१७ प्रतिशत बोनसपछि मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । बुधबार मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विकास बैंकको १७ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता २३४ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३८० रुपैयाँ रहेको छ ।
नारायणगढमा ट्राफिक लाइट जडान, ट्राफिक व्यवस्थापनमा सहज हुने
भरतपुर । चितवनको व्यस्त बजार नारायणगढमा परीक्षणका लागि ट्राफिक लाइट जडान शुरु गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणगढ बजारको शहीदचोकमा ट्राफिक लाइट जडान गर्न शुरु गरिएको हो । सम्पूर्ण रुपमा सञ्चालन हुने गरी एक हप्ताभित्र जडानको काम सम्पन्न गरिने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनले भने, “जिल्लामा नै पहिलोपटक ट्राफिक लाइट जडान गरिएको हो, शहीदचोकमा परीक्षण गर्छौं र त्यसको प्रभावकारिताका आधारमा अन्य व्यस्त चोकमा पनि ट्राफिक लाइट जडान गर्छौं ।” महानगरपालिका र निजी क्षेत्रको साझेदारीमा ट्राफिक लाइट जडान गरिएको उनले बताए । करीब २५ लाखको लागतमा जडान गरिएको लाइटको २० प्रतिशत मात्र महानगरपालिकाले व्यहोर्ने छ । अन्य ८० प्रतिशत जडानको जिम्मा पाएको यार्सा टेक्नोलोजी प्राइभेट लिमिटेड काठमाडौँले व्यहोर्ने छ । ट्राफिक लाइट जडानका लागि महानगरले २०७५ साल जेठमा यार्सा टेक्नोलोजीसँग सम्झौता गरेको थियो । शहीदचोकमा जडान गरिएको ट्राफिक लाइट प्रभावकारी भए क्रमशः पुल्चोक, लायन्चोक, चौबिसकोठी र हाकिमचोकमा पनि जडान गरिने बताइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले ट्राफिक लाइट जडानपश्चात् ट्राफिक व्यवस्थापनमा सहजता हुने बताए । “कहिलेकाहीँ पुल्चोकदेखि शहीदचोक सम्मै ट्राफिक जाम हुने गरेको छ”, उनले भने, “ट्राफिक जनशक्तिको अभाव अब लाइटले पूरा गर्छ ।” जिल्लाभर ४५ मात्र ट्राफिक प्रहरीको दरबन्दी छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणगढ क्षेत्र भएर दैनिक १५ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । रासस
नेपाल इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा दुई जना नियुक्त भएको छ । कम्पनीको सञ्चालकमा नेपाल बैंकको संस्थापक समुह तर्फबाट लक्ष्मण पौडेल र सर्वसाधरण सेयरधनी समूहको तर्फबाट विष्णुबहादुर जि.सी नियुक्त भएका छन् । फागुन १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले कम्पनी सञ्चालकमा दुई जनालाई नियुक्त गरेको हो ।
उपहार योजना ल्याउन बीमा समितिको स्वीकृति अनिवार्य
