जसले तपाईंको वाहनलाई दुर्घटना हुनबाट जोगाउँछ, जानौं ‘एबीएस’ को नालीवेली
चाहे कार होस् या बाइक, जो पनि आफ्नो वाहनलाई पुरै रफ्तारमा चलाउन मनपराउँछन् । तर वास्तवमा भन्ने हो भने संसारभर हुने धेरैजसो दुर्घटनाको प्रमुख कारणमा ‘तीव्र गती’लाई पहिलो नम्वरमा पाइएको छ । तीव्र गतिमा रहेको वाहनलाई अचानक रोक्नु परेको खण्डमा वाहन चालकको नियन्त्रण बाट बाहिर जान्छ र दुर्घटना हुने गर्दछ । विज्ञहरु भन्ने गर्छन् कि ब्रेकमा पूरा काबु पाउने हो भने ९९ प्रतिशत सम्भावित दुर्घटनालाई अवश्य रोक्न सकिन्छ । तपाईंको मनमा एउटा प्रश्न उठ्न सक्छ, के हामीसित कुनै त्यस्तो प्रविधि छ्रैन, जसले दुर्घटना हुन नदिओस् ? पक्कै छ र त्यसको जवाफ हो ‘एबीएस’ । ‘एबीएस’ अर्थात् ‘एन्टी लक ब्रेकिङ्ग सिस्टम’ एउटा त्यस्तो अटोमोवाइल सेफ्टी सिस्टम हो जसले वाहनको ब्रेकिङ्गलाई एकदमै सुरक्षित बनाउँछ । एबीएसमा अलग कम्पोनेन्टहरु हुन्छन् जसले एउटा सिङ्गो सिस्टमले जसरी नै काम गर्दछन् । ती विभिन्नमध्येको एउटा कम्पोनेन्ट ‘स्पिड सेन्सर’ ले चक्काको स्पिडको निरन्तर निगरानी गर्दछ र त्यो डाटालाई‘सेन्सर कन्ट्रोलर डिभाइस’ नामक अर्को कम्पोनेन्टमा पठाउँछ । उक्त डाटाबाट सेन्सर कन्ट्रोलर डिभाइसले स्पिडमा अचानक कमी आएको कुरा पत्ता लगाउँछ । डिस्कमा ब्रेकिङ्ग प्रेसर धेरै पर्न गयो भने चक्का लक हुने सम्भावना हुन्छ । तब आउँछ भल्भको काम । भल्भले ब्रेकिङ्ग प्रेसरलाई कन्ट्रोल गर्ने काम गर्दछ । डिस्कमा धेरै ब्रेकिङ्ग प्रेसर पर्न गएको वेला भल्भले त्यो प्रेसरलाई रिलिज गरिदिन्छ जसको कारण प्रेसर कम हुन जान्छ र पुनः ब्रेकिङ्ग प्रेसरलाई यथावत् राखिदिन्छ । यो प्रक्रियालाई भल्भले एक सेकेण्ड मा २० पटक सम्मदोहोर्याउँछ जसले गर्दा चक्का लक हुन नपाइ ब्रेक चाहेजसरी नै लाग्दछ र चालकले वाहनलाई सुरक्षित ढंगले नियन्त्रणमा लिन सक्दछ । वास्तवमै ‘एबीएस’ कुनैपनि वाहनका लागि अत्यावश्यक फिचर हो । त्यसैले नै हवाईजहाजबाट शुरु गरिएको यो प्रविधि कार मा हुँदै हिजोआज धेरैजसो मोटरसाइकलहरुमा पनि समावेस रहेको पाउन सकिन्छ ।
हेटौंडाको बसामाडीमा सिप्रदी ट्रेडिङको थ्रीएस वर्कशप संचालनमा
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले हेटौंडाको बसामाडीमा थ्रीएस वर्कशप संचालनमा ल्याएको छ । सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.रा. तथा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गिरिश वागले संयुक्त रूपमा सो वर्कशपको उद्घाटन गरेका हुन् । उक्तसमारोहमा टाटा मोटर्सको कमर्सियल भेइकल अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रा, सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, सिप्रदी कम्पनीजका प्रमुख कार्यसंचालन अधिकृत राजेशप्रसाद गिरी, सिप्रदी कम्पनीका