विकासन्युज

दिगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयनका लागि एकै थलोमा नागरिक संस्था

काठमाडौं । नेपालमा दिगो विकास लक्ष्यहरुको प्रभावकारी ढंगबाट कार्यान्वयनका लागि काठमाडौंमा एक थलोमा छलफल भएको छ । उक्त छलफलबाट दिगो विकासका लागि कामगर्ने सम्पूर्ण सामाजिक संस्थाहरुको एक राष्ट्रिय सञ्जाल गठन भएको छ । उक्त सञ्जालमार्फत मुलुकभरी दिगो विकास लक्ष्यका विभिन्न आयामहरुमा सक्रिय भएर काम गर्ने सम्पूर्ण नागरिक संस्थाहरुको सहमति भएको छ । यसैगरी नेपालमा दिगो विकास लक्ष्यहरुलाई स्थानियकरण गर्ने र नेपालका मौलिक मुद्धाहरुलाइ विश्वव्यापी वहसमा लैजाने पहल थाल्नेमा पनि सरोकारवालबीच सहमति भएको छ । नेपालमा दिगो विकासका लक्ष्यहरुको कार्यान्वयनका लागि प्रारम्भ देखीनै सक्रिय भूमिका निर्वाह गर्र्दै आएका सामाजिक संस्थाहरु, अभियन्ताहरु, स्वतन्त्र विज्ञ तथा प्राज्ञिक व्यक्तित्वहरुबीच आगामि २०३० सम्म यहि साझा सञ्जाल मार्फत स्पष्ट कार्यनीति र नागरिक केन्द्रित उत्तरदायी व्यवस्थापन प्रणाली निर्माण गरेर अघि बढ्ने गरी एसडीजिएस् नेशनल कोअलिश्र नेपाल (एसएनसीएन) गठन भएको हो । यस स्वतन्त्र समूहले १५ दिनभित्र आफ्नो राष्ट्रिय रणनीति तथा कार्य दिशा तयार पार्ने र सबै विषयगत समितिहरु, मुख्यमुख्य समूहहरु तयगर्ने र स्पष्ट अवधारणा सहित अघि बढ्ने सहमति जुटाएको छ । यसैगरी कार्यक्रममा राइट हिअर् राइट नाउ (आरएचआरएन) सञ्जाल अन्र्तगत कार्यान्वयनमा रहेका गतिविधिहरु र दिगो विकास लक्ष्यहरुसंग नितिहरुको अन्तर सम्बन्धका बारेमा सामाजिक संस्थाहरुका विचमा जानकारी आदानप्रदान गरियो । किशोर किशोरीहरुका लागि शारिरिक र मनोवैज्ञानिक ढंगले अत्यन्तै आवश्यक वृहत यौनिकता शिक्षा र यसको अपरिहार्यताका बारेमा पनि सरोकारवालाहरु विचव्यापक छलफल भएको थियो । यस्ता छन् एसएनसीएन अन्र्तगत भएका थप निर्णायक कार्यहरु समावेशी ढंगबाट सबै समेटिने गरी नौ सदस्यीय राष्ट्रिय समन्वय समिति गठन र यसको सचिवालयको जिम्वेवारी दिगो विकासका लागि राष्ट्रिय अभियान संस्थालाई प्रदान गरियो । पाँचवटा विश्वव्यापी शिद्धान्तामा रहेर सदस्यतामा आधारित साझा समूह निर्धारण गरेसँग बिषयगत क्षेत्रहरु स्पष्ट रुपमा किटान गर्दे सक्रिय जिम्मेवारी वहनगर्ने संस्थाहरुको छनौट गर्ने व्यवस्था छ । दिगो विकास लक्ष्य १६ प्लसको सचिवालयको भूमिका नेपालयुवा संस्था सञ्जाललाई प्रदान गरियो । दोस्रो पिपुल्स फोरमको मिति तथा कार्यक्रम घोषणा गर्नेछ । भिएनआरको सामाजिक संस्थाकातर्फबाट तयार हुने प्रतिवेदन समयमै सम्पन्न गर्न विज्ञ समूह गठन गर्ने तथा विश्वभरी र दक्षीण एसियामा दिगो विकास लक्ष्यमा भइरहेका संस्थागत तथा व्यक्तिगत प्रयासहरुबारेमा जानकारी आदानप्रदान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा फेरि समस्या, अप्रेशनको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् । विहान ९ बजे उनी कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएको अस्पताल स्रोतले जानकारी दिएको छ । पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको चिकित्सकले बताएका छन् । प्रधानमन्त्री ओलीलाई बिहान साढे ९ बजे अस्पताल पुगेका हुन् । अस्पतालका अनुसार उनको केही बेरमै शल्यक्रिया गर्ने तयारी गरिएको छ । विदेशमा मिर्गौला सम्बन्धि उपचार गराइ रहेका ओली केही महिनायता ग्रान्डी अस्पतालमा नियमित डाइलाइसिस गराइरहेका छन् ।

