तनहुँ जलविद्युत आयोजनाको ठेक्का सम्झौता रद्द, नयाँ टेण्डर प्रक्रिया शुरु हुँदै
काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे नदी फर्काउने र बाँध निर्माण लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । यसअघि तनहुँ हाइड्रोपावर लिमिटेडले ले ४ माघ २०७५ ९१८ जनवरी २०१९०मा ठेक्का कार्यान्वयनमा गएको सूचना सिएमसीलाई दिएको थियो । ७ फागुन २०७५ (१९ फेब्रुअरी २०१९)मा ठेक्का तोड्नका लागि सूचना दिइएकोमा सिएमसीबाट कुनै आधिकारिक जवाफ नआएपछि तनहुँ हाइड्रोपावर लिमिटेडले २२ फागुन २०७५ ९६मार्च २०१९०मा ठेक्का सम्झौता रद्द गरिएको जानकारी सिएमएसीलाई गराएको छ । खरिद सम्झौता रद्द गर्नु पर्ने कारणहरुमा खरिद सम्झौतामा भएको व्यवस्था अनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम शुरु गर्न दिइएको आदेश सिएमसीले नमानेको, अग्रिम भुक्तानीका लागि बैक ग्यारेन्टी ल्याउन नसकेको,कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदाताहरुलाई भुक्तानी दिन नसकेर इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेका छन् । तनहुँ हाइड्रोपावर लिमिटेड र सिएमसीबीच १५ असोज २०७५ ९१ अक्टोवर २०१८०मा २० अर्ब ६४ करोड ५२ लाख रूपैयाँ (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित)मा खरिद सम्झौता भएको थियो । तनहुँ हाइड्रोपावर लिमिटेडले ठेक्का सम्झौता रद्द भएको सूचना जारी गरी सिएमसीले कार्यसम्पादन जमानत वापत राखेको ८७ लाख ४९ हजार युरो र ८५ करोड १४ लाख रुपैयाँसमेत जफतको लागि दावी गरेको छ । साथै सिएमसीकातर्फबाट कार्यसम्पादन जमानत जारी गर्ने नेपाल इन्भेष्टमेन्ट बैक लिमिटेडले यही हप्ताभित्रमा दावी रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाएको छ । सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरी हाल नयाँ ठेक्का प्रक्रियाको लागि तयारी शुरु गरिएको छ । अहिले नयाँ टेण्डर आव्हान गर्न बोलपत्र कागजात तयारीको काम अन्तिम चरणमा पुगेको छ । कम्पनीले चैतको दोस्रो हप्ता ९मार्च २०१९०भित्रमा नयाँ बोलपत्र आव्हान गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनस्थलमा काम सुरु गरिसकेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भइसकेको छ । आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख(प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले १५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी)ले ८५ मिलियन र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८७ मिलियन अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।
एलजीले बजारमा ल्यायो इन्र्भटर प्रविधिको सिंगल डोर रेफ्रिजेटर
काठमाडौँ । एलजीले आकर्षक डिजाइनका इन्र्भटर प्रविधिको सिंगल डोर रेफ्रिजेटरहरु बजारमा ल्याएको छ । एउटा रेफ्रिजेटरमा हुने सबै महत्वपूर्ण सुबिधाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । स्मार्ट इन्र्भटर कम्पोजर रहेको सो रेफ्रिजेटरमा १० वर्षको वारेन्टी रहेको एलजी कम्पनीले जनाएको छ ।
ठिमी र बनेपामा मुक्तिनाथले खोल्यो शाखा
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले भक्तपुर जिल्लाको ठिमी र काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा औपचारिक रुपमा शाखा कार्यालय विस्तार गरेको छ । ठिमी शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेल तथा बनेपा शाखाको समुद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादेश्रेष्ठले गरेका हुन् । बैंकका सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठ सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा उनले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । मुक्तिनाथ विकास बैंकको देशैभरी ११४ वटा शाखा, २० वटा एटिएम सेवा सञ्चालनमा रहेको छ । करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ । ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु , रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, एटिएम कार्ड सेवा, एविविएस जस्ता सुविधाहरु उपलब्ध गराउदै आएको बैंकले जनाएको छ ।
बिहीबार चार कम्पनीका लगानीकर्ताले कमाए ८ प्रतिशत बढी, हेरौं कसले कति ?
