विकासन्युज

सागको भलिबल प्रतियोगिता डिशहोेमको एक्सन स्पोर्टस च्यानलबाटै हेर्न सकिने

काठमाडौं । नेपालकै पहिलो स्पोर्टस च्यानल एक्सन स्पोर्टसमा १३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत भलिबल खेलको प्रत्यक्ष प्रसारण हुने भएकको छ । १३औं संस्करणको साग अन्तर्गत हुने भलिबल प्रतियोगिताका सम्पुर्ण खेल मंसिर ११ गते देखी १७ गतेसम्म डिशहोेमको एक्सन स्पोर्टस च्यानल नं. १०५ एसडी र ९९१ एचडीमा प्रत्यक्ष प्रसारण हुने भएको हो । नेपाल बिरुद्ध बाङ्गलदेशको महिला भलिबल प्रतियोगिता बिहीबार अपराहन्न ३ बजे भयो भने नेपाल बिरुद्ध बाङ्गलदेशको पुरुष भलिबल प्रतियोगिता साँझ ७ बजे हुँदै छ । नेपालले खेल्छ नेपालीले हेर्छ भन्ने मुख्य नाराका साथ प्रसारण भईरहेको यस स्पोर्टस च्यानलले आफ्नो स्थापनाकाल देखिनै नेपालमा आयोजना हुने हरेक खेलहरुलाई नेपाली दर्शक माझ पुर्याउँदै आएको छ ।

खाङ्ग बने आइएमई डबलको डबलको डबल अफरको विजेता, पाए ४ लाख ७७ हजार रुपैयाँ

काठमाडौं । आइएमईले पर्व लक्षित गरी ल्याएको दसैँमा डबलको डबलको डबल अफरको बम्पर विजेता खत्वे विरेन्द्र खाङ्ग बनेका छन् । बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहकावीच सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत खाङ्ग विजेता छनोट भएका हुन् । विजेताले मलेसियाबाट ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएका थिए । सेवाग्राही खाङ्गले आफुले पठाएको रकमको डबलको डबलको डबल अर्थात आठ(८)गुणा ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ रकम पाएका हुन् । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र ब्राण्ड एम्बासडर दीपक राज गिरिलेसंयुक्त रुपमा स्टार्ट बटम क्लिक गरि विजेता छनोट गरेका थिए । लक्की ड्र मार्फत बम्पर विजेता घोषणा गरिएको उक्त कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिटेन्सको आप्रवाह घट्ना साथ धेरै आर्थिक क्रियाकलाप खुम्चिने भन्दै विदेशबाट आउने रेमिटेन्सलाई औपचारिक संचालबाट भित्र्याउन र नेपाल आइसकेको रेमिटेन्सलार्ई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न सकेका देशभित्रै रोजगारीका सम्भावना उजागर हुने बताएका छन् । साथै, आइएमईले विदेशमा बसेर आर्जन गरेको पुँजीलाई बैंकिङ्ग सञ्जालमार्फत देशमा भित्र्याउन यस्ता योजनाहरु ल्याउने गरेको उनले बताए । उनले यस्ता पर्व लक्षित योजनाहरुले देशको समग्र अर्थतन्त्र, सेवाग्राही तथा कम्पनीलाई समेत फाइदा पुग्ने बताएका छन् । आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले पछिल्लो समयमा रेमिटेन्स आप्रवाह घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै आइएमईले ल्याउने स्कीममा आमसेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको बताउँदै यस वर्ष त्यो सहभागिता झनै बढेकोे बताए । सतहत्तर दिनको योजना अवधिमा दैनिक लक्की ड्र मार्फत ११ हजार ९ सय ३१, साप्ताहिक लक्की ड्र मार्फत २२ जना, मासिक लक्की ड्र मार्फत ४ र बम्पर लक्की ड्र मार्फत १ जना सेवाग्राही लाभान्वित भएका कम्पनीले जनाएको छ । आइएमईले गत भदौ १५, २०७६ देखि कार्तिक मसान्तसम्म (तद्नुसार सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९ सम्म) कायम हुनेगरी ७७ दिनका लागि सेवाग्राहीमुखी उक्त अफर सार्वजनिक गरेको थियो । अफर अनुसार हरेक दिनआइएमई पेमार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गर्ने योजना ल्याएको थियो ।

