विकासन्युज

डिएभी स्कूल वीरगंजको २६औं वार्षिकत्सव सम्पन्न, ८ जनाले पाए प्रशंसा पत्र

काठमाडौं । डिएभी स्कूल वीरगंजको २६औं वार्षिकत्सव सम्पन्न भएको छ । नेपालमा यो स्कूल स्थापना गर्ने संस्थापकको रुपमा चिनिने स्वर्गीय शंकरलाल केडियाको ८४औं जन्मजयन्तीको अवसर पारी एक सातादेखि स्कूलले विविध कार्यक्रम गरी यस वर्षको वार्षिक उत्सव मनाएको छ । ६ डिसेम्बर राष्ट्रिय स्तरको वक्तित्वकला प्रतियोगिता, ७ डिसेम्बर विज्ञान प्रदर्शनी तथा मेला, ८ डिसेम्बर खेल दिवस तथा मंगलवार वार्षिक उत्सवको विशेष संस्कृतिक कार्यक्रम तथा प्रशंसा पत्रवितरण गरी कार्यक्रम समापन भएको थियो । आजको विशेष कार्यक्रममा डिएभीका छात्रछात्राहरुले समाजिक कुरुति हटाउन विभिन्न सन्देश मुलक गीत संगीत प्रस्तुत गरेका थिए । वार्षिक उत्सवको अवसरमा विद्यालयको कामकाजमा योगदान पुर्याउने विद्यालयका प्रबन्धक दिलिप गुप्ता, शिक्षक सुधीर सिंह, दिपक क्षेत्री, चन्देश्वर साह, अन्जु बर्मा, मुन्ना साह, पलब ठाकुर, कर्मचारी विजय पटेललगायतलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । विद्यालय सञ्चालक समितिका अध्यक्ष ताराचन्द केडियाको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक डा.त्रिदेव उपाध्यायको संयोजनमा समापन भएको कार्यक्रममा प्रमुख अतिथि एवं काठमाडौंका समाज सेवी चन्द्र केसी, विद्यालयका डाइरेक्टर प्रदिप केडिया, विद्यालय सञ्चालन समितिका उपाध्यक्ष डा.विजयकुमार अग्रवाल, डिपिएसका प्रधानाध्यपाक डा. जिएस चौधरी, वीरगंजका व्यवसायी सत्यनारायण मित्तल, घनश्याम दास चाचान, परवानीपुर गाउँपालिका वडा नं ३ चैनपुरका वडा अध्यक्ष गजेन्द्र पटेल लगायतको सहभागिता थियो । १९९३ मा स्थापना भएको डिएभी स्कूल वीरगंजमा हाल प्ले समुहदेखि कक्षा १२ सम्म पढाई हुन्छ । जम्मा ६ सय ३१ जना विद्यार्थी अध्ययनरत छन् भने ४६ जना शिक्षक र २९ जना कर्मचारी कार्यरत छन् ।

गण्डकी विकास बैंकले एकैदिन खोल्यो तीन नयाँ शाखा

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले आजदेखि थप तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले जुम्लाको खलंगा शाखाको उद्घाटन गरेको छ भने साथै, पोखराको बाझापाटन र काठमाडौंको मैतिदेवीको शाखाबाट वित्तीय कारोबारको शुर गरेको छ । यससँगै देशका विभिन्न जिल्लामा गरि बैंकको ९१ वटा शाखाहरुबाट वित्तीय कारोवार उपलब्ध हुनेछ । जुम्ला शाखाको उद्घाटन चन्दननाथ नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष अर्जुन सिंह कठायत र बैंकका सञ्चालक नारायण बहादुर बानियाले संयुक्त रुपमा गरेका छन् । कार्यक्रममा अध्यक्ष कठायतले जुम्लावासीले पक्कै पनि गण्डकी विकास बैंकका सेवा सुविधाको लाभ लिने विश्वास गरेका छन् ।