काठमाडौं । बिहीबार कारोबारमा आएका विभिन्न चार कम्पनीको सेयर मूल्य ८ प्रतिशत बढीले बढेको छ । सो दिन पूर्णिमा विकास बैंक, राधी विद्युत कम्पनी, माहुली सामूदायिक लघुवित्त वित्तीय संस्था र नेशनल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ८ देखि करिब १० प्रतिशतसम्म कमाएका छन् । सो मध्ये सबैभन्दा बढी पूर्णिमा विकास बैंकका लगानीकर्ताले ९.९४ प्रतिशत कमाएका छन् । जुन अघिल्लो दिनको तुलनामा १७ रुपैयाँले बढेर प्रतिकित्ता १८८ रुपैयाँ पुगेको छ । त्यस्तै, राधी विद्युतको सेयर मूल्य ८.९२, माहुली सामुदायिकको ८.०९ र नेशनल हाइड्रो पावरको ८.०६ प्रतिशतले मूल्य वृद्धि भएको छ । दोहोरो अंकले बढेको बजारमा घलेम्दी हाइड्रोको सेयर मूल्य ४.६७ प्रतिशतले घटेको छ । त्यस्तै, सेन्ट्रल फाइनान्स र कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य क्रमशः ४.४६ र ३.८२ प्रतिशतले घटेको छ ।
साना तथा मझौला उद्यमीलाई नबिल बैंकको ‘राहत’, १०.५ % मा डेढ करोडसम्म कर्जा
काठमाडौ । नबिल बैंकले ‘नबिल सजिलो कर्जा’ योजना शुरु गरेको छ । आज राजधानीमा एक समारोहका बीच यो योजना आरम्भ गरेको हो । नबिल सजिलो कर्जा मार्फत स-साना व्यवसायमा आवद्ध रहन चाहने ग्राहकले समेत सहजै ऋण लिन सक्ने छन् । ‘नबिल सजिलो कर्जा’ योजना शुभारम्भ कार्यक्रममा बोल्दै नबिल बैकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) अनिलकेशरी शाहले ‘नबिल सजिलो कर्जा’ मार्फत आगामी दिनमा नेपालमा कम पूँजीमा व्यवसाय गर्न चाहनेहरुलाई समेत बैकले सहयोग गर्न यस्तो योजना भित्र्याएको बताए । सिइओ शाहले नेपालमा धनीलाई धनी बनाउन भन्दा पनि गरिबलाईपनि धनी बन्ने अवसर प्रदान गर्न यस्तो योजना ल्याएको बताए । चक्का हेरेर मात्र गाडी नचल्ने र त्यसको उचित व्यवस्थापन गरे जस्तै पैसाको समेत सदुपयोग गर्नु पर्ने सिइओ शाहको मत रहेको छ । साथै, नेपालमा साना तथा मझौला उद्यमशीलताका लागि बैंकिङ सेवाको विस्तारमा केद्रित रणनीतिको निर्माण र कार्यान्वयनका लागि नबिल बैंक र यूके एड सक्षम कार्यक्रमबीच संझौता समेत भएको छ । यो संझौतामा बैंकका सिइओ शाह र यूके एड सक्षम कार्यक्रमका टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका छन् । नबिल सजिलो कर्जा योजनाका विशेषता: नबिल सजिलो कर्जा मार्फत बार्षिक रुपमा ४ करोड रुपैयाँभन्दा कम कारोबार गर्ने ग्राहकलाई १ करोड ५० लाख रुपैयाँसम्मको ऋण १०.५० प्रतिशत ब्याजदरमा प्रदान गरिने छ । ‘क’ वर्गको बैंकले यसरी साना स्केलका उद्यमीसम्म पुग्ने कार्यक्रम ल्याउनेमा नबिल बैंक भएको दाबी गरेको छ ।
नेप्से १६ अंकले बढ्यो, एनएलआईसीसहित चार कम्पनीको कराेडाैंको कारोबार
काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । करिब दुई दिनयता सामान्य अंकले बढिरहेको बजार बिहीबार १६ अंकले उकालो लागेर ११२७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.४४ प्रतिशतले बढेको हो । बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ । बिहीबार २९ करोड ६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ७ करोड रुपैयाँ बढी हो । बुधबारको बजारमा कुल २२ करोडको कारोबार भएको थियो । कुल १७६ कम्पनीको कारोबार भएको बजारमा विभिन्न ४ वटा कम्पनीको करोडौंको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) को एक करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी, नेपाल क्रेडिट एण्ड कमर्शियल बैंकको एक करोड २८ लाख, अपर तामाकोशी हाइड्रोपावरको एक करोड ७ लाख र एनआईसी एशिया बैंकको एक करोड ३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । प्रभु बैंकको ९९ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएका छन् । सो दिन कारोबारमा आएका १० समूहमध्ये उत्पादनमूलक बाहेक बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा १५९ अंकले बढेको छ । उत्पादनमूलक भने अघिल्लो दिनको तुलनामा १८ अंकले घटेर २००५ अंकमा झरेको छ ।
५५ हजारले लिए राष्ट्रिय परिचयपत्र, प्रमाणपत्र बाेक्ने र केवाइसी भर्ने युग सकिँदै
काठमाडौं । पाइलट प्रोजेक्टको रुपमा सिंहदरबार र पाँचथरमा वितरण गरिएको राष्ट्रिय परिचयपत्रमा सर्बसाधारणको उत्साह देखिएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका अनुसार हालसम्म ५५ हजार भन्दा बढीले उक्त परिचयपत्र प्राप्त गरिसकेका छन् । सिंहदरबारभित्र रहेका ७ हजार जनसंख्यामध्ये ४ हजार ५ सय र पाँचथरको फिदिम नगरपालिकाका ८२ हजार जनसंख्यामध्ये ५० हजार जनाले राष्ट्रिय परिचयपत्र पाएका हुन् । केन्द्रका अनुसार फिदिम नगरपालिकासँगै पाँचथर जिल्लाका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रका लागि फोटो संकलन र बायोमेट्रिक लिनका लागि टोली गाउँगाउँमा खटिएका छन् । टोलीले लिएको फोटो, बायोमेट्रिक र नागरिकताको विवरण अनुसारका व्यक्तिगत विवरणहरु केन्द्रीय प्रणालीमा आएपछि परिचयपत्र बन्ने र टोलीले सम्बन्धित गाउँमा नै गएर परिचयपत्र वितरण गर्ने केन्द्रका निर्देशक शिवरञ्जन पौडेलले जानकारी दिए । हाल दश औंलाको मात्रै बायोमेट्रिक लिने गरेको भए पनि अब भने आँखाको रेटिनाको समेत पिक्चर लिने तयारी गरिएको हो । पाइलट प्रोजेक्टमा उत्साह देखिएसँगै केन्द्रले दुई बर्षभित्र देशभरका ७७ ओटै जिल्लामा वितरण गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा पाँचथर र सिंहदरबारमा पूर्ण रुपमा वितरण सकेपछि आगामी बर्ष सात प्रदेशका १५ जिल्लामा वितरण गर्ने तयारी गरेको केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा प्रदेश १ को झापा र संखुवासभा, प्रदेश २ को सप्तरी र महोत्तरी, प्रदेश ३ को रसुवा, ललितपुर र चितवन, गण्डकी प्रदेशको स्याङ्जा र तनुहँ, प्रदेश ५ को कपिलवस्तु र गुल्मी, कर्णाली प्रदेशको सल्यान र जुम्ला र सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र अछाम जिल्लामा परिचयपत्र वितरण हुने बताइएको छ । किन लिने राष्ट्रिय परिचयपत्र ? राष्ट्रिय परिचयपत्रलाई हालको नागरिकताको प्रतिस्थापनको प्रमाणपत्र मानिन्छ । यद्यपि हाल संविधानले नै नागरिकता र राष्ट्रिय परिचयपत्रलाई छुट्टाछुट्टै रुपमा व्याख्या गरेको अवस्थामा यो नागरिकताको प्रतिस्थापन नै हो भन्न मिल्दैन । यद्यपि देशभर यसको पुहँच पुगेपछि र व्यापक प्रयोग भएपछि राष्ट्रिय परिचयपत्रलाई नै डिजिटल नागरिकताको मान्यता दिने सम्भावना रहेको अधिकारीहरु बताउँछन् । यद्यपि हाल नागरिकताकै आधारमा यो प्रमाणपत्र बनाइएको छ र प्रमाणपत्र धारकले परिचयपत्रसँगै नागरिकता पनि सँगै राख्न सक्नेछन् । राष्ट्रिय परिचयपत्रमा नागरिकतामा उल्लेख भएका सबै विवरणहरुका अतिरिक्त व्यक्तिको दशओटै औंला छाप र आँखाको रिटिनाको बायोमेट्रिक (जैविक) विवरणहरु समेत समावेश गरिएको हुन्छ । हाल आमा/बाबुको नाममात्र हुने उक्त परिचयपत्रमा कानूनले परिवार मान्ने सम्पूर्ण सदस्यको रेकर्ड रहने र केन्द्रीय प्रणालीले त्यसलाई स्वतः पढ्न सक्ने व्यवस्था हुने बताइएको छ । हाल सवारी चालक अनुमतिपत्र, नागरिकताको परिचयपत्र, पासपोर्ट लगायतका सरकारी परिचयपत्र जस्तै काम गर्ने उक्त परिचयपत्र देशभर लागु भएसँगै सम्पूर्ण सरकारी र सार्वजनिक क्षेत्रहरुमा त्यसलाई इन्ट्रिगेसन गरिने योजना रहेको निर्देशक पौडेलको भनाई थियो । यस्तो अवस्थामा जुनकुनै सेवा लिएको अवस्थामा कयौं ठाउँमा एउटै विवरण बुझाउनु पर्ने अवस्थाको अन्त्य हुन्छ । हाल नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकको परिचय (केवाईसी) खुल्ने गरी विवरण लिन र अद्यावधि गर्न भनेको छ । राष्ट्रिय परिचयपत्र लागु भइसकेपछि ग्राहकले समय समयमा त्यसरी रेकर्ड अद्यावधि गर्नुपर्नेे अवस्थाको समेत अन्त्य हुने बताइएको छ । राष्ट्रिय परिचयपत्रले व्यक्तिको वैयक्तिक विवरणमा हुने परिवर्तनलाई पनि सजिलै चिन्ने काम गर्छ । कुनैपनि व्यक्तिको विवाह, बसाईँसराई, मृत्यु घटनाहरुको सरकारी रेकर्ड कायम हुनेवित्तिकै उससँग सम्बन्धित सम्पूर्ण व्यक्तिको वैयक्तिक विवरणमा समेत त्यो विवरण रेकर्ड हुने बताइएको छ । यसले आर्थिक एवं पारदर्शिता कायम हुनुको साथै र आतंकवाद र भ्रष्टाचार नियन्त्रण हुने तथा एउटै व्यक्तिले दोहोरो सुविधा लिने वातावरणको समेत अन्त्य हुने अपेक्षा सरकारको छ । कति सुरक्षित छ परिचयपत्र ? राष्ट्रिय परिचयपत्र पूर्ण रुपमा सुरक्षित रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशक पौडेल बताउँछन् । गृह मन्त्रालय परिसरमै रहेको सेक्युरिटी मेसिनमा हाल परिचयपत्र छापिने गरेको र त्यसको प्रविधि र जनशक्ति आफैसँग भएकोले यस्तो विवरणहरुको दुरुपयोग हुने सम्भावना नभएको उनको भनाई थियो । यो प्रविधि भने फ्रान्सको आइडीमिया