विकासन्युज

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा उर्जाशिल अपाङग सशक्तिकरणलाई कम्प्युटर सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पेप्सीकोलास्थित उर्जाशिल अपाङग सशक्तिकरण केन्दलाई एक थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ । यस हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले उर्जाशिल अपाङ सशक्तिकरणका अध्यक्ष कपिल वि.क.लाई एकथान कम्प्युटर हस्तान्तरण गरेका छन् । यसबाट देशमा विद्यमान शारिरीक अपाङगता भएका व्यक्तिहरुलाई पनि सूचना प्रविधिको पहुँचमा सहयोग पुग्नेछ । बैंकले ८१ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको जानकारी गराएको छ ।

रक्तदाताबाट संकलन गरिएको रगतमा एचआईभी भेटियो

काठमाडौं। १ बर्षमा रक्तदाताले बिरामीलाई दिईएको एकहजार दुईसय १० वटामा रगतको परिक्षण गर्दा एउटामा एचआईभी र अर्कोमा भिरिङ्गगी भेटिएको छ। बुधबार राष्ट्रिय हेमोभिजिलेन्स वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रमले प्रतिवेदनमा उक्त कुरा उल्लेख गरेको हो। स्याम्पल ब्लड मध्ये १२ वटा शंकास्पद भएर जाँच्दा एउटामा एचआईभी भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अन्तर्गतको रक्तसञ्चार ब्यूरो प्रमुख डा. रेखा मानन्धरले बताईन्। रक्तदाताले रगत दान गरेदेखि बिरामीमा चढाउने बेलासम्ममा अध्ययन गर्नको लागि सरकारले १ बर्ष अघी ‘हेमोभिजिलेन्स’ कार्यक्रम शुरु गरेको थियो। यस कार्यक्रमको लागि परोपकार प्रसुती गृह र नेपाल क्यान्सर अस्पताल ब्लड स्याम्पल पठाउँदै आएको कार्यक्रम संचालिका समेत रहेकी डा. रेखाले बताईन्। कार्यक्रममा रगत संकलन गरेर पठाउने परोपकार प्रसुती गृह र नेपाल क्यान्सर अस्पताललाई कदरपत्र प्रदान गरिएको थियोे।

राष्ट्रिय बीमा कम्पनी र ओम डेभलपमेण्ट बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र ओम डेभलपमेण्ट बैंक लिमिटेडबीच बुधबार एक कार्यक्रममा बीमा सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा राष्ट्रिय बीमा कम्पनीको तर्फबाट क्मपनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल र बैंकका तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले हस्ताक्षर गरेका छन् । बैंकले हालसालै मात्र बजारमा ल्याएको “सुरक्षित बचत खाता” अन्तर्गत खाता खोल्ने ग्राहकहरुका लागी यस सम्झौता अन्तर्गत जारी भएको दुर्घटना बीमा लेखले सात लाखसम्मको आर्थिक सुरक्षा प्रदान गर्ने छ । साथै, बैंकमा “सुरक्षित बचत खाता” खोल्ने ग्राहकको दुर्घटनाको कारण मृत्यु भएमा बीमाले सात लाख ग्राहकको हकवालालाई बैंक मार्फत क्षतिपूर्तिको रुपमा भुक्तानी गर्ने बैंकले जनाएको छ । सम्झौता पश्चात दुबै पक्षले बाली तथा पशुपन्छीको क्षेत्रको परनिर्भरता हटाउँदै जनतालाई समृद्ध बनाउने विश्वास लिएका छन् ।

उदयपुरको कटारीमा मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले उदयपुरको कटारीस्थित श्री माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले “आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता”भन्ने मूल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादन मूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणको लागि बीमाको प्रयोग, सफानोट सभ्यताको प्रतिक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने सम्बन्धि छलफल भएको थियो । विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुलखर्च कम गर्न सकिन्छ ? भन्ने पनि कार्यक्रमको विषय वस्तुमा समावेश गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि प्र.अ. नारायणप्रसाद अधिकारी र अतिथिमा स. प्र.अ. जितेन्द्र यादव रहेका थिए । कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । हालसम्म बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा ४५,३०० स्थानीय तथा विद्यार्थी सहभागी भैसकेका छन् ।