विजयबाबु स्मृति पत्रकारिता पुरस्कार ध्रुवहरि अधिकारीलाई

काठमाडाैं । विजयबाबु स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई प्रदान गरिने भएको छ । स्व. विजयबाबु खत्रीको आठौं स्मृति दिवसमा बिहीबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रा.लिका अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार अधिकारीलाई पुरस्कार दिने घोषणा गरेकी हुन् । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा गठित छनोट समितिले पत्रकार अधिकारीलाई पहिलो विजयबाबु स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । समितिमा प्रेस काउन्सिल सदस्यशुभेच्छा विन्दु तुलाधर र नेपाल समाचार केन्द्रद्वारा प्रकाशित अनलाइन पत्रिका न्युज कारोबारका सम्पादक डीआर आचार्य सदस्य छन् । गत वर्ष मंसिर १२ गते अक्षय कोष स्थापना गरी घोषणा गरिएको पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ । पुरस्कार मंसिर २४ गते प्रदान गरिनेछ । अनलाइन पत्रिका लोकान्तरका अध्यक्ष अधिकारी चार दशकदेखि पत्रकारिता क्षेत्रमा आबद्ध छन् ।२०३४ सालमा ‘लन्डन स्कुल अफ जर्नालिजम’मा पत्रकारितामा डिप्लोमा गरेकाअधिकारीसँग त्यहाँ रहँदा बिबिसी नेपाली सेवामा आउटसाइड कन्ट्रिब्युटरको रुपमा काम गरेको पुरानो अनुभव छ । २०३५ सालदेखिगोरखापत्रमा १२ वर्ष पत्रकारिता गर्दा सबै बिटमा रिपोर्टिङ गरेका अधिकारीले पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन पत्रिका सबैमा आबद्धता जनाइसकेका छन् । उनी ‘पत्रकारका गुरु’ भनेर चिनिन्छन् ।

