काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घट्टेको छ । बिहीबार प्रतितोला ७२ हजार बिक्री भएको सुन साताको अन्तिम दिन (शुक्रबार) ७१ हजार सात सय रुपैयाँमा बिक्री वितरण भइरहको छ ।
बिहीबार प्रतितोला ७१ हजार सात सय रुपैयाँमा बिक्री भएको तेजावी सुन प्रतितोला शुक्रबार ७१ हजार चार सय रुपैयाँ कारोबार भइरहेको छ । त्यस्तै चाँदी भने सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिए ।