पल्सर डेयर भेन्चर राइडर्सले गरे दशरथ रंगशाला सफा
काठमाडौं । पल्सर डेयर भेन्चरका राइडर्सले आइतबार नेपाल र बंगलादेशबीचको खेल समाप्त भएपछि दशरथ रंगशाला सफा गरेका छन् । पल्सर डेयर भेन्चरका १२ जना राइडर्सले रंगशालामा भएको फोहोर जम्मा गरेर रंगशालाको सीट र पाराफेट सफा गरेका हुन् । पल्सर डेयर भेन्चर नेपालको सबभन्दा लोकप्रिय, साहसिक र पहिलो बाइकिङ्ग रियालीटी सो हो र यसको सफलतापुर्वक ३ वटा सिजन सकिसकेको छ र चौथोँ सिजन शुरु भएको छ जुन एपी१ एचडी टिभीमा हरेक शनिबार राति ९ बजे प्रसारण हुदैँ आइरहेको छ । पल्सर डेयर भेन्चर एक साहसिक बाइक रियालिटी सो मात्र नभएर यसले राइडरहरुलाई एउटा नम्र र सम्मानित नागरीक बन्नका लागि कौशल र अनुशासन विकास गर्न सहयोग गर्दछ । र, यो सरसफाईको प्रयास जहाँ कहि जुनसुकै बेला कायम गर्नु पर्ने अनुशासन कौशल मध्यको एउटा पाटो हो । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि बजाज मोटरसाईकलको एक मात्र अधिकृत वितरक सदैव आफ्नो सामाजिक उत्तरदायित्वप्रति सचेत रहेको छ र संस्थागत सामाजिक उत्तरदायित्व गतिविधिको हिस्साको रुपमा ग्राहकहरुको हितका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । नेपालले दक्षिण एशियाली खेलकुद २०१९ आयोजना गरिरहेको छ जहाँ ७ देशका सहभागीहरु द्विवार्षिक बहु-खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले यो तेस्रो पटक दक्षिण एशियाली खेलकुद आयोजना गरेको हो । पल्सर डेयर भेन्चरका राइडरहरु मध्य एक जना राइडरले आफ्नो भावना व्यक्त गर्दै भने , “हामी जथाभावी फोहोर फाल्नु हुन्न भन्ने कुरामा ज्ञात छौं तर पनि जथाभावी फोहोर फाल्छौं । यो पहलसँगै हामी उचित स्थानमा मात्र फोहोर फाल्नुपर्छ भन्ने जनचेतना फैलाउन चाहन्छौ र सम्पूर्णलाई यो पहल आफैबाट र आजैबाट शुरु गर्न अनुरोध गर्न चाहन्छौं ।”
पिटर इंग्ल्यान्ड अब उपत्यका बाहिर पनि, बिहीबारदेखि भरतपुरको सिजी ल्यान्डमार्कमा आउटलेट
काठमाडौं । फर्मल र क्याजुअल मेन्सवेयर (पुरुषले लगाउने रेडिमेड कपडा) का लागि विश्वविख्यात ब्रान्ड पिटर इंग्ल्यान्डले उपत्यका बाहिर पनि आउटलेट विस्तार गर्ने भएको छ । करिब १४ वर्षअघि नेपाल प्रवेश गरेको कम्पनीले चितवनको भरतपुरस्थित सिजी ल्यान्डमार्कमा आउटलेट विस्तार गर्ने योजना बनाएको हो । यही मंसिर २६ गते उक्त आउटलेट उद्घाटन गर्ने कम्पनीको योजना छ । सिजी ल्यान्डमार्कको पहिलो तल्लामा खुल्ने उक्त आउटलेटको उद्घाटन अभिनेत्री प्रियंका काकीबाट गराउने कम्पनीको योजना छ । आउटलटको भित्री सजावटको काम सकिसकेको कम्पनीले जनाएको छ । सन् १८८९ मा स्थापित पिटर इंग्ल्यान्ड विश्वभरी नै गुणस्तरीय मेन्सवेयरको पर्यायको रुपमा छ । यो ब्रान्डमा जाडो र गर्मी दुवै सिजनका लागि उपयुक्त कमिज, ब्लेजर, सुट, स्वेटर लगायत फर्मल र क्याजुअल पुरुष गार्मेन्ट उपलब्ध छन् । यसले आफ्नो विशिष्ट डिजाइन स्टुडियोले तयार गरेको डिजाइनमा आधारित गार्मेन्ट उत्पादन गर्छ । पिटर इंग्ल्यान्ड भान हेउसेन, लुइस फिलिप्पे, अलेन सोले, सान फिस्को जस्ता विश्वविख्यात ब्रान्डको प्रतिस्पर्धी ब्रान्ड हो ।
सैनिकहरुकाे पेन्सन अब बैंक खातामै, प्रभुले ल्यायाे ‘प्रभु स्पेशल सेभिङ्ग खाता’
काठमाडौं । प्रभु बैंकले ब्रटिस सरकारको सैनिक सेवामा कार्यरत तथा भुतपुर्व सैनिकहरुको ‘प्रभु स्पेशल सेभिङ्ग खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले गोर्खा सत्याग्रह समिति नेपालसँग सम्झौता गरी उक्त खाता सञ्चालनमा ल्याएको हो । उक्त सम्झौतापत्रमा गोर्खा सत्याग्रह समिति, नेपालकातर्फबाट अध्यक्ष कृष्ण बहादुर राई र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका हुन् । गोर्खा सत्याग्रह समिति नेपाल खासगरी ब्रिटिश सरकारको सैनिक सेवामा कार्यरत तथा भुतपुर्व गोर्खा सैनिकहरुको हितमा क्रियाशील रहेको गैरसरकारी संस्था भएकोले गोर्खा सत्याग्रह समिति नेपालले प्रभु बैंकको कमलादी शाखा कार्यालयमा आफ्नो नाममा खाता खोली कारोबार गर्ने छ । साथै, गोर्खा सत्याग्रह समिति नेपालका सदस्यहरुले पनि प्रभु बैंकको जुनसुकै शाखा कार्यालयबाट प्रभु स्पेशल सेभिङ्ग खाता खोल्न सक्ने भएका छन् । गोर्खा सत्याग्रह समिति नेपालका सदस्यहरुले प्रभु बैंकमा प्रभु स्पेशल सेभिङ्ग खाता खोली ब्रिटिश सरकारबाट प्राप्त गर्ने पेन्सन रकम सिधै प्रभु बैंकमा रहेको सम्बन्धित खाताधनीको खातामा जम्मा हुने व्यवस्था मिलाईनेछ । प्रभु स्पेशल सेभिङ्ग खाता खोल्ने ब्रिटिश सैनिक सेवामा कार्यरत तथाभुतपुर्व ब्रिटिस गोर्खा सैनिकहरुले शुन्य मौज्दातमा यो खाता खोल्न सक्नेछन् । हालको लागि वार्षिक ६.५ प्रतिशत ब्याज प्रदान गरिने उक्त खातामा बैंकको नियमानुसार ब्याजदर परिवर्तन हुन सक्नेछ । युपिआई कार्डको सेवाशुल्क(पहिलो वर्षको लागिमात्र) चेकबुक, एबिबिएस शुल्क, ब्यालेन्स सर्टिफिकेट, गुडफर पेमेण्ट शुल्क, बैंक स्टेटमेण्ट, चेक स्टप शुल्क तथा अनलाईन बैंकिङ्गदर्ता गर्दा लाग्ने सेवाशुल्क निःशुल्क प्राप्तहुनेछ । यो सम्झौताबमोजिम खाता खोल्ने ब्रिटिश सैनिकमा कार्यरत सैनिक तथा भुतपुर्व ब्रिटिश गोर्खा सैनिकहरुले लकर सेवा बापत लाग्ने शुल्क, ड्राफ्ट, ट्राभल कार्ड तथा मोबाईल बैंकिङ्ग उपभोग गरे बापत लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट समेत प्राप्त गर्नेछन् । साथै, स्पेशल प्रभु सेभिङ्ग खातामा सम्बन्धित सैनिकको पहिलो पटक पेन्सन जम्मा हुनासाथ सम्बन्धित सैनिकको ६ महिनाको पेन्सन रकम बराबर वा ५ लाख रुपैयाँमध्ये जुनकम हुन्छ सो रकमसम्म व्यक्तिगत कर्जा शीर्षक अन्तर्गत विनाधितो कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था समेत रहेको छ । यसबाट ब्रिटिश सरकारको सैनिक सेवाका कार्यरत तथा भुतपुर्व ब्रिटिश सैनिकहरुलाई विशेष सुविधा उपलब्ध बैंकको विश्वास छ ।
बिग मर्जर पछि विदेशमा शाखा खोल्ने- अध्यक्ष चन्द्रप्रसाद ढकाल
सिड्नी । नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण निकै राम्रो बन्दै गएको बताएका छन् । सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अस्ट्रेलियामा भएका नेपाली लगानीकर्तालाई आफ्नो बैंक उपयुक्त सहजकर्ता हुन सक्ने बताए । उनले गैर आवाशीय नेपालीहरुको समेत लगानी निर्माण हुदै गरेको दोर्दी जलविद्युत आयोजना छिट्टै संचालनमा आउने पनि बताए । उनले हाल अस्ट्रेलिया लगाएत भारत , बेलायेत, मलेसिया र जापान मा सम्पर्क कार्यालय रहेको आफ्नो ब्याङ्क को अस्ट्रेलिया मा शाखा खोल्ने तयारी शुरु भएको पनि बताए । नेपालमा प्रदेश-प्रदेशहरु र स्थानिय सरकारहरुबीच बिकासमा प्रतिस्पर्दा पनि शुरु भएकाले लगानी का सम्भावनाहरु झन् बढेर गएको उनले बताए । आफ्नो समुहले चन्द्रागिरि केवल कार तथा रिसोर्ट जस्तै परियोजना अन्य सात राज्यमा पनि निर्माण गर्न लागेको उनको भनाइ थियो । अन्तरक्रियामा गैर आवाशीय नेपाली संघको अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष मन केसीले आफ्नो संस्था दश अर्ब बराबरको गैर आवाशीय नेपालीहरुको संयुक्त कोष निर्माण गर्ने तयारीमा रहेको बताए । उक्त कोष निर्माण संगै नेपालमा गैर आवाशीय नेपाली हरुको ठुलो तथा सयुक्त लगानी शुरु हुने बताए । कार्यक्रममा गैर आवाशीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष गोवा कटवालले नेपालमा नीतिगत समस्या भएकाले गर आवाशीय नेपालीहरुमा लगानीको आत्मबिस्वास अझै पैदा नभएको बताए । नीतिगत रुपमा नेपालबाट आफ्नो लगानी वा मुनाफा कर तिरेर सहज फिर्ता ल्याउन पाइने र लगानीका लागि सहज रुपमा यहाबाट पुजी लगानी गर्न पाइने बाताबरण बनेमा गैर आवाशीय नेपाली लगाएत बैदेशिक पुजी नेपालमा भित्रन सक्ने उनले बताए । कार्यक्रममा गैर आवाशीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष डिला खरेलले गैर आवाशीय नेपालीहरुले ठुलो मात्रामा संयुक्त पुजी संकलन गर्न सकेमा नेपालमा लगानी गर्न सरकारी स्तरबाट सहयोग हुने आफुलाई विस्वास भएको भन्दै आफुहरुले पुजी संकलनमै जोड दिनु पर्ने बताए । कार्यक्रममा सिड्नीमा क्रियाशील दुइ दर्जन व्यवसायी तथा गैर आवाशीय नेपाली अगुवाहरु उपस्थित थिए ।
नेपाली बालिकालाई जबर्जस्तीकरणी गर्ने अमेरिकी नागरिक पक्राउ
काठमाडाैं । नेपाली बालिकालाई जबर्जस्तीकरणी गर्ने अमेरिकी नागरिक पक्राउ परेका छन् । आर्थीक प्रलोभन देखाइ तथा खानेकुरा दिई ललाई फकाई गरी नेपाली बालबालिकालाई यौन शोषण गर्ने गरको भन्ने सूचनाको आधारमा उनलाई आइतबार काठमाडौं विमानस्थल स्थित मेमोरियल गेष्ट हाउसबाट पक्राउ गरिएको हो । उक्त गेष्ट हाउसबाट अमेरिकी नागरिक जेसोन लोइड मुडी र तीन बालिकालाई आपत्तिजनक अवस्थामा फेला पारी पक्राउ गरेको हो । हाल उनको जबरजस्ती करणी कसूर अन्तर्गत अनुसन्धान भई रहेको जनाइएको छ । उनीबाट अमेरिकाको राहदानी तीन थान, ल्यापटप एक थान, मोबाइल चार थान लगायतका बिभिन्न सामग्रीहरु बरामद भएको जनाएइको छ । केन्द्रिय अनुसन्धान ब्युरोका प्रवक्ता वेल बहादुर पाण्डेले बताए ।
महालक्ष्मी विकास बैंकको नयाँ शाखा सानो भर्याङमा
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो नयाँ शाखा काठमाडौंको सानो भर्याङ्मा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन काठमाडौँ महानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल र समारोहका सभापति तथा बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द्र पौडेलले संयुक्त रुपमा गरेका छन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैंकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैंकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गरेका छन् । हाल बैंकले १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत करिब पाँच लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
फिनल्यान्डमा ३४ वर्षिय युवा प्रधानमन्त्री, नेपालमा कहिले
काठमाडौं । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । नेपालमा भने युवाले राजनितीमा स्थान नपाएको भनेर बेला बेलामा चर्चा हुने गरेको छ । नेपालमा प्रधानमन्त्री ५० वर्ष भन्दा माथिका नै हुने गरेका छन् । प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन् । पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन् । उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन् ।
यामाहाले सार्वजनिक गर्यो २०२० संस्करणको ‘आर१५ भी३’, बीएस६ इञ्जिन र डुअल हर्न लगायतका विशेषता
काठमाडाैं । जापनिज मोटरसाइकल उत्पादक कम्पनी यामाहाले २०२० संस्करणको ‘वाइजेडएफ-आर१५’ लाई भारतमा सार्वजनिक गरेको छ । भारतीय बजारमा उक्त बाइकको मूल्य एक लाख ४५ हजार रुपैयाँ तोकिएको छ जुन पहिलेको तुलनामा तीन हजार रुपैयाँले महँगो हो । विशेष परिमार्जनको रुपमा ‘२०२० आर१५’ मा बिएस६ प्रदुषण मापदण्डको इञ्जिन दिइएको छ ।यसले पहिले भन्दा केहि कम पावर र टर्क प्रोड्युस गर्दछ । पहिलेको बिएस४ इञ्जिनले १९ बीएचपीको पावर प्रोड्युस गर्थ्यो भने यस बिएस६ इञ्जिनले १८.३ बीएचपीको पावर प्रोड्युस गर्दछ । त्यसैगरी उक्त इञ्जिनले पहिलेभन्दा ०.६ एनएम कम टर्क अर्थात् १४.१ एनएमको टर्क प्रोड्युस गर्दछ । थप परिमार्जनहरुका रुपमा नयाँ आर१५ मा पछाडितर्फ रेडियल टायर जडान गरिएको छ भने साइड-स्ट्याण्ड इञ्जिन कट-अफ स्विच पनि समावेश गरिएको छ । त्यसैगरी, उक्त बाइकमा दुईवटा हर्नको विशेषता रहेको कुरा पनि कम्पनीले जनाएको छ । २०२० आर१५ रेसिङ्ग ब्लु, थन्डर ग्रे र डार्कनाइट गरी ३ कलर अप्सन्समा उपलब्ध रहेको छ जसमध्ये डार्कनाइटको मूल्य चाहिँ एक लाख ४७ हजार रुपैयाँ तोकिएको छ । आर१५ भी३ स्लिपर क्लच र डुअल च्यानल एबीएस जस्ता सेफ्टी फिचरहरु समावेश भएको फेयर्ड मोटरसाइकल हो जसलाई युवावर्गहरुले अत्यन्तै रुचाएको पाइन्छ ।