको प्रदर्शनसमेत गर्न लागिएको छ । सोको लागि छुट्टै डोमको व्यवस्था पनि गर्न लागिएको अध्यक्ष शाक्यले बताए । साथै उनले नेपाली हस्तकला वस्तुहरुको स्थानीय बजारको साथै अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ता एवं उपभोक्ताको चाहना बमोजिम वस्तु विकास गर्ने , स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदान प्रदान गर्ने उद्देश्यले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र लगायत निजी क्षेत्रका विभिन्न संघ संस्थाहरुको सहयोगमा यो व्यापार मेला तथा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराएका छन् । आठ प्याभिलियनसहित २०० कक्ष रहने उक्त मेलामा विभिन्न जिल्लामा उत्पादित हस्तकला प्रदर्शनमा राखिनेछ । मेलामा छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापान लगायतका युरोपका विभिन्न मुलुकका २० भन्दा बढी स्टल रहनेछन् भने बाँकी नेपाली स्टल हुनेछन् । नेपालको हस्तकला हाल विश्वका अधिकाशं मुलुकमा निर्यात हुँदै आएको छ । मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरु प्रदर्शनमा राखिनेछन् । मेलाको उद्घाटन अर्थमन्त्री डा. युवाराज खतिवडाले गर्ने कार्यक्रम रहेको छ ।
भायनेटले ल्यायो ‘क्या लभ्ली अफर’, नेट जडानमा विभिन्न आकर्षक प्याकेज
काठमाडौं । भायनेट कम्युनिकेसन्सले ग्राहकहरुको लागि ‘क्या लभ्ली अफर’ नामक आकर्षक योजना ल्याएको छ । कम्पनीले संचालनको २० औं वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरुको लागि उक्त योजना बजारमा ल्याएको हो । यस योजनाअन्तर्गत ग्राहकहरुले मात्र ३४ हजार रुपैयाँमा एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र ६४ मेगा पिक्सल क्यामरा भएको जिओमी रेडमी नोट ८ प्रो पाउने छन् । त्यसैगरी, २७ हजार ७०० रुपैयाँमा ग्राहकहरुले एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र जिओमी रेडमी नोट ८ प्राप्त गर्नेछन् । यसका साथै भायनेट इन्टरनेट प्याकेजसँग ग्राहकहरुले मात्र १८ हजार ७९० रुपैयाँदेखि सामसंङ र स्काईवोर्थको ३२ इन्चदेखि ४३ इन्चसम्म एलईडी टिभीहरुका साथै इन्टरनेट र फ्रि नेट टि.भी. प्राप्त गर्न सक्नेछन् । यस योजनाअन्तर्गत भायनेटले ग्राहकहरुलाई ३ महिनाको लागि पनि विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराएको छ ।
ग्लोबल आइएमई बैंकले ल्यायो जन्मभूमि घर कर्जा, न्यूनतम ब्याजदरमा सजिलै पाइने
काठमाडौं । ग्लोबल आइएमई बैंकले वैदेशिक रोजगारमा गएका तथा विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरी ‘ग्लोबल आइएमई जन्मभूमि घर कर्जा’ याेजना ल्याएको छ । यस नयाँ योजनाअन्तर्गत वैदेशिक रोजगारमा गएका कामदार तथा विदेशमा बस्ने नेपालीहरु र उनका परिवारका सदस्यलाई आवश्यक कागजात पेश गरेको तीन दिनभित्र घर कर्जा उपलब्ध गराइने छ । न्यूनतम ब्याजदरमा सुलभ र सहज रुपमा पाप्त गर्न सकिने जन्मभूमि घर कर्जाले रेमिट्यान्सलाई बैंकिङ्ग च्यानलबाट भित्र्याउन मद्दत पुग्ने बैंकले जनाएको छ । यो घर कर्जा वैदेशिक रोजगारबाट प्राप्त आयको आधारमा भारत सहित विभिन्न देशमा बस्ने नेपालीहरुका परिवारलाई प्रदान गरिनेछ । यस कर्जा ग्लोबल आइएमई बैंकको सबै शाखाबाट प्राप्त हुनेछ ।
सुविधा थप गरेसँगै सामाजिक सुरक्षा कोषमा बढ्दो आकर्षण
