जनअपेक्षाअनुरुप सरकार अघि बढ्न सकेनः पूर्वप्रम भट्टराई
पोखरा । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको बताएका छन् । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछिको सरकार भएकाले जनताले यसबाट धेरै अपेक्षा गरेको बताए । सरकारले जनचाहनाअनुरुप क्रमभङ्ग हुने गरी विकासमा फड्को मार्नुपर्ने भए पनि केवल सामान्य क्रमिक विकासका क्रममा अघि बढेको बताउँदै उनले देशको अर्थतन्त्र पनि मजबुत बन्न नसकेको उल्लेख गरे । गरीबी, बेरोजगारीको समस्या बढ्दै गएको चर्चा गर्दै डा भट्टराईले औषत प्रतिव्यक्ति आय रु १० हजार डलर पुर्याउन दुई दशकसम्म आर्थिक वृद्धिदर दुई अङ्कमा बढ्नुपर्ने आवश्यकता औँल्याए । निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न नसक्दासम्म समृद्धि असम्भव भएको उल्लेख गर्दै उनले लगानीको वातावरण तयार गर्दै अघि बढ्नुको विकल्प नभएको बताए । समृद्धिका लागि सडक पूर्वाधार विकास आवश्यक रहेको औँल्याउँदै उहाँले तराई हुलाकीमार्ग, मध्यपहाडी हुलाकीमार्गका साथै उत्तरदक्षिण जोड्ने गरी कोशी, कालीगण्डकी, कर्णाली करिडोरलगायतको निर्माणकार्यलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिए । नयाँ शक्ति पार्टीले असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा जारी राखेको बताउँदै उनले यात्राका क्रममा मध्यपहाडी राजमार्गको निर्माणकार्यको अवलोकन, आसपासको जनजीवनको अध्ययन, समस्याको पहिचान र राष्ट्रिय जीवनका महत्वपूर्ण सवालमा सर्वसाधारणसँग संवाद गरिएको बताए । उनका अनुसार यात्रा फागुन १५ गते बैतडीको झुलाघाँट पुगी गठलापानीमा समापन गरिनेछ । रासस
नेपालीले विदेशबाट ल्याएका सामान एयरपोर्टमा जफत सम्बन्धि एनआरएनएकाे ध्यानाकर्षण
काठमाडाैं। गैर आवासीय नेपाली संघ (एनआरएनए) ले विश्वका विभिन्न देशमा श्रम गरेर कमाएको रकमबाट वैदेशिक रोजगारीबाट घर फर्कने क्रममा नेपालीहरुले खरिद गरेर ल्याएका व्यक्तिगत प्रयोजन तथा उपहारका जिन्सी सामानहरु त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा जफत गरिएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । संघका प्रवक्ता भूषण घिमिरेले बिहिवार एक विज्ञप्तिजारी गर्दै लाखौं नेपालीले रगत पसिना बगाई कमाएर खरिद गरेका सामान तथा उपहारहरु जफत गर्दा सम्बन्धित व्यक्तिको आर्थिक क्षति हुने मात्रै नभई भावनामा पनि ठेस पुगेको जनाएका छन् । विश्वका विभिन्न देशमा श्रम गरेर कमाएको रकमबाट वैदेशिक रोजगारीबाट घर फर्कने क्रममा नेपालीहरुले खरिद गरेर ल्याएका व्यक्तिगत प्रयोजन तथा उपहारका जिन्सी सामानहरु त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा जफत गरिरहेको पछिल्लो घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाएको छन् । लाखौं नेपालीले रगत पसिना बगाई कमाएर खरिद गरेका सामान तथा उपहारहरु जफत गर्दा सम्बन्धित व्यक्तिको आर्थिक क्षति हुने मात्रै नभई भावनामा पनि ठेस पुगेको छ । रेमिट्यान्स मार्फत मुलुक कै अर्थतन्त्रमा योगदान दिइरहेका श्रमजीवी