सेयर बजारमा छायो हरियाली, नेप्से ९ अंकले बढेर ११११ अंकमा

काठमाडौं । निरन्तर गिरावटले राताम्मे भएको बजार बुधबार भने बढेर हरियो देखिएको छ । सो दिन नेप्से ९.१२ अंकले बढेर ११११.७६ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८३ प्रतिशतले बढेको हो । परिसूचक बढेसँगै कारोबारमा आएका सबै सूचक हरिया भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ९६.१४ अंकले बढेर ५७४४ अंकमा पुगेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ६७.५६ अंक, होटल २५, माइक्रोफाइनान्स १९ र विकास बैंक १० अंकले बढेको छ । सो दिन कुल १६९ कम्पनीको २२ करोड ४६ लाख ६६ हजार १२८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी एनसीसी बैंकको एक करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल बैंकको एक करोड ३६ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एक करोड १७ लाख र एनएमबि बैंकको एक करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी हाथवे फाइनान्स कम्पनी र कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य क्रमशः ८.३३ र ८.२८ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घलेम्दी हाइड्रोका लगानीकर्ताले ६.५५ प्रतिशत गुमाएका छन् ।

आईडिपिले सुरु गर्‍यो कम्प्युटर मार्फत दिनसक्ने आईल्टिएस परिक्षा

काठमाडौं। अन्तराष्ट्रिय शिक्षण सेवा तथा आईल्टिएस परिक्षामा समेत स्वामित्व भएको आईडिपी एजुकेसनले नेपालमा आफ्नो प्रथम कम्प्युटर प्रणालिवाट संचालन गरिने आईल्टिएस परिक्षा सुरु गरेको छ । आईडिपीले कम्प्युटर प्रणालिवाट संचालन गरिने आईल्टिएस परिक्षाको केन्द्र गौशाला स्थित पशुपति भिजन कम्प्लेक्समा खोलेको छ । केन्द्रको उद्घाटन आईडिपीका लागि दक्षिण एसिया, इन्डोनेशिया र मलेशियाका आईल्टिएस अपरेसन डिरेकटर विशाल गुप्ता र – नेपालको लागि कन्ट्रि म्यानेजर अभिषेक श्रेष्ठ संयुक्त रुपमा नेपालको प्रख्यात कन्सलटेन्सीहरुका समिपमा गरेका छन् । यसै सन्दर्भमा हेड अफ आईल्टिएस अपरेसन नेपाल कविर खड्गीले भन्नुभयो – “संसारकै लोकप्रिय आईएल्टीएस अङ्ग्रेजी भाषाको परिक्षा अब उपरान्त परिक्षार्थीहरुले कम्प्युटर मार्फत दिन सक्नेछन् । यस परिक्षा केन्द्रले परिक्षार्थीहरुका सम्पूर्ण सुविधालाई ध्यानमा राखेर उच्चतम परिक्षाको अनुभव दिनेछ भन्नेमा हामी विश्वस्त छौं । ” आईडिपिले कम्प्युटर प्रणालि मार्फत संचालन गरिने आईएलटिएस परिक्षा अस्ट्रेलियामा केहि महिना अगाडि सुरुवात गरेको थियो । यस कम्प्युटर मार्फत दिईने आईएलटिएस परिक्षाको वस्तु र संरचनामा केहि पनि परिवर्तन गरिएको छैन् । साथमा मैखिक अन्तर्वाता ( स्पिकिङ टेस्ट) पहिले झै आईएलटिएसद्धारा प्रमाणित परिक्षकले व्यक्तिगत रुपमा लिने छ । यस कम्प्युटर प्रणालिबाट संचालन गरिने आईएलटिएस परिक्षामा विद्यार्थीले आफ्न उत्तरहरु सम्पादन तथा हाइलाइट पनि गर्नको साथसाथै महत्वपूर्ण प्रश्नहरुको नोट पनि गर्न सक्नेछन्। यस परिक्षा टाईपिङ्गमा दक्ष विद्यार्थीहरुको माझमा लोकप्रिय भएको छ । हालको लागि कापि र कलममा लिईदै आएको आईएलटिएस परिक्षालाई पनि निरन्तरता दिईएको छ । परिक्षार्थीहरुले कम्प्युटर प्रणलीमा आधारीत आईएलटिएस परिक्षाको ज्ञान तथा अनुभव लिन लाई साथसाथै दर्ता गर्नलाई पनि आईडिपी आईएलटिएस नेपालको वेभसाईट www.idpielts.nepal मा लगईन गर्न सक्नेछन् । नेपालको लागि कन्ट्रि म्यानेजर अभिषेक श्रेष्ठले भन्नुभयो – “आईएलटिएस परिक्षालाई अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड, आयरल्याण्ड, बेलायत तथा अमेरिका लगायतका संसारभरिका दश हजार भन्दा बढि संस्थाहरुले मान्यता दिएका छन् । यो संसारको एक मात्र परिक्षा हो जुन दुई वटै ढाँचामा – कापि र कलम र कम्प्युटर प्रणालिमा उपल्ब्ध छ । हामीले यस कम्प्युटर आईएलटिएसद्वारा विद्यार्थीहरुलाई आफ्नो परिक्षा जसरी सजिलो हुन्छ त्यसरी नै दिनसक्ने विक्लप दिएका छौं। ” आईडिपीको कम्प्युटर प्रणलीवाट दिईने आईएलटिएस को परिक्षाकेन्द्रहरु विश्व स्तरिय भई परिक्षार्थीहरुको चाहना र सरलतालाई ध्यानमा राखी बनाईएका छन्।