काठमाडौं । पछिल्लो समय सामाजिक सुरक्षा काेषमा आवद्ध हुनेको संख्या बढ्दै गएको छ । सरकारले काेषकाे सुविधा थप गरेसँगै आवद्ध हुनेको संख्या बढ्दै गएको हाे । हाल ११ हजार प्रतिष्ठानहरु कोषमा जोडिएका छन् । कोषका निर्देशक कपिलमणि ज्ञवालीले निजी कलेज, बैंक ठूला उद्योग तथा संघसंस्थाहरु कोषमा आवद्ध भएका छन् । साेमबार सामाजिक सुरक्षा कोषले आयोजना गरेकाे ‘कोषकाे योजना कार्यान्वयन विषयक’भएको अन्तक्र्रिया कार्यक्रममा ज्ञवालीले अझै पनि कोषले दिने सेवाको विषयमा अधिकांश श्रमिक तथा रोजगारदार्ताले जानकारी प्राप्त नगरेको बताए । काेषमा सूचीकृत हुने मिति थप गरेसँगै हाल तीन हजार राेजगारदार्ता काेषमा जाेडिएका छन् । ३५ हजार सहकारी संस्था रहेकोमा हाल पाँच सय सहकारी संस्थामा कोषमा आवद्ध छन् । ‘असल श्रम सम्बन्धि आधार सामाजिक सुरक्षा र रोजगार’ भन्ने नाराका साथ वि सं. २०६७ चैत्र सात गते स्थापना भएको सामाजिक सुरक्षा कोष २०७५ साल मंसिर ११ गतेदेखि औपचारिक रुपमा शुरुवात भएको थियो । हाल देशभरि ५० भन्दा बढी कोषको स्थापना भएसँगै सामाजिक सुरक्षा कोषले ल्याएको नयाँ कर्जा योजना पछि भने राेजगारदार्ता र श्रमिकको आकर्षण बढेको निर्देशक ज्ञवालीले बताए । यस काेषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना ,आश्रित परिवार सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना रहेका छन् । योगदानकर्ता तथा कर्मचारी धितो कर्जा, जसमा शैक्षिक कर्जा ३५ लाख रुपैयाँको, घर कर्जा ७५ लाख रुपैयाँको र सामाजिक कार्यका लागि कर्जा भन्दै पाँच हजार रुपैयाँको रहेको छ । त्यसैगरी परियोजना कर्जा सम्बन्धी जमानत, संस्थागत, सह वित्तीयकरण कर्जा रहेका छन् । मृत्यु भएका श्रमिकको पति वा पत्नीलाई योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतको दरले निम्न जिवित रहेसम्म सुविधा पाउने भएका व्यवस्था रहेको छ । कोषमा दर्ता भएका श्रमिकले चिकित्सकको परामर्श सेवा, अस्पताल अस्पताल भर्ना वापतको शुल्क,परीक्षण सेवा, तथा महिला श्रमिकका लागि सुत्केरी विदा वातप ९८ विदा बस्न पाइने व्यवस्था भएका छ । सम्बन्धि समाचारहरू ः सामाजिक सुरक्षा कोषमा आबद्ध हुने बैंकरहरुको प्रतिबद्धता सामाजिक सुरक्षा कोषले मुख्य तीन शीर्षकमा कर्जा दिने तयारी
२९० करोड घोटालाको फाइल राष्ट्र बैंकभित्रै गायव, बाहिरबाट फोटोकपी आएपछि अनुसन्धान शुरू
काठमाडौं । निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठबारे छानविन गर्न गठिन समितिमा साेमबार तीन वटा उजुरी पुग्यो । तीन वटै उजुरी शक्तिशाली निकायबाट स्थान्तरण भएका हुन्, सम्पति शुद्धिकरण अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालयबाट । उजुरीकर्ता हुन् दीपक कार्की । उनी नेपाल बंगलादेश बैंकका सञ्चालक हुन् । उनीमाथि सञ्चालकको हैसियतमा कर्जा दुरुपयोग गरेको भन्दै राष्ट्र बैंकले अनुसन्धान तथा कारवाही अगाडि बढाएको छ । कार्कीले यस्ताे उजुरी हालेर आफूमाथि हुनसक्ने सम्भावित कारवाहीलाई प्रभावित गर्न खोजेको राष्ट्र बैंकको आशंका छ । ‘यो त एउटा उदाहरण मात्र हो’ छानविन समिति सम्बद्ध स्रोतले भन्यो- ‘दिनदिनै उजुरी थपिएका छन् । एक महिनाको अवधि सकिन लाग्यो । उजुरीको चाङ केलाएर साध्य छैन । कहिले भ्याउने, कसरी भ्याउने । हामी नै तनावमा छौं ।’ कस्ता कस्ता उजुरी परे त ? थोरै भएपनि खोतल्ने प्रयास गरौं । राष्ट्र बैंकको कार्यालय समय सकियो । उनी अर्को मिटिङको लागि हतारिएका थिए । लामो कुरा गर्न उनलाई फुर्सद भएन । ‘समाचारमा मेरो नाम कतै नलेख्दिनु होला’ उनले विश्वासको वातावरण खोजे । हामीले ‘निर्धक्क हुन्न’ भन्यौ । उनी बढो निरासपूर्ण ढंगले बोल्न थाले । ‘२ अर्ब ९० करोड घोटालाको फाइल राष्ट्र बैंकभित्रै दवाईएको रहेछ । ग्राण्ड बैंकको । बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत सुधिरबाबु खत्री र सुधिर बस्नेतबीच भएको कारोबारको विषय ।’ के रहेछ त्यसभित्र ? हामीले सोध्यौं । ‘फाइल हेर्न भ्याएको छैन । ४००/५०० पेजको फाइल छ । हामीलाई पुरै फाइलको फोटोकपी प्राप्त भएको छ । पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा अनुसन्धान भएको रहेछ । कारवाही प्रक्रिया अगाडि बढ्दै गर्दा उनको कार्यकाल सकियो ।’ तर स्रोतको भनाई सकिएको छैन । उनी हतारमा छन् । भटाभट भन्दै अगाडि बढ्छन् । ‘त्यसपछि केही समय डेपटी गभर्नर पद खाली भयो । नयाँ डेपुटी गभर्नर आएपछि उक्त विभागको जिम्मेवारी डेपुटी गभर्नर शिवराज श्रेष्ठको भागमा पर्यो । त्यसपछि फाइल हराएछ’ उनले भने । फोटोकपी फाइल कहाँबाट आयो त ? हामीले बाटैमा प्रश्न तेर्सायौं । ‘३० वर्षे कार्यकाल पूरा गरी अवकास पाएका कर्मचारीले फोटोकपी ल्याएर दिए’ गम्भिर कुरो आयो । ‘त्यो मात्र होइन, अरु धेरै फाइल हराएका रहेछन्’ उनी फरर्र बोल्दै गए । ‘एउटा टेबुलको फाइल अर्को टेबुलमा १६ महिनासम्म सरेको छैन । धेरै फाइल यस्तो भएको छ एउटा टेबुलबाट अर्को टेबुलमा जान ८ महिना, १२ महिना लागेको छ । एच एण्ड बी बैंकको फाइल, भिवोर विकास बैंकको फाइल, क्यापिटल मर्चेन्ट एण्ड फाइनान्ससँग सम्बन्धित फाइलमा यस्ताे भएकाे देखियाे । पवन कार्कीलाई अमेरिका भाग्न सूचना चुहाएर राष्ट्र बैंककै कर्मचारीले सहयोग गरेका रहेछन्’ झन् गम्भिर कुरा आयो । उनी अलि जंगिए । ‘तपाईहरु पत्रकार । गभर्नरलाई सोध्नु न । यस्तो कसरी हुन्छ ? एउटा टेबुलमा ८ महिनादेखि १६ महिना फाइल राेकिन्छ भने त्यसकाे असर कहाँ कहाँ पर्छ ?’ आजैको कुरा फेरी सुनाए । ‘२०७३ सालमा शिवराज श्रेष्ठ मेक्सिको भ्रमणमा गएका रहेछन् । उक्त भ्रमणमा भएको खर्च, विल भर्पाइ सहितको फाइल मगायौं । प्रशासनमा फाइल नै रहेछन् । मैले गाली नै गरे । ‘तिमीहरु के गरेर बस्छौं ?’ फेरी हामीले शिवराज श्रेष्ठ माथिको अनुसन्धानबारे केन्द्रीत हुन प्रयास गर्यौ । ‘सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले प्रधानमन्त्रीको कार्यालयलाई बुझाएको फाइल हामीलाई आएको छ । त्यसमाथि हामीले गम्भिर अध्ययन गर्दैछौ । एनसेललाई लाभांश भुक्तानी दिएको विषयमा पनि डकुमेन्टहरु अध्ययन गरिरहेका छौं । ६/७ वटा गम्भीर प्रकृतिकाे उजुरी परेका छन् । त्यसमा पनि राम्राे अध्ययन हुनु पर्याे । हामीले गरेको सिफारिसको आधारमा भोली सरकारले कारवाही गर्ला । त्यसका विरुद्ध उहाँ (शिवराज श्रेष्ठ) अदालत जानुहोला । हामी प्रमाण पुर्याएर मात्र निष्कर्षमा पुग्छौं । हामी सकेसम्म चाँडो रिपोर्ट तयार गर्दैछौं । तपाईहरुले पाइहाल्नुहुन्छ’ उनी गाडीमा अगाडि बढे ।
उपत्यकामा हर्न कारवाहीः एकैदिन १८८ सवारीसाधन कारवाहीमा
काठमाडौं । ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले सोमबार मात्र १८८ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी गम्भिर दुर्घटना हुने खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने खतरानाक मोड र चोकमा हर्न पूर्णरुपमा निषेध गरिएको जानकारी दिए । ‘ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन अनुरोधसमेत गरेका छौँ ‘, उनले भने । यसअघि उपत्यकामा विसं २०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । महाशाखाले २०७४ वैशाख १ देखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने ४३ हजार ६२३ सवारीसाधनलाई कारवाही गरिसकेको छ । यसै मंसिर मात्रै विशेष अभियान सञ्चालन गरि ५९८ सवारी साधन कारवाहीमा परेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९को दफा १६४ को (ग) अनुसार ट्राफिक प्रहरीले कारवाही प्रक्रिया चलाउँदै आएको छ । उक्त दफाअनुसार सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको खण्डमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर ५ सय रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था छ ।