नेपालीहरुले घरयासी प्रयोगका लागि ल्याउने सामान समेत जफत गरेर आर्थिक र मानसिक यातनाको अनुभव गरिरहनु पर्ने अवस्थाले नेपालको सरकार, विमानस्थलका सम्बन्धित निकाय र त्यहाँ कार्यरत कर्मचारीहरु प्रति समेत नकारात्मक भावना उत्पन्न गरेको एनआरएनएले महशुस गरेकाे छ । झिटीगुन्टा सम्बन्धमा बनेको नियमलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार समय सापेक्ष बनाउनु पर्ने तथा नयां नियम लागु गर्नु भन्दा कम्तिमा ६ महिना अगावै सार्वजनिक रुपमा सूचना दिई कष्टमुक्त बनाउन प्रयास गर्नुपर्ने देखिन्छ । जानअनजान तोकिएको हदसम्मका व्यक्तिगत प्रयोजन एवं परिवारका लागि ल्याइएका सामाग्री बिना झन्झट बिमानस्थलबाट पास गराउने व्यवस्था गर्न र कथमकदाचित तोकिएको भन्दा बढी सामान ल्याएको पाएमा जफत गर्नुको सट्टा सहज रुपमा भन्सार तिरेर छुटाउन पाउने गरी व्यवस्था मिलाउन एनआरएनएले आग्रह गरेका छन् । तोकिएको नियम कानून आवासीय तथा गैरआवासीय हामी सबैले पालना गर्नुपर्छ भन्नेमा दुइमत छैन तर अहिलेसम्म कार्यान्वयनमा नरहेको नियम एकैचोटी कडाइका साथ लागू गर्दा प्रवासबाट स्वदेश फर्कने नेपालीहरुले पूर्व सूचना नपाएका कारण नै दुखकष्ट र क्षति ब्यहोर्नु परेको यथार्थता बुझिदिएर तत्काल सोही अनुसार कार्यगरिदिन सरकार र सम्बन्धित निकाय समक्ष गैरआवासीय नेपाली संघले बिज्ञप्तिमार्फत अनुरोध गरेकाे छ ।
टफउड गोल्ड प्लाई नेपाली बजारमा भित्रियो
काठमाडौँ । भारतको प्रिमियर प्लाइउड कम्पनी टफउड इन्डिया प्रालिद्धारा उत्पादित टफउड ब्राण्डको प्रिमियम प्लाइउड नेपालका लागि आधिकारिक बिक्रेता जसी एक्साइमले नेपाली बजारमा बिक्री शुरु गरेको छ । टफउडको गोल्ड ब्राण्डको यो प्लाइउड नवीनतम प्रबिधि प्रयोग गरी निर्माण हुन्छ र यो टिकाउ र कडा रहेको कम्पनीले जानएको छ । यो प्लाइउडको डिजाइन र सजावट धेरै किसिमको समकालीन जीवनशैली सुहाउँदो रहेको तथा उच्च बास्तुशिल्प र व्यवसायिक तवरको रहेको छ । यो प्लाइउड १६ एम.एम, १९ एम.एम.,२२ एम.एम, ३२ एम.एम.मा उपलब्ध रहेको छ । अत्याधुनिक उत्पादन प्रबिधि प्रयोग गरी उत्पादन हुने यो प्लाइउडमा उच्च गुणस्तरता कायम रहेको छ । नेपालको हावापानी सुहाउँदो यो प्लाइउड हिमाल, पहाड, तराई र मधेशमा बर्षौ बर्ष टिक्दछ र नेपालको हावापानी सुहाउँदो रहेको हुँदा यो प्लाइउड अत्यन्तै उपयोगी हुनेमा कम्पनी बिश्वस्त रहेको छ । टफउड गोल्ड मध्यम घनत्व फाइबरबोर्ड प्राक्टिकल बोर्ड, ब्लकबोर्ड, लचक प्लाई, सुटरिङप्लाई र अन्य समावेश गरिएको छ । बिभिन्न एम.एममा उत्पादन हुने प्लाईमा एकदमै टिकाउपन हुन्छ, यसले उत्पादनलाई पातलो हल्का बनाई महत्वपूर्ण लाभ प्रदान गर्ने कम्पनीले जनाएको छ ।
नेप्सेले खुलायो १० जनालाई जागिर, २१ दिनभित्र आवेदन दिनुपर्ने