काठमाडौ । अबदेखि बीमा व्यवसाय गर्ने (बीमक) कम्पनीले आफ्नो उपहार योजना ल्याउन बीमा समितिको स्वीकृती लिन अनिवार्य गरिएको छ । बीमा सम्बन्धी जथाभाबी उपहार योजनाको हाबी भएका कारण समिति यस्तो कडाई गर्न लागेको हो । साथै, यस्तो व्यवस्थाले अस्वस्थ प्रतिस्पर्धा रोक्न मद्दत गर्ने बीमा समितिले बताएको छ । बीमा समितिका उप–निर्देशक साम्बाराज लामिछानेले भने-‘अहिलेको बीमा बजारलाई थप व्यवस्थित बनाउन समितिले यस्तो कदम चालेको हो, यस्लै समग्र बीमा बजारमा नै राम्रो गर्नेछ ।’ उनले बीमा समितिले परिपत्र जारी गर्नु पूर्वका उपहार योजना सोही अवस्थामा नै राख्न निर्देशित गरेको जानकारी दिए । आगामी दिनमा कम्पनीहरुले नगद लगायतका अन्य उपहार वितरण गरेर बीमकको आकर्षण गर्ने प्रवृत्तिको अन्त्य गर्न बीमा समिति लागि परेको छ । अनावश्यक आकर्षणले गर्दा बीमाको छवी धमिलिने भएकाले समितिले यस्तो कदम चालेको हो । यसरी उपहार योजनामा पूर्व स्विकृती लिएपछि बीमा बजारमा सकारात्मक प्रभाव पर्ने बीमा समितिले जनाएको छ ।
एनसीसी बैंक र आइएमई जनरलबीच बैंकास्योरेन्स संझौता
काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी बैंक) बीच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले नेपालभर रहेका नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्ने छन् । उक्त कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धकद्वय शरण रेग्मी तथा पवन थापा साथै नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका प्रबन्धक राजेशराज ढुंगेलको उपस्थिती रहेको थियो । सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफ्नो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए
नागा बाबा हटाउन दबाब, पशुपति क्षेत्र विकास कोष भन्छ-ध्यान मुद्रामा बस्न अनुरोध गर्छौँ
काठमाडौँ । पशुपति मन्दिर परिसरमा नागा बाबा हटाउन दबाब आएको छ । विशेष गरी महाशिवरात्रीका अवसरमा पशुपति क्षेत्रमा नागा बाबाको जमघट हुने गर्छ, जसका कारण पशुपति दर्शन गर्न आउने महिला भक्तजहरुले सास्ती खेप्ने गरेका छन् । बिना पहिरनमा रहने बाबाहरुले मयूरको प्वाँखले भक्तजनलाई हिर्काउने गर्ने गर्छन् । भगवानको दर्शन गर्न जानेहरुलाई केही नगर्न र नागा बाबाको जिम्मा पशुपति विकास कोषले लिनुपर्ने भक्तजनहरुले गुनासो गरेका छन् । के भन्छ त पशुपति क्षेत्र विकास कोष ? नागा बाबाले देखाउने क्रियाकलापको बारेमा पशुपति क्षेत्र विकास कोषका संस्कृति महाशाखा प्रमुख तथा शिवरात्री प्रचारप्रसार उपसमितिका सचिव प्रेमहरी ढुंगानाले नागा बाबालाई सतर्कता अपनाएर अनुरोध गर्ने बताए । उनले भने–ध्यान मूद्रामा बाबा बस्दा भक्तजनलाई असहजता हुँदैन, मयूरको प्वाँखले हानेर भक्तजनलाई दुःख दिने गरेको पाईन्छ, तर अब त्यस्ता समस्या समाधानका लागि सकेसम्म प्रयासरत रहने छौं । साथै, शिवरात्रीको समय बाबाहरुको छेउछाउमा जाने तथा जिस्क्याउने किसिमको क्रियाकला नगर्न भक्तजनलाई समेत गर्न कोषको आग्रह गरेको छ । शिवरात्रीका समयमा पशुपति दर्शन गर्न आउँदा महङ्गा गहना नलगाउन कोषले अनुरोध गरेको छ । के होला त समाधान ? पशुपति मन्दिरमा भक्तजनको रुपमा पुरुष मात्र नभएर महिला समेत आउने कुरा सर्वविधितै छ । यसरी महिला, पुरुष सबैजना आउने वातावरणको निर्माण गर्न कोषले आफ्नो तर्फबाट पहल भने गर्नु पर्ने भक्तजनाहरुको भनाई