नेपाल इन्स्योरेन्सद्वारा लघु बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लघु बिमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित उक्त कार्यक्रम कन्चनपुरको महेन्द्रनगर स्थित होटल ओपेरामा भएको हो । कार्यक्रममा कन्चनपुर जिल्लाका सम्पूर्ण लघुवित्त संस्था, सहकारी संस्था विभिन्न बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालय, बीमा कम्पनीका प्रतिनिधिहरु, प्रहरी प्रशासन लगायत स्थानिय समाजसेवीहरुको उपस्थित रहेको थियो । नेपालको पिछडिएको क्षेत्र तथा न्यून आय भएको वर्ग सम्म लघु बीमाको पहुच विस्तार गरी न्यून आय भइ, आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिमग्रस्त वर्गका ब्यक्ति तथा समुदायलाई लक्षित गरी निजहरुको जीवन तथा सम्पत्तिको सम्भावित जोखिमबाट सुरक्षा प्रदान गरी गरिबी घटाउने र लघु बीमा बारे जन चेतना जगाउने मुख्य उद्देश्यका साथ यस कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कार्यक्रमका सभापति एवम् नेपाल बीमक संघका कृष्ण न्यौपानले कार्यक्रमका उद्देश्यहरुका बारेमा जानकारी गराए भने नेपाल ईन्स्योरेन्सका चन्द्रनाथ उप्रेतीले लघु बीमाको परिचय, उद्देश्य,महत्व, प्रभावकारीता लघु बीमा प्रकार , जोखिम वहन, बीमालेख जारी लगायत दावी भुक्तानी प्रक्रियाहरुका सम्बन्धमा विस्तृत रुपमा जानकारी गराएका थिए ।
पच्चीस जिल्ला अनुगमनमा मात्र तीन निरीक्षक
बाँके । विभागको कार्यक्षेत्र तत्कालीन मध्य र सुदूरपश्चिमका २५ जिल्ला रहेको छ । तर अनुगमनका लागि दक्ष प्राविधिक जनशक्ति कार्यालय प्रमुखसहित तीन जना मात्रै रहेका छन् । विभागमा अनुगमनको मात्रै नभई मेडिकल दर्ताको जिम्मेवारी पनि रहेको छ । बाँकेको नरैनापुर गाउँपालिकामा उपचारका क्रममा दुईको मृत्यु भएपछि विभागसहित पुगेको प्रशासनको टोलीले छापा मार्दा नेपालमा दर्ता नभएका औषधि बिक्री भएको खुलेको थियो । त्यहाँ न त मेडिकल दर्ता थियो, न विभागमा दर्ता भएका औषधि नै । “उजुरी र गुनासो आएका ठाउँमा अनुगमनमा प्राथमिकता दिने गरेका छौँ । कार्यक्षेत्र ठूलो र जनशक्ति कम हुँदा सबै ठाउँमा अनुगमन गर्न सकिरहेका छैनौँ । जनशक्तिले भ्याएसम्म फार्मेसी तथा मेडिकलको अनुगमन गरिरहेको छौँ ।” औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखाका प्रमुख नीनु श्रेष्ठले भने । अनुगमन नै नहुने भएपछि मेडिकल तथा फार्मेसी मापदण्डबमोजिम छन् वा छैनन् भन्ने यकिन गर्न सकिने अवस्था छैन । जिल्ला–जिल्लामा संयुक्त बजार अनुगमन समिति छन् । गाउँ नपुगे पनि सदमुकाममा हुने अनुगमनका क्रममा पसल दर्ता छन् वा छैनन् समितिले हेरे पनि विभागमा दर्ता भएका औषधिबाहेकका औषधि बिक्रीमा छन् वा छैनन् ठम्याउन सक्ने अवस्था छैन । शाखामा मात्रै २५ जिल्लाका चार हजार बढी औषधि बिक्रेता दर्ता छन् । गाउँसम्म अनुगमन पुग्न विभागसँग जनशक्ति छैन । “नरैनापुरका प्रत्येक वडामा औषधि बिक्रेता छन्”, नरैनापुरका विनय दीक्षित भन्छन्, “अनुगमन नहुँदा उनीहरु कानूनी हुन् वा होइनन् स्थानीयवासीले कसरी ठम्याउने ?” “दर्ता पसलमा बिक्रीका लागि राखिएको औषधि जाँच मात्रै गर्नका लागि पुग्ने जनशक्ति छैन”, शाखा प्रमुख श्रेष्ठ भन्छन्, “तीन जना निरीक्षक सबै ठाउँ पुग्न सम्भव छैन ।” मेडिकल दर्ताको जिम्मेवारी पनि शाखा कार्यालमै रहेको छ । विभिन्न जिल्लाबाट आउने सेवाग्राहीलाई सेवा दिन कम्तीमा चार जना कर्मचारी कार्यालयमै रहनुपर्ने बाध्यता समेत रही