विकासन्युज

मुस्ताङका किसानले स्याउ बेचेर भित्र्याए ६० करोडभन्दा बढी रकम

ठिनी । मुस्ताङबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बेचेर कृषकले मुस्ताङमा रु साठी करोडभन्दा बढी रकम भित्र्याएका छन् । जिल्लामा उत्पादन भएको मध्ये ८० प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिएका छन् । “जिल्लाभर एक हजार ५०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा सात सय हेक्टरमा उत्पादन हुन्छ”, उनले भने, “कृषक र व्यापारीबाट सङ्कलित विवरणअनुसार यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको तथ्याङ्क प्राप्त भएको छ ।” खेती विस्तार, अनुकूल मौसम, नयाँ खेती प्रविधि अपनाउनु, रोग कीराको समस्या नभएकाले स्याउ उत्पादन बढेको प्रमुख लम्सालले बताएका छन् । उनका अनुसार गत वर्षको तुलनामा दश प्रतिशतले उत्पादन बढेको छ । प्रतिकेजी स्याउको मूल्य रु १२० रहे पनि अधिकांश कृषकले बगैँचा नै ठेक्कामा बिक्री गरेका थिए । मुस्ताङको टुकुचे, कोबाङ, मार्फा, जोमसोम, ठिनी, कागबेनी, छुसाङ, चैले, समर, चराङ, मराङ, मुक्तिनाथमा व्यावसायिक खेती गरिएको छ । म्याग्दी, बागलुङ, पर्वतसँगै कास्की, काठमाडौँ, चितवन, धादिङलगायत जिल्लामा स्याउ निकासी भएको छ । गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउ खेती गरिएको छ । स्याउ बिक्रीबाट रु एक लाखदेखि तीन करोडसम्म आम्दानी गर्ने कृषक छन् । ठिनीका कृषक आइतबहादुर थकालीले सडक सुविधा भएपछि स्याउ खरिद गर्न व्यापारी बगैँचामै आउने भएकाले बजारको समस्या नभएको बताए । उनीसँग ५० फल दिने र एक हजार स्याउ नफल्ने बिरुवा छन् । यातायातका साधन नपुग्दासम्म खच्चड र पिठ्यूँमा बोकाएर बजारमा पुरयाउने गरिएको थियो । उवा, जौ र फापरको तुलनामा स्याउ खेती गर्दा दश गुणा बढी आम्दानी हुने उनले बताएका छन् । स्याउबाट जुस, ब्रान्डी, जाम, चिप्स, सुकुटी, क्यान्डीलगायत परिकार बनाएर विदेशमा समेत निकासी हुनेगर्छ । बजार बढ्दै गएपछि यहाँका कृषक स्याउ खेतीमा आकर्षित भएका छन् । स्याउ खेती गर्ने कम रहेका भए पनि किन्न आउने बढी भएकाले माग पुर्याउनै कठिन भएको ठिनीकी कृषक जुमा थकाली बताउँछन् । यस वर्ष उच्च घनत्व क्षमताको नयाँ जातका १९ हजार र रेड डेलिसियस जातका १३ हजार बिरुवाको माग आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले जनाएको छ । पचास प्रतिशत अनुदानमा बिरुवा वितरण गरिने एकाइले जनाएको छ । परियोजनाले कृषकलाई अनुदानमा सिकेचर, नीलो तुथो, स्याउ टिप्ने औजार, सुकुटी बनाउने मेशिन उपलब्ध गराएको छ । एकाइका अनुसार एक शीत भण्डारगृह र हाइटेक प्रविधिको नर्सरी स्थापना गर्न लागिएको छ । स्थानीय तहले पनि अनुदानमा स्याउका बिरुवा र ढुवानीका लागि प्याक छपाएर वितरण गरेका छन् । मुस्ताङसमेत कार्यक्षेत्र भएको कृषि ज्ञान केन्द्र म्याग्दीले पनि स्याउ खेतीसम्बन्धी कार्यक्रम तथा योजना सञ्चालन गरेको छ । रासस

गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको १६औं शाखा रुपन्देहीको खैरेनीमा, ५ नम्बर प्रदेशमा मात्रै ३ वटा सञ्चालनमा

