विकासन्युज

मुक्तिनाथ विकास बैंकले गर्यो ५० हजार सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले सँस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्र्तगत ललितपुर महानगरपालिका वडा नं १० कुपण्डोल हनुमानस्थान स्थित महानगरीय प्रहरी प्रभागको भवन पुनः निर्माण कार्यको लागि पचास हजार सहयोग स्वरुप चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंक लि. कुपण्डोल शाखाका प्रमुख मधु श्रेष्ठले महानगरीय प्रहरी प्रभाग, कुपण्डोलका प्रहरी निरीक्षक चेतना पोखरेललाई हस्तान्तरण गरेका थिए ।

सिटिजन लाइफको नयाँ सिटिजन वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना सार्वजनिक

काठमाडौँ । सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले सिटिजन बार्षिक अग्रिम भुक्तानी जीवनबीमा नामक नयाँ योजना नेपालीहरु माझ प्रस्तुत गरेको छ । काठमाडौंमा सम्पन्न एक कार्यक्रममार्फत सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलद्वारा उक्त योजना बजारको लागि सार्वजनिक तथा शुभारम्भ गरिएको थियो । बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि यस बीमा योजनाले बीमा अवधिभर जोखिमबहनगर्नुका साथै भैपरी आउने समस्याहरुमा सरल तरिकाबाट आर्थिक सुरक्षामा टेवा पुर्याउने उद्देश्यले वार्षिक रुपमा बीमाङ्कको पाँच प्रतिशत रकम बीमितलाई भुक्तानी गर्ने व्यवस्था गरेको छ । यस विशेषताले ग्राहकहरुलाई बीमा योजनाअनुसारको आफ्नो बीमा शुल्क भुक्तानीको भार व्यवस्थापन गर्न समेत अझ सरल र सहज गराउने छ । साथै कम्पनीले ग्राहकहरुको सुविधाको लागि डिजिटल प्रस्ताव फारमको समेत सुभारम्भ गरेको छ। २०७४ कार्तिकदेखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा बीमाशुल्क संकलनमा ६० प्रतिशत र सोही अवधिको खुद नाफामा १२० प्रतिशतभन्दा बढीले बृद्धि हुनुका साथै २०७५ पुस मसान्त सम्ममा २४५ करोडको लगानी गर्न सफल भएको छ ।

हेलिकप्टर दुर्घटना अपडेट: नेपाली सेनाको एनआई १७ हेलिकप्टरबाट सात जनाको शव काठमाडौं ल्याइँदै

काठमाडौं । ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको शव काठमाडौं ल्याउने तयारी गरिएको छ । घटनास्थलमा अहिले शव संकलनको काम भैरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना ताप्लेजुङको पाथीभारा मन्दिरबाट डेढ किलोमिटर टाढा तारेभीरमा भएको हो । घटनास्थलमा स्थानीय वासिन्दा, प्रहरी र नेपाली सेनाले शव संकलन भैरहेको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । घटनास्थलसम्म शव ल्याइपुग्न २ घण्टा लाग्ने बताइएको छ । घटनास्थलको भौगोलिक अवस्था निकै कठीन भएकोले शव विमानस्थलसम्म ल्याउन असहज रहेको स्थानीय वासिन्दा उमानाथ पौडेलले जानकारी दिए । घटनामा परि मन्त्री रविन्द्र अधिकारी, यति एयर लाइन्सका सञ्चालक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे र क्याप्टेन क्याप्टेन प्रभाकर केसीको निधन भएको छ ।

लक्ष्मी बैंकको ९९औँ शाखा कीर्तिपुरमा

काठमाडौं । लक्ष्मी बैंकले काठमाडौंको कीर्तिपुरमा आफ्नो ९९औँ शाखा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । हाल बैंकको शाखा ४६ जिल्लामा ९९ शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्टतथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । सुविधा जनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, बीमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

ताप्लेजुङमा हेलिकप्टर दुर्घटना: पर्यटनमन्त्री अधिकारी, यति एयरलाइन्सका आङछिरिङ शेर्पा सहित ७ जना कै मृत्यु(नामावली सहित)

काठमाडौँ । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित सबै ७ जना कै मृत्यु भएको छ । हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । हेलिकप्टरमा सवार मन्त्री अधिकारी, यति एयर लायन्सका सञ्चालक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए । पाइलट सहित  ७ जना कै मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । मन्त्री सवार हेलिकप्टर आकाश मै आगो लागेको थियो । पाथिभरा मन्दिर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको ताप्लेजुङ जिल्ला प्रशासन कार्यालय श्रोतले जनाएको छ । कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पठाएका विमानस्थल स्रोतले बताएको छ । ताप्लेजुङ प्रहरीका अनुसार पाथिभरा मन्दिर नजिक मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ । पर्यटन मन्त्रीका प्रेस सल्लाहकार उद्धव थापा पनि घटनाको पुष्टी गरेका छन् । ताप्लेजुङबाट तेह्रथुम जाने क्रममा विमान दुर्घटनामा परेको हो । उद्धारको लागि जिल्ला पहरी कार्यालय ताप्लेजुङको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जनाइएको छ । ताप्लेजुङका डिएसपी सञ्जयसिंह थापासहितको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घट्नास्थल पुग्न तीन घण्टा लाग्ने जनाइएको छ । घटनाको खबर पछि अहिले आकस्मिक रुपमा मन्त्री परिषद्को बैठक बसिरहेको छ । मृत्यु हुनेहरुको नामावली:

अपडेटः हेलिकप्टर आकाश मै आगो लागेर झर्यो, घटना गम्भीर, मन्त्री परिषद्को आकस्मिक बैठक बस्दै !

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनामा परेको छ । मन्त्री सवार हेलिकप्टर आकाश मै आगो लागेको र त्यहाँ सवारी सवैको अवस्था गम्भीर रहेको बुझिएको छ । पाथिभरा मन्दिर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको ताप्लेजुङ जिल्ला प्रशासन कार्यालय श्रोतले जनाएको छ । सो हेलिकप्टरमा सवार मन्त्री अधिकारी, हिमालयन एयरका सञ्चालक आङछिरिङ शेर्पा सहितका ६ जनाकै अवस्था गम्भीर रहेको बुझिएको छ । कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पठाएका विमानस्थल स्रोतले बताएको छ। हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए। ताप्लेजुङ प्रहरीका अनुसार पाथिभरा मन्दिर नजिक मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ । पर्यटन मन्त्रीका प्रेस सल्लाहकार उद्धव थापाले समेत घटनाको पुष्टी गरेका छन् । ताप्लेजुङबाट तेह्रथुम जाने क्रममा विमान दुर्घटनामा परेको हो । उद्धारको लागि जिल्ला पहरी कार्यालय ताप्लेजुङको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जनाइएको छ । घट्नास्थल पुग्न तीन घण्टा लाग्ने जनाइएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ। घटना गम्भीर प्रकितिको रहेको बुझिएको छ । घटनाको खबर पछि अहिले आकस्मिक रुपमा मन्त्री परिषद्को बैठक बोलाइएको छ ।    

पर्यटनमन्त्री अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना, विस्तृत विवरण आउन बाँकी

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनामा परेको छ। पाथिभरा मन्दिर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको ताप्लेजुङ जिल्ला प्रशासन कार्यालय श्रोतले जनाएको छ । ताप्लेजुङ प्रहरीका अनुसार पाथिभरा मन्दिर नजिक मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ । पर्यटन मन्त्रीका प्रेस सल्लाहकार उद्धव थापाले समेत घटनाको पुष्टी गरेका छन् । उक्त हेलिकप्टरमा मन्त्री सहित ६ जना सवार रहेकाेमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन गुरुङ लगायत थिए। उक्त हेलिकप्टर प्रभाकर केसीले उडाएका थिए। ताप्लेजुङबाट तेह्रथुम जाने क्रममा विमान दुर्घटनामा परेको हो। उद्धारको लागि जिल्ला पहरी कार्यालय ताप्लेजुङको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जनाइएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ। घटना गम्भीर प्रकितिको रहेको बुझिएको छ ।

भारतका दुई युद्धक विमान खसालेको पाकिस्तानको दाबी

इस्लामाबाद । पाकिस्तानाको वायुसेनाले भारतका दुई ओटा लडाकू विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । तीमध्ये एउटा विमान पाकिस्तानको हवाइ क्षेत्रमा खसालिएको र विमान चालकलाई पक्राउ गरिएको पाकिस्तानी सेनाले जनाएको छ । साथै विमानलाई पनि ध्वस्त गरेको पाकिस्तानी सैनिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक भारतीय युद्धक विमान पाकिस्तानभित्र नै खसेको बताए । उनले अर्को भारतीय युद्धक विमान भारत नियन्त्रित काश्मिरमा खसेको बताए । यद्यपी भारतीय सञ्चार माध्यमले भने पाकिस्तानले भारतीय दुई युद्धक विमान खसालेको समाचार झूठो भएको दाबी गरेका छन् । पाकिस्तानले पुरानो तस्वीर टेलिभिजनमा देखाएर पाकिस्तानी जनतालाई शान्त गराएको र भारतलाई तर्र्साएको भारतको भनाइ छ । रासस/सिन्ह्वा