विकासन्युज

सरकारसँग ११ बुँदे सहमति गर्दै सिके राउतले भने-५ महिना जेल बसेपछि स्वतन्त्र मधेसको भूत हरायो

काठमाडौँ । स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतले ५ महिना जेल बसेपछि स्वतन्त्र मधेसको भुत हराएको बताएका छन् । सरकारसँग ११ बुँदे सहमति पछि शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । उनले भने-स्वतन्त्रताको अर्थ जेल पुगेपछि बुझे, अब देस मान्छु, संविधान मान्छु । प्रधानमन्त्री ओलीतर्फ संकेत गर्दै उनले अगाडि भने–प्रधानमन्त्रीज्यु १४ वर्ष जेल बस्नु भो, अहिले पनि जेलको अवस्था सुध्रीएको रहेनछ, क्षमता भन्दा कैयो गुणा बढी मानिस कोचिएको रहेछन् ।  

एउटै मञ्चमा देखिए प्रधानमन्त्री केपी ओली र सिके राउत, ११ बुँदे सहमति

काठमाडौँ । सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । सहमतिमा गृहमन्त्री रामबहादुर थापा र सिके राउतले हस्ताक्षर गरेका छन् । शुक्रबार भएको यो सहमतिसँगै सिके राउत नेतृत्वको समूह खुला राजनीतिमा आएको छ । राष्ट्रिय सभागृहमा भएको घोषणा सभामा सरकार र गठबन्धनबीचको सहमति भएका ११ बुँदा पढेर सुनाइएको थियो । जसमा राउत पक्षले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्दै स्वतन्त्र राजनीति गर्ने तथा स्वतनत्रता, स्वाधिनता र अखण्डतको रक्षा गर्ने प्रतिवद्धता जनाइएको उल्लेख छ । सहमतिका ११ बुँदामा सरकारले स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लगाएका राजनीतिक मुद्दा खारेज गर्ने र उसलाई मूलधारको राजनीति गर्न अवरोध नगर्ने उल्लेख छ । प्रहरी हिरासतमा मृत्यु भएका गठबन्धका कार्यकर्ताका परिवारालाई क्षतीपुर्ति दिने, गठबन्धनका नेता कार्यकर्ताको ज्ञान र र सीप राज्यका लागि लगाउने सहमतिमा उल्लेख छ ।

महिला आरक्षण र समानताको नीति राज्यले अवलम्बन गर्नु पर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला र पुरुषबीचको लैङ्गिक समानताका लागि महिलालाई आरक्षणका साथमा समानताको नीति राज्यले अवलम्बन गर्नुपर्नेमा जोड दिएकी छिन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिला आरक्षणसम्बन्धी संवैधानिक र कानूनी संरचनाले महिला सशक्तीकरणमा चाहेअनुसारको उल्लेखनीय सुधार नदेखाएकाले अब आरक्षणका साथमा समानताको नीति राज्यले अबलम्बन गर्नुपर्छ भनिन् । राष्ट्रपति भण्डारीले ठूला पुल र सडक बनाएर , हवाईजहाज चढेर मात्र समृद्धि नआउने बताउँदै महिलाप्रति हेर्ने सोच र व्यवहार परिवर्तनले मात्र समृद्धि हासिल हुने बताउँदै भने “महिला सवाल महिलाको मात्र होइन, पुरुषको पनि हो, एउटा महिला पीडित हुनु भनेको पुरुष पनि पीडित हुनु हो भन्ने कुरालाई जनचेतनामार्फत परिवर्तन गर्नुपर्छ । महिला हिंसा अन्त्य गरिनुपर्छ ।” काननूनले अन्त्य गरिसकेको छाउपडी, बोक्सी, बालविवाह, बहुबिवाहजस्ता कुप्रथा समाजमा अझै विद्यमान रहेको प्रति चिन्ता व्यक्त गर्दै उनले यस्ता प्रथालाई जरोदेखि नै समाप्त गर्न सामूहिक प्रयत्नको खाँचो औल्याइन् । राष्ट्रपति भण्डारीले गाउँ घरमा विद्यमान महिलाविरुद्धका अन्धविश्वास तथा कुप्रथा अन्त्य गर्न महिला शिक्षामा लगानी वढाउन सरकारसित आग्रहसमेत गरिन् । उनले भनिन्, “महिला र पुरुष समानताका लागि हरेक क्षेत्रमा ५०/५० प्रतिशत सहभागिता आवश्यक छ ।” उनले आगामी दिनमा हालसम्म महिला अधिकारका क्षेत्रमा प्राप्त अधिकार रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औँल्याउँदै पछिल्लो समय छोटो अवधिमा नेपालले लैङ्गिक समानता क्षेत्रमा उल्लेखनीय उपलब्धि तथा फड्को हासिल गरेको वताए । सो अवसरमा महिलामन्त्री थममाया थापाले संविधानप्रदत्त महिला अधिकार कार्यान्वयन गर्न मन्त्रालयले आवश्यक ऐन, नीति तथा कार्यक्रम कार्यन्वयन गरिरहेको तथा महिला हिंसा अन्त्यका लागि सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा समन्वयमार्फत विभिन्न कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिइन् । समाजसेवी दुर्गा घिमिरेले महिला दिवस वर्षमा एक दिन मनाएर सकारात्मक परिवर्तन नआउने बताउँदै महिला सहभागिताविना दिगो शान्ति र विकास सम्भव नहुने धारणा व्यक्त गरिन् ।