अन्तर्राष्ट्रिय होटल स्कुल एसोसियनको अध्यक्षमा खेम लकाईं निर्वाचित

काठमाडौं । विश्वभरिका आतिथ्य व्यवस्थापन शिक्षा सम्बन्ध शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय सञ्जाल होटल स्कुल एसोसियसन (इयूहोफा)को अध्यक्षमा खेम लकाईं चयन भएका छन् । नेपालको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)का प्रमुख कार्यकारी अधिकृत लकाईं सन् २०१७ मा इयुहोफाका बोर्ड सदस्य बनेका थिए । इयूहोफाको सञ्जालमा युरोपदेखि अमेरिकी महादेश, एसिया, अफ्रिका र अस्ट्रेलियासम्मका विश्वभरिका आतिथ्य व्यवस्थापना अध्यापन हुने शैक्षिक प्रतिष्ठानहरू सदस्य छन् । सञ्जालमा नेपालबाट १४ वटा होटल व्यवस्थापन तथा पर्यटन शिक्षासम्बद्ध प्रतिष्ठानहरू सदस्य छन् । काठमाडौंमा जारी इयुहोफाको ५८औँ कांग्रेसमा यसपटक दुई दर्जन मुलुकबाट ७० विभिन्न पर्यटन र आतिथ्यतासम्बन्धी विश्वविद्यालय एवं शैक्षिक संस्थाका प्रमुख र प्राध्यापकहरू, पर्यटन उद्योगका नेतृत्वकर्ता र प्रतिष्ठित वरिष्ठ व्यक्तिहरू एवं थुप्रै विज्ञहरू सहभागी छन् । यस संगठनको सञ्जालमा युरोपदेखि अमेरिकी महादेश, एसिया, अफ्रिका र अस्ट्रेलियासम्मका त्यस्ता निकै पुराना प्रतिष्ठित शैक्षिक संस्थाहरू छन् । नेपालले आयोजना गरेको यो अन्तर्राष्ट्रिय सम्मेलनको आतिथ्यता एसियामा नै पहिलो पटक भएको हो । सम्मेलनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालले पर्यटनलाई प्राथमिकता प्राप्त उद्योग र वैदेशिक मुद्रा आर्जन तथा रोजगारी सिर्जनाका लागि दिगो स्रोतका रूपमा मान्दै आएको हुनाले आतिथ्यताको क्षेत्र नेपालका लागि महत्वपूर्ण विषय भएको बताए । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन लागिएको र वार्षिक कम्तिमा २० लाख पर्यटकहरू नेपाल भित्र्याउन लागिएको परिप्रेक्षमा आतिथ्यताको क्षेत्र नेपालका लागि महत्वपूर्ण भएको उनको भनाइ थियो । उनले पर्यटन उद्योगलाई नीतिगत सुधारहरूमार्फत बढावा दिइरहेको भन्दै यसले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै पर्यटनले हाम्रा प्राकृतिक र सांस्कृतिक उत्पादनहरूलाई समृद्ध तुल्याउने धारणा राखेका छन् । सोही कारणले सन् २०२० को नेपाल भ्रमण वर्षलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन लागिएको उनको भनाइ थियो । यो कांग्रेसले नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धन गर्न सहयोग पुर्याउने पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले विश्वास व्यक्त गरे । इयूहोफाका नवनिर्वाचित अध्यक्ष खेम लकाईंले नेपालमा अतिथिलाई भगवानका रूपमा हेर्ने मुलुक भएको बताउँदै यहाँको आतिथ्य सत्कार क्षेत्रलाई विश्वभरि नै उदाहरणीय मानिएको बताए । आतिथ्य सत्कारलाई अध्यात्मसँग जोडेर हेर्नुपर्ने उल्लेख गर्दै उनले भने- “हाम्रो विश्व युरोपजस्तै एकनासले कामय भएर बस्न सक्दैन, यहाँ केही कुराहरू बिग्रेर गएका छन् । तर यहाँ मिलनसार मानिसहरूले भरिपूर्ण छ । त्यसैले थुपै पर्यटकहरूले भन्ने गर्छन्- हामी यहाँ हिमाल-पहाड र मानिसका कारण आउने गर्छौं ।” उनले यो मानवीय भावना नै यहाँका सामर्थ्य भएको बताउँदै उनीहरूलाई प्रशिक्षित गरेर शक्तिमा बदलिने अवसर रहेको बताए । अहिलेसम्म पर्वतारोहण र पदयात्राको पर्यायवाची गन्तव्यका रूपमा मात्र चिनिएको नेपालका लागि यस भूमिको नशामै भएको अतिथि सत्कारको गुणलाई बदलिँदो परिवेश अनुरूप विश्व बजारमा देखाउने एउटा ठूलो अवसर हो यो । त्यसबाहेक यो धार्मिक सहिष्णुणताको परिवेशमा यहाँका प्राकृतिक र धार्मीक धरोहरकाबीच नेपाललाई आध्यात्मिक केन्द्रका रूपमा परिचित गराउने उपयुक्त समय समेत हो । युरोपका केही पर्यटन र आतिथ्य सत्कारका विद्यालयबाट सुरु भएको यस एसोसिएसनमा अहिले नेपालका १२ होटल व्यवस्थापन तथा आतिथ्य सत्कार सम्बद्ध कलेजहरू सदस्य छन् भने ८ कलेज आयोजक रहेका छन् । २०१७ इटलीमा पहिलोपटक नेपालबाट खेम लकाई बोर्ड सदस्य निर्वाचित भएसँगै यस आयोजनाको माहोल बनेको हो ।

मेडिसिटीले नेपालमै पहिलो पटक भित्र्यायो जुनसुकै रोग मिनेटमै पत्ता लाग्ने एआई नयाँ प्रविधि

