२ अर्ब लागतमा रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माण शुरू, साढे दुई वर्षमा सक्ने लक्ष्य
रसुवा । नेपालको उत्तरी नाका रसुवागढीको टिमुरेमा सुख्खा बन्दरगाहको निर्माण शुरु भएको छ । वैदेशिक व्यापारलाई सहजीकरण गर्ने उद्देश्यले बन्दरगाहको निर्माण शुरु भएको हो । निर्माण थालेको साढे दुई वर्षमा बन्दरगाह निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बन्दरगाह निर्माणको जिम्मा तिब्बेत फुली कन्ट्रक्सन ग्रुप कम्पनीले पाएको छ । कम्पनी र नेपाल इन्टरमोडेल यातायात विकास समितिबीच २९ वैशाख २०७६ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । करिब १२ करोड ४० लाख चिनियाँ युआन (करिब २ अर्ब रुपैयाँ) लागतमा सुख्खा बन्दरगाह निर्माण गर्न लागिएको हो । यसका लागि चीन सरकारले आर्थिक सहयोग गरेको छ । ८ दशमलब ५ हेक्टर क्षेत्रफलमा बन्ने बन्दरगाहमा मुख्य भवनसहित भन्सार, क्वारेन्टाइन, बैंक, ल्याब, सुरक्षा निकायका कार्यालय रहने छन् । यहाँ एकै पटक तीन सयभन्दा बढी ट्रक–कन्टेनर राख्न सक्ने पार्किङ बनाइनेछ । “चीनसँगको व्यापार विस्तारका लागि रसुवा अहिले सरकारको प्राथमिकतामा परेको छ”, नेपाल इन्टरमोडेल यातायात विकास समितिका प्राविधिक इञ्जिनीयर प्रमोद आचार्यले भने, चीन सरकारको सहयोगअन्तर्गत टिमुरेगाउँमुनि भोटेकोशी नदीको तटीय क्षेत्र र आसपासका भिरालो कान्ला जमिनसमेत उपभोग गरी ३५० वटा मालबाहक कन्टेनर अट्ने क्षमताको सुक्खा बन्दरगाह निर्माण कार्य शुरु भएको हो ।” यही मङ्सिर ५ गतेदेखि तीव्र रूपमा काम अगाडि बढिसकेको उनले बताएका छन् । गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेको आधार इलाकामा सुक्खा बन्दरगाहमा ढलानवाला मैदान तयारी गर्ने र सामान परीक्षण गर्ने स्थलको नजिक पाँच हजार वर्गमिटर क्षेत्रफलमा पाँच तल्ले भवन, दुई हजार ८० वर्गमिटर क्षेत्रफलमा सामान जाँचपास केन्द्र र ७५० वर्गमिटर भूभागमा सामान भण्डारणको गोदामसमेत संरचना निर्माण हुने बताइएको छ । सुक्खा बन्दरगाह भोटेकोशीको तटीय क्षेत्रमा भएकाले वर्षायामको पानीको बाहव व्यवस्थापन गर्न पानी एकत्रितका लागि नदीको डिलमा पूरै मेशिनरी पर्खाल लगाइने डिजायन भएको इञ्जिनीयर आचार्यले जानकारी दिए । निर्माण कार्य सम्पन्न गर्न आवश्यक मेशिनरी उपकरणसहित ३२ चिनियाँ नागरिक संलग्न रहेको नेपाली प्राविधिकले बताएका छन् । नेपाल इन्टरमोडल बोर्डको जिम्मेवारी भने सुक्खा बन्दगाह निर्माणमा चिनियाँ ठेकेदार कम्पनीलाई निर्वाध रूपले काम गर्ने वातावरण बनाउन सघाउने, चिनियाँ नागरिक कामदारको भिसा थप गर्न सहयोग गर्ने र निर्माणमा आइपर्ने विविध समस्या समाधानमा सहजीकरण गर्नेलगायत जिम्मेवारी समितिले पाएको इञ्जिनीयर आचार्यले जानकारी दिएका छन्। रासस
मुक्तिनाथ विकास बैंकले सञ्चालनमा ल्यायो चल्ती र बचत खाता, दुर्घटना मृत्यु बीमा साथै विनाधितो कर्जाको सुविधा
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ संस्थागत उपलब्धी खाता’ नामक चल्ती खाता र ‘मुक्तिनाथ व्यक्तिगत उपलब्धी’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न सरकारी तथा नीजि कम्पनी लगायत प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका सम्पूर्ण संघ/संस्थालाई लक्षित गरी उक्त दुई खाता सञ्चालनमा ल्याएको हो । मुक्तिनाथ संस्थागत उपलब्धी खाता अन्तर्गत ग्राहकले न्युनतम मौन्दात १००० रुपैयाँमा कुनै पनि माथि उल्लेखित संघ/संस्थाले यो खाता खोल्न सक्नेछन् । यस खाता खोलेका संघ/संस्थाका सञ्चालक समितिका सदस्यहरु, साझेदार, प्रोइपाइटरहरुका लागि ७ लाखकोे दुर्घटना मृत्यू बीमाको