कम्पनीबाट ल्याइएको हो । हाल उक्त मेसिनले प्रतिघण्टा ५०० ओटा परिचयपत्र छाप्ने क्षमता राख्ने बताइएको छ । हालसम्म वितरण भएका करिब ५५ हजार परिचयपत्रहरु त्यही मेसिनले छापेको उनले बताए । सरकारले सूचना प्रविधि पार्कमा नयाँ क्षमता र प्रविधिको सेक्युरिटी मेसिन ल्याएपछि भने त्यो छपाई त्यहाँ सर्नसक्ने उनले बताए । सार्वजनिक निकायहरुमा परिचयपत्रको प्रयोग गर्दा त्यस्ता निकायहरुको आवश्यकता र औचित्यको आधारमा व्यक्तिको गोप्यता भंग नहुने गरी सीमित पहुँच (लिमिटेड एक्सेस) दिने व्यवस्था समेत गरिने बताइएको छ । यसो हुँदा हरेक निकायलाई आवश्यकता अनुसार व्यक्तिको वैयक्तिक विवरण हेर्नसक्ने गरी सुविधा उपलब्ध हुने अवस्था सिर्जना हुनेछ । कसरी लिने, कति लाग्छ शुल्क ? सरकारले एउटा परिचयपत्रको लागि हाल २.६१ युरो शुल्क तिर्दै आए पनि सर्वसाधारणका लागि भने यो सेवा निःशुल्क रुपमा दिने केन्द्रको योजना छ । हाल पाँचथर र सिंहदरबारमा समेत यस्तो परिचयपत्र निःशुल्क वितरण भइरहेको छ । सुरुमा यस्तो परिचयपत्र वितरणको लागि सरकारी टोली सम्बन्धित गाउँमै गएर विवरण संकलन गर्ने र परिचयपत्र समेत गाउँमै लगेर बाँड्ने भए पनि निश्चित समयपछि भने त्यस्तो योजना सकिने बताइएको छ । टोली गाउँमा जान छाडे पनि प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्यालयमा केन्द्रको स्थायी कार्यालय रहने र त्यहाँबाटै नियमित सेवा पाइने बताइएको छ । यो योजनाको पूर्ण कार्यान्वयनले डिजिटल नेपालको सरकारी लक्ष्यको महत्वपूर्ण हिस्सा पूरा गर्ने अपेक्षा केन्द्रले लिएको छ ।
समायोजन रोजेका कर्मचारी खटाइँदै, २१ दिन भित्र कार्यालयमा पुग्नु पर्ने
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन रोजेका कर्मचारीलाई समायोजनपत्र दिई सङ्घ, प्रदेश र स्थानीय तहमा खटाउन थालेको छ । अहिलेसम्म समायोजन रोजेका करीब ४८ हजारलाई पत्र दिई खटाउने कार्य भइरहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । “समायोजन रोजेकालाई पत्र दिई खटाउने कार्य भइरहेको छ”, उनले भने, “समायोजनपत्र लिएका कर्मचारी ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार २१ दिनभित्र आफू समायोजन भएको कार्यालयम पुग्नुपर्ने छ । कर्मचारी समायोजन नहुँदा प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव भएको गुनासो आइरहेको छ ।” करीब ८७ कर्मचारीमध्ये कर्मचारीमध्ये ७७ हजारले समायोजन रोजेका थिए । समायोजन रोजेकालाई विस्तारै तीनै तहमा पठाइने प्रवक्ता अधिकारीको भनाइ थियो । यसअघि सरकारले सबै सचिव र २१५ सहसचिवलाई पदस्थापना गरिसकेको छ । मन्त्रालयले यही फागुन ३ गते समायोजन रोजेका सबै कर्मचारीको समायोजन गर्ने भने तापनि प्राविधिक कारण त्यो हुन नसकेको र प्राविधिकतर्फका कर्मचारीको समायोजन बाँकी रहेको उनले बताए । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।