विकासन्युज

सन नेपाल र कञ्चन डेभलपमेन्ट बैँकबीच बैँकास्योरेन्स सम्झौता

काठमाडौँ । सन नेपाल लाइफइन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच बैँकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र कञ्चन डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले हस्ताक्षर गरे । सम्झौता अन्र्तगत कञ्चन डेभलपमेन्ट बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफइन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।

किन पिउने नरिवलकाे पानी ? ताैल घटाउनेदेखि डिप्रेसन हटाउनसम्म उपयाेगी

काठमाडौं। पानी पिउँदाको फाइदाको बारेमा सबैजना अवगत नै हुनुहुन्छ। त्यस्तै पानी जस्तै अर्को फाइदाजनक पेय पदार्थ हो नरिवलकाे पानी। नरिवलकाे पानीको अनेकौ फाइदाहरु छन्। डाक्टर नखानु भएको खण्डमा बाहेक बच्चा, गर्भवती महिलादेखि लिएर वृद्धा मानिसहरु सबैले नरिवल पानी पिउन सक्छन् । नरिवल पानीको स्वाद वास्तवमा धेरै ताज़ा र मिठो हुन्छ। नरिवल पानीको स्वास्थ्यमा सकारात्मक प्रभाव १.  कम क्यालोरीयुक्त पेय पदार्थ नरिवल पानी प्रशाेधित फलफुलको जुसको सट्टा राम्रो र स्वस्थ विकल्प हो। चिनी र क्यालोरी कम भएको नरिवलको पानी मधुमेह रोगीहरूको लागि राम्रो औषधि हो। डा. रश्मी सुधा २‍. पाचन बढाउन नरिवल पानीमा फास्फेटेस, डायसेट (एन्जाइमहरूको एक समूह जसले शरीरको चिनीलाई टुक्राएर माल्टोज बनाउने गर्छ), फोलिक एसिड, र अन्य एंजाइमहरूको उत्कृष्ट स्रोत हो जुन पाचन प्रकृयामा मद्दत पुर्याउछ। डिहाइड्रेसन भएका व्यक्तिहरुले नरिवलको पानीबाट अत्यन्त लाभ उठाउन सक्छन्। नरिवल पानीले शरीरमा गुमाएको इलेक्ट्रोलाइट र प्लाज्मा ब्यालेन्स पुनर्स्थापना गर्ने काम गर्छ। ३. कपाल झर्न राेक्छ, छिटाे बुढाे भइँदैन नरिवलमा साइटोकिन र लौरिक एसिड पाइन्छ । यसले उमेर विरोधी गुणहरू भएको मानिन्छ। यसले छालाको पीएचलाई ब्यालेन्स गर्न मद्दत गर्दछ। यसले छालाको प्राकृतिक चमक ल्याउन मद्दत गर्दछ। नरिवल पानीले छालालाई पोषण दिनुको साथै छालालाई संक्रमणबाट बच्न मद्दत गर्छ। यसले कपाललाई आवश्यक पोषण दिएर राम्रो बनाउँछ। ४‍. डिप्रेसनबाट मुक्ति रिबाफ्लाभिन, प्याथोजेनिक एसिड र थिआमिन तीन यस्ता भिटामिन हुन् जुसले व्यक्तिमा तनाव र डिप्रेसनलाई कम गर्न मद्दत गर्दछ। यी महत्त्वपूर्ण भिटामिनहरु नरिवल पानीमा पाइन्छ जसले तपाईंको मुडलाई ताजा बनाउँदछ। ५. शरिरकाे ताैल घटाउन कम-क्यालोरी भएको पेय पदार्थ हुनाले नरिवल पानी डाइटमा भएका र केही वजन घटाउन चाहने व्यक्तिहरूको लागि स्वस्थ विकल्प हो। ६. शरिर मजबुद बनाउन क्यल्सियमको उत्कृष्ट स्रोत रहेको नरिवल पानीले तपाईंको हड्डीलाई मजबूत र स्वस्थ राख्न मद्दत गर्दछ। नरिवल पानी पोटासियमको राम्रो स्रोत भएकोले मांसपेशीको पीडालाई कम गर्न सहयाेग गर्दछ। ७. मिर्गाैलाकाे पत्थरी गायव नरिवल पानी मिर्गाैलाकाे पत्थरीको समस्या समाधान गर्न एक प्राकृतिक तरिका हो। नरिवल पानीमा धेरै मात्रामा पाइने पोटासियमले पत्थरीलाई निको पार्नुको साथै फेरि पत्थरी नहुने सुनिश्चित गर्छ। ८. सन्तुलित रक्तचाप नरिवल पानी उच्च रक्तचाप भएको मानिसको लागि वरदान नै हो। नरिवल पानीमा पाइने पोटासियम र म्याग्नेसियम जस्ता मिनिरलहरुको साथै भिटामिन-सी ले रक्तचाप स्वस्थ राख्न मद्दत गर्दछ। ९. माइग्रेनकाे दुखाईमा कमी नरिवल पानीमा पाइने म्याग्नेसियमले माइग्रेनको दुखाई कम गर्न मद्दत गर्दछ।