आएको छ । “विभागले हेरेन भन्ने गुनासो आउँछ, हाम्रो जिम्मेवारी पनि हो, तर जनशक्ति कम हुँदा सबै ठाउँ पुग्न नसकेका हौँ”, शाखा प्रमुख श्रेष्ठले भने । सङ्घीयतापछि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहमा पनि छ । तर, सबै स्थानीय तहले अनुगमन समिति बनाएका छैनन् । बनाएका स्थानीय तहसँग पनि सबै क्षेत्रका विज्ञ उपलब्ध हुने अवस्था छैन । “स्थानीय तहले पनि फार्मेसी निरीक्षकसहितको अनुगमनको व्यवस्था गर्नुपर्छ”, उनले भने, “स्वास्थ्यको जिम्मेवारी पनि स्थानीय निकायमा छ, कम्तीमा फार्मेशी निरीक्षकको व्यवस्था हुने हो भने बेथिति छ÷छैन अनुगमन र भए नियन्त्रण गर्न सहज हुन्थ्यो ।” यस वर्ष विभागले गरेको अनुगमनमा चार मुद्दा दर्ता भइसकेका छन् । रासस
साताको पहिलो दिन प्रतितोला ५ सयले घट्यो सुन
काठमाडौं । साताको पहिलो दिन प्रतितोला ५ सय रुपैयाँले सुनको मूल्य घटेको छ । गत शुक्रबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन ५ सय रुपैयाँ घटेर ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै शुक्रबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी साताको पहिलो दिन आइतबार ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा चाँदी तोलामा १० रुपैयाँ घटेर ८ सय ४० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
लामो समय एकै ठाउँमा बस्नु धूम्रपान गर्ने जतिकै खतरनाक, लाग्न सक्छ यी राेग
काठमाडौं। हामी मध्ये धैरै जना व्यक्ति दिनहुँ आफ्नो कार्यालयमा करिब ८ देखि १० घण्टा बिताउने गछौं। कार्यालयमा मात्र नभएर घरमै बस्ने मानिसहरुको पनि सामान्य दैनिकी यहि हो। तर के तपाईलाई थाहा छ यसले कति ठूलो रोग निम्ताउन सक्छ ? लामो समयसम्म एकै ठाउँमा बस्दा यसले मोटोपनाको समस्या निम्त्याउँछ । यति मात्र नभएर यसले मुटुरोग, मधुमेह, डिप्रेशन, क्लोन क्यान्सर जस्ता विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ । विज्ञहरूले त लामो समयसम्म एकै ठाउँमा बस्नेलाई ’नयाँ धूम्रपान’ भनेर सम्बाेधन गर्न थालेका छन्। विश्व स्वास्थ्य संगठनले शारीरिक निष्क्रियतालाई मानिसको मृत्यु हुने चौथो सबैभन्दा ठूलो कारण रहेको पहिचान गरिसकेको छ। उदाहरणको लागि सामान्यता नेपालीहरुले औषत ९ घण्टा बसेर मात्र बिताउँछन्। यो कार्यालयमा मात्र नभएर टीभी हेर्दा, गाडीमा वा अन्य कुनै पनि ठाउँमा हुन सक्छ। यसमा थप सात घण्टा सुत्ने समय जोड्नुहोस्। यसको मतलब नेपालीहरु औषतमा १६ घण्टा निष्क्रिय बस्छन्। हामी सबैलाई थाहा छ कि एक निष्क्रिय जीवनशैली हाम्रो लागि खराब हो । हामी यो कति खराब छ भन्ने मात्र पनि महसुस गर्दैनौं। थाेरै समय मात्र निष्क्रिय बसेर वास्तवमै हामीहरुले आयु लम्बाउन सक्छौं तर मानिसहरुलाई याे विश्वास गर्न गाह्रो हुन्छ र उनीहरु यसलाई त्यति वास्ता पनि गर्दैनन्। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई भन्छन्, जब मानिस केही नगरी बस्न थाल्छ तब उसको शरीरमा क्यालाेरी जम्मा भई उसलाई मुटुरोग लाग्ने सम्भावना बढेर जान्छ। हिँडडुल गर्दा मानिसहरुमा तनाव कम हुने र त्यो एक प्रकारको व्यायाम पनि हुने भएकोले उसलाई केही नगरी बस्ने व्यक्तिको दाँजोमा मुटुरोग लाग्ने सम्भावना कम हुन्छ। यस्तै विभिन्न अध्ययनहरुले निष्क्रिय भएर बस्नाले शरीरमा क्यान्सर हुने सम्भावना १० प्रतिशतले बढाउने बताएको छ। राष्ट्रिय क्यान्सर संस्थानको जर्नलमा प्रकाशित एउटा अध्ययनमा आसीन व्यवहारले