स्वास्थ्य बीमाका लागि गाउँगाउँमा बिमितको नाम दर्ता

लहान । स्वास्थ्यबीमा कार्यक्रमअन्तर्गत सिरहाका गाउँगाउँमा बीमितको नाम दर्ता शुरु गरिएको छ । यही फागुन २ गतेदेखि सिरहामा स्वास्थ्यबीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्यबीमा कार्यक्रम लागू भएपछि स्वास्थ्यबीमा बोर्ड लहान शाखाले जिल्लाका सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितको नाम दर्ता गर्ने कार्य शुरु गरिएको हो । स्थानीय तहका सम्पूर्ण वडामा एक/एक सहजकर्ता परिचालन गरी बीमाको महत्व, यसको प्रक्रिया र बीमा कार्यक्रमबाट प्राप्त हुने सुविधाका बारेमा प्रचारप्रसार गर्नुको साथै बीमा गराउनेको नामसमेत दर्ता गर्ने कार्य भइरहेको स्वास्थ्य बीमा बोर्ड लहान शाखाका बीमा अधिकारी भोगेन्द्र साहले जानकारी दिए । सहजकर्तामार्फत दर्ता भएको बीमितको नामलाई चैतबाट कम्प्युटरमा दर्ता गरिने र अहिले नाम दर्ता गराएका बीमितलाई आउँदो जेठबाट बीमा सेवा उपलब्ध गराइने बीमा अधिकारी साहले बताए । पाँच जनाको परिवारले वार्षिकरूपमा प्रतिपरिवारले रु दुई हजार ५०० को प्रिमियम तिरे स्वास्थ्य उपचारवापत वार्षिक ५० हजारको स्वास्थ्यबीमा पाइने व्यवस्था छ । पाँचभन्दा बढी सदस्य भएमा प्रतिसदस्यले वार्षिक ४२५ का दरले थप प्रमियम तिर्नुपर्ने र सुविधा थैलीमा १० हजार थपिने जनाएको छ । रासस

टेस्लाले चीनमा विद्युतीय कार उत्पादन कारखाना निर्माण गर्ने, ५२ करोड डलर ऋण प्राप्त