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले आफ्नो १६औं शाखा रुपन्देहीको खैरेनीमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन सोही जिल्लाको देव दह नगरपालिका मेयर हिराबहादुर खत्रीले गरेका हुन् । खत्रीले यस संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको उपस्थितिमा उक्त शाखाको उद्घाटन गरेका हुन् । यससँगै प्रदेश नम्बर ५ मा मात्रै संस्थाको ३ वटा शाखा कार्यालयहरु संचालनमा आएको संस्थाले जनाएको छ । ललितपुरको हरिहर भवनमा प्रधान कार्यालय रहेको यस संस्थाले हाल प्रदेश नम्बर एकमा २ वटा शाखा कार्यालयहरु, प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउन्टर, प्रदेश नम्बर तीनमा ६ वटा र अब प्रदेश नम्बर पाँचमा ३ वटा शाखा कार्यालयहरुबाट सेवा सुविधा दिने भएको छ ।

घरेलु तथा साना उद्योग स्थापनामा तीव्र वृद्धि, सबैभन्दा धेरै पर्यटन उद्योग

परासी । पश्चिम नवलपरासीमा घरेलु तथा साना उद्योग स्थापनामा तीव्र वृद्धि भएकाे छ । घरेलु तथा साना उद्योग कार्यालयमा चालू आव २०७६/७७ को पहिलो चौमासिक अर्थात् साउनदेखि कात्तिकसम्ममै ६७३ उद्योग दर्ता भएका हुन् । कार्यालयका अनुसार सबैभन्दा धेरै पर्यटन उद्योग दर्ता भएका छन् । त्यसपछि सेवामूलक र कृषि तथा वन पैदावरमा आधारित उद्योगहरुको सङ्ख्या धेरै छ । कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चार महिनाको अवधिमा दर्ता हुनेमा २७४ पर्यटन तथा सेवामूलक १७७ उद्योग छन् । १५३ कृषि तथा वन पैदावरमा आधारित र ६९ उद्योग उत्पादनमूलक दर्ता भएको कार्यालयले जनाएको छ । यस अवधिमा वाणिज्य पसल पनि ९६१ वटा दर्ता भएका छन् । उद्योग र वाणिज्य फर्मको दर्ताबाट कार्यालयले चार महिनामै रु ७७ लाख ८० हजार २सय ५ राजश्व पनि सङ्कलन गर्न सफल भएको जनाएको छ । पछिल्लो समय जिल्लामा उद्योग स्थापना तीव्र रुपमा भइरहेको उल्लेख गर्दै कार्यालय प्रमुख भुसालले भन, “विगतका वर्षहरुभन्दा पनि अहिले उद्योग दर्ता हुने क्रम बढेको छ, विगतमा नवलपरासी जिल्ला सिङ्गो हुँदा पनि यो अवधिमा यति धेरै मात्रामा उद्योग दर्ता भएका थिएनन् ।” नेपाल सरकारले उद्योग स्थापनाका लागि विभिन्न किसिमका सहुलियत दिनुका साथै वैदेशिक रोजगारीबाट फर्केकाहरुको रोजाइमा पनि घरेलु उद्योग पर्न थालेपछि उद्योग दर्ता ह्वात्तै बढेको उनको भनाइ छ । “उद्योग दर्ता र नवीकरणका लागि प्रदेश ५ सरकारले दस्तुर पनि घटाई दिएपछि उद्योगीलाई राहत भएको छ । निजी फर्म दर्ताका लागि महिला, अपाङ्गता भएका व्यक्ति र दलित समुदायका व्यक्तिलाई दस्तुरमा ५० प्रतिशत छुटको व्यवस्था छ, नवीकरणमा पनि दर्ता गर्दा लागेको दस्तुरको २० प्रतिशत मात्रै लाग्छ”, भुसालले भने । उद्योग दर्ता गर्दा पूँजीका आधारमा निजी फर्मका लागि रु एक हजारदेखि २५ हजारसम्म र साझेदारी फर्म दर्ताका लागि रु ६०० देखि एक हजार ५०० सम्म दस्तुर लाग्दछ । यसअघि निजी फर्म दर्ता गर्दा रु एक हजारदेखि ५० हजारसम्म दस्तुर लाग्ने गरेको थियो । उद्योगहरु स्थापना हुने क्रम बढेपछि स्वरोजगार हुनाका साथै सयौँले रोजगारी पनि पाएका छन् । शान्ति सुरक्षा, राजनीतिक स्थिरता, लगानीको वातावरण तयार हुनु, तीनै तहका सरकारबाट उद्योग स्थापनाका लागि प्रोत्साहन गरिएकाले उद्योग फस्टाएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीले बताएका छन्। उनले भने, “परासी क्षेत्र महेशपुर र बेलहिया भन्सार नजिक रहेको, भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदा उद्योगीहरु उत्साहित छन्, लुम्बिनी क्षेत्र र बुटवल–भैरहवा क्षेत्रमा भन्दा अहिले भैरहवा–भुमही क्षेत्र उद्योगीहरुको रोजाइमा पर्नु, नाकाबन्दीमा पनि सुरक्षित क्षेत्र भएको, सीमाबाट नजिक, औद्योगिक वातावरण, लगानी सुरक्षित, मेचीमहाकालीको मध्यभाग, उद्योग वाणिज्य सङ्घको पहलमा उद्योगलाई चाहिने बिजुलीको समस्या समाधान गरिएकाले पनि उद्योगहरु थपिने क्रम जारी छ ।” घरेलु तथा साना उद्योग कार्यालयका अनुसार हाल पश्चिम नवलपरासीमा सेवामूलक तीन हजार ७३, कृषि तथा वनपैदावरमा आधारित एक हजार ८८६, पर्यटनसम्बन्धी एक हजार ३६३, उत्पादनमूलक एक हजार ६३, सूचना प्रसारण तथा सञ्चार प्रविधिसम्बन्धी तीन, खनिजसम्बन्धी दुई र ऊर्जामूलक एक गरी सात हजार ३९१ घरेलु तथा साना उद्योग सञ्चालनमा रहेका छन् । रासस