कामनाका ६४ शाखाबाट प्रिमियर इन्स्योरेन्सका सेवा पाइने

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच विहीबार बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावान्वित हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रविण वस्नेत र प्रिमियर ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्यायले हस्ताक्षर गरेका थिए । काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

थानकोटमा खुल्यो कृषि विकास बैंकको शाखा

काठमाडौँ । चन्द्रागिरी नगरपालिका-५ थानकोट कोल्हवीमा कृषि विकास बैंक लि.को शाखा कार्यालयको फागुन ३ गते उद्घाटन भएको छ । चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, बैंक संचालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेंजुवाल, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एक समारोहका बीच कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा उपमेयर लिसा नकर्मी, कृषि विकास बैंक लि.का ब्राण्डएम्वेस्डर दिपाश्री निरौलाको उपस्थिति रहेको थियो ।

इजरायलमा राजदुत शाक्यलाई रेड कर्पाेटः राष्ट्रपति र प्रधानमन्त्रीलाई भ्रमणको निम्तो

काठमाडौँ । इजरायलका लागि नवनियुक्त नेपाली राजदूत डा. अञ्जान शाक्ले नेपालका सात वटै प्रदेशमा इजरायलको ‘सेन्टर अफ एक्सिलेन्सी’ अर्थात इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्नका लागि इजरायलका राष्ट्रपति समक्ष प्रस्ताव राखेकी छिन् । इजरायलको जेरोसेलमा इजरायली राष्ट्रपति रिउनभेन रिभलीन समक्ष बिहीबार ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा राजदूत शाक्यले यस्तो प्रस्ताव गरेकी हुन् । इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्ने र त्यस मार्फत कृषि, सूचना प्रविधि, कम्युटर, मेडिकल र शिक्षामा विभिन्न एडभान्स प्रविधि हस्तान्तरण गरी नेपालमा रोजगारीको अवसर प्रदान गर्न सकिने राजदूत शाक्यले प्रस्ताव राखिन् । राजदुत शाक्यले ‘गार्ड अफ अनर’ सहितको सो कार्यक्रममा इजरायलका राष्ट्रपतिसँग आधा घण्टा भन्दा बढी ‘वान टु वान’वार्ता गरेकी थिइन । ‘इजरायली लगानी कर्ता नेपालमा लगानी गर्न इच्छुक हुनुहुन्छ,’ राजदूत शाक्यले भनिन्, ‘राष्ट्रपतिज्युको भेटमा पनि यो विषयमा कुराकानी भयो । राष्ट्रपतिले त्यसलाई सकारात्मक रुपमा लिनुभयो । २०१९मार्च महिनामा नेपालमा लगानी सम्मेलन हुँदै छ । मैले इजरायली लगानीकर्तालाई नेपालमा लगानी गर्न राष्ट्रपति समक्ष लगानीको प्रस्ताव गरेकी छु ।’ शाक्यले आधा दर्जन भन्दा बढी लगानीकर्ताले लगानीका लागि प्रतिवद्धता जनाएको पनि बताइन् । त्यसैगरी भेटमा राष्ट्रपति रिभलीनले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई इजरायलको भ्रमणको निम्तो दिएका थिए । राष्ट्रपति रिभलीनको प्रस्तावलाई सकारात्मक रुपमा लिदैँ राजदूत शाक्यले पनि इजरायलका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिईन । उनले अप्रिल ९ मा निर्वाचन सकिएपछि आउने नयाँ सरकारले यो प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । राजदूत शाक्यले हिबु्र भाषामै सम्वोधन गरेपछि राष्ट्रपतिले खुलेर कुरा कानी गरेका थिए । राजदूत शाक्य माघ २५ गते शुक्रबार इजरायल गएकी थिइन् । व्यवस्थापन विषयमा विद्या वारिधी गरेकी राजदूत शाक्यले पद्म कन्या कलेजमा २०५२ सालदेखि करीब एक दशक प्राध्यापन गरेकी थिइन् ।  अन्तराष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष तथा नेपाल ओमेन च्याम्वरको अध्यक्ष लगायतको पदमा रहेर काम गरेको अनुभव शाक्यसँग रहेको छ ।

