विकासन्युज

स्मार्टफोन र इन्टरनेटको प्रयोगसँगै चीनमा अनलाइन शिक्षा बढ्दो

बेइजिङ् । चीनमा अनलाइन शिक्षा तिब्र रुपमा बढ्दै गएको अध्ययनमा देखाएको छ। गत वर्ष मात्रै अनलाइन शिक्षामा जोडिनेको संख्या २९.७ प्रतिशतले बृद्धि भएर २० करोड १० लाख पुगेको छ । चीनमा समग्र अनलाइनमा पहुँच रहेकामध्ये यो २४.३ प्रतिशत हिस्सा हो । चीनका झण्डै १९ करोड ४० लाखले मोबाइलको प्रयोगमार्फत अनलाइन शिक्षा लिएको चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टरले जनाएको छ । सन् २०१७ को तुलनामा यो ६३.३ प्रतिशतले बढी हो । स्मार्टफोनको बढ्दो प्रयोग तथा मोवाइल इन्टरनेटको प्रयोग र पहुँचमा व्यापक सुधार भएकाले अनलाइन शिक्षाको लोकप्रियता बढेको अधिकारीहरुले बताएका छन् । अनलाइन शिक्षाका लागि प्राप्त विकल्पमध्ये स्मार्टफोन सबैभन्दा प्रभावशाली देखिएको छ । सूचना आदानप्रदानमा चीनको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल वीच्याटमा प्राप्त सुविधाका कारण पनि अनलाइन शिक्षाप्रति मानिसहरुको आकर्षण बढेको हो । रासस/सिन्ह्वा

बिर्तामोडमा सुजुकी बर्गम्यान १२५ सीसीको स्कूटर लञ्च

काठमाडौं । बिर्तामोडमा सुजुकी बर्गम्यान १२५ सी सी को स्कूटर लञ्च सहित र्याली सम्पन्न भएको छ । नेपालको बजारमा सो स्कुटरको मूल्य रु।२ लाख २९ हजार ९सय कायम गरिएको छ । जसमा १४ इन्चको आकारको ट्युबलेस ठूला टायरहरु छन्, सुजुकी बर्गम्यान १२५ मा ७५०० आरपिएममा ८।७ बिएचपि को शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२५ सिसिको शक्तिशाली इन्जिन जडित छ । नेपालभर ७८ ठाँउबाट सुजुकीको प्रोडक्ट नेपालको ठुलो घराना भी जी आटोमोबाइलसले गर्दै आएको हो । बिर्तामोड़ तथा आसपासका क्षेत्रमा बिक्री पछिको सेवा प्रभावकारी रुपमा प्रदान गर्ने क्षमता राख्ने गजुर मुखी ट्रेड लिंक बिर्तामोडले  सेल्स, सर्भिस र स्पियर्स सजीलो  संग उपलब्ध गराउदै आएको गजुर मुखी ट्रेड लिंकका संचालक रूपक थापाको भनाई रहेको छ । प्रमुख अतिथि  राष्ट्रिय उपभोक्ता मंच झापाको अध्यक्ष मदनगोपाल सुब्बाले सुजुकी बर्गम्यान स्कूटर को स्टाट गरेर र्यालिको सुरुवात गरेकन थिए । कार्यक्रममा बिशिस्ट अतिथि उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई , उद्योग वाणिज्य संघ बिर्तामोडका बरिष्ट उपाध्यक्ष प्रकास शिवाकोटी लगायतका ब्यक्ति हरु को उपस्थिति थियो । सुजुकी, जापानीज बाइकहरु निर्माणमा ख्याति कमाएको विश्वकै एक अग्रणी बाइक निर्माता हो र हाल विश्वका प्रायःजसो सबै देशहरुमा यसको उपस्थिति रहेको छ । विश्वमा सर्वाधिक अवार्डहरु प्राप्त गर्न सफल सुजुकी बाइकहरु नेपालमा विभिन्न आकर्षक रङ्गहरु र विविध मुल्यमा उपलब्ध छन्न ।

बोनसपछि कृषि विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । आइतबार कृषि विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ६ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि बैंकको सेयर मूल्य ३१४ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३७३.५८ रुपैयाँ रहेको छ ।

४८ प्रतिशत बोनसपछि नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढ्यो

काठमाडौं । आइतबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । उक्त घोषणासँगै आइतबारको बजारमा इन्स्योरेन्सको सेयर मूल्य बढीरहेको छ । सो दिन प्रतिकित्ता १०१५ रुपैयाँबाट कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता १०७५ रुपैयाँसम्म कारोबार भएको छ । दुई बजेसम्म इन्स्योरेन्सको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३४ रुपैयाँले बढेर प्रतिकित्ता १०४९ रुपैयाँमा सेयर किनबेच भइरहेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत २३.५ प्रतिशत गरी ४८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयरपछि इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ पुग्ने छ ।

‘भूकम्प मापन स्टेशन’ नेपालभरका बीस स्थानमा निर्माण हुने

काठमाडौं । नेपालका बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुने भएको छ । भूकम्पको जोखिमलाई दृष्टिगत गरी विभिन्न देशको सहयोगमा बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गर्न लागेको हो । जसमध्ये चीन सरकारको सहयोगमा १०, जापान सरकारको सहयोगमा आठ र राइम्सको सहयोगमा दुई स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुन लागेको हो । चीन सरकारको सहयोगमा सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, मुगु, बाजुरा, दार्चुलालगायत जिल्लामा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुन लागेको छ । त्यस्तै, जापान सरकारको सहयोगमा सिन्धुली, बारा, चितवन, नवलपरासी, स्याङ्जा, म्याग्दी, कपिलवस्तु, रोल्पा तथा रायम्सको सहयोगमा महोत्तरी र दाङमा स्टेशन निर्माण हुन लागेको छ । २०३७ सालमा फूलचोकी डाँडामा पहिलो भूकम्प मापन स्टेशन स्थापना भएका थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले स्टेशन निर्माण भएपछि नेपालभरका भूकम्पको डाटा मापन गर्न सहज हुने बताए । २०७२ सालको भूकम्पपछि नेपालमा चार रिक्टर स्केलभन्दा माथिका ५०० भन्दा बढी र चार रिक्टर स्केलभन्दा साना ५० हजारभन्दा धेरै भूकम्प गइसकेको केन्द्रले जनाएको छ । हाल राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौर र राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतबाट देशरभरको भूकम्पका बारेमा जानकारी लिँदै आइएको छ । रासस