कोलन क्यान्सर हुने जोखिम २४ प्रतिशत, एन्डोमेट्रियल क्यान्सर हुने जोखिम ३२ प्रतिशत र फोक्सोको क्यान्सर हुने जोखिम २१% प्रतिशतले वृद्धि हुने देखाएको छ। कसले कति व्यायाम गर्ने ? विश्व स्वास्थ्य संगठनले १९ वर्षभन्दा माथिका व्यक्तिले हप्तामा कम्तिमा १५० मिनेट सामान्य व्यायाम गर्नुपर्ने बताएको छ। यसको मतलब १९ वर्षभन्दा माथिका व्यक्तिले हरेक दिन कम्तिमा पनि ३० मिनेट व्यायाम गर्नुपर्छ। यति समय व्यायामबाट उपलब्ध हुने फाइदा हाँसिल गर्न पर्याप्त हुन्छ। यद्यपि तपाई नियमित व्यायम गर्नुहुन्छ तर धेरै समय निष्क्रिय बस्नुहुन्छ भने यसले तपाईलाई व्यायामले केही पनि फाइदा गर्दैन। तपाई बसिरहेको बेला तपाईको शरीरलाई के हुन्छ ? धेरै लामो समयसम्म बस्नाले तपाईको शरीरको पाचन शक्ति कम हुनुको साथै अर्कोतर्फ रगतमा ग्लुकोजको स्तर र रक्तचाप दुबै वृद्धि हुन्छ। नियमित सानो गतिविधि जस्तै केहीबेर घुम्ने उभिने कृयाकलापहरुले हाम्रो शरीरको स्फुर्ती बढाउँछ। नियमित केही समयका यस्ता सानातिना गतिविधिहरु निकै नै प्रभावकारी हुने गरेको वैज्ञानिकहरु बताउँछन्। यस्ता गतिविधि बिना रगतमा चिनीको स्तर र रक्तचाप बढ्दै जान्छ, धमनीहरूमा क्षति पुर्याउँदै मधुमेह, हृदय रोग र स्ट्रोकको जोखिम बढाउँदछ। त्यसैले हरेक दिन सकृय रहिरहनु यस्ता घातक रोगबाट बच्नको लागि सबैभन्दा उत्तम उपाय हो। सन् १९५० को दशकमा ट्रान्सपोर्ट फर लन्डनले बस चालकहरू र कन्डक्टरहरूमा गरेका अध्ययनले धेरै समय बस्दाको खतराहरूको प्रमाण देखाएको थियो। यस अध्ययनले आफ्नो धेरै समय बसिरहने ड्राइभर र कण्डकटरहरुको दाँजोमा समयसमयमा उभिरहनेहरुमा मुटु रोग लाग्ने सम्भावना कम देखिएकाे थियाे।
सबैको लघुवित्तको बाेनस र हकप्रद शेयर पारित
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा शनिवार डुम्रे, तनहुँमा सम्पन्न भएको हो । सभाले आ.ब. २०७५।७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी रु. १६ करोड ५० लाखको १३ प्रतिशत अर्थात् २ करोड १४ लाख ५० हजार बराबरको बोनश सेयर पारित गरेको छ । बोनसपश्चात संस्थाको चुक्ता पुँजी १८ करोड ६४ लाख ५० हजार पुगेको छ । सभाले बोनश सेयर जारी पश्चात्को पुँजीको १०० प्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ । साथै, उक्त सभामा सर्वसाधारण समुहको तर्फबाट २ जना सञ्चालकहरुः श्याम प्रसाद श्रेष्ठ र गोपाल जोशी निर्विरोध निर्वाचित भएका छन् । सभाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त अन्य “घ” वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ती गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ ।
चार अनुसन्धानकर्ता ‘नबिल विज्ञान प्रविधि पुरस्कार’, प्रतिव्यक्ति १ लाख २५ हजार
काठमाडौं । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानले ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कारहरु’ ४ जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई प्रदान गरिएको छ । यो । सो पुरस्कार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा नास्टका सहकुलपति गिरीराज मणि पोखरेलले गत शुक्रबार नास्टमा आयोजित पुरस्कार वितरण समारोहमा प्रदान गरेका छन् । अनुसन्धानकर्ताहरु प्रा. डा. परशुराम मिश्र, प्रा. डा. विद्या श्रेष्ठ, डा. श्याम प्रसाद डुम्रे तथा डा. प्रतिभा पाण्डेलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ बाट पुरस्कृत गरिएको छ । कार्यक्रम पश्चात पुरस्कृत विज्ञहरुसगंको भेटमा नविल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड््यालले विज्ञान तथा प्रविधि क्षेत्र अध्ययन र अनुसन्धान गरि यस क्षेत्रकाे विकासमा योगदान पुर्याएकाे भएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकको नाममा स्थापित ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ ग्रहण गरेकाेमा आभार प्रकट गरे । उक्त पुरस्कारको राशि प्रति व्यक्ति वा संस्था १ लाख २५हजार रुपैया रहेको छ । नास्टको उक्त समारोहमा जम्मा २६ अनुसन्धानकर्ताहरुलाई विभिन्न पुरस्कारहरु प्रदान गरिएको थियो । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको संरक्षकत्वमा गठित प्रतिष्ठित बैज्ञानिक तथा प्राज्ञहरुको समुहद्वारा कृतिहरुको छनौट गरिने हुनाले नाष्टद्वारा स्थापित पुरस्कारहरु यस क्षेत्रकै प्रतिष्ठित पुरस्कार मानिन्छ ।
एनएमबी बैंकद्वारा ‘एनएमबी जीवन चक्र बचत खाता’ आरम्भ
काठमाडाै। एनएमबी बैंकले बजारमा ‘एनएमबी जीवन चक्र बचत खाता’ प्रस्तुत गरेको छ । यस खातामा नव सिर्जनशील योजनामा सात सह– योजनाहरु समावेस छन्, जसमा व्यक्तिको जन्मदेखि वृद्धावस्थासम्मका सम्पूर्ण बैंकिङ आवश्यकताहरु पूरा हुने गरी प्रस्तुत गरिएको छ । यो बैंकिङ्ग योजनाले निक्षेपकर्ताहरुको उमेर समूहका आधारमा योजनाहरू स्वचालित परिवर्तन हुने सुविधा उपलब्ध गराउँदछ । यस योजना अन्र्तगत हरेक उमेर समूहका लागि विशेष खालका सुविधाहरू उपलब्ध गरिएका छन् । जसले जीवनकालका विभिन्न समयको परिवर्र्तनसँगै विशेष समूहका ग्राहकलाई आकर्षित गराउँदछ । आकर्षक योजनाहरूका साथमा आवासीय घरहरूमा हुनसक्ने चोरीलाई समेट्ने बिमा सहितका अन्य लाभकारी फाइदाहरु यस योजनालाई जीवनको पूर्ण वित्तीय साझेदार बनाउने लक्ष्य राखेको छ । हाल एनएमबी बैंकको देशभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरसहितको सञ्जाल रहेको छ ।
दुई वर्षपछि त्रिभुवन विमानस्थलबाट वार्षिक ९० लाख यात्रु ओहोरदोहाेर गर्छन् : राजन पोखरेल
आज डिसेम्बर ७, अन्तर्राष्ट्रिय नागरिक उडड्यन दिवस । सन् १९९४ देखि विश्वभर अन्तराष्ट्रिय नागरिक उडड्यन दिवस मनाउन थालिएको छ । सञ्चार र प्रविधिमा आएको विकासले संसारलाई सानो गाउँ बनाइदिएको छ, शब्द, आवाज र दृष्यमार्फत । आफै यात्रा गरेर संसार देख्न, अनुभूति गर्न र मज्जा लिन भने हवाई उड्डयनले संसारलाई सानो गाउँ जस्तै सहज बनाईदिएको छ । नेपालमा पनि हवाई सेवाको प्रयोगकर्ता बढ्दै गएका छन् । साथै, हवाई सेवा विस्तार, सुरक्षा र गुणस्तरको बारेमा पनि सर्बसाधारणको चासोको विषय बन्दै गएको छ । यस क्षेत्रको मुख्य सेवा प्रदायक र नियामक दुबै भूमिकामा रहेको नागरिक उड्डयन प्राधिकरणले के कस्तो काम गर्दै छ ? प्रस्तुत छ यहि विषयमा केन्द्रीत विकासन्युजका लागि सन्ताेष राेकायाले नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसँग गरेको विकास वहस । करिब तीन दशकदेखि नागरिक उडड्यनको क्षेत्रमा काम गरिरहनु भएको छ । नागरिक उडड्यन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी समालेको पनि ५ महिना भइसकेको छ । तपाईको नेतृत्वमा हाल के के काम भईरहेका छन् ? नागरिक उडड्यन क्षेत्र भनेको निरन्तर सुधार गर्दै जाने कुरा हो । मैले छुट्टै केही ल्याएर ठ्याक्कै देखाउने कुरा भन्दा पनि हामीले अन्तर्राष्ट्रिय नागरिक उडड्यन कुन तरिकाले गइरहेको छ, त्यो लाइनमा हामी जानु पर्ने हो । सन् १९९८ मा उडड्यन प्राधिकरण स्थापना भयो । २० वर्षको अवधिमा हवाई क्षेत्रमा धेरै परिवर्तन भइसकेको छ । हामी नियामक पनि हौं । एयर ट्राफिक सेवा पनि प्रदान गर्छौं । एयरपोर्ट पनि चलाउँछौ र बनाउँछौं पनि । त्यसैले यो सबै काम गर्ने भन्दा पनि नियामकले नियामक मात्र भएर बस्नुपर्छ, सेवा प्रदायकले सेवा प्रदान गर्नुपर्छ भनेर यस संस्थालाई दुईटा बनाउने तयारीमा छौं । सोही बमोजिम एउटा नागरिक उडड्यन प्राधिकरण ऐन र अर्को हवाई सेवा प्राधिकरण ऐनको मस्र्यौदा तयार गरेर मन्त्रालयमा पठाइसकेका छौं । त्यो ऐनको रुपमा आईसकेपछि अहिलेको एउटा संस्था अन्तराष्ट्रिय मापदण्ड अनुसार दुई वटा बन्छ । दोस्रो कुरा हामीले विमानस्थल सञ्चालनमा पनि नयाँ मोडालिटीमा जानुपर्छ भन्ने अवधारणा ल्यायौं । जस्तै अहिले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा छ । यसलाई यथास्थितिमा सञ्चालन गर्ने भन्दा पनि अन्तराष्ट्रिय ख्याती प्राप्त संस्थालाई आवद्ध गराएर अथवा उनीहरुलाई लामो समयसम्म भाडामा दिएर सञ्चालन गर्ने भन्ने कन्सेप्ट हामीले ल्यायौं । सोही बमोजिम नेपाल सरकारसमक्ष प्रपोजल दिएर हामीले जर्मनको म्युनिक एयरपोर्टसँग सहकार्य गरी विमानस्थल सञ्चालन गर्ने भन्ने निर्णय भएको छ । सोही बमोजिम म्युनिक एयरपोर्टसँग हाम्रो वार्ता अगाडि बढिरहेको छ । अर्को हामीले नागरिक उडड्यन तालिम संस्था स्थापना गरेर नयाँ अवधारणामा जानेकी भन्ने सोचिरहेका छौं । अहिले प्राधिकरणले सञ्चालन तालिम विभागलाई ट्रेनिङ इन्स्टिच्यूटको रुपमा लैजाने, त्यसमा अरु स्टेकहोल्डरलाई पनि सहभागि गराउने र हवाई क्षेत्रमा आवश्यक पाइलटदेखि सबै प्रकारको जनशक्ति तयार गर्न काम गर्ने सोचका साथ अगाडि बढेका छौं । त्यस्तै, विभिन्न ठाउँमा विमानस्थल निर्माणदेखि स्तरवृद्धिसम्म काम भईरहेको छ । पोखरा एयरपोर्ट पनि दुर्त गतिमा निर्माण भइरहेको छ । त्रिभुवन विमानस्थलको पनि अवस्था जिर्ण थियो । त्यसको पनि स्तरोन्नती गरिरहेका छौं । त्यसको पुर्नउद्धार गरेपछि रनवेमा चिरा पर्यो, पानी आयो भन्ने गुनासा आएका छैनन् । यहि डिसेम्बर भित्रै हामी रनवे र ट्याक्सीवेको निर्माण सम्पन्न गर्दैछौं । अहिले जसरी जहाज आकाशमा होल्डिङ भइरहेको अवस्था छ, स्तरवृद्धिसँगै त्यसमा सुधार हुन्छ । हवाई कुटनीतिमा पनि धेरै देशसँग समझदारी भएको छ । यसले पनि अन्तराष्ट्रिय हवाई सेवामा सहजिकरण गरेको छ । म्यानमारसँगको रुट बन्द हुने अवस्था थियो उनीहरुसँग वार्ता भएर फेरी त्यो सुचारु भएको छ । हाम्रो हवाई सेवा उडानको क्षेत्रमा राम्रो सुधार भएको छ । यूरोपियन यूनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचिमा राखेको धेरै वर्ष भयो । यसलाई हटाउन के कस्ता प्रक्रियाहरु भइरहेका छन् ? उनीहरुमा नेपालमा धेरै हवाई दुर्घटना हुन्छ, नेपालमा हवाई सेवा प्रदायक संस्था पनि एउटै छ, नियामक निकाय पनि एउटै छ भन्ने परेको छ । हामीले ती धेरै जसो कुराहरु सुधार गरिसकेका छौं । नेपालका हवाई दुर्घटना दर पनि धेरै घटाइसकेका छौं । दुर्घटना रोकिन्छ भनेर ग्यारेन्टी गर्न सक्दैनौं । दुर्घटना कसैले पनि रोक्न सक्दैन तर न्युन गर्न सकिन्छ । यसमा एयरलाइन्स अपरेटरहरुको पनि उतिकै भूमिका छ । त्यसैले यो प्रतिबन्ध खोल्नका लागि समय समयमा वार्ताहरु भइरहेका छन् । आशा गरौं यो छिट्टै नै खोलिन्छ । पहिले नेपालमा विमान असुरक्षित मानिन्थ्यो । पछिल्लो समयमा हेलिकप्टरको पनि दुर्घटना बढ्न थालेका छन्, यसको कारण के