जनरल इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी र महालक्ष्मी बिकास बैंकबीच बैंकास्योरेन्स सम्वन्धी सम्झौता भएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इन्स्योरेन्सका महा प्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । इन्स्योरेन्स कम्पनी तथा बैंकबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट प्राप्त गर्न सक्नेछन ।
१९ हाइड्राेपावरको १ खर्बकाे शेयर चैत ७ गतेदेखि, प्रतिकित्ता १० रुपैंया ‘कल इन एड्भान्स’
काठमाडौं । विभिन्न १९ ओटा परियोजनाको हाइड्रोपावर निर्माणका लागि १ खर्ब २ अर्ब बराबरको शेयर आगामी चैत ७ गतेदेखि खुल्ला हुने भएको छ । चैत ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शेयर किनेर खरिदको सुरुवात गरेपछि सर्वसााधारणले शेयर खरिद खुल्ला गरिने भएको हो । बिहीबार उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयद्वारा आयोजित जनताको जलविद्युत् कार्यक्रम आयोजना कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ३५ दनपछि आफैंबाट शेयर खरिदको सुरुवात गर्ने जानकारी दिएका हुन् । ‘आजभन्दा ठीक ३५ दिनपछि चैत ७ गते हुन्छ, त्यो दिन बिदाको दिन रहेनछ भने म त्यो दिन जलविद्युत्को शेयर किनेर म पहिलो बन्छु, दोस्रो तपाईहरु बन्न सक्नुहुन्छ, देश बन्नेछ ।’ प्रधानमन्त्री ओलीले भने । सरकारले ६ ओटा प्रदेशमा रहेका १९ आयोजनामार्फत् कुल ३४७९ मेगावाट क्षमताको विद्युत् जनता समेतको लगानीका उत्पादन गर्ने लक्ष्य लिएको छ, यसका लागि करिब ६ खर्ब ९ अर्ब रुपैंया लागत लाग्ने र यसमध्ये ३० प्रतिशत स्वपुँजीमार्फत् संकलन गर्ने लक्ष्य लिएको छ, जुन २ खर्ब ८ अर्ब रुपैंया बराबरको हो । यसको ४९ प्रतिशत सर्वसाधारणलाई शेयर जारी बिक्री गरिने योजना सरकारको छ जसमध्ये १० प्रतिशत स्थानीयवासीका लागि र बाँकी ३९ प्रतिशत सर्वसाारणलाई छुट्टाइने भएको हो । ४९ प्रतिशतको उक्त हिस्सा करिब १ खर्ब २ अर्ब बराबर हो । ५१ प्रतिशत भने सरकार, सरकारी संस्थाहरु वा अन्य ठूला कम्पनीहरुबाट संकलन गरिनेछ । सुरुमा १० रुपैंया ‘कल इन एड्भान्स’ उक्त आयोजनामा शेयरका लागि आवेदन दिँनका लागि सर्वसाधारणले सुरुमा खरिद गर्न चाहेको शेयरको अंकित मूल्यको १० प्रतिशत रकम अर्थत् प्रतिकित्ता १० रुपैंया तिर्नुपर्नेछ । यो रकम शेयरमा रुपान्तरण नहुञ्जेल प्रचालित ब्याजदर पाउने र आयोजनाको भौतिक प्रगति कम्तीमा ७५ प्रतिशत भएपछि बाँकी ९० प्रतिशत रकम उठाइने उर्जामन्त्री बर्षमान पुनले जानकारी दिए ।
सिटिजन्स बैंकद्वारा दाङका तीन सामुदायिक विद्यालयमा कम्प्युटर सहयोग
काठमाडौं । सिटिजन्स बैंकले दाङका तीन सामुदायिक विद्यालयमा कम्प्युटर सहयोग गरेको छ । योर पार्टनर फर प्रोग्रेस भन्ने नारालाई आत्मसाथ बैंकिङ्ग सेवा पुर्याउदै आएको सिटिजन्स बैंकले दाङका तीन सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको हो । बैंकको घोराही शाखा कार्यालयमा आयोजित कार्यक्रमबीच श्री बालकल्याण माध्यमिक विद्यालय खैरा, सौडियारको श्री जनकल्याण प्राथमिक विद्यालय र वंगलाचुली गाउँपालिकाको श्री माध्यमिक विद्यालय भेडावारी मुलावारीलाई कम्प्युटर हस्तान्तरण गरिएको थियो । उक्तक्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर बढ्न सहयोग मिल्ने विश्वास बैंकले लिएको छ । आउँदा दिनहरूमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ । गाँउ गाँउमा बैंकिङ्ग सेवा पुर्याउदैै आएको यस सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाताखोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
