काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको न्युरोड शाखाले बुधबारका दिन इन्द्रावती गाउँपालिका – १२ भिमटारमा अवस्थित ढोटरा आधारभूत विद्यालयमा अध्यनरत बालबालिकाको लागि स्कुल ब्याग लगायत स्टेसनरी सामग्री हस्तान्तरण गरेको हुन् ।
डा. उत्तम उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितीका पदाधिकारी र बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । त्यसैगरी, बैकको मसुरिया शाखाले मिति २०७६/०८/०८ गते आइतबार शाखाको प्राङ्गणमा आयोजित कार्यक्रमकाबीच ट्राफिक जनचेतना सम्बन्धी बोर्ड सुदूर पश्चिम प्रदेशका ट्राफिक प्रहरीका प्रहरी उपरक्षीक लोकेन्द्र श्रेष्ठ र अस्थायी ट्राफिक प्रहरी पोष्ट मसुरियाका प्रमुख चक्रबहादुर मल्ललाई संयुक्त रुपमा हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गौरीगंगा नगरपालिकाका प्रमुख भिमबहादुर देउवा , विशिष्ठ अतिथि सुदूर पश्चिम प्रदेश ट्राफिक प्रहरीका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठ लगायत अन्य प्रहरी, बैंकका कर्मचारीहरु सर्वसाधारणहरुको उपस्थिती रहेको थियो । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।