होला ? हो, वास्तवमा त्यो बढेको हो । अन्तर्राष्ट्रिय नागरिक उडड्यनको सन्दर्भमा हेर्दा हेलिकप्टर र हवाई जहाज दुर्घटना फरक मानिन्छ । हेलिकप्टर आफैमा कम्प्लेक्स सिस्टम हो । अन्तराष्ट्रिय स्तरमा यसको दुर्घटना एकदमै उच्च छ । तर विदेशमा भन्दा पनि नेपालका दुर्घटना उच्च छ । हाम्रो जुन भौगोलिक अवस्था छ यसमा पनि भर पर्ने कुरा हो । धेरै ठूला पहाडहरुमा गएर रेस्क्यु गर्नुपर्ने अवस्था छ । यति ठूला पहाडहरु अन्य देशमा छैनन् । हाम्रा संरचनाहरु नै जोखिमपूर्ण छन् । तर हामीले सञ्चालन त गर्नु पर्यो । उहाँहरुको अड्केको कुरा हवाई सेवा प्रदायक र नियामक एउटै संस्था हुनु भएन भन्ने हो । त्यसतर्फ हामी अगाडि बढि नै रहेका छौं । प्राधिकरणलाई नियामक र सेवाप्रदाय अलग अलग बनाउन कति समय लाग्छ ? अलग अलग संस्था बन्दा अहिलेको क्यानको जनशक्ति र भौतिक संरचना बाँडिन्छ वा छुट्टै जनशक्ति तयार हुन्छ ? यसको ऐन क्याविनेटमा गएको छ । यो छिट्टै होला भन्ने हामी अपेक्षा गरौं । यसलाई छुट्याउन हामीलाई त्यति समस्या हुँदैन । एउटै संस्थाबाट प्राधिकरण र सेवा प्रदायक संस्था सिर्जना गर्दा पछि दुई संस्थाबीच शक्तिको द्वन्द्व हुने अवस्था हुन्छ नि ? यिनी दुई संस्थाको काम आ-आफ्नो हुन्छ । प्राधिकरणले नियमन गर्छ भने सेवा प्रदायक संस्थाले विमानस्थलको व्यवस्थापन गर्ने, विमानस्थलको सञ्चालन गर्ने लगायतका अन्य सेवा प्रदायक कार्यहरु गर्नेछ । दुवै निकायले ऐन बमोजिम नै काम गर्नु पर्ने हुन्छ । आ-आफ्नो अधिकार प्रयोग गर्ने हो । यसमा कुनै शक्तिको द्वन्द्व हुँदैन । अहिले सुरुमा हामीले कर्मचारीहरुलाई पनि सन्तुष्ट पार्नै पर्छ । यो क्रमिक रुपमा हुने कुरा हो । कर्मचारीले पनि कसरी जानुपर्छ भनेर बुझि सकेका छन् । उहाँहरुलाई पनि विकल्प छ । उहाँहरु आफ्नो योग्यता क्षमता अनुसार जता पनि बस्न सक्नुहुन्छ । त्यसैले हामीले यो बाटो रोजेका हौं । अब नेपाल भ्रमण वर्ष २०२० पनि सुुरु हुँदैछ । नेपाल आउने पर्यटकको लागि एउटा मात्र सुविधा छ हवाई जहाजमा यात्रा गर्नु । यो अवस्थामा विदेशी पर्यटकलाई प्रोत्साहित गर्न तथा नेपालसँगको कनेक्टीभिटी बढाउन के कस्ता प्रयास भइरहेका छन् ? हामीले हाम्रो भौतिक पूर्वाधारहरुको क्षमता वृद्धि गर्ने हो । हामी एयरपोर्टको पनि सञ्चालक भएको नाताले उडान गर्नका लागि आउने डिमाण्ड छ त्यसलाई सहजिकरण गर्ने काम पनि हाम्रो हो । हामीले हाम्रो विमानस्थलको भौतिक संरचना सुधारतफै धेरै काम गरिरहेका छौं । हामीले गुरुयोजना नै बनाएर अगाडि बढाइरहेका छौं । अन्तराष्ट्रिय उडानतर्फ जहाज पार्किङ विस्तार गरेका छौं । त्यस्तै हामीले टर्मिनलको पनि विस्तार गरेका छौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हाम्रो सीमित क्षेत्र छ । हामी त्यहाँ धेरै गर्न सक्दैनौं । त्यो सीमित जग्गामा मात्र सकेजति भौतिक संरचना बनाउने हो । धेरै काम सम्पन्न हुने अवस्थामा छन् । यो अवस्थामा हामीले धेरै विमानस्थल सुधार गरेका छौं । पश्चिममा धनगढीदेखि पूर्वमा चन्द्रगढीसम्मका विमानस्थलमा स्तरोन्नती गर्ने काम गरेका छौं । यसले हवाई सेवाको सुनिश्चितता वृद्धि हुन्छ । नेकोन एयर, विवि एयर, फ्लाई यति, बुद्ध लगायत नेपालका निजी क्षेत्रका हवाई सेवा प्रदायक विदेश गए, तर असफल भए । हिमालय एयरले पनि राम्रो गर्न सकेको छैन । नेपाली एयरलाईन्सले अन्तराष्ट्रिय बजारमा किन प्रतिस्पर्धा गर्न सकेनन् ? हवाई सेवा भनेको प्रतिस्पर्धाको विजनेस हो । विश्वका ठूला–ठूला र चर्चित हवाई कम्पनी पनि बन्द भएका छन् । जस्तै जेट एयरवेयजकै कुरा गरौं, त्यो भन्दा पहिला किङफिसर पनि बन्द भयो । अहिले एयर ईण्डियालाई पनि भारत सरकारले बिक्रीमा राखेको छ । त्यो दुई पटक प्रयास गर्दा पनि बिक्री हुन सकेको छैन । जति अन्तर्राष्ट्रिय कनेक्टीभिटी राम्रो भएको हवाई कम्पनीहरु पनि बन्द भएका छन् । नेपाल वायुसेवा निगमको जम्मा चारवटा जहाज छ । हिमाल एयरलाइन्सको तीन वटा छ । उहाँहरुको विदेशी कम्पनीहरुसँग व्यापारीक साझेदारी छैन । त्यसैले उहाँहरुको लागि पनि बजार विस्तार गर्न सजिलो छैन । नेपाली एयरलाइन्सहरुलाई गाह्रो छ । हाम्रो इन्धनको मूल्य बढी छ । अरु देशको तुलनामा हाम्रो देशको इन्धनको मूल्य ४० प्रतिशतले बढी छ । ३० प्रतिशतभन्दा बढी सञ्चालन खर्च इन्धनले ओगटेको हुन्छ । यी सबै कारणले हाम्रा एयरलाइन्सहरुलाई गाह्रो छ । तर पनि उनीहरु सञ्चालनमा छन् । नेपालमा स्थापना गरिएका धेरै एयरलाइन्सहरु चल्न नसकेर बन्द भएको अवस्था छ । एयरलाइन्स खोल्ने तर फेरी बन्द हुने अवस्था किन आयो ? एयरलाइन्सलाई कसरी दिगो गर्ने भन्ने कुरामा हामी कहाँ समस्या पक्कै छ । सरकारको तर्फबाट कतिपय सुविधाहरु दिन पनि सकिएको छैन । विदेशमा एयरलान्सहरुलाई करमा छुट, कस्टम ड्यूटीमा छुट दिएको पाइन्छ, त्यो हामी कहाँ छैन । त्यो सँगै हाम्रोमा सञ्चालन खर्च धेरै महँगो छ । हवाईका पाटपूर्जादेखि मर्मत सम्भारका कामहरु पनि विदेश मै गर्नुपर्छ । यी विविध कारणले वायुसेवा कम्पनीलाई महँगो लागतमा सेवा सञ्चालन गर्नु पर्ने अवस्था छ । त्यहि भएर पनि उनीहरु घाटामा जाने गरेका छन् । अन्तराष्ट्रिय ख्याती प्राप्त कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नु पर्ने अर्को समस्या छ । विश्वका धेरै देशमा मार्केटिङ साझेदारी भएको, कनेक्टीभिटी व्यापक भएको कम्पनीहरुसँग नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नुपर्ने कारणले पनि यो अवस्था आएको हो । पछिल्ला वर्षहरुमा नेपाली हवाई क्षेत्रको बजार विस्तार कतिको छ ? पछिल्लो अवस्थामा हवाई कम्पनीहरुले विभिन्न ठाउँमा उडान पनि थपिरहेका छन् । सबैले धेरै राम्रा जहाज भित्र्याएका छन् । यसले पनि हवाई क्षेत्रका विविध गतिविधिहरु बढिरहेको देखाउँछ । हामीले सन् २०१७/०१८ को तथ्याङ्क हेर्ने हो भने डोमेस्टिकतर्फ करिब १५ प्रतिशत ट्राफिक ग्रोथ छ, प्यासेन्जर ग्रोथ छ । अन्तराष्ट्रियतर्फ १२ प्रतिशत ग्रोथ छ । यो उच्च वृद्धिदर हो । विश्वव्यापी रुपमा ७/८ प्रतिशतको बीचमा ग्रोथ भएको पाईन्छ । त्यसले गर्दा हाम्रो बजार विस्तार उल्लेखनिय रुपमा छ । यो वृद्धिलाई धान्नका लागि हामीले समयमै केही निर्णय गर्नु पर्ने हुन्छ । गत वर्ष त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुईतर्फी ७२ लाख यात्रुले यात्रा गरे । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको क्षमता भनेको ९० लाख हो । २०२१ भित्रै यहि वृद्धिदर कायम रह्यो भने ९० लाख नाघ्छ । तपाईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ९० लाख क्षमता हो, ७२ लाखले यात्रा गरे भन्नुभयो । थप १८ लाख मानिस ओहोरदोहोर गर्ने ठाउँ बाँकी नै रहेछ तर आकाशमा हवाई जाम किन हुन्छ ? त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मौसमको कारणले गर्दाखेरि विमान उडानमा ढिला भईराखेको हुन्छ । बिहान ७ बजे उड्नु पर्ने जहाज ९ बजे उड्नु पर्ने अवस्था आएपछि दिनभर नै ट्राफिक पक्कै हुन्छ । दोस्रो कुरा, हाम्रोमा रनवे ट्याक्सीवेको मर्मत सम्भारको काम भइरहेको थियो । ट्याक्सीवेबाट रनवेमा जानुपर्ने जहाज रनवेभित्रै छिरेर रनवेमै गुडिराख्नु पर्ने भएका कारणले उसले धेरै समय ओगट्यो । बढीमा २ मिनेट ओगट्नु पर्ने रनवे ४ मिनेट लाग्न गयो । यसले गर्दा जहाज होल्ड हुनु पर्ने अवस्था आयो । अहिले ट्राफिक ग्रोथ हाई छ । पार्किङको काम भइरहेको छ । समयमै जहाजले पार्किङमा आउन पाएन । यसले गर्दा जहाज आकाशमै होल्ड गर्नु पर्ने अवस्था रह्यो । विस्तार कार्य सकिएपछि यस्तो समस्या रहदैन । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने भनिएको छ । हामीमा हवाई ट्राफिकको समस्या छ । त्यो समयमा यो समस्यालाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? त्यतिसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मत सम्भार भइरहेका संरचनाहरुको निर्माण गरी सकिन्छ । यसले केही हदसम्म सजिलो बनाउन मद्दत गर्छ तर पुरा समाधान यो चाहिँ होइन । पुरा समाधान भनेकोे हाम्रो निजगढ बनाउनु पर्छ, जुन धेरै ढिलो भइसकेको छ । हामी दुई दशकदेखि कुरा गरिरहेका छौं । यद्यपी यसतर्फ उल्लेखनिय काम हुन सकिरहेको छैन । भ्रमण वर्ष २०२० मा विदेशी पर्यटकहरु नेपाल भित्र्याउन हवाईको क्षेत्रमा उनीहरुलाई केही छुट तथा स्किमहरु प्रदान गरिएका छन् की छैनन् ? हामीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा छुट दिनु पर्ने जस्तो अवस्था लाग्दैन । हामीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको बेलामा खास अवधिसम्म केही छुट दिने केही स्किमहरु नेपाल सरकार समक्ष प्रस्ताव गरेका छौं । नेपाल सरकारले एउटा कार्यदल गठन गरेर एयरलाइन्सबाट केही छुट दिन सकिन्छ की भनेर कुरा भइरहेको छ । त्यसबारे उहाँहरुले अध्ययन गरिरहनु भएको छ । तर मेरो विचारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकर्षित गर्नको लागि भन्दा पनि भैरहवामा आकर्षित गर्न आवश्यक छ जस्तो लाग्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त हामी ट्राफिक बढी भएर आजित छौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा विकास गर्ने भनिएको छ, यसको प्रक्रिया के भइरहेको छ ? त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जुन भवन छ त्यो आफैमा बुटिक खालको छ । त्यसभित्र अलिकति नेपालीपन, नेपालको मौलिकता झल्किने गरी बनाउने काम भइरहेको छ । अहिले विभिन्न मूर्ति राख्ने, पेन्टिङ गर्ने काम भइरहेको छ । केही काम मात्र बाँकी छ, यसको धेरै काम भइसकेको छ । राष्ट्रिय गौरवका आयोजनाका रुपमा लिइएका तीन अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण प्रक्रिया के कस्तो भइरहेको छ ? गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ८५ प्रतिशत पुगिसकेको अवस्था छ । अब दुई तीन महिनाभित्रै सबै इक्विमेन्ट इन्स्टल हुन्छ । यदि यहि गतिमा काकम भयो भने मार्चसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विमानस्थल तयार भइसकेपछि त्यसको प्रमाणिकरण गर्नुपर्ने हुन्छ । अपरेसन टेष्ट गर्नु पर्ने हुन्छ । ती सबै काम सम्पन्न गरिसकेपछि हामी टेष्ट ल्याण्डिङ गर्छौं । दोस्रो, पोखरा विमानस्थलको २०२१ को जुनमा सम्पन्न हुने लक्ष्य हो । २०२० को डिसेम्बरमै सम्पन्न हुने हिसावले काम भइरहेको छ । निजगढ विमानस्थल बनाउन जर्मनको ज्युरिक विमानस्थलले इच्छा व्यक्त गरेको छ । त्यसतर्फ लगानी बोर्डले काम गरिरहेको छ ।