शाङ्घाई । विश्वविख्यात विद्युतीय कार निर्माता कम्पनी टेस्लाले चीनमा विद्युतीय कार निर्माणका लागि कारखाना खोल्न चिनियाँ बैंकबाट ५२ करोड डलर ऋण प्राप्त गरेको छ । यो कारखाना शाङ्घाई नजिक निर्माण गरिने कम्पनीले जनाएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित उक्त कम्पनीले चीनमा कारखाना निर्माण गर्ने बताए पनि पुँजी जुटाउन बेइजिङसँग वार्ता गरिरहेको थियो । टेस्ला कम्पनी विश्वकै सबैभन्दा ठूलो विद्युतीय कार निर्माता हो । चीनको कारखानामा टेस्लाले मोडेल ३ का सेडान कारहरु उत्पादन गर्नेछ । प्रारम्भमा यहाँबाट सातामा ३ हजार कार उत्पादन हुनेछन् भने वार्षिक पाँच लाख थान कार उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । कार उत्पादन यसै वर्षको अन्त्यदेखि हुनेछ । टेस्लाका प्रमुख कार्यकारी एलन मस्क गत जनवरीमा चीनको भ्रमण गरेका थिए । चीनमा रहँदा उहाँले कार उत्पादन कारखाना स्थापना र सञ्चालनका लागि स्थानीय चिनीया बैंकहरुसँग पूँजीका लागि छलफल गरेका थिए । टेस्लाले चिनियाँ औद्योगिक तथा बाणिज्य बैंक, चाइनिज कन्स्ट्रक्सन बैंक, कृषि बैंक र शाङ्घाई पुदोङ विकास बैंकबाट ५२ करोड १० लाख ऋण रकम प्राप्त गरेको छ । टेस्लाको उक्त घोषणासँगै न्यूयोर्क शेयर बजारमा दुई प्रतिशतभन्दा बढीले सेयर कारोबार भएको छ । चीन विश्वकै सबैभन्दा ठूलो कार बजार हो र वर्षौंदेखि कारको बिक्री निरन्तर बढ्दो छ । तर सन् २०१८ मा २।८ प्रतिशतले कार बिक्री घटेको चिनीया अधिकारीहरुले जनाएका छन् । विद्युतीय कारको बिक्रीमा भने निरन्तर सुधार आएको छ । गत वर्ष विद्युतीय सवारी साधनको बिक्रीमा ६२ प्रतिशतले वृद्धि भएको छ ।चीनमा विद्युतीय कार उत्पादनमा बीएआईसी, बीवाईडी र जोट्ये पनि अग्रणी स्थानमा छन् । रासस/एएफपी

प्रा.डा. सुरेन्द्र केसीको प्रश्नः अदालतले छाडेको भोलीपल्टै सरकारसँग मिल्ने कुरा के हो ?

काठमाडौं । मधेशमा पृथकतावादी अभियान चलाईरहेका डा. सिके राउत एकिकृत नेपालका पक्षमा फर्किएको कुरा के हो भनेर अहिले नै निष्कर्ष निकालियो भने हतार हुन्छ । उनी एकिकृत नेपालका पक्षमा फर्किएको हो वा होइन भन्ने कुरा अहिले पर्ख र हेरकै अस्थामा छ । उनी साच्चै बदलिएका हुन भने राम्रो हो । अर्काे कुरा मधेशमा मुक्तिको कुरा उठाएर पदसँग साट्ने चलन पनि छ । पृथकतावादको बिषयलाई भजाएर पद साटेको पनि हुन सक्ला । उनी यसरी फर्कनुका पछाडी भारतको असहयोग पनि कारण हुन सक्छ । भारतले बिहार, पश्चिम बंगाल जस्ता रणनीतिक महत्वका शक्तिशाली र ठुलो भूगोल ओगटेका प्रदेशहरुकै सिमामा पृथकवादी आन्दोलन रुचाएको थिएन् । युरोपिनयन र अमेरिकनहरुको मात्रै सहयोगले मधेशमा केहि हुन्न भन्ने निष्कर्ष निकालेर राउत फर्किएको पनि हुनसक्छ । अर्काे महत्वपूर्ण कुरा अदालते छाड्ने वित्तिकै मुलधारमा आउने कुरा के हो ? अदालत र सरकार छुट्टै हुन् । तर यहाँ त अदालतबाट छुट्ने अनि त्यसकै भोलीपल्ट सरकारसँग मिलेर मुलधारमा आउने गतिबिधी देखियो । यसले केहि शंसय पक्कै पनि पैदा गरेको छ । अब सिके राउत मुलधारमा फर्किएपछि उनले कस्तो गतिबिधी गर्छन् ? भन्ने कुरालाई केहि समय पर्खेर हेर्नुपर्छ ।-प्रा.डा. सुरेन्द्र केसीसँगको कुराकानीमा आधारित