नुवाकोटमा पृथ्वीनारायण शाह सङ्ग्रहालय निर्माण

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–२ दरबार क्षेत्रको कुवापानीस्थित भगवती मन्दिर परिसरमा ‘पृथ्वीनारायण शाह सङ्ग्रहालय’ निर्माण थालिएको छ । नेपालको एकीकरणको शुरुवात नुवाकोटबाट गरेका शाहसँग सम्बन्धित सामग्री र जीवनसँग जोडिएका विषयवस्तुको सचित्र उतार्ने प्रयासस्वरुप सङ्ग्रहालय निर्माण शुरु गरिएको वडा नं २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले जानकारी दिए । अध्यक्ष शाहीका अनुसार सात रोपनी जग्गामा पाँच करोड २८ लाख रुपैयाँ लगानीमा निर्माण थालिएको सङ्ग्रहालय दुई वर्षभित्र पूरा गर्न निर्माणको जिम्मेवारी शृङ्खला निर्माण सेवा बट्टारलाई दिइएको छ । शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धादिङमार्फत ठेक्का लगाएर निर्माण थालिएको सङ्ग्रहालय चारतलाको हुने छ जसमा नुवाकोट, रसुवा र धादिङमा रहेका नौ कोटसँग सम्बन्धित सबै विषयवस्तुलाई उतारेर प्रदर्शनीमा राखिने छ । भवन विभागमार्फत काम थालिएको र पुरातत्व विभागसँग सम्बन्धित नभए पनि काम सम्पन्न भएपछि समन्वय गरेर नुवाकोटसहित मुलुकभरमा रहेका शाहसँग जोडिएका र उनले प्रयोग गरेका तोप र हातहतियार, उनले दिएको दिव्योपदेश लगायतलाई सङ्ग्रहालयमा प्रदर्शनीका लागि राखिने जानकारी दिए । रासस

नेपाल–भारत पारवहन सन्धि पुनरवलोकन बैठक शुरु, पानी जहाज सञ्चालनका विषयमा छलफल हुने

काठमाडौं । नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरवलोकन बैठक मंगलबारदेखि काठमाडौं शुरु भएको छ । मंसिर १० र ११ गते काठमाडौंको होटल याक एण्ड यतीामा बैंठक बिसएकाे हाे । पारवहन सन्धि पुरानो भएकाले पुनरवलोकन गरी दुईपक्षीय व्यापार प्रवद्र्धनका विषयमा छलफल गर्न बैठक आयोजना गरिएको हो । पारवहन सन्धिसँगै नेपालमा पानी जहाज सञ्चालनको विषयमा पनि छलफल हुने भएको छ । नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल संयोजकत्वमा व्यापार तथा पारवहन सन्धि पुनरवलोकन बैठक भएको हो । भारतको तर्फबाट वाणिज्य मन्त्रालयका जोइन्ट सेक्रेटरी भुलेन्द्र मल्लले नेतृत्व गर्ने छन् । बैठक नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरावलोकनको विषयमा केन्द्रित हुने छ । नेपालको तर्फबाट बैठकको नेतृत्व गर्ने सहसचिव नवराज ढकालले भने ‘ नेपाल–भारत पारवहन सन्धि पुनरवलोकनमा नेपालबाट भरत निकासी हुने बस्तुको निर्यात सहज गराउने विषयमा केन्द्रित हुने बताए । उनले भने नेपालको तर्फबाट पानी जहाज सञ्चालन गर्ने विषयलाई पनि प्रथामीकत्तामा राखिएको बताए । यसअघि सन् २०१६ मा नेपाल–भारत व्यापार तथा पारवहन सन्धि नवीकरण भएको थियो । त्यसअघि २००९ मा संशोधन भएको सन्धि दुवै मुलुकको सहमतिको आधारमा संशोधन गर्न सक्ने व्यवस्था गरिएको थियो । लामो समयदेखि सन्धि पुनरवलोकन हुन नसकेकाले समय सापेक्ष बनाउन नेपाली टोली आवश्यक तयारी गरेर बैठकमा सहभागी हुन लागेको छ । ‘बैठकको मुख्य एजेन्डा पुनरवलोकन नै हो, ढकालले बताए । नेपालबाट भारतमा कृषिजन्य वस्तु अदुवा, अलैंची, जुटलगायत नेपाली कृषि उपजको निर्यातमा आउने समस्या दीर्घकालीन समाधान गर्न पनि छलफल हुने छ ।