शुरु भयो नेपाल उद्यमशीलता सम्मेलन, निर्यात प्रवद्र्धनमा जोड दिनुपर्छ-राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्ने बताएकी छन् । ‘सङ्घीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा आज शुरु भएको पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा उद्यमशीलताका लागि युवा जनशक्तिलाई उत्प्रेरित गर्न, लगानीमैत्री वातावरण सिर्जना गर्न र सरकारी सेवालाई संस्थागत र सरलीकरण एवं सुदृढ गर्न व्यावसायिक शिक्षा र तालीमको व्यवस्था गरी उद्यमशीलताबारे राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिइन् । उद्यमशीलताको माध्यमबाटै स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने भएकाले युवापुस्तालाई विदेश पलायन हुनबाट रोक्न सकिने बताउँदै उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई सार्थक बनाउन नेपाली युवालाई उद्यमशीलतामार्फत आर्थिक विकासमा प्रत्यक्ष सहभागी गराई उनीहरुमा रहेका ज्ञान, क्षमता, दक्षता र विज्ञतालाई उपयोग गर्नुपर्नेमा जोड दिइन् । राष्ट्रपति भण्डारीले नयाँ सोच, नयाँपन, नवीन प्रविधि र सिर्जनशीलताको विकासमा सहयोग पुर्याउनुपर्ने बताउँदै नवीन सोच भएका युवाका लागि लगानी र उद्यमशील वातावरण तयार भएमा नेपाली युवा विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्षम हुने विश्वास व्यक्त गरिन् । मुलुकको आर्थिक विकासका लागि उद्यमशीलताबाटै स्वरोजगार एवं रोजगारी सिर्जना गर्न युवापुस्ताको भूमिका महत्वपूर्ण हुने उहाँले उल्लेख गरिन् । सम्मेलनले उद्यमीले भोग्नुपरेका समस्याको विश्लेषण गर्दै समाधानका उत्तम उपाय, चुनौती तथा अवसर पहिचान गरी सुझावसहित उचित निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विद्यमान ऐन कानूनलाई सङ्घीय संरचनाअनुकूल बनाउन आफ्नो तर्फबाट लिनुपर्ने अग्रसरता सम्मेलनले लिने विश्वास व्यक्त गरिन् । युवाले नवीनतम सोच र नवीन प्रविधिको प्रयोगबाट विश्व बजारमा प्रतिष्पर्धा गर्ने क्षमता राख्नुपर्छ, राष्ट्रपति भण्डारीले भनिन् । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मुलुकमा लामो समयसम्म अधिकारका लागि लडाइँ चलेको उल्लेख गर्दै अब आन्दोलनको मानसिकता त्यागी समृद्धिको लडाइँमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले लगानीका लागि उचित वातावरण तयार गर्न सरकार तयार रहेको बताउँदै समस्या रहेका क्षेत्रको पहिचान गरी त्यसको समाधान गर्न सरकार व्यवसायीसँग छलफलका लागि जुनसुकै समयमा पनि तयार रहेको बताए । उनले भने, “अबको अर्थतन्त्रको लक्ष्य भनेको आयातमुखी होइन, निर्यातमुखी हुनुपर्छ ।” नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले आर्थिक समृद्घिका लागि निजी क्षेत्र सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुहुँदै पुराना कानून संशोधन गरी लगानीमैत्री बनाउन आग्रह गरे । उनले लगानीको उचित वातावरण तयार गर्न प्रदेश तथा सङ्घीय सरकारसँग माग गर्दै अबको कानून लगानीमैत्री र लगानीका हिसाबले दक्षिण एशियाकै उत्कृष्ट बनाउन आग्रह गरे । सम्मेलनको दोस्रोसत्रमा आजै विभिन्न व्यक्तित्वले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । सम्मेलनमा सातै प्रदेशका उद्योगमन्त्री, मुलुकभरका उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको छ । रासस
आइएमई जनरल इन्स्योरेन्स र हरिपुर नगरपालिकाबीच निर्जीवन बीमा सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र सर्लाहीको हरिपुर नगरपालिकाबीच निर्जीवन बीमा सम्झौता भएको छ । आइएमई जनरल इन्स्योरेन्सका सहायक महा प्रबन्धक मुनिन्द्र ठाकुर र हरिपुर नगरपालिकाका नगर प्रमुख जमिरुद्धिन मन्सुरले उक्त सम्झौतापत्रका हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात हरपुर नगरपालिकाको सम्पूर्ण बीमा लगायत नगरवासीले आफनो पशु पन्छी तथा बालिनालीको बीमा ढुक्कसंग आइएमई जनरल इन्स्योरेन्सबााट गर्नसक्ने छन् । नगरपालिकाले नगरबासीहरुको पशुधन, कृषि तथा नगरबासीहरको दुर्घटना बीमा गराई आफना