टीकापुर घटनामा रेशम चौधरीलाई जन्मकैदको फैसला, सांसद पद खारेज हुने

काठमाडौँ । टीकापुर हत्याकाण्डको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीसहित १२ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत कैलालीले यस्तो फैसला सुनाएको हो । घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका नेता लक्ष्मण थारुसहित १५ जनालाई आजै रिहा गर्न आदालतले आदेश दिएको छ । लक्ष्मण चौधरी, लाहुराम चौधरी लगायतलाई तीन वर्ष कैदको फैसला सुनाइएको हो । तर, उनीहरुले कैद भुक्तान गरिसकेकोले आजै रिहा गर्न आदेश भएको जिल्ला अदालतको फैसलामा उल्लेख छ । यता, टीकापुर घट्नामा दोषी ठहर भएसँगै निलम्बित सांसद रेशम चौधरीको पद खारेज हुने भएको छ । कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र डाँका चोरी मुद्दामा कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएपछि चौधरीको पद खारेज हुने भएको हो । पुर्पक्षका लागि थुनामा रहेका चौधरीले १९ पुसमा सिंहदरबारमा पुगेर सांसद पदको सपथ लिएका थिए । चौधरी फरार रहेकै अवस्थामा चुनाव लडेर कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा एक नाबालकसहित सात प्रहरीको हत्या भएको थियो । सो मुद्दामा सांसद चौधरीसहित ५८ जनालाई विपक्षी बनाई अदालतमा मुद्दा दायर गरिएको थियो ।

अर्थमन्त्री खतिवडाले गरे नेपाल ईन्फ्रास्टक्चर बैंकको औपचारिक शुभारम्भ, आजैदेखि कारोबार शुरु

काठमाडौ । नेपाल ईन्फ्रास्टक्चर बैंककोऔपचारिक शुभारम्भ भएको छ । बुधबार अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बैंकको औपचारिक शुभारम्भ गरेका हुन् । बैंकका अध्यक्ष अनुज अग्रवालको सभापतित्वमा भएको शुभारम्भ समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालको उपस्थिति थियो । सोही कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा तथा अल्पकालीन लगानीको बातावरण अन्त्य गर्न ईन्फ्रास्टक्चर बैंकले भूमिका खेल्नु पर्ने बताए । यस्तै, विषेश अतिथि गभर्नर चिरञ्जिवी नेपालले लामो अन्तरतराल र धेरै ठूलो मेहनतपछि स्थापित भएको बैंकले फरक रुपमा पूर्वाधार विकासमा काम गर्नु जरुरी रहेकोमा जोड दिए । ४० अर्ब रुपैयाँ अधिकृत पूँजी रहेको बैंकले नविकरणीय उर्जा, पर्यटन विशेष आर्थिक क्षेत्र, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधि लगायतका विकासमा अग्रणी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको बैंकका अध्यक्ष अग्रवालले बताए । बैंक शुभारम्भ कार्यक्रमलाई समापन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले आगामी दिनमा ७ वटै प्रदेशमा पुग्ने बैंकको लक्ष्य रहेको बताए । औपचारिक शुभारम्भसँगै बैंकले आजैदेखि कारोबार शुरू गरेको छ । यही माघ २८ गते नेपाल राष्ट्र बैंकले सञ्चालन अनुमति प्रदान गरेको थियो । बैंकमा नेपाल सरकारको १० प्रतिशत तथा निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली रहेका छन् । यस्तै, निर्देशक बोर्डमा चेयरम्यान अनुज अग्रवाल र निर्देशकको रुपमा चन्द्रप्रसाद ढकाल, लालमणी जोशी, नुमनाथ पौडेल, मुकुन्दप्रसाद पौडेल रहने बैंकले जनाएको छ । राजधानीस्थित कृष्ण टावरमा बैंकको केन्द्रीय कार्यालय रहने छ ।