काठमाडौं। मेडिसिटी अस्पतालले रोग पत्ता लगाउने संसारकै उत्कुष्ट प्रविधि मानिने एआई (आर्टिफिसियल इन्टेलिजेन्स)लाई नेपालमै पहिलोपटक भित्र्याएको छ। अस्पतालले संसारकै उत्कृष्ट मानिने इजरायली जेब्रा मेडिकल भिजनसँगको साझेदारीमा याे प्रविधिलाई भित्र्याएको हो। रेडियोलोजी र मेडिकल इमेजिंगको क्षेत्रमा एआईले ठूलो प्रगति गरेको छ। यसबाट नेपालीहरुले स्वदैशमै उच्च गुणस्तरीय परिक्षण नतिजा प्राप्त गर्न र यसले बिरामी उपचारको व्यवस्थापनमा ठूलो भूमिका खेल्ने आफूहरुले अपेक्षा गरेको एआईको प्रोजेक्ट म्यानेजर डा. अपुर्व शर्माले बताए । एआई प्रविधिबाट सजिलै रोगको अवस्था पत्ता लगाउन सकिन्छ। उदाहरणको लागि यदी कोही व्यक्तिलाई ब्रेम हेमरेज भएको छ भने यस प्रविधिले तुरुन्त पत्ता लगाएर रेडियोलोजीस्टलाई केही शंकास्पद अवस्था रहेको सूचना पठाइ सजिलै तत्काल पत्ता लगाउन सक्छ। अस्पतालले पहिलो चरणमा यसको सहयोगले दिमागको सिटी स्क्यान, छातीको सिटी स्क्यान, पेटको सिटी स्क्यान, हेमोरेज, अस्टियोपोरोसिस र हड्डी सम्बन्धि समस्याको रोकथामका लागि विशेष एल्गोरिथमहरू लागू गर्दैछ भने निकट भविष्यमा हृदय रोग, एन्फाइसेमा र कलेजोमा असर सम्बन्धि समस्या पत्ता लगाउन सहयोग गर्ने क्याल्सियम स्कोरिंगको पनि थप्ने रेडियोलोजीका प्रमुखका प्राडा. रामकुमार घिमिरेले बताए। प्रविधिको महत्व अस्पतालहरुमा धेरै स्क्यान र एक्स-रे भईरहेको हुन्छ। त्यसबीचमा कुनै बिरामीको अवस्था गम्भिर छ भने त्यो रेडियोलोजिस्ट सम्म पुग्नको लागि धेरै समय लाग्न सक्छ। यो पद्दती त्यस्तो अवस्थामा त्यसलाई प्राथमिकतामा राखेर तत्काल काम गरी बिरामीको गम्भिर अवस्थाको बारेमा जानकारी दिन्छ जसले बिरामीको समयमै रोग पत्ता लगाइ दिन गर्न सकिन्छ। ३-४ मिनेटको समयमा यसको माध्यमबाट रोग पत्ता लगाउन सकिन्छ। यस प्रविधिको प्रयोग महंगो नभएकाे अस्पतालले जनाएको छ।

ग्लोबल आइएमई बैंकको एटिएम सेवा विराटनगर महानगरपालिका कार्यालय परिसरमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले विराटनगर महानगरपालिका परिसरमा एटिएम सेवा सुरु गरेको छ । एटिएम विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उक्त एटिएम सेवाको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा विराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगाएतको उपस्थिति रहेको थियो । बैंकले विराटनगर महानगरपालिकामा आएका ग्राहकहरुलाई लक्षित गरि उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो । नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १५१ पुगेको छ । बैंकले हाल १५३ वटा शाखा,३१ वटा एक्सचेन्ज तथा राजश्व संकलन काउण्टर, १५१वटा एटिएम, १९५ वटा शाखारहित बैंकिङ्ग सेवार विदेशस्थित ३ सम्पर्क/प्रतिनिधि कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहक माझ सेवाप्रदान गर्दै आइरहेको छ ।