नगरवासीहरुलाई सदैव ढुक्क भएर आफनो व्यावसाय गर्न प्रेरणा हुने जानकारी दिए । सोही अवसरमा नगर प्रमुख जमिरुद्धिन मन्सुरले आफूले आफना नगरवासी दाजुभाई तथा दिदी बहिनीहरुको भैतिक सम्पत्ति, व्यक्तिगत दुर्घटना लगायत पशु, पन्छी, बालीनालीको बीमा पश्चात नगरवासी दाजुभाई तथा दिदी बहिनीको सम्पत्तीको कुनै क्षेति भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न सकिने छ । आइएमई जनरल इन्स्योरेन्सका सहायक महा प्रबन्धक मुनिन्द्र ठाकुरले नगरपालिकाले आफना नगरबासी लगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसंग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान जानकारी दिएका छन् ।
मुक्तिनाथ विकास र वेर्ष्टन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा मुक्तिनाथ विकास बैंक र वेर्ष्टन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । बुधबार मात्रै यी दुई कम्पनीको कुल ५४ लाख ७७ हजार ५२९ कित्ता बोनस नेप्सेमा थपिएको हो । जसमध्ये सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकको सेयर थपिएको छ । विकास बैंकको ४७ लाख २९ हजार ९६८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, वेर्ष्टन डेभलपमेन्ट बैंकको ७ लाख ४७ हजार ५६१ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।
एनआईसी एशिया बैंकले रेमिट मार्फत विप्रेषण कारोबारमा निःशुल्क गर्दै
काठमाडौं । एनआईसी एशिया बैंकले रेमिट मार्फत विप्रेषण कारोबारमा निःशुल्क गर्ने भएकाे छ । एनआईसी एशिया बैंकले स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकलाई उच्चतम सेवा दिन बैंककाे रेमिट मार्फत विप्रेषण कारोबार गर्दा अर्को विप्रेषण कारोबार निःशुल्क प्रदान गर्ने आर्कषक योजना सार्वजनिक गरेको छ । यस अवधिमा बैंकको ग्राहक तथा कुनै पनि व्यक्तिले एनआईसी एशिया रेमिट मार्फत नेपाल भरी आन्तरिक विप्रेषण कारोबार गर्दा यो सुविधा प्राप्त हुनेछ । एनआईसी एशिया रेमिट मार्फत स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्दा न्युनशुल्क लाग्ने अवस्थामा यस योजनाले आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहक अझ बढि लाभान्वितहुने विश्वास बैंकले लिएको छ । बैंकका मुलुकभर २७६ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर, २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ । बैंकको वासलातको आकार रु २१९ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७६ अर्ब तथा कुलकर्जा करिब रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित गरेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५०हजार रहेको छ ।
अष्ट्रेलिया जाने प्रकृयामा रहेकालाई सहयोग गर्न ‘हेल्प डेस्क’ संचालनमा
काठमाडौं। नेप्लिज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेसन रिपि्रजेन्टेटिभ्स (नाइर) ले अष्ट्रेलियामा बसोबास गर्ने र जाने प्रकृयामा रहेका नेपाली विद्यार्थीहरूको सहायतको लागि हेल्प डेस्कको स्थापना गरेको छ । हेल्प डेस्कले अष्ट्रेलियाली शैक्षिक संस्थाका सम्भाव्य नेपाली विद्यार्थीबीच देशको शिक्षा प्रणाली तथा बसोबासबारे सूचना प्रदान गरी सहयोग गर्ने संस्थाले जनाएको छ । उक्त हेल्प डेस्कले शैक्षिक संस्थाद्वारा ठगिएको विद्यार्थीलाई सहायता दिनुको साथै हाल अष्ट्रेलियामा बसोबास गरिसकेका नेपाली विद्यार्थीलाई अध्ययन तथा जीवनयापनका सम्बन्धमा देखिएका विविध समस्या हल गर्न सहयोग गर्ने जनाएको छ। हेल्प डेस्कले नेपाली विद्यार्थीलाई शिक्षा मन्त्रालय तथा अष्ट्रेलियाली सरकारी निकायबीच समन्वय स्थापित गराई आप्रवास प्रक्रिया सहज बनाउने संस्थाले दाबी गरेको छ। सहयोग आवश्यक पर्ने विद्यार्थीले सहायता कक्षको इमेल [email protected] मा सम्पर्क गरी सहयोग प्राप्त गर्न सक्नेछन् ।