असुरक्षित जनाउँदै प्रभु बैंकले भिषा कार्ड हटायो, पुराना सबै ग्राहकलाई एससीटी कार्ड निःशुल्क दिने

<p>काठमाडौं । प्रभु बैंकले असुरक्षाको कारण जनाउँदै भिषा कार्ड हटाउने निर्णय गरेको छ । आफ्ना उपभोक्ताहरुको अधिकतम सुविधा र सुरक्षित कारोबारका लागि आधुनिक प्रविधि युक्त र थप सुरक्षित कार्ड प्रयोग गर्ने क्रममा भिषा कार्ड विस्थापित गर्न लागेको बैंकले जनाएको छ । बैंकले अब पुराना ग्राहकलाई एसीटी यूपीआई कार्ड निःशुल्क वितरण गर्ने भएको छ । हाल [&hellip;]</p>


काठमाडौं । प्रभु बैंकले असुरक्षाको कारण जनाउँदै भिषा कार्ड हटाउने निर्णय गरेको छ । आफ्ना उपभोक्ताहरुको अधिकतम सुविधा र सुरक्षित कारोबारका लागि आधुनिक प्रविधि युक्त र थप सुरक्षित कार्ड प्रयोग गर्ने क्रममा भिषा कार्ड विस्थापित गर्न लागेको बैंकले जनाएको छ ।

बैंकले अब पुराना ग्राहकलाई एसीटी यूपीआई कार्ड निःशुल्क वितरण गर्ने भएको छ । हाल बैंकको ग्राहक संख्या करिव ८ लाख रहेको बैंकले जनाएको छ ।

नयाँ कार्ड वितरण शुरु भईसकेको बैंकले जनाएको छ । ‘नो नेम कार्ड माग गरेकै दिन पाइन्छ । नामसहितको कार्ड लिन एक साता कुर्नुपर्छ’ बैंक स्रोतले बतायो । नयाँ कार्डमा भिषा कार्डबाहेक यूनियन पेको सुविधा समेत भएको बैंकले जनाएको छ ।

आगामी माग १ गतेदेखि भिषा कार्ड नचल्ने जानकारी दिदै बैंकले सीटी यूपीआई कार्ड लिने ग्राहक वर्गलाई अनुरोध गरेको छ । कार्डको दुरुपयोग गर्दै बैंक ठगि गर्ने क्रम बढेसँगै प्रभु बैंकले भिषा कार्ड हटाउने निर्णय लिएको हो ।

Share News