एनसेलकाे ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिगुले पाए २ लाख रूपैयाँ

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडकाे ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्र कुमार सिगुले २ लाख रूपैयाँ नगद पुरस्कार पाएका छन् । एनसेलले बिहीबार (मंसिर १९) एक कार्यक्रम माझ पाँचथरका सिगुलाई साे मात्राकाे नगद पुरस्कार हस्तान्तरण गरेको हाे । उनी यस योजना अन्तर्गत पहिलो हप्ताका पाँच विजयीहरु मध्ये एक हुन् । आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु २ लाख नगद र प्रत्येक महिना रु १० लाख नगद जित्ने मौका पाउँछन् । योजनाको पहिलो हप्ताका पाँच विजेता ग्राहकहरु मध्ये बिहीबार एक ग्राहक सिगुलाई एनसेल सेन्टर कुमारीपाटीबाट रु २ लाख नगद पुरस्कार ग्रहण गरेका छन् । पेशाले सिकर्मी रहेका सिगुले नगद पुरस्कार पाएर अत्यन्त खुसी व्यक्त गर्दै आफुले पाएको पुरस्कार रकमले आफ्नो बगुंर फार्ममा थप लगानी गर्ने बताए । यसैगरी, यस योजना अन्तर्गत दोस्रो हप्तामा विजयी भई प्रमाणिकरण भएका एक ग्राहकलाइ छिटै बिर्तामोडबाट रु २ लाख नगद हस्तानतरण गरिने छ । मंसिर १६ मा घोषणा गरिएका दोश्रो हप्ताका ५ भाग्यशाली विजयी मध्ये तीन विजयी ग्राहकहरु प्रमाणीकरण प्रक्रियामा रहेका छन् भने एक विजयी योजनाको सर्त बमोजिम अयोग्य ठहरिएकाले दोस्रो हप्तामा वितरण भएका कोडका आधारमा तेश्रो हप्ता उक्त ग्राहकको स्थानमा नयाँ भाग्यशाली ग्राहक छनोट गरिनेछ । एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ । ग्राहकहरुले रु १०० वा त्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक रु १०० बराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले रु ३५० रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले रु ५०० रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन् । यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ । यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेज मार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ । आवश्यक प्रक्रिया पुर्याई प्रत्येक हप्ताको शुक्रबार भित्र अघिल्लो हप्ताका विजयीहरुलाई नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।