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले १० जनालाई जागिर खुलाएको छ । नेप्सेले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर आन्तरिक र खुलातर्फ गरी सो मात्रामा दरखास्त आव्हान गरेको हो । आन्तरिक तर्फ उपप्रबन्धकमा २, सहायक प्रबन्धकमा २, सहायक आईटी प्रबन्धकमा १ र वरिष्ठ अधिकृत तहमा २ जना मागेको छ । त्यसैगरी, खुलातर्फ उपप्रबन्धक, वरिष्ठ अधिकृत र खुला/आधिवासी जनजातितर्फ वरिष्ठ अधिकृतमा १/१ जना गरी कुल ३ जना मागेको छ । उक्त सम्बन्धित तहको लागि आवश्यक न्युनतम शैक्षिक योग्यता प्राप्त गरेको र एक तह मुनिको पदमा कम्तीमा ३ वर्ष सेवा गरेको हुनुपर्ने छ । नेप्सेको सूचना हेर्न यसमा क्लिक गर्नुहोस्) योग्यता पुगेका उम्मेदवारले न्युनतम दस्तुर तिरेर यस सूचना प्रकाशित भएको मितिले २१ दिनभिन र दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र फारम भर्न सकिनेछ । योग्य उम्मेदवारले फागुन ३ गतेदेखि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म भद्रकालीस्थित नेप्सेको कार्यालयमा पेश गर्न सक्नेछन् ।
डा. महतको आरोप-ओली सरकार ‘कुरामा नम्बर वान, काममा जिरो’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष पूरै असफल भएको आरोप लगाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले यो एक वर्षमा सरकारले जनतालाई पुरै निराश तुल्याएको आरोप लगाएका हुन् । उनले भने,‘सरकारले सुखी नेपाली र समृद्ध नेपाल भनेर अत्यन्तै राम्रो नारा ल्यायो । तर, यो एक वर्षमा जनता पुरै निराश भए । देश समृद्ध भयो त ? भएन ।’ साक्षात्कारमा बोल्दै उनले मुल्यवृद्धि आकाशिएको, व्यापार घाटा बढेको र लगानी घटेको दृष्टान्त पेश गरे । उनले भने,‘अहिले ५० प्रतिशत लगानी घट्यो । कर बढिरहेको छ । बैंकको व्याजदर बढिरहेको छ ।’ त्यस्तै, उनले संस्थागत भ्रष्टाचार बढिरहेको पनि आरोप लगाए । महतले ‘ईज अफ डुईङ बिजनेश’ पनि राम्रो नभएको टिप्पणी गरे । महतले भने,‘सुशासनको त कुरै नगरौं । सुनकाण्ड त्यो अब पृष्ठभूमिमा गैसक्यो । चिनी काण्ड त्यस्तै । वाईडबडी काण्ड अब अख्तियारले हेर्ने भनिएको छ, हामी सुक्ष्म रुपमा हेरिरहेका छौं ।’ मेलम्ची खानेपानी आयोजना अनिश्चित् बनेको पनि उनको आरोप छ । उनले थपे,‘उता बुढीगण्डकीको कथापनि त्यस्तै छ । एनसेलको कर छलीमा अदालतले कर उठाउन भनेको छ, हामी हेरिरहेका छौं ।’महतले सरकारले सुशासन कायम गर्न नसकेको गम्भिर आरोप लगाए । उनले भने,‘समृद्धि त अहिले सत्तामा बस्नेहरुको लागि मात्रै आएको होला । तर, जनताले समृद्धिको कुनै अनुभुति गर्न पाएका छैनन् ।’ परराष्ट्र नीतिमा पनि वर्तमान सरकार पूरै असफल भएको उनको आरोप छ । उनले भने,‘काठमाडौंमा विम्स्टेक शिखर सम्मेलन हुँदा भारतसँग संयुक्त सैन्य अभ्यास गर्ने र हामी भाग लिन्छौं भनेर सरकारले भन्यो, तर पछि भाग लिनबाट पछाडि हट्यो । हाम्रो परराष्ट्र नीतिको त्यस्तो हालत छ ।’ एशिया प्यासिफिक समिटमा पनि सरकार नै संरक्षक बनेको र प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनसम्म होटेलमै बसेको भन्दै महतले आलोचना गरे । भेनेजुयला प्रकरणमा सरकारले जारी गरेको विज्ञप्तीबारे टिप्पणी गर्दै उनले भने,‘भेनेजुयलालाई यो सरकारले रोलमोडल बनाउन खोजेको हो ?, भेनेजुयलामा लाखौं गुणा मुल्यवृद्धि छ । लाखौं मान्छेहरु देश छोडेर भागेका छन् । अब त्यो देशलाई हाम्रो रोलमोडल बनाउन खोजेको हो ?’ महतले अहिले नेपालको परराष्ट्र र आर्थिक दुवै नीति पुरै असफल भएको दाबी गरे । उनले भने,‘नेप्से हेर्नुहुन्छ भने लगानी घटेको छ । मुद्राको तरलता कम भएको छ । ब्याज बढेको छ । कुनै पनि मोर्चामा यो सरकार सफल भएको छैन् ।’ उनले सरकारको एक वर्षलाई आफूहरुले समीक्षा गर्दा ‘कुरामा नम्बर वान, काममा जिरो’ को रुपमा समिक्षा गरेको सुनाए । हरेक दृष्टिकोणमा यो सरकार उल्टो दिशामा हिँडेकोले आफूहरुले खबरदारी गर्नुपरेको पनि महतले बताए । फरक प्रसँगमा उनले हालै सरकारले सार्वजनिक गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत रोजगार नभएमा बेरोजगार भक्ता दिने भनेर गरिएको व्यवस्थाको भने कडा आलोचना गरे । उनले भने,‘यो बेरोजगार भक्तालाई सरकारले कार्यकर्ता भक्ताको रुपमा रुपान्तरण गर्दैछ ।’ महतले सरकारले पैसा दिनुको साटो काम दिने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिए ।
६ महिनामा उठ्यो ११ अर्ब निर्जीवन बीमा शुल्क, ६ अर्ब बीमा दाबी
काठमाडौँ । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा निर्जीवन बीमा शुल्क बापत ११ अर्ब ७४ करोड ८३ लाख रुपैयाँ संकलन भएको छ । बीमा समितिका अनुसार साउनदेखि मंसिर महिनासम्म बीमा शुल्क ९ अर्ब ७६ करोड ९० लाख रुपैयाँ संकलन भएको थियो । पुस महिनामा भने १ अर्ब ९७ करोड ९३ लाख रुपैयाँ संकलन भएको छ । अग्नि बीमा, मोटर बीमा, सामुद्रिक बीमा, हवाई बीमाबाट सो रकम संकलन भएको हो । बीमा समितिका अनुसार साउनदेखि पुस मसान्तसम्म अग्नि बीमा तर्फ २ अर्ब ३८ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । मोटर बीमामा ५ अर्ब ५ करोड ६८ लाख रुपैयाँ संकलन भएको छ भने सामुद्रिक बीमा बापत १ अर्ब ५९ लाख रुपैयाँ संकलन भएको छ । त्यसैगरी, हवाई बीमातर्फ ६३ करोड १६ लाख रुपैयाँ संकलन भएको छ । इन्जिनियरिङ बीमामा १ अर्ब ४ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क संकलन हुँदा विविध प्रकारको बीमामा १ अर्ब ५ करोड ३७ लाख रुपैयाँ संकलन भएको बीमा समितिले जनाएको छ । यसैगरी, कृषि तथा बाली बीमातर्फ भने ५६ करोड ६७ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन भएको छ । निर्जीवन बीमातर्फ पुस मसान्तसम्म अभिकर्ताको संख्या ३ हजार १ सय ७३ रहेको छ । बीमा समितिको तथ्याङ्क अनुसार पुस मसान्तसम्म ६ अर्ब २९ करोड ४७ लाख रुपैयाँ बीमा दाबी भएको छ । बीमा समितिका अनुसार निर्जीवन बीमा कम्पनीको संख्या २० रहेको छ । ती बीमा कम्पनीका बीमक कार्यालय संख्या ९ सय ७९ पुगेको छ । बीमक कर्मचारीको संख्या ४ हजार ७ सय ८४ रहेको छ । निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी चालु आर्थिक वर्षको १२ अर्ब १८ करोड १९ लाख रहेको छ । पुस मसान्तसम्ममा निर्जीवन बीमामा ३० अर्ब ४४ करोड ७२ लाख रुपैयाँ लगानी रहेको बीमा समितिले जनाएको छ ।
कोलकात्ता बन्दरगाहबाट ढुवानीमा इसीटीएस प्रणाली लागू, नेपालीलाई के हुन्छ फाइदा ?