पशुबधस्थल व्यवस्थापन गर्न महानगरलाई चुनौती

काठमाडौं । घरधनी र पशुबधस्थल सञ्चालकबीच कुरा नमिल्दा काठमाडौं महानगरपालिकालाई बधस्थल व्यवस्थापन गर्न चुनौती थपिएको छ । हाल सञ्चालनमा रहेका पशु बधस्थलको जग्गा सञ्चालकका नाममा नभएको र समय किटान गरी सम्झौतानुरुप जग्गाधनीले सञ्चालकलाई जग्गा नदिँदा समस्या भएको काठमाडौं महानगरपालिकाको ठम्याइ छ । व्यवसाय सञ्चालकले आफ्नो जमीन नभएको र जग्गाधनीले जग्गा नदिँदा व्यवस्थितरूपमा व्यवसाय सञ्चालन हुन नसकेको गुनासो गरेका छन् । “व्यवसाय सुधार गरेर राम्रो बनाउन मन छ तर घरधनीले जग्गा भाडामा दिनका लागि सम्झौता गरेको छैनन् ।”, विष्णुमती नदी किनारमा लामो समयदेखि मासु व्यवसाय सञ्चालन गर्दै आउनुभएका सबिक शाही भन्छन्, “आज लगानी गरेर संरचना बनाउँला, भोलि उठेर जानोस् भन्ने डर छ, कसरी लगानी शुरुवात गर्नु ।” कामपा, कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारीले बधस्थल सञ्चालनमा पहिलेभन्दा केही सुधार आए पनि यसले अपुग भएको बताउँदै व्यवस्थापनका लागि कामपाले प्रयास गरिरहेको जानकारी दिए । भण्डारीका अनुसार सम्बन्धित वडाको अगुवाइमा घरधनी र व्यवसायीबीचको समस्या पहिचान गर्ने र नियमित अनुमगन गर्ने कार्यमा कामपा लागिरहेको छ । हाल कामपामा करीब ५० बधस्थल सञ्चालनमा छन् । सञ्चालनमा रहेका ९० प्रतिशत पशुबधस्थल नियमविपरीत रहेको कामपाले स्वीकारेको छ । काठमाडौंमा पशुबध गर्ने स्थानकै अभाव छ । अव्यवस्थितरूपमा रातका समयमा पशुबध गरिने खोला किनारामा यत्रतत्र मासुजन्य वस्तुबाट निस्केका फोहर फालिने हुँदा वातावरणलाई थप दुर्गन्धित बनाएको छ । अहिले विष्णुमती नदी किनारामा रहेको लिङ्करोडभन्दा माथिल्लो भेगमा पशुबधशाला छन् । पहिले खोलाकै किनारामा पशुबध हुने गरेको थियो । रासस