गायक मनिष विश्वकर्माको नयाँ गीत ‘आउन अँगालोमा’ सार्वजनिक

काठमाडौं । गायक मनिष विश्वकर्माको नयाँ गीत ‘आउन अँगालोमा’ सार्वजनिक भएको छ । गीतमा प्रतिमा आचार्यले मनिषलाई साथ दिएकी छिन् । आधुनिक तथा चलचित्र शैलीको सो गीतमा साधारण घरको गायक प्रेमी र राजकुमारी प्रेमीका बीचको सम्बन्ध र आउने उतार चढाब देखाइएको छ । गीतमा पुर्वजन्म र वर्तमानको प्रेमलाई देखाइएको समेत गायक तथा एरेन्जर मनिषले जानकारी दिए । प्रितम राईको रिदम अवधारणामा निर्माण भएको गीतमा श्रद्धा सुमन सिलवाल र गायक मनिष स्वयंले अभिनय गरेका छन् । भिडियो निर्देशन पिटर प्रिन्स विश्वकर्माले गरेका हुन् ।

सनफ्लोकाे याेजनाअन्तर्गत चार जनाले पाए हिराको उपहार

काठमाडौं । स्वस्तिक आयल इन्डष्ट्रिजकाे उत्पादन सनफ्लो सनफ्लावर तेलमा हिराको हार जित्ने अफरको दोस्रो लक्की ड्र कार्यक्रमका विजेताहरुलाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको छ । “सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार” योजनाको दोस्रो लक्की ड्र विजेताहरुको नाम मंसिर ११ गते इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी विजेताहरुको नाम घोषणा गरिएको थियो । नेपालगञ्ज त्रिभुवन चोक निवासी पूजा कुमारी बैशले आकर्षक हिराको हार र जनकपुर रमानन्द चोक निवासी राम विनोद रायलाई हिराको लकेट हस्तान्तरण गरिएको छ । त्यसैगरी काठमाडौं निवासी हरि प्रसाद पराजुली र मोरङ पथरी निवासी दुर्गा माया पोखरेललाई हिराको टप हस्तान्तरण गरिएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि मात्र लागु रहने कम्पनीले जनाएको छ । यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्नेछ । लक्की ड्र मार्फत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् ।

सानिमा बैंकद्वारा “अफर सानिमा बैंकको, रोजाई तपाईको”योजना घोषणा

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफनो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा  “अफर सानिमा बैंकको, रोजाई तपाईको” नामक योजना ल्याएको छ । यस योजनाअन्तर्गत आफना ग्राहकहरूले  सानिमा बैंकको विभिन्न डिजिटल सेवाहरु तथा सामान खरिदमा छुट पाउनेछन् बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकलाई लक्षित गरी ल्याएको यो योजना २०७६ मंसिर २० देखि २२ गते सम्म तीन दिनको लागि लागु हुनेछ । साथै, विभिन्न रेष्टुरेन्ट तथा विधुतीय सामान र मोबाइल फोन खरिदमा समेत विशेष छुटको व्यवस्था गरेको छ । यो योजना अन्तर्गत बैंकको डिजिटल सेवाहरु जस्तै डेबिट कार्ड, क्रेडिट कार्ड, ट्राभल् कार्ड, प्रायोरिटी पास, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग लगायतमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । साथै, विभिन्न रेष्टुरेन्ट तथा विधुतीय सामान र मोबाइल फोन खरिदमा समेत विशेष छुटको व्यवस्था गरेको छ ।

सुनको मूल्य घट्यो, प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घट्टेको छ । बिहीबार प्रतितोला ७२ हजार बिक्री भएको सुन साताको अन्तिम दिन (शुक्रबार) ७१ हजार सात सय रुपैयाँमा बिक्री वितरण भइरहको छ । बिहीबार प्रतितोला ७१ हजार सात सय रुपैयाँमा बिक्री भएको तेजावी सुन प्रतितोला शुक्रबार ७१ हजार चार सय रुपैयाँ कारोबार भइरहेको छ । त्यस्तै चाँदी भने सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिए ।