ज्ञापन पत्र बुझाउदै ट्रेड युनियन केन्द्रले भन्यो-श्रममन्त्रीज्यू, सामाजिक सुरक्षा योजना कहाँ पुग्यो ?
काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई ज्ञापन पत्र बुझाइएको छ । वर्तमान समयमा श्रमिकहरुका माग र आवश्यकता बारेमा ज्ञापन पत्र मार्फत श्रममन्त्रीको ध्यानाकर्षण गराइएको अध्यक्ष विनोद श्रेष्ठले बताए । ज्ञापन पत्रमा उल्लेखित मुख्य मुख्य माग यसप्रकार छः – श्रम ऐन २०७४ कार्यान्वय गर्न श्रम अडिट प्रतिवेदन प्रत्येक प्रतिष्ठानबाट श्रम कार्यालयहरूलाई परिचालन गरी संकलन गर्ने । – श्रम निरीक्षण प्रकृयालाई प्रभावकारी रूपमा अविलम्व थालनी गर्ने र कार्यान्वयनको अवस्था सम्बन्धी प्रतिवेदन मे दिवसको सन्दर्भमा सार्वजनिक गर्ने । – श्रम कार्यालयमा पुगेका श्रम विवाद प्रभावकारी रूपमा सम्पादन गर्न श्रम कार्यालय तथा स्थानीय तहसम्मको अनुगमन क्षमता वृद्धी गर्ने तर्फ विशेष रूपमा ध्यान दिन आवश्यक छ । त्यसैले श्रम कार्यालय प्रशासनको व्यवस्थापन र कामको अनुगमन निरीक्षण नियमित गर्ने । – योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाताहरूको सूचीकरण गर्ने प्रकृया अपेक्षाकृत उत्साहका साथ भएको देखिदैन । सूचीकरण प्रकृयालाई प्रभावकारी बनाउन टोली तथा अन्य विशेष अभियानका साथ सञ्चालन गर्न र आगामी वर्ष २०७६ साउनबाट योगदान शुरु गर्ने कुराको सुनिश्चितता गर्न आवश्यक सबै संरचनाहरू तत्काल निर्माण गरियोस् । – परम्परागत अनौपचारिक श्रम औपचारिक भएको परिपेक्ष्यमा साना प्रतिष्ठानहरूको सामाजिक सुरक्षा प्रभावकारी बनाउन अभियान सञ्चालन गर्ने र स्वरोजगार श्रमिकहरूलाई समेत योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सामेल गर्ने कार्यविधि तथा संरचना आवश्यक छ । त्यसैले सामाजिक सुरक्षा कोषको कार्यालयबाट तत्काल यस कामको थालनी गरियोस् । – व्यवसाजन्य सुरक्षा र स्वास्थ्य सम्वन्धी नीति तथा कार्यथलोमा कमिटी निर्माणसँग सम्बन्धित सूचना संकलन तथा अभिलेख तयार गर्ने र श्रम ऐन नियम अनुसार गर्न गराउन आवश्यक निर्देशन दिने । – चिया वगान तथा चिया प्रशोधन गर्ने उद्योग प्रतिष्ठानमा काम गर्ने श्रमिकहरूको पारिश्रमिक निर्धारण प्रकृयामा भएको ढिलासुस्तिप्रति हामी गम्भीर बनेका छौंँ । त्यसैले अविलम्व निर्णय गर्न हामी माग गर्दछौंँ । – सरकारी तथा निजी क्षेत्रमा श्रमिक आपूर्तिकर्ता मार्फत श्रम गरी रहेका श्रमिकहरूलाई २०७५ साउनबाट लागू भएको न्यूतम पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित पक्षलाई आवश्यक निर्देशन तथा अनुगमन गरियोस् । – हाल जारी रहेको राहत शिक्षकहरूको समस्या समाधान गर्न वार्ता तथा आपसी संवादको थालनी यस मन्त्रालयबाट गर्न आवश्यक छ । – सेवा क्षेत्र लगायत सम्पूर्ण श्रमिकका अधिकारहरूलाई व्यवस्थित र कार्यान्वयन योग्य बनाउन तथा सामाजिक सुरक्षा प्रणालीमा सम्पूर्ण श्रमिकहरूलाई समावेश गर्न विद्यमान टे«ड यूनियन ऐन तथा सम्वद्ध अन्य कानूनमा आवश्यक सुधारको प्रकृया तत्काल शूरु गरियोस् ।
आइएमई र माछापुच्छ्रेबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौँ । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड काठमाडौँबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक आशिष सिंह र माछापुच्छ्रे बैंक लिमिटेडका तर्फबाट उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सो बैंकास्योरेन्स सम्झौतापछि सर्वसाधारण तथा बैंकका ग्राहकहरुले माछापुच्छ्रे बैंक लिमिटेडको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने छन् ।
तनहुँ जलविद्युत आयोजनाको ठेक्का सम्झौता रद्द, नयाँ टेण्डर प्रक्रिया शुरु हुँदै
काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे नदी फर्काउने र बाँध निर्माण लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । यसअघि तनहुँ हाइड्रोपावर लिमिटेडले ले ४ माघ २०७५ ९१८ जनवरी २०१९०मा ठेक्का कार्यान्वयनमा गएको सूचना सिएमसीलाई दिएको थियो । ७ फागुन २०७५ (१९ फेब्रुअरी २०१९)मा ठेक्का तोड्नका लागि सूचना दिइएकोमा सिएमसीबाट कुनै आधिकारिक जवाफ नआएपछि तनहुँ हाइड्रोपावर लिमिटेडले २२ फागुन २०७५ ९६मार्च २०१९०मा ठेक्का सम्झौता रद्द गरिएको जानकारी सिएमएसीलाई गराएको छ । खरिद सम्झौता रद्द गर्नु पर्ने कारणहरुमा खरिद सम्झौतामा भएको व्यवस्था अनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम शुरु गर्न दिइएको आदेश सिएमसीले नमानेको, अग्रिम भुक्तानीका लागि बैक ग्यारेन्टी ल्याउन नसकेको,कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदाताहरुलाई भुक्तानी दिन नसकेर इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेका छन् । तनहुँ हाइड्रोपावर लिमिटेड र सिएमसीबीच १५ असोज २०७५ ९१ अक्टोवर २०१८०मा २० अर्ब ६४ करोड ५२ लाख रूपैयाँ (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित)मा खरिद सम्झौता भएको थियो । तनहुँ हाइड्रोपावर लिमिटेडले ठेक्का सम्झौता रद्द भएको सूचना जारी गरी सिएमसीले कार्यसम्पादन जमानत वापत राखेको ८७ लाख ४९ हजार युरो र ८५ करोड १४ लाख रुपैयाँसमेत जफतको लागि दावी गरेको छ । साथै सिएमसीकातर्फबाट कार्यसम्पादन जमानत जारी गर्ने नेपाल इन्भेष्टमेन्ट बैक लिमिटेडले यही हप्ताभित्रमा दावी रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाएको छ । सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरी हाल नयाँ ठेक्का प्रक्रियाको लागि तयारी शुरु गरिएको छ । अहिले नयाँ टेण्डर आव्हान गर्न बोलपत्र कागजात तयारीको काम अन्तिम चरणमा पुगेको छ । कम्पनीले चैतको दोस्रो हप्ता ९मार्च २०१९०भित्रमा नयाँ बोलपत्र आव्हान गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनस्थलमा काम सुरु गरिसकेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भइसकेको छ । आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख(प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले १५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी)ले ८५ मिलियन र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८७ मिलियन अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।
एलजीले बजारमा ल्यायो इन्र्भटर प्रविधिको सिंगल डोर रेफ्रिजेटर
काठमाडौँ । एलजीले आकर्षक डिजाइनका इन्र्भटर प्रविधिको सिंगल डोर रेफ्रिजेटरहरु बजारमा ल्याएको छ । एउटा रेफ्रिजेटरमा हुने सबै महत्वपूर्ण सुबिधाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । स्मार्ट इन्र्भटर कम्पोजर रहेको सो रेफ्रिजेटरमा १० वर्षको वारेन्टी रहेको एलजी कम्पनीले जनाएको छ ।
ठिमी र बनेपामा मुक्तिनाथले खोल्यो शाखा
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले भक्तपुर जिल्लाको ठिमी र काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा औपचारिक रुपमा शाखा कार्यालय विस्तार गरेको छ । ठिमी शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेल तथा बनेपा शाखाको समुद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादेश्रेष्ठले गरेका हुन् । बैंकका सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठ सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा उनले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । मुक्तिनाथ विकास बैंकको देशैभरी ११४ वटा शाखा, २० वटा एटिएम सेवा सञ्चालनमा रहेको छ । करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ । ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु , रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, एटिएम कार्ड सेवा, एविविएस जस्ता सुविधाहरु उपलब्ध गराउदै आएको बैंकले जनाएको छ ।
बिहीबार चार कम्पनीका लगानीकर्ताले कमाए ८ प्रतिशत बढी, हेरौं कसले कति ?