स्मार्ट मिटर प्रतिस्थापनमा तिव्रता, रत्नपार्क र महाराजगञ्जका एक लाख घरमा जोडिँदै

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान कार्यक्रममा तिब्रता दिएको छ । प्राधिकरणले आम उपभोक्ताको घरमा स्मार्ट मिटर जडान गर्नका लागि सर्वेक्षणमा तिब्रता दिएको हो । प्राधिकरणले काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजना अन्तर्गत पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका घरहरुमा स्मार्ट मिटर जडान गर्ने कार्यक्रमका साथ घरहरुमा सर्वेक्षण गर्ने कार्यमा तिब्रता दिएको हो । प्राधिकरणका प्रवक्ता प्रविण अधिकारीले स्मार्ट मिटरिङ जडान गर्ने कार्यक्रममा तिब्रता दिएको बताए । प्राधिकरणले रत्नपार्क र महाराजगञ्जका करिब एक लाख उपभोक्ताहरुको घरमा स्मार्ट मिटर जोडिने बताए । नेपाल विद्युत प्राधिकरणले नेपाल सरकार र एशियाली विकास बैैंकको संयुक्त लगानीमा काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजनामार्फत रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रहरुमा स्मार्ट मिटर जडान गर्दैछ । रत्नपार्क र महाराजगंज वितरण केन्द्रअन्तर्गतका ग्राहकको स्मार्ट मिटर डिजाइन, आपूर्ति, जडान र सञ्चालनका लागि चिनियाँ कम्पनी पिङगाओ विज्डम ज्वाइन्ट भेन्चरले ठेक्का पाएको छ । यो काम आगामी वर्षको पुस भित्रमा सक्ने लक्ष्य राखिएको छ । ग्राहकहरुको लागि स्मार्ट मिटर जडान गर्न ठेकेदार पिङगाओ विस्डम जोइन्ट भेन्चर सँग ठेक्का सम्झौता गरी काम सुरु गरिसकेको छ । ठेकेदार कम्पनीले ग्राहकको घरघरमा गएर डाटा संकलनको काम गरिरहेको आयोजना संयोजक जुजुरत्न शाक्यले बताए । स्मार्ट मिटर जडान भएपछि मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानु पर्ने हालको व्यवस्थाको अन्त्य भई टेलिफोन सेवामाजस्तै स्वचालित विलिङ लागू हुने उनले बताए । जसले गर्दा मिटर रिडिङको लागत घट्ने छ । यसबाट वितरण सेवालाई आधुनिकरण गर्ने, वितरण चुहावटलाई घटाइ प्राधिकरणको वित्तीय स्वास्थ्यमा सुधार ल्याउने र समग्र वितरण प्रणाली सञ्चालन दक्षता बढाउने अधिकारीको भनाइ छ । कुनै ग्राहकले बदमासी गरेपनि कार्यालयबाटै निगरानी गर्न सकिने उनले बताए ।  महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रको वितरण प्रणालीलाई भूमिगत बनाउने काम अगाडि बढेको अधिकारीको भनाइ छ । उनले विस्तारै काठमाडौं उपत्यकाभरिनै स्मार्ट मिटर जडान गर्ने काम गर्ने बताए ।  स्मार्ट मिटरिङ लागुपछि टेलिकमका उपभोक्ताले जस्तै विद्युत प्राधिकरणका उपभोक्ताले पनि तिरेको पैसाको मात्रै विद्युत उपयोग गर्न पाउने बताइएको छ ।  अहिले टेलिकमका हजारौं कर्मचारीहरु बिजुलीको बिल लिएर ३० लाख ग्राहकको घरघरमा जाने गरेका छन् । यो व्यवस्था निकै झन्झटिलो र खर्चिलो छ । यो डिभाइसमा टु वे कम्युनिकेशन अर्थात दोहोरो सञ्चार प्रणाली जडान गरिएको छ । जुन सञ्चार प्रणालीका कारण प्राधिकणको केन्द्रिय सिस्टमले पलपलमा त्यस्ता स्मार्ट मिटरिङ गरिरहेको हुन्छ ।  उपभोक्ताले बिल तिरेको नतिरेको छिनभरमै प्राधिकरणको केन्द्रिय प्रणालीलाई थाहा हुन्छ । विकशिल देशहरुमा पछिल्ला वर्षमा स्मार्ट मिटरको प्रयोग बढ्दै गएको छ । यस्तो मिटर जडान गरेपछि उपभोक्ता र विद्युत बिक्रेता प्राधिकरण दुबैलाई सजिलो हुनेछ ।  स्मार्ट मिटर डिजिटल डिस्प्लेयुक्त हुने भएकोले उपभोक्ताले खपत भइरहेको बिजुली र त्यसबाफत खर्च भइरहेको पैसासमेत सजिलै थाहा पाउन सक्छन् । स्मार्ट मिटर जोडेपछि प्राधिकरणका कर्मचारी घरघरमा आएर मिटर हेरेर बिल काट्नु पर्ने बाध्यता हट्नेछ । साथै प्राधिकरणले कुन समयमा उपभोक्ताले धेरै बिजुली खपत गर्छन् भन्ने सही र रियलटाइम तथ्याकं पाउनेछ । देशभरका ८ हजार टिओडी मिटरमा स्मार्ट मिटर नेपाल विद्युत प्राधिकरणले देशभरका ८ हजार उद्योग तथा कलकारखानाका टिओेडी (टाइम अफ डे) मिटरमा स्मार्ट मिटर जडान गरिसकेको छ । प्राधिकरणले देशभरका उद्योगी, व्यापारीलगायत बढी विद्युत खपत गर्ने ग्राहकको मिटरमा स्मार्ट प्रविधि जोड्न सुरु गरि ८ हजारको आवासमा जडान गरिसकेकाे बताएको हो । ‘वितरण प्रणालीलाई डिजिटल बनाउन स्मार्ट मिटर जडान सुरु गरेका छौं,’ अधिकारीलेले भने,‘ १० हजार डिओटी मिटरमा स्मार्ट प्रविधि जोडिनेछ ।’ अहिले टिओडी मिटर जडान गर्ने प्राधिकरणका १० हजार ग्राहक छन् । धेरै विद्युत खपत गर्ने ग्राहकले डिओडी मिटर जडान गरेको प्राधिकरणले जनाएको छ । यो वर्गका ग्राहकले विद्युत खपत गरे बापत बिहान बेलुका, हिउँसो र राती फरक समयको फरक महसुल तिर्दै आएका छन् ।  टिओडी तथा थ्रीफेज मिटरमा स्मार्ट प्रविधि जडान भएपछि वितरण प्रणाली पारदर्शी हुने प्राधिकरणको दाबी छ । अनियमितरुपमा भइरहेको विद्युत चुहावट पनि नियन्त्रण हुनेछ । स्मार्ट मिटर जडानलाई मलुकभर नै विस्तार गर्ने प्राधिकरणको योजना छ ।