घरजग्गा पास गरिदिने प्रलोभन देखाई ४९ लाख २० हजार ठगी गर्ने दम्पती पक्राउ

वालिङ । घरजग्गा पास गरिदिने प्रलोभन देखाई विभिन्न व्यक्तिबाट ४९ लाख बीस हजार ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका–३ घर भई फेदिखोला गाउँपालिकास्थित इलाका हुलाक कार्यालयमा हल्कारा पदमा कार्यरत ४४ वर्षीय महेन्द्र नेपाल र निजकै श्रीमती ४० वर्षीया सङ्गीता नेपाललाई प्रहरीले पक्राउ गरेको हो । निज दम्पतीले नगरपालिका–३ मा महेन्द्र नेपालको नाममा रहेको घरजग्गा पास गरिदिने भनी प्रलोभन देखाई आठ जनाबाट विभिन्न मितिमा रकम लिई देखाएको जग्गा अर्कै व्यक्तिको नाममा राजीनामा पास गरी ठगी गरेकाले पीडित मञ्जु गोदार तथा अन्यले प्रहरीमा किटानी जाहेरी दिएसँगै प्रहरीले दम्पतीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दम्पतीले विभिन्न मितिमा स्याङ्जाको फेदिखोला गाउँपालिका-२ की मञ्जु गोदारबाट पन्ध्र लाख, सावित्री दर्जीबाट तीन लाख ३० हजार, चुनुमाया गोदारबाट तीन लाख ५५ हजार, वेदप्रसाद गौतमबाट तीन लाख, कृष्ण महत थापाबाट चार लाख ६० हजार, दुर्गाकुमारी खत्री खड्काबाट सात लाख, रुकुमको मुसिकोट नगरपालिका-१ घर भई हाल कास्कीको पोखरा महानगरपालिका-८ मा डेरा गरी बस्ने रेशम रावलबाट दुई लाख ७५ हजार गरी कूल ३९ लाख २० हजार लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । पक्राउ परेका दम्पतीहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

सशस्त्र प्रहरीमा ३२ सय ९७ लाई जागिरको अवसर, चैत २५ गतेसम्म आवेदन दिन पाइने

काठमाण्डौँ । सशस्त्र प्रहरी बल नेपालले ठूलो संख्यामा सशस्त्र प्रहरी जवानको माग गरकेो छ । सशस्त्र प्रहरी बलले ३ हजार २ सय ९७ जवान माग गरेको हो । सशस्त्र प्रहरीले एक सूचना प्रकाशित गरी खुलातर्फ १ हजार ७ सय ७७, महिलातर्फ २ सय ९७, आदिवासी जनतातितर्फ ४ सय ७५, मधेसीतर्फ ४ सय १६, दलिततर्फ २ सय २२, पिछडिएको क्षेत्रतर्फ ७४ र अमर प्रहरीतर्फबाट ३६ प्रहरी जवान माग गरेको हो । सशस्त्र प्रहरी जवानका लागि ८ कक्षा उत्तिर्ण गरेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । यद्यपि १८ वर्ष पूरा भएर २२ वर्ष ननाघेका नेपाली नागरिक मात्रै सशस्त्र प्रहरी जवान पदका लागि योग्य हुनेछन् । इच्छुक व्यक्तिले फागुन २४ गतेदेखि चैत २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।