काठमाडौं । बिहीबार कारोबारमा आएका विभिन्न चार कम्पनीको सेयर मूल्य ८ प्रतिशत बढीले बढेको छ । सो दिन पूर्णिमा विकास बैंक, राधी विद्युत कम्पनी, माहुली सामूदायिक लघुवित्त वित्तीय संस्था र नेशनल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ८ देखि करिब १० प्रतिशतसम्म कमाएका छन् । सो मध्ये सबैभन्दा बढी पूर्णिमा विकास बैंकका लगानीकर्ताले ९.९४ प्रतिशत कमाएका छन् । जुन अघिल्लो दिनको तुलनामा १७ रुपैयाँले बढेर प्रतिकित्ता १८८ रुपैयाँ पुगेको छ । त्यस्तै, राधी विद्युतको सेयर मूल्य ८.९२, माहुली सामुदायिकको ८.०९ र नेशनल हाइड्रो पावरको ८.०६ प्रतिशतले मूल्य वृद्धि भएको छ । दोहोरो अंकले बढेको बजारमा घलेम्दी हाइड्रोको सेयर मूल्य ४.६७ प्रतिशतले घटेको छ । त्यस्तै, सेन्ट्रल फाइनान्स र कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य क्रमशः ४.४६ र ३.८२ प्रतिशतले घटेको छ ।
साना तथा मझौला उद्यमीलाई नबिल बैंकको ‘राहत’, १०.५ % मा डेढ करोडसम्म कर्जा
काठमाडौ । नबिल बैंकले ‘नबिल सजिलो कर्जा’ योजना शुरु गरेको छ । आज राजधानीमा एक समारोहका बीच यो योजना आरम्भ गरेको हो । नबिल सजिलो कर्जा मार्फत स-साना व्यवसायमा आवद्ध रहन चाहने ग्राहकले समेत सहजै ऋण लिन सक्ने छन् । ‘नबिल सजिलो कर्जा’ योजना शुभारम्भ कार्यक्रममा बोल्दै नबिल बैकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) अनिलकेशरी शाहले ‘नबिल सजिलो कर्जा’ मार्फत आगामी दिनमा नेपालमा कम पूँजीमा व्यवसाय गर्न चाहनेहरुलाई समेत बैकले सहयोग गर्न यस्तो योजना भित्र्याएको बताए । सिइओ शाहले नेपालमा धनीलाई धनी बनाउन भन्दा पनि गरिबलाईपनि धनी बन्ने अवसर प्रदान गर्न यस्तो योजना ल्याएको बताए । चक्का हेरेर मात्र गाडी नचल्ने र त्यसको उचित व्यवस्थापन गरे जस्तै पैसाको समेत सदुपयोग गर्नु पर्ने सिइओ शाहको मत रहेको छ । साथै, नेपालमा साना तथा मझौला उद्यमशीलताका लागि बैंकिङ सेवाको विस्तारमा केद्रित रणनीतिको निर्माण र कार्यान्वयनका लागि नबिल बैंक र यूके एड सक्षम कार्यक्रमबीच संझौता समेत भएको छ । यो संझौतामा बैंकका सिइओ शाह र यूके एड सक्षम कार्यक्रमका टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका छन् । नबिल सजिलो कर्जा योजनाका विशेषता: नबिल सजिलो कर्जा मार्फत बार्षिक रुपमा ४ करोड रुपैयाँभन्दा कम कारोबार गर्ने ग्राहकलाई १ करोड ५० लाख रुपैयाँसम्मको ऋण १०.५० प्रतिशत ब्याजदरमा प्रदान गरिने छ । ‘क’ वर्गको बैंकले यसरी साना स्केलका उद्यमीसम्म पुग्ने कार्यक्रम ल्याउनेमा नबिल बैंक भएको दाबी गरेको छ ।
नेप्से १६ अंकले बढ्यो, एनएलआईसीसहित चार कम्पनीको कराेडाैंको कारोबार
काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । करिब दुई दिनयता सामान्य अंकले बढिरहेको बजार बिहीबार १६ अंकले उकालो लागेर ११२७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.४४ प्रतिशतले बढेको हो । बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ । बिहीबार २९ करोड ६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ७ करोड रुपैयाँ बढी हो । बुधबारको बजारमा कुल २२ करोडको कारोबार भएको थियो । कुल १७६ कम्पनीको कारोबार भएको बजारमा विभिन्न ४ वटा कम्पनीको करोडौंको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) को एक करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी, नेपाल क्रेडिट एण्ड कमर्शियल बैंकको एक करोड २८ लाख, अपर तामाकोशी हाइड्रोपावरको एक करोड ७ लाख र एनआईसी एशिया बैंकको एक करोड ३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । प्रभु बैंकको ९९ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएका छन् । सो दिन कारोबारमा आएका १० समूहमध्ये उत्पादनमूलक बाहेक बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा १५९ अंकले बढेको छ । उत्पादनमूलक भने अघिल्लो दिनको तुलनामा १८ अंकले घटेर २००५ अंकमा झरेको छ ।