छ । पशुपति क्षेत्रमा भेटिएका एक भक्तजन भन्छन्–भगवान शिवलाई सम्झेर पशुपति आउनेले अनेकौँ सास्ती खेप्नु पर्ने कुरा ठीक होइन । नागा बाबापनि भगवान कै रुप भएको विश्वासका कारण पूर्ण रुपम निषेध गर्न नसकिने कोषले जनाएको छ । यस वर्ष यही फागुन २० गते सोमबार महाशिवरात्री परेको छ । महाशिवारात्रीको समयमा भगवान शिवको दर्शन गर्नु मान्यता छ । यसरी नै सोही समयमा भगवानको दर्शन गर्न नसकेपनि पाईला पार्दा मात्रैपनि पुण्य प्राप्त हुने विश्वास गरिन्छ । पशुपति विकास कोषले महाशिवरात्रीको समयमा दर्शनार्थीको रुपमा समेत भगवान मन्दिर छिर्ने गरेको धार्मिक विश्वास पाइन्छ । सोही कारण महाशिवरात्रीको समयमा भगवानको दर्शन गर्न नसक्नेले दर्शनार्थी कै दर्शन गर्दा समेत एक किसिमको पुण्य प्राप्त हुने विश्वास रहेको पाईन्छ । यसपालीको शिवरात्रीमा नागा बाबा, गाँजा सेवन र व्यापारको सवालमा उठेका सन्दर्भलाई पशुपति विकास कोषले समाधान गर्नु पर्ने आवाको संबोधन गर्न सक्ने महाशिवरात्री सभ्य र भव्य हुनेछ । शिवरात्री सोमबार भएकाले भक्तजन बढ्ने अनुमान, पशुपति दर्शनको यस्तो छ तयारी
पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीद्वारा गण्डकी मेडिकल कलेज खारेज गर्न माग
काठमाडौं। गण्डकी मेडिकल कलेजले तोके भन्दा बढी शुल्क लिएको भन्दै पुर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले कलेज खारेजको माग गरेका छन्। कलेजले विद्यार्थीलाई ४२ लाख लिनुपर्ने ठाउँमा ५२ लाख लिएको र त्यसैले यस्ता कलेजलाई सरकारले अनुगमन गरी खारेज गर्नपर्ने उनले बताए। गण्डकी मेडिकल कलेजका विद्यार्थी कलेजले बढी शुल्क लिएको भन्दै गत माघ १७ देखि देखी आन्दोलनमा छन्। विद्यार्थीले तालाबन्धी लगाए पनि कलेज प्रशासनले प्रहरीको बल प्रयोग गरी ताला खोलेको थियो। ताला खोलिए पनि विद्यार्थोहरुले अझै अनसन जारी राखेका छन्।
मार्जिन कारोबार शुरु गर्न नेपाल स्टक एक्सचेञ्जको आग्रह
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले धितोपत्रको दोस्रो बजारमा मार्जिन कारोबार शुरु गर्न धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ । स्टकले सबै धितोपत्र दलाल व्यवसायीलाई पत्राचार गर्दै मार्जिन कारोवार प्रणाली शुरु गर्न आग्रह गरेको हो । कारोबारलाई सुरक्षित, पारदर्शी एवम् व्यवस्थित बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम ‘नेपाल स्टक एक्सचेञ्ज लिमिटेड मार्जिन कारोवार सुविधासम्बन्धी कार्यविधि, २०७५’ तयार भई लागू भइसकेको छ । सोही कार्यविधिअनुसार आवश्यक कार्य गर्न तथा गराउन धितोपत्र दलाल व्यवसायीलगायत सबैलाई स्टकले आग्रह गरेको छ । उक्त व्यवस्थाबमोजिम शेयर लगानीकर्ताले शेयर बजारमा लगानीका लागि धितोपत्र दलाल व्यवसायीबाट ऋण लगायतका अन्य सुविधासमेत पाउने छन् । धितोपत्र नै धितोमा राखेर पनि ऋण पाउन सक्ने भएकाले त्यस्तो व्यवस्थाले बजार विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।