मुक्तिनाथ विकास बैंकको एकैदिन ५ स्थानमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । मुक्तिनाथ विकास बैंकले “सबैमा वित्तीय साक्षरता,आजको आवश्यकता”भन्ने मूलआशयले विभिन्न ५ स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यस्तो कार्यक्रमविगत ५ बर्ष देखि निरन्तर संचालन गर्दै आईरहेको छ । यसै सन्दर्भमा फाल्गुण १७ गतेका दिन,व्यास–०१, भादगाउँ, तनहँु स्थित श्री जलदेवि माध्यामिक विद्यालय, पोखरा–३२, गगनगौडा, कास्की स्थित श्री ज्ञान ज्योतिविद्याकुञ्जमा.वि.,सैनामैना–०६, भाटाचौर, रुपन्देही स्थित जनकल्याण उच्चमा.वि.,मोदी– ०६,तिलाहार,पर्वत स्थित नवजागृत उच्चमा.वि रभरतपुर–०८, शरदपुर, चितवन स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्थालि.गरी जम्मा ५ स्थानमावित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादन मूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणको लागि बीमाको प्रयोग, सफा नोटको प्रयोग , बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने कार्य गरिएको थियो । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम मार्फत विद्यार्थीहरु लगायत समुदायमा वित्तीय चेतना र वित्तीय ज्ञानमा अभिबृद्धि गर्न प्रयास गरेको प्रशंसा योग्य रहेको धारणा व्यक्त गरेका छन् । बैंकले हालसम्म २४१ वटावित्तीय साक्षरता कार्यक्रम मार्फत कुल ४५ हजारले वित्तिय साक्षरता प्रदान गरेका छन् ।

लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशीलराज पराजुली, आजै लिए सपथ ग्रहण

काठमाडौं । लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशीलराज पराजुली चयन भएका छन् । नवनियुक्त अध्यक्ष पराजुलीले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष आइतबार(आज)पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक बमबहादुर मिश्र, का.मु. निर्देशक वीरेन्द्र दत्तअवस्थी, लुम्बिनी विकास बैंकका सञ्चालक प्रविणकृष्ण श्रेष्ठ, सञ्चालक प्रतापकुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा तथा कम्पनी सचिवहरिकृष्ण सुवेदीको उपस्थिति रहेको थियो । विकास बैंकको गत शुक्रबार बसेको संचालक समितिको बैठकले संस्थाको अध्यक्ष पदमा पराजुलीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

नेविसंघको अध्यक्ष महरको चिट्ठीको नाममा पुल्चोक क्याम्पसमा चन्दा असुली

काठमाडौं। नेविसंघको अध्यक्ष नैनसिंह महरको चिट्ठीको नाममा पुल्चोक क्याम्पसमा चन्दा असुली भईरहेको क्याम्पसको विद्यार्थी संगठन आम विद्यार्थीले बताएको छ। आम विद्यार्थीले बताए अनुसार महरले राजिनामा दिएसँगै देशभर चिट्ठी बाँडेका थिए। महरले चिट्ठी बाँड्दा पुल्चोक ईन्जिनियरिङ क्याम्पसका दिपक सापकोटालाई पनि चिट्ठी परेको तर पार्टिको निर्णयसँगै उनको कार्यकाल एकै दिनमा सिमित भएको थियो। तर सापकोटाले अहिले आएर आफुलाई केन्द्रले नै अध्यक्ष बनाएको र आफुनै अधिकारिक नेविसंघको अध्यक्ष भएको भ्रमको खेती गर्दै ठाउँ ठाउँमा हप्ता असुलिमा सक्रीय रहेको आम विद्यार्थी संघको आरोप छ। सापकोटाले चन्दा असुली गर्न नक्कली लेटरहेडमा कहिले नदेखिएको झन्डा सहितको फर्जी छाप प्रयोग गरेको र चिट्ठी दीपक सापकोटा सहित क्याम्पसकै अर्का विद्यार्थी उद्धव घिमिरेको हस्ताक्षर रहेको छ। क्याम्पस परिसरमा उनिहरुले कुनै प्रकारको कार्यक्रम नगरेको हुँदा ब्यक्तिगत प्रायोजनका निमित्त सो रकम खर्च भएको प्रस्ट भएको क्याम्पसका एक विद्यार्थीले बताए। चन्दा असुली गरेको कुरा, नेबिसंघ पुल्चोक क्याम्पस इकाइ कमिटिको अधिकारिक पेजबाट नै बाहिरिएपछि आमा विद्यार्थीले उनिहरु माथि कारवाहिको माग गरेका छन्। चन्दा लिएको कुरा बाहिरिएपछि उनिहरुले हतार हतार विद्यार्थीले भाग नलिने समय राखेर बास्केटबल प्रतियोगिताको पोस्टर सार्वजनिक गरेको आमा विद्यार्थी संघका एक सदस्यले बताए।