सुविधा प्रदान गरिएको छ । मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खातामा बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजदर (मासिक ब्याज भुक्तानी) तथा निःशुल्क इन्टरनेट बैकिङ्ग सुविधा लिन सकिनेछ । साथै, मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत ग्राहकले न्युनतम मौन्दात १०० रुपैयाँमा संस्थाका कर्मचारी तथा व्यक्तिगत सदस्यहरुले खाता खोल्न सक्ने छन् । यस खाता खोलेका व्यक्ति तथा संस्थाका कर्मचारीले ७ लाख रुपैयाँको दुर्घटना मृत्यू बीमाको सुविधा पाउने छन् । यसका साथै, कुनै पनि संघ/संस्थामा कार्यरत कर्मचारीहरुलाई व्यक्तिगत कर्मचारी कर्जा (वार्षिक औसत तलबको ५० प्रतिशत वा १५ लाखमध्ये जुनकम हुन्छ, सो बराबर हुने गरी विनाधितो कर्जा सुविधा प्रदान गरिनेछ । यस व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी), निःशुल्क अन्तर शाखाकारोबार, निःशुल्क मोबाइल बैकिंङ्ग सुविधातथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निःशुल्क भिसा डेबिट कार्ड प्रदान गरिनेछ । यस योजनाअन्तर्गत मुक्तिनाथ संस्थागत उपलब्धी खाता भएका संघ/संस्थाका कर्मचारी तथा आवद्ध व्यक्तिगत सदस्यहरुले मात्र व्यक्तिगत उपलब्धी बचत खाता खोल्न सक्नेछन् । बैंकको यो सेवा १३३ वटै शाखाहरुबाट लिन सकिने छ ।
आइएमई जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा शरण रेग्मी नियुक्त, वित्तीय क्षेत्रमा २७ वर्षको अनुभव
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ)मा शरण रेग्मी नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले नायव महाप्रवन्धक पदमा कार्यरत रेग्मीलाई डेपुटी सीईओमा नियुक्त गरेको हाे । रेग्मीले मंसिर १० गतेदेखि कम्पनीको डेपुटी सीईओको जिम्मेवारी सम्हालेका छन् । स्नातकोत्तर तह उतीर्ण गरेका रेग्मी विगत २७ वर्षदेखि निर्जीवन बीमा तथा वित्तीय क्षेत्रमा कार्यरत छन् । रेग्मीले तत्कालिन एनआईडिसी क्यापिटल मार्केट् लि(हाल सनराईज क्यापिटलमा) २ वर्ष, युनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)मा ७ वर्ष, सगरमाथा इन्स्योरेन्समा ८ वर्ष, सिद्धार्थ डेभलपमेन्ट बैंक(हाल जनता बैंक)मा ६ वर्ष र आइएमई जनरल इन्स्योरेन्समा ४ वर्ष काम गरी बैंक तथा बीमा क्षेत्रको लामो अनुभव बटुलिसकेका छन् । बीमा तथा वित्त क्षेत्रलाई नजिकबाट नियालेका रेग्मीले उक्त क्षेत्रको सुक्ष्म अध्ययन गरी सहायक स्तरबाट विभिन्न पद र विभागमा काम गर्दै निरन्तर कर्ममा विश्वास गर्ने व्यक्तिको रुपमा आफूलाई स्थापित गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयको ४५ औं दिक्षान्त समारोह पौष ३ गते हुने
काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ४५ औं दिक्षान्त समारोह यहि पौष ३ गते बिहिबार हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोह पौष ३ गते पुल्चोक क्याम्पसको खेलमैदानमा हुने भएको हो। यस्तै मंसिर २५ गते देखि पौष २ गते सम्म त्रि.वि परिक्षण नियन्त्रण कार्यलय (पनिका)बाट विद्यार्थीहरुले गाउन, टोपी र स्कार्फ लिन सक्नेछन्। गाउन बिदाको दिन पनि वितरण गरिने पनिकाका सहायक डिन घन्श्याम ठाकुरले बताए। गाउन लिनको लागि विद्यार्थीहरुले अनलाईन फर्म भर्दा प्राप्त गरेको गाउन संकलन फर्म अनिवार्य ल्याउनुपर्नछ। साथै दिक्षान्तको समारोहमा प्रमाणपत्र प्राप्त गर्नको लागि विद्यार्थीहरुले अनलाईन फर्म भर्दा प्राप्त भएको सरोमोनी स्लिप लैजानुपर्छ। उक्त दिन प्रमाणपत्र नपाएका विद्यार्थीहरुले वा फारम भएर सहभागी हुन नपाएका विद्याथीहरुले त्रि.वि परिक्षण नियन्त्रण कार्यलयको कोठा नं ३ बाट प्राप्त गर्न सक्नेछन्।