उपाध्यक्षसौरभराज थपलियाका साथै सिप्रदीका कर्मचारीहरू र ग्राहकहरूको पनि उपस्थिति थियो । उक्त कार्यक्रममा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गिरिश वागले टाटा मोटर्सले बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) लाई ठूलो प्राथमिकता दिने जनाउँदै सर्भिस सेन्टर संजाल थप बिस्तार गरिएको प्रति खुसी व्यक्त गरेका छन् । उनले अटोमोबाइल इन्डष्ट्रीजको भविष्य भनेको नै ग्राहकको खुसी भएकोप्रति जोड दिएका छन् । सोही समारोहमा बोल्दै सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले निरन्तर सहयोगका लागि ग्राहकहरू, कर्मचारीहरू तथा टाटा मोटर्सप्रति आभार व्यक्त गरेका छन् ।
सुदूरपश्चिमलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने माग राख्दै रावललाई सात किलाेकाे माला
काठमाडाैं । सुदूरपश्चिमलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने माग राख्दै नेकपा सुदूरपश्चिमका इन्चार्ज तथा पूर्व रक्षा मन्त्री भिम रावललाई सात किलाेकाे माला लगाइएकाे छ । कैलाली उद्योग वाणिज्य संघले विगत १३ वर्षदेखि आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको उद्घाटन कार्यक्रममा नेता रावललाई सात किलाेकाे माला लगाएकाे हाे । संघले सात किलोको माला लगाउँदै रावलसमक्ष सात बुँदे माग समेत पेश गरेको छ। सातबुँदे माग पत्रमा उद्योग वाणिज्य संघले महोत्सव प्रदर्शनी स्थल निर्माण गर्नुपर्ने, सेती प्रादेशिक अस्पताललाई क्षेत्रिय अस्पतालको रुपमा विकास गरिनुपर्ने र धनगढीको गेटा विमानस्थललाई क्षेत्रिय विमानस्थलको रुपमा विकास गर्दै वैकल्पीक अन्तर्राष्टिय विमानस्थलको रुपमा विकास गर्नुपर्ने उल्लेख गरेकाे छ । यस्तै सुदूरपश्चिममा उद्योग स्थापना प्रोत्साहन स्वरुप दश वर्ष सम्म कर रहित क्षेत्र घोषणा गर्नु पर्ने, गौरिफन्टा नाकालाई अन्तर्राष्टिय नाकाको रुपमा विकास गरि सुदूरपश्चिम प्रदेशलाई चिनसंग जोड्ने नाका खुलाउनु पर्ने र प्रदेश स्तरीय पर्यटन केन्द्रको स्थापनाका लागि धार्मिक पर्यटनको साथै खप्तड,शुक्लाफाँटा, घोडाघोडी जस्ता पर्यटकिय क्षेत्रमा पुर्वाधारको विकास गरिनु पर्ने सात बुँदे माग राखेको छ।
नेपाल मेडिसिटीद्धारा मिथिलाका १०० भन्दा बढी महिलाको पाठेघरको जाँच सम्पन्न
जनकपुर । जनकपुरमा आयोजना गरिएको वाउ फेस्टिभलको मेडिकल पार्टनरका रुपमा नेपाल मेडिसिटी अस्पतालको मेडिकल टोलीले मिथिलाका महिलाहरुको पाठेघरको जाँच गरेका छन् । मंसिर २० र २१ मा आयोजना गरिएको वाउ अर्थात विश्वका महिलाहरु नाम दिइएको फेस्टिभलमा स्वास्थ्य संगै विभिन्न विधामा अन्तरक्रिया, विचार गोष्ठि, सडक नाटक समेत प्रस्तुत गरिएको थियो । नेपाल मेडिसिटीको मोबाइल क्लिनिक सहितको चिकित्सकिय टोलीले महिलाहरुलाई स्तन क्यान्सर, पाठेघर तथाआंग खस्ने