पर्सा । भारतको कोलकाता समुद्री बन्दरगाहबाट नेपालका लागि रेलबाट हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (इसीटीएस) आजदेखि लागू भएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा कोलकाता पोर्ट ट्रस्टका डेपुटी चियरमेन बालजी अरुण कुमारले कोलकाताबाट नेपालका लागि कन्टेनरमार्फत हुने ढुवानीमा इसीटीएस प्रणाली लागू गरिएको जानकारी दिए । उनले इसीटीएस लागू भएपछि नेपाली आयातकर्ताको समय र खर्च दुवै जोगिने दावी गरे । इसीटीएस प्रणालीले कागजी प्रक्रियालाई न्यून गर्नुका साथै बन्दरगाहमा लाग्ने एजेन्ट खर्चलाई समेत समाप्त गर्ने अरुणकुमारको भनाइ छ । उनले इसीटीएस लागू भएपछि बन्दरगाहको झन्झटिलो भन्सार प्रक्रियाका कारण तिर्दै आएको विलम्ब शुल्कबाट नेपाली आयातकर्ताले राहत पाउने जानकारी दिए । उनले पहिले कोलकाता बन्दरगाहमा एजेन्ट राखी सबै कागजी प्रक्रिया पूरा गर्नुपर्ने अवस्था रहेकोमा इसीटीएस प्रणली लागू भएपछि बन्दगाहको कागजी भन्सार प्रक्रिया समाप्त भई वीरगञ्ज सुख्खा बन्दरगाहसम्म मालवस्तु पु¥याउने सबै दायित्व सिपिङ कम्पनीकै हुने बताए । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका स्थल यातायात तथा पारवहन समितिका सभापति अशोककुमार टेमानीले इसीटीएस प्रणली लागू भएपछि तेस्रो मुलुकबाट मालवस्तु आयात गर्दा सिपिङ कम्पनीलाई एक पटक सबै कागजात बुझाएपछि पुग्ने र नेपालसम्म सुरक्षित पुर्याउने दायित्वसमेत सिपिङ कम्पनीकै हुने बताए । कोलकाता बन्दरगाहबाट वर्षेनी एक लाख कन्टेनर नेपाल भित्रिने गरेको र सोमध्ये ४० प्रतिशत कन्टेनर रेलबाट आउने गरेको छ । यो प्रविधिबाट बन्दरगाह व्यवस्थापन, भन्सार, वाणिज्य विभाग, कोलकाता महावाणिज्य दूतावास र आयातकर्ताले अनलाइनबाटै कन्टेनरको अवस्थितिबारे बुझ्न सक्ने बताइएको छ । विशाखापट्टनम बन्दरगााहबाट नेपालका लागि रेलबाट हुने कन्टेनर ढुवानीमा इसीटीएस प्रणली पहिलेदेखि लागू गरिएको छ । रासस
अब सिभिल बैंकमा पाइन्छ सानिमा लाइफ इन्स्योरेन्सको सेवा
काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच बैंकास्योरेन्स संझौता भएको छ । फागुन १ गते एक समारोहका बीच यो संझौता भएको हो । कम्पनीका महाप्रवन्धक शिवराम तिमल्सिना र बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत सुजित शाक्यले हस्ताक्षर गरेका छन् । कार्यक्रममा कम्पनीका नायब महाप्रबन्धक केशवराज केसी र बैंकका वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठको उपस्थिति रहेको थियो । संझौता अनुसार सिभिल बैंकका सम्पूर्ण शाखाबाट सानिमा लाइफको जीवन बीमा सेवा प्राप्त गर्न सकिने छ ।