चिलिमेकोे २५ प्रतिशत लाभांश पारित, निर्माणाधिन तीन आयोजनाको ५० देखि ८५ प्रतिशत काम सम्पन्न
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको प्रस्तावित २५ लाभांश पारित भएको छ । बुधबार सम्पन्न कम्पनीको २३औं वार्षिक साधारणसभाले सेयरधनीलाई २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस पाउने भएका छन् । चार अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी २० प्रतिशत बोनस सेयरपछि पाँच अर्ब ७० करोड रुपैयाँ नाघेको छ । कम्पनीले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ६२ लाख ७२ हजार अधिक यूनिट सहित ६ करोड ३५ लाख १२ हजार यूनिट विद्युत बिक्री गरेको छ । जसबाट कम्पनीले ४७ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । साथै, व्याज आम्दानी २ करोड १४ लाख समेत गरी कम्पनीले ५० करोड ४ लाख रुपैयाँ आय आर्जन गरेको छ । सो अवधिमा चिलिमे जलविद्युत केन्द्रको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको सञ्चालन तथा सम्चार खर्च २ करोड ७ लाख ३१ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । समिक्षा अवधिमा कम्पनीले ८ करोड २० लाख रुपैयाँ खर्च गरेको छ । यस कम्पनी अन्तर्गतका जलविद्युत कम्पनीहरु मार्फत तीन निर्माणाधिन आयोजनाहरुको हालसम्म ५० देखि ८५ प्रतिशतसम्म निर्माण कार्य सम्पन्न भइसकेको छ ।सान्जेन तथा सान्जेन(माथिल्लो) जलविद्युत आयोजनाको सिभिल निर्माण कार्य हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भईसकेको छ । त्यस्तै, मध्य भोटेकोशी जलविद्युत आयोजनको हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भएको छ । त्यसैगरी, रसुवागढी जलविद्युत आयोजनाको निर्माण काम ७२ प्रतिशत सम्पन्न भएको कम्पनीले जनाएको छ । यी तीन वटै आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा सम्पन्न गर्ने चिलिमेको लक्ष्य रहेको छ ।
मालपाेतकाे बिचाैलिया हटाउन अब अनलाइनबाटै लालपुर्जा
डाेटी । मालपोत कार्यालय डोटीमा अनलाइन सेवाबाट लालपुर्जा अर्थात् जग्गाधनी प्रमाणपत्र दिन शुरु गरेको छ । सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो । उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका–१ की कृष्ण शाहीलाई अनलाइनमार्फत जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताएका छन् । उनले भने, “पहिलोपटक अनलाइनमार्फत सेवा शुरु गर्यौँ र पहिलो सेवाग्राही शाही भएका छन् ।” पहिलो सेवाग्राही भएका शाहीसहित जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐर र दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीलाई दोसल्ला ओढाएर सम्मान गरेको मालपोत कार्यालयले जनाएको छ । अनलाइनबाट सेवा दिने डोटीको मालपोत कार्यालय देशभरिमै ९२ औँ सरकारी कार्यालय हो । सेवाग्राहीको सम्पूर्ण अभिलेख अनलाइन सेवाबाट शुरु गरिएको र यसलाई जुनसुकै मालपोत कार्यालयबाट पनि हेर्न सकिने भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक यमप्रसाद सुवेदीले बताएका छन् । उनले भने, “अनलाइन प्रणालीमा लालपुर्जा राखिएपछि न हराउने डर, न चोरी हुने डर, कसैले झुक्याएर पनि कारोवार गर्न सक्दैन ।” यतिमात्र नभई अनलाइनमा राखिएका आफ्ना कागजात सेवाग्राहीले तिर्नुपर्ने राजश्वबारे हिसाब गर्न सक्ने र कारोवार भएमा यसको जानकारी मोबाइलमा आउने व्यवस्था मिलाइएको छ । रासस
उद्योग र उद्यमशीलता विकास बिना मुलुकको समृद्धि सम्भव छैनः मन्त्री गुरुङ