कृषि विकास बैंकको साधारणसभा चैत १५ गते, २१ प्रतिशत लाभांश पारित गर्दै

काठमाडौं । कृषि विकास बैंकले आफ्नो १२औँ वार्षिक साधारणसभा आगामी चैत १५ गते डाकेको छ । उक्त सभामा बैंकले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाँदै छ । बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ६ प्रतिशत बोनस शेयर र १५.०५३ प्रतिशत नगद लाभांश गरी उक्त मात्रामा शेयर दिने प्रस्ताव गरेको हो । त्यस्तै, बैठकले अग्राधिकार शेयरमा पनि ६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांशलाई सभालो पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् । हाल बैंकको चुक्ता पुँजी कुल १३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बैंकमा सरकारको ५ अर्ब ४३ करोड रुपैंया बराबरको ६ प्रतिशत लाभांशको अभिमोच्य अग्राधिकार शेयर छ । त्यसको ३२ करोड ५८ लाख रुपैंया लाभांश प्राप्त हुन्छ भने भने बाँकी ८ अर्ब ५० करोड साधारण शेयरमध्ये ७८.२२ प्रतिशत अर्थात् ६ अर्ब ६५ करोड बराबरको शेयर को १५.०५३ प्रतिशतका दरले करिब १ अर्ब रुपैंया लाभांश प्राप्त हुन्छ । यसरी कुल १२ अर्ब ८ करोड रुपैंया बराबरका शेयरले ६ प्रतिशतको दरले नगद लाभांश लैजाँदा सरकारले करिब १ अर्ब ३२ करोड ५० लाख रुपैंया भन्दा लाख रुपैंया नगद लाभांश पाउनेछ । उक्त सभा चैत १५ गते शुक्रबार कृषि विकास बैंक, केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बस्दै छ ।

गल्छी र बट्टारमा नेपाल इन्स्योरेन्सको शाखा विस्तार

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले धादिङ र नुवाकोटमा शाखा विस्तार गरेको छ । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै धाडिङको गल्छी शाखा र नुवाकोटको बट्टार शाखाबाट बीमा सेवा शुभारम्भ गरेको कम्पनीले जनाएको छ ।

राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियाले नेपालका ९ वटा विद्यालयलाई दियाे १ लाख रूपैयाँ

काठमाडाैं । परोपकारी परियोजना अन्तर्गत गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियाले नेपालका ९ वटा विद्यालयालाई १ लाख रूपैयाँका दरले सहयोग गरेकाे छ । संघले नेपालका न्युन आय भएका परिवारका जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने योजना अनुसार विद्यालयहरुमा एक अक्षय कोष खडा गर्नको लागि उक्त सहयोग गरेकाे हाे । शुक्रबार सचिवालयमा आयोजना गरिएको एक कार्यक्रमबीच गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले सो रकम हस्तान्तरण गरेका हुन् । उनले गैरआवासीय नेपाली संघले विभिन्न एनसिसिहरुको सहयोगमा नेपालको विविध क्षेत्रहरुमा परोपकारी तथा सामाजिक कार्यहरु गरिरहेको बताए । यसरी उनले भविष्यमा संघले नेपाल र विदेशमा रहेका विद्यालयबीच समन्वय गराउनको लागि मितेरी विद्यालय अवधारणा ल्याउने योजना रहेको बताए । सहयोग गरिएका विद्यालयहरुमा श्री दुर्गा मावि-ताप्लेजुङ, राष्ट्रिय प्राथमिक विद्यालय-सप्तरी, बच्छला मावि-नुवाकोट, मंडली मावि-धादिंग, जनज्योति मावि-लम्जुङ, प्रभात प्राथमिक विद्यालय-कास्की, श्री रारा आवासीय विद्यालय-बाँके, थिगेल्नी देवी आधारभूत विद्यालय-कालिकोट र चन्द्र नाथ प्राथमिक विद्यालय बाजुरा रहेका छन् । कार्यक्रम गैरआवासीय संघका अध्यक्ष भवन भट्ट लगायत ओसेनिया क्षेत्रका क्षेत्रीय उपसंयोजक लोक नाथ पौडेल, अष्ट्रेलियाबाट प्रतिनिधित्व गर्नु हुने आइसिसि सदस्य उषाकिरण बारीया, अन्तर्राष्ट्रिय समन्वय परिषदका निवर्तमान युवा संयोजक विजय पोखरेल, एनसिसि रसीयाका अध्यक्ष रामेश्वर गौंतम, एनसिसि अष्ट्रलियाका पूर्व अध्यक्ष महेन्द्र ओलि, एनसिसि रसीयाका पूर्व उपाध्यक्ष सन्तोष केसी, एनसिसि जर्मनीका महासचिव टंक लम्साल, विद्यालका प्रतिनिधिहरु लगायत संचारकर्मीको उपस्थिति रहेको थियो ।