बढी शुल्क लिएका मेडिकल कलेजले भोलिसम्म रकम फिर्ता नगरे कारवाही

काठमाडौं । सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले भोलिसम्म रकम फिर्ता नगरे कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । गृह मन्त्रालयमा साेमबार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत उपस्थित आजको बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क भोलिसम्म फिर्ता नगरे आवश्यक कारवाही गर्ने निर्णय गरेको हो । यसअघि गत असोज र कात्तिकमा गृह मन्त्रालयमा गृहमन्त्री र शिक्षामन्त्रीलगायतका पदाधिकारीसहित बसेको बैठकले शुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसीमा दिँदै बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गर्दै फिर्ता नगरे कारवाही अघि बढाउने निर्णय गरेको थियो । सरकारले दिएको १५ दिनको समयसीमा भोलि सकिँदैछ । गतवर्षको मन्त्रिपरिषद बैठकले बढी शुल्क लिएमा कलेजविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजूरी दिन सकिने निर्णय गरेको थियो । रासस

‘झोला हराएको मान्छे’ मंसिर २४ गते देखी मण्डला नाटकघरमा मन्चन हुँदै

काठमाडौं। नाटक ‘झोला हराएको मान्छे’ यही मंसिर २४ गतेबाट मन्चन हुने भएको छ। उक्त नाटक अनामनगर स्थित मण्डला नाटकघरमा पौष १७ गते सम्म मन्चन हुन लागेको हो। विधमान देशको परिस्थिति हेर्दा हरेक दिन सयौँ युवाहरु वैदेशिक रोजगारीका शिलशिलामा झोलामा सपना बोकेर विदेशिन बाध्य छन् तिनै युवाहरुको मनोभाव हो “झोला हराएको मान्छे।” नाटकको स्लिम जीवनले लेखेका हुन् भने कथालाई नाटय रुपान्तरण अभिनेता दिपेन्द्र शाहिले गरेका हुन्। नाटकको तयारी गर्दै कलाकारहरु कथाको पृष्ठभूमि २०७० साल ताकाको हो जब देशमा राजनीतिक अस्थिरता र सिनेमा हलहरुमा नेपाली कथानक चलचित्र छड्के चलिरहेको थियो। त्यहि बेला नेपालको पुर्वी पहाडी जिल्ला भोजपुरबाट विदेश जान भनेर रुद्र प्रसाद पोख्रेल काठमाडौं आउँछ तर आकस्मात उसले झोला हराउँछ। नाटक रुद्रेको झोला खोज्ने संघर्षको वरपर घुम्नेछ। नेपालबाट लोपोन्मुख लज्जावती झारलाई नाटकले प्रतिनिधीत्व गर्दैछ। क्याप मोशन पिक्चर्स र एम्प्टी स्ट‍म्याक क्रियशनलको प्रस्तुतिमा बनेको ‘झोला हराएको मान्छे’मा नविन चन्द्र अर्याल, सुनीशा बँजगाई, चन्द्र नेपाली, विकाश लामा, सन्जित प्रताप मल्ल, गणेश पौँडेल(ताण्डव), जयराम ढकाल, स्लिम जीवन, विशाल श्री, आनन्द महत, मोहन राई, सबीना थापा, अरुण सिंह पौँडेल, सन्जिप योगी लगायतका कलाकारको अभिनय हेर्न सकिनेछ। नाटक सोमबार बाहेक हरेक साँझ ५ बजे र शनिबार अतिरिक्त शो १ बजे पनि रहनेछ।