काठमाडौं । नव नियुक्त महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उद्योग र उद्यमशीलताको विकास बिना मुलुककै समृद्धि सम्भव नहुने बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग मन्त्रालयमै छलफल गर्दै उनले सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्नका लागि मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरुको प्रबर्धन र विकास अपरिहार्य भएकोमा जोड दिएका छन् । स्थानीयस्तरमा आफनै कच्चा पदार्थबाट उत्पादित यस्ता उद्योग र तिनका उत्पादनको प्रबर्धन र बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्ने भन्दै मन्त्री गुरुङले यस्ता उद्योगहरुको संरक्षण र प्रबर्धनका लागि आफनो मन्त्रालय, अन्तरमन्त्रालय र सरकारसँग पनि छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट पनि महिला उद्यमशीलता र यस्तै अरु क्षेत्रमा काम भइरहेको जनाउँदै उनले आगामी दिनमा महासंघसँगको सहकार्य र छलफलबाट अगाडि बढ्ने सोंच रहेको बताए । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकलाई तीव्र आर्थिक वृद्धिमा लैजानका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च रहेको भन्दै बेलैमा यस्ता उद्योगहरुको विकास र प्रबर्धन गर्न नसकिए केही वर्षपछि आफै बन्द हुने उनको भनाई थियो । सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य नेपाली उद्योग र तिनका उत्पादनसँग जोडिने भन्दै अहिले सञ्चालित हजारौं परम्परागत लघु, घरेलु तथा साना उद्योगधन्दाहरुको क्षमता विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंह, सल्लाहकार वासु गिरी, पूर्व अध्यक्ष सुरेश प्रधानलगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
इयुहोफा सम्मेलन आजबाट, विश्वभरिका ७० पर्यटन शिक्षासम्बद्ध विज्ञ नेपालमा
होटल स्कुल एसोसिएसन (इयुहोफा)को ५८औँ अन्तर्राष्ट्रिय कङ्ग्रेस आजदेखिदेखि १४ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । नेपालले गर्न लागेको यस कार्यक्रम एसियामै पहिलोपटक हुन लागेको हो। यस भेलाको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गर्ने भएका छन् । उक्त कार्यक्रम सन् २०१८ मा स्विट्जरल्याण्डमा भएको थियो । यसरी, काठमाडौँमा हुने ५८औँ कङ्ग्रेसमा यसपटक दुई दर्जन मुलुकबाट ७० विभिन्न पर्यटन र विश्वविद्यालय एवं शैक्षिक संस्थाका प्रमुख र प्राध्यापकहरू, पर्यटन उद्योगका नेतृत्वकर्ता र प्रतिष्ठित वरिष्ठ व्यक्तिहरू एवं थुप्रै विज्ञहरू सहभागी हुँदैछन्। पर्यटकीय मुलुक भइकन पनि नेपालमा पर्यटन तथा आतिथ्य सत्कारको औपचारिक अध्ययन शुरु भएको केही दशक मात्र भएको छ। तर इयुहोफाको एउटा सदस्य इएचएल भनिने विश्वकै पहिलो आतिथ्य व्यवस्थापनको अध्ययन हुने विद्यालय सन् १८९३ मै स्विट्जरल्याण्डको लोजान शहरमा स्थापना भएको थियो। यस संगठनको सञ्जालमा युरोपदेखि अमेरिकी महादेश, एसिया, अफ्रिका र अस्ट्रेलियासम्मका त्यस्ता निकै पुराना प्रतिष्ठित शैक्षिक संस्थाहरू छन्। नेपालको आयोजना किन महत्त्वपूर्ण छ ? अहिलेसम्म पर्वतारोहण र पदयात्राको पर्यायवाची गन्तव्यका रूपमा मात्र चिनिएको नेपालका लागि यस भूमिको नशामै भएको अतिथि सत्कारको गुणलाई बदलिँदो परिवेश अनुरूप विश्व बजारमा देखाउने एउटा ठूलो अवसर हो । त्यसबाहेक यो धार्मिक सहिष्णुणताको परिवेशमा यहाँका प्राकृतिक र धार्मिक धरोहरकाबिच नेपाललाई आध्यात्मिक केन्द्रका रूपमा परिचित गराउने उपयुक्त समय समेत हो। युरोपका केही पर्यटन र आतिथ्य सत्कारका विद्यालयबाट सुरु भएको यस एसोसिएसनमा अहिले नेपालका १२ कलेजहरू सदस्य छन् भने ८ कलेज आयोजक रहेका छन। । २०१७ इटली मा पहिलोपटक नेपालबाट खेम लकाई बोर्ड सदस्य निर्वाचित भएसँगै यस आयोजनाको माहोल बनेको थियो।