समस्या, र पाठेघरको मुखको क्यान्सर बारे मैथिली भाषामा जनचेतना मूलक समाग्री प्रस्तुत गरेका छन् । करिब १०० महिलाहरुको पाठेघरको मुखजाँच गरी क्यान्सरको लक्षण रहेको या नरहेको भन्ने बारे परिक्षण गरिएकोमा केहिमा क्यान्सरको सम्भावना देखिएको मेडिकल टिमको प्रतिक्रिया रहेको छ । नजिकको अस्पतालमा थप जाँचका लागि परामर्श गरिएको नेपाल मेडिसिटी अस्पतालको स्त्री तथा प्रसुति रोग विभागकि डा. यास्मिन पर्वीनले बताएका छन् । उनकाअनुसार आफ्नो स्वास्थ्यकाबारेमा महिलाहरु पहिलेभन्दा धेरै सजग रहेको र जाँचको लागी राम्रो संख्यामा उपस्थित भएका छन् । नेपाल मेडिसिटी अस्पतालले देशका विभिन्न स्थानमा स्वास्थ्य सम्बन्धि जनचेतना अभिवृद्धि गर्दै निःशुल्क परामर्श शिविरहरुको आयोजना गर्दै आएको छ । विभिन्न स्थानिय निकाय तथा अन्य संस्था एवं स्थानियहरुसँगको सहकार्यमा यस किसिमकाे शिविर आयोजना गर्दै जाने इच्छा राखेको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताएका छन् ।
चितवनको पिठुवामा सनराइज बैंकको ४०औं शाखारहित बैंकिङ्ग सेवा
काठमाडौं । सनराइज बैंक लिमिटेडले चितवन जिल्लाको पिठुवामा ४०औं शाखारहित बैंकिङ्ग सेवा संचालमा ल्याएको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ उक्त स्थानमा बैंकिङ्ग सेवाको सुरुवात गरेको हो । उक्त शाखाको उद्घाटन रत्ननगर नगरपालिकाको अध्यक्ष हरि कुमार श्रेष्ठ र बैंकको प्रादेशिक कार्यालय ३ का सदस्य अचुत जङ्ग श्रेष्ठले गरेका हुन् । सो समारोहमा अचुत जङ्ग श्रेष्ठले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि नारायण कुमारलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका हुन् । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । हालसम्म बैंकले १२६ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा एटिएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
मदिराको अन्तः शुल्क घटेपछि अबको मिसन सिमेन्ट र स्टिल उद्योग, बजार अझ सस्तो हुने
काठमाडौं । सरकारले मदिरामा लगाएको अन्तः शुल्क घटाएपछि अब सिमेन्ट र स्टिल उद्योगमा लाग्दै आएको अन्तशुल्क समेत घटाउने भएको छ । पछिल्लो समय सिमेन्टका साथै स्टिल उद्योग समेत अप्ठ्यारोमा पर्न लागेपछि सरकारले यी उत्पादनको अन्तःशुल्क घटाउने तयारी गरेको हो । सरकारले नयाँ लगानीकर्तालाई लगानी गर्न आकर्षण गर्न तथा स्वदेशी उत्पादनलाई राहत दिएर प्रतिस्पर्धी बनाइ उपभोक्तालाई कम मूल्यमा यस्ता वस्तु उपलब्ध गराउन अन्तः शुल्क घटाउने छलफल अघि बढाएको अर्थ मन्त्रालयले बताएको छ । केही समयअघि सरकारले अन्तःशुल्क बढाएका कारण मदिरा व्यवसाय धरासायी भएको गुनासो आएको र राजस्व संकलनमा समेत कमी आएका कारण मदिरामा लाग्दै आएको अन्तः शुल्क घटाएको थियो । अहिले सिमेन्ट र