सुदूरपश्चिमलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने माग राख्दै रावललाई सात किलाेकाे माला

<p>काठमाडाैं । सुदूरपश्चिमलाई औद्योगिक क्षेत्रका रूपमा  विकास गर्नुपर्ने माग राख्दै  नेकपा सुदूरपश्चिमका इन्चार्ज  तथा पूर्व रक्षा मन्त्री भिम रावललाई सात किलाेकाे माला लगाइएकाे छ । कैलाली उद्योग वाणिज्य संघले  विगत १३ वर्षदेखि आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको उद्घाटन कार्यक्रममा नेता रावललाई सात किलाेकाे माला लगाएकाे हाे । संघले सात किलोको माला लगाउँदै  रावलसमक्ष सात बुँदे माग समेत पेश [&hellip;]</p>

काठमाडाैं । सुदूरपश्चिमलाई औद्योगिक क्षेत्रका रूपमा  विकास गर्नुपर्ने माग राख्दै  नेकपा सुदूरपश्चिमका इन्चार्ज  तथा पूर्व रक्षा मन्त्री भिम रावललाई सात किलाेकाे माला लगाइएकाे छ । कैलाली उद्योग वाणिज्य संघले  विगत १३ वर्षदेखि आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको उद्घाटन कार्यक्रममा नेता रावललाई सात किलाेकाे माला लगाएकाे हाे ।

संघले सात किलोको माला लगाउँदै  रावलसमक्ष सात बुँदे माग समेत पेश गरेको छ। सातबुँदे माग पत्रमा उद्योग वाणिज्य संघले महोत्सव प्रदर्शनी स्थल निर्माण गर्नुपर्ने, सेती प्रादेशिक अस्पताललाई क्षेत्रिय अस्पतालको रुपमा विकास गरिनुपर्ने र धनगढीको गेटा विमानस्थललाई क्षेत्रिय विमानस्थलको रुपमा विकास गर्दै वैकल्पीक अन्तर्राष्टिय विमानस्थलको रुपमा विकास गर्नुपर्ने उल्लेख गरेकाे छ ।

यस्तै सुदूरपश्चिममा उद्योग स्थापना प्रोत्साहन स्वरुप दश वर्ष सम्म कर रहित क्षेत्र घोषणा गर्नु पर्ने, गौरिफन्टा नाकालाई अन्तर्राष्टिय नाकाको रुपमा विकास गरि सुदूरपश्चिम प्रदेशलाई चिनसंग जोड्ने नाका खुलाउनु पर्ने र प्रदेश स्तरीय पर्यटन केन्द्रको स्थापनाका लागि धार्मिक पर्यटनको साथै खप्तड,शुक्लाफाँटा, घोडाघोडी जस्ता पर्यटकिय क्षेत्रमा पुर्वाधारको विकास गरिनु पर्ने सात बुँदे माग राखेको छ।

Share News