नेपाल इन्जिनिजरिङ् कलेजका विद्यार्थी यातायात गुरुयोजनामा

काठमाडौं । नेपाल इन्जिनिजरिङ् कलेज (नेक) का विद्यार्थी भक्तपुरको चाँंगुनारायण नगरपालिकाको यातायात गुरुयोजनामा लाग्ने भएका छन् । कलेजमा सिभिल इन्जिनियरिंग र सिभिल रुरल इन्जिनिजरिङ्का पहिलो वर्षका विद्यार्थी नगरपालिका क्षेत्रभित्रको कुनकुन सडकमा के कति मात्रामा सवारी साधनहरु चल्छन् भन्ने बुझने यातायात गुरुयोजनामा लाग्ने भएका हुन् । कलेजका झण्डै ७० जना विद्यार्थी मंसिर १६ गतेदेखि यो कार्यमा लाग्ने कलेजले जनाएको छ । यसका लागि बिहीबार कलेजमा आरेन्टेशन कार्यक्रम गरियो । कलेजका सहायक प्रिन्सिपल दीपक धामीका अनुसार पढ्दापढ्दै व्यवहारिक शिक्षा पाउन् भनेर विद्यार्थीलाई फिल्डमा पठाउन लागिएको जनाए । कलेजका एकेडेमिक को अर्डिनेटर मोहन केसीले विद्यार्थीले मंसिर ३० गते रिपोर्ट बुझाउने जानकारी गराए ।

किसानको गोठमा पुगेन अनुदानको सूचना

काठमाडौं । कृषिजन्य उत्पादन वृद्धिका लागि सरकारले किसानलाई अनुदानको व्यवस्था गरेको भए पनि उक्त सूचना आफूहरुसम्म नआएको कृषकको गुनासो छ । मकवानपुरको मनहरि गाउँपालिका, जहाँ अत्यधिक तरकारी उत्पादन हुन्छ, त्यहाँ यो सूचना पुगेको छैन । सो गाउँपालिका–६ सुनाचुरीमा तरकारीखेती गर्दै आएका कृषक शम्भु श्रेष्ठले पालिकाको सूचना आफूसम्म पुग्न नसकेको बताए। उनले भने, “हामी खेतीबाटै गुजारा गर्ने मान्छे बिहानदेखि साँझसम्म खेतबारी र गोठमै हुन्छौं, सूचना पालिकामै हुन्छ, पालिका जाने फुर्सद हुदैन थाहा हुँदासम्म ढिलो भइसक्छ पाइँदैन ।” “अव थाहा पाए पनि पाउनको लागि कागजपत्र मिलाउनपर्छ अरे दशथरीका कागजपत्र मिलाउन हामी नपढेकालाई गाह्रो छ नि ।” सरकारले व्यक्तिलाई भन्दा पनि समूहलाई प्राथमिकता दिने गरेकाले किसानलाई समूहमा बस्न अनिवार्य गरेसँगै कृषक समूह बनाएर सामूहिकतामा काम गर्न थालेको सुनाचुरी एकीकृत कृषक समूहका अध्यक्ष शिवलाल मुक्तानले बताए । उनका अनुसार यसले कृषि क्षेत्रमा सामूहिकताको भावना तथा व्यावसायिक कृषितर्फ आकर्षित गर्नुका साथै अभावमा पनि सहयोग पाइने गरेको जानकारी दिए । यद्यपि त्यस्ता समूहलाई पर्याप्त सूचना नहुँदा समूहमा काम गरेको र अनुभवको अभावमा घाटा व्यहोर्नु परेको किसान भने सरकारको योजना भन्दा बाहिर हुनुपरेको उनले भने । सरकारले दिने अनुदान समूहमा पाइन्छ भन्नेबारे थाहा भएको र बाँकी कारोबारको सहजताका लागि पनि अहिले कृषक समूहमा बस्न थालेको समूहकी कोषाध्यक्ष सपना खतिवडाले बताइन । “अब खेतीपातीबाटै जीवन धान्ने खेतबारीमै व्यस्त हुन्छन्, आगाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले सूचना नपुगेका गाउँमा चाँडै सूचना लग्न बजेट र कार्यक्रम तय गरिएको बताइन। यसो कामतिर लगामनत भन्दा पनि गाउँमा मान्छे पाइन्न अनि पालिकाको सूचना हेर्ने फुर्सद कस्को हुनु, त्यही भएर पनि किसानसम्म अनुदान नपुगेको हो के ।” रासस