स्टिल उद्योगमा लाग्दै आएको अन्तः शुल्क पनि घटाउने तयारी थालेको हो । अर्थ मन्त्रालयले घट्दो बजारलाई मध्येनजर गर्दै बढ्दो मूल्यका कारण मर्महात भएका उपभोक्तालाई राहत दिन अन्तः शुल्कको दरमा केही कमी गर्ने विषयमा छलफल उठाएको हो । अन्तः शुल्क घटाएर खबौ लगानी गरेका उद्योगीलाई सरकारले राहत दिने सोच राम्रो भए पनि व्यवसायीले भने व्यवसाय फस्टाउन देशमा ठूला परियोजना बन्नु पर्ने बताए । नेपाल रोलिङ मिल एसोसिएनका पूर्व अध्यक्ष धु्रव श्रेष्ठले पछिल्लो समय स्टिलको मूल्य घटेपनि ठूला नयाँ परियोजना नआउँदा व्यवसाय धरासायी बन्न पुगेको बताए । ‘अन्तः शुल्क मात्रै घटाएर हुँदैन’ उनले भने ‘निर्माण कार्यलाई तीव्रता दिने खालका नीति नियमहरू सरकारले बनाइ दिनुपर्छ । अहिले नेपालमा बार्षिक १२ लाख टन रड उत्पादन हुँदै आएको छ । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले २/३ वर्षयता देशमा ठूला उद्योग नभित्रिएकाले नयाँ उद्योगलाई भित्र्याउने राहत प्याकेजको रुपमा अन्तः शुल्क घटाउने तयारी गरेको हुन सक्ने बताए । अहिले नेपालमा ६१ वटा सिमेन्ट उद्योगले करिब १ करोड ५० लाख टन सिमेन्ट उत्पादन गरिरहेका छन् । अबको दुई वर्षमा यो उत्पादन बढेर डब्बल हुन्छ । ‘हामीले सरकारलाई बारम्बार नेपालमा सिमेन्टको उत्पादन लागत बढी भयो घटाउने प्याकेज दिनुपर्यो भनेर घच्घच्याइ रहेका छौं,’ उनले भने ‘उत्पादन लागत घटाउन सरकारकातर्फबाट राहत प्याकेजको रुपमा अन्तः शुल्क घटाउन लागिएको होला ।’ सरकारले सबै उत्पादित वस्तुको उत्पादन लागत घटाउन अध्ययन समेत गरिरहेको छ । सरकारले हाल प्रतिटन स्टिलमा एक हजार ६ सय ५० रुपैयाँ र सिमेन्टमा प्रतिटन एक सय ६० रुपैयाँ अन्तशुल्क लगाउँदै आएको छ । अब कति घटाउने भन्ने विषयको निर्णय भने हुन वाँकी रहेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । कर कम लागेपछि सिमेन्ट र स्टिलको हालको मूल्यमा कमी आउने छ । यसको लाभ प्रत्यक्ष रुपमा उपभोक्ताले पाउने छन् ।
व्यक्तिगत विवेकबाट नभई विधिबाट मन्त्रालय चल्नेछः कृषिमन्त्री भूषाल
काठमाडौं । मन्त्रालय व्यक्तिगत विवेकबाट नभई विधिगत ढंगले चल्ने नवनियुक्त कृषिमन्त्री घनश्याम भूषालले बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकारसँग भएको छोटो भेटघाट कार्यक्रममा बोल्दै आगामी दिनमा मन्त्रालयले सबै स्थानिय तहसँग समन्वय बनाएर तथ्यांक एवंम नितिगत शैलीबाट अगाडी बढ्ने जानकारी दिए । उनले भने ‘यस क्षेत्रमा अझै धेरै कुरा बुझ्न बाँकी रहेको छ, हाल मैले मन्त्रालयको प्रशासनलाई पून व्यवस्थापन गर्ने निर्णयसँगै सेवालाई दूतशैली अगाडी बढाउने छ ।’ कृषि क्षेत्रमा देखिएका समस्या र समाधानका विषयलाई लिएर कामको जोश र जागरसँगै चुनौती रहेको जनाएका छन् । यस वर्ष सरकारले कृषि क्षेत्रमा छुट्याएको बजेट अनुसार कसरी कामलाई कसरी सफलता पूर्व सम्पन्न गर्ने भन्ने विषयमा केन्द्रित भई विषय बस्तुको बारेमा अध्ययन गरिरहेको जानकारी दिए । त्यस्तै सातै प्रदेशका कृषि मन्त्रीहरुबीच आगामी दिनको कार्य प्रणाली तथा योजनाको बारेमा छलफल गर्दै गरेको बताए । आफु मन्त्रालयमा आएपछि तथ्यांक समन्वयन नभएको महसुस गरेकाे जनाए । ‘कसरी नयाँ संयन्त्र बनाएर काम गर्ने भन्ने विषयमा छलफल भईरहेको छ , यस कुरामा मन्त्रालय पारदर्शि हुनेछ’ उनले भने । प्रथम पत्रकार भेटघाटमा कृषिमन्त्री भूषालको कार्यक्रमलाई समापन गर्दै कृषि क्षेत्रका गतिविधिलाई तथा समस्यालाई ध्यानमा राखी मिडियाकर्मीले आफ्नो मिडियामा समसामयिक विषयलाई समाभेष गर्न आग्रह गरे ।
वैदेशिक राेजगार विभागमा पर्ने उजुरी ४५ प्रतिशतले घट्याे, तीन महिनामा जम्मा साढे १३ करोड शुल्क संकलन
काठमाडौं । चालु आर्थिक वर्षकाे पहिलो चौमासिकमा वैदेशिक रोजगार विभागमा आउने उजुरी संख्या ४५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा यो वर्षकाे प्रथम चाैमासिकमा विभागमा आउने उजुरीकाे संख्या ४५ प्रतिशतले घटेको हो । चालु आवकाे कार्तिक मसान्तसम्मकाे तथ्याङ्क अनुसार विभागमा १ सय ७७ वटा उजुरी परेका छन् भने गत आवकाे प्रथम चाैमासिकमा ३ सय ११ वटा उजुरी परेका थिए । विभागका महानिर्देशक डा. भीष्म कुमार भूसालले पछिल्लाे समय विभागमा उजुरी कम पर्ने गरेकाे बताए । उनले खाडी मुलुकमा जाने श्रमिकको मात्र नभई युरोप, अमेरिका जस्ता विकसित देशमा जाने श्रमिकको गुनासो विभागमा आउने गरेको बताए । गत वर्षको पहिलो चौमासिकमा विभागमा आएको उजुरीमा ५९ वटा अदालतमा दर्ता भएकाे उनकाे भनाइ छ। यस वर्ष भने ९८ उजुरी अदालतमा दर्ता भएका छन् । वैदेशिक राेजगार विभागका अनुसार गत वर्ष १७ करोड ५३ लाख ७४ हजार विभागमा दावी रकम रहेकाे थियाे भने हाल १३ करोड ६६ लाख ६९ हजार रहेको छ । यस्तै गत वर्षको दोस्रो चौमासिकमा २५३ उजुरी र तेस्रोमा २८१ उजुरी विभागमा परेका थिए । ति मध्ये ८ सय ५५ वटा मुद्दा विभागमा दर्ता भएका छन् । गत वर्षकाे दाबी शुल्क भने ५६ करोड ११ लाख २९ हजार रहेकाे थियाे । गतवर्षको पहिलो चौमासिकमा ५९ वटा अदालतमा दायर भएका थिए भने दोस्रो ५० र तेस्रो एक सय गरी गत वर्ष कुल २ सय ९ मुद्दा विभागबाट अदालतमा पेश भएका थिए । महानिर्देशक भूषालले श्रमिकका गुनासो सुनुवाइर्मा विभाग केन्द्रित वैदेशिक रोजगार विभागमा आएका गुनासोलाई मध्यनजर गर्दै आफ्नो कामलाई तिव्रता दिएकाे बताए । पछिल्लो समय विभागमा विदेशिने मोहमा नक्कली विवाहदेखि पूर्जासम्म नक्कली गरेका विषयमा गुनासो आउने गरेकाे उनकाे भनाइ छ । विभागमा आउने गुनासोमा धेरै जसो मानिस गैर कानुनी माध्यमबाट वैदेशिक रोजगार जान लागेका तथा गरेर दु.ख पाएका व्यक्तिहरू आउने गरेका छन् ।