डल्लुमा सुजुकीको ६ दिने निःशुल्क सर्भिस क्याम्प

काठमाडौं । सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट-अफ-आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरुसहित ६ दिने निःशुल्क सर्भिस क्याम्प शुरु भएको छ । सर्भिस क्याम्प अवधिमा ‘एसी चेक’, ‘ब्याट्री चेक’, ‘ओभरअल चेकअप’ र ‘कार वाश’ निःशुल्क गरिनेछ भने ‘थ्रि डी ह्विल अलान्मेन्ट’ र ‘एसडीटी डायग्नोस्टिक’मा ५० प्रतिशत छुट दिइनेछ । साथै, स्पेयर पार्टस्, इन्जिनआयल र एसेसोरिजमा १० प्रतिशत छुट दिइनेछ । निःशुल्क सर्भिस क्याम्प आउँदो मंसिर ३० गतेसम्म जारी रहनेछ । डल्लू कंकेश्वरी मन्दिर नजिक रहेको सुजुकी सर्भिस सेन्टर नेपालकै ठूलो सुविधासम्पन्न सर्भिस सेन्टर हो । यहाँ अत्याधुनिक उपकरण र डायग्नोस्टिक सिस्टमसमेत रहेको छ । २३ हजार तीन सय ८१ स्क्वायर फिटमा फैलिएको सर्भिस सेन्टरमा हरेक महिना दुई हजारभन्दा बढी कार सर्भिसिङ गर्ने क्षमता छ ।

४ लाखले बढेर ९ लाख भयाे स्वर्ण पुरस्कार राशी, गौरिकाले मात्रै ६५ लाख रूपैयाँ पाउने

काठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सरकारले स्वर्ण जित्ने खेलाडीहरुलाई प्रतिव्याक्ति ४ लाख रूपैयाँ पुरस्कार बढाएको छ । यसअघि सरकारले ५ लाख मात्र दिँदै आएकोमा यो पटक भने बढाएर ९ लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिने पनि उनले घोषणा गरेका छन् । टिम इभेन्टमा स्वर्ण जित्ने टोलीका हरेक सदस्यलाई जनही ५ लाख रुपैयाँ दिने पनि प्रधानमन्त्री ओलीले घोषणा गरेका छन् । स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकले पनि ५ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री ओलीले घोषणा गरेका छन् । सागमा नेपालका लागि सर्वाधिक स्वर्ण जित्ने गौरिका सिंहले पुरस्कार पनि सबैभन्दा धेरै पाउने भएकी छन् । प्रधानमन्त्रीले गरेको घोषणामा सागमा ४ स्वर्ण जित्ने गौरिका सिंहले ४४ लाख पाउने भएकी छिन् । रजत जित्नेलाई ६ लाख घोषणा गरिएअनुसार २ रजत जितेकी गौरिकाले थप १२ लाख पाउनेछिन् । त्यस्तै, उनले ३ कास्य पदक जितेकीले ९ लाख पाउने छिन् ।  यसरी हेर्दा उनले कम्तिमा ६५ लाख पाउने छिन्। काठमाडौंमा मंगलबार सम्पन्न भएकाे सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो । यसअघि सरकारले स्वर्ण पदक जित्ने खेलाडीलाई ५ लाख, रजत जित्नेलाई ३ लाख र कांस्य जित्नेलाई २ लाख रुपैयाँ पुरस्कार दिँदै आएको थियो ।

सामाजिक सुरक्षा कोषमा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंककाे दवाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन सूचना जारी गरेको छ । राष्ट्र बैंकले बाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त लगायत इजाजतपत्त सबै वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकरण सुझाएकाे छ । १ महिनाअघि तत्कालिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले सामाजिक सुरक्षाकोषका पदाधिकारी र बैंकर्स संघका पदाधिकारीलाइ सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न गराउन निर्देशन दिएका थिए । सामाजिक सुरक्षा काेषले हाल बैंकहरूका कर्मचारीले पाएजति सुविधा पनि नदिने, दाेहाेराे कर लाग्ने, पुराना कर्मचारीलाई नाेक्सान हुने, उच्च तहका कर्मचारीलाइ पनि नाेक्सान हुने, सामाजिक सुरक्षा काेषले दिने पेन्सन बैंकमा निक्षेप राखेर पाउने व्याजकाे अाधा पनि नहुने, अवकार पाएपछि सबै रकम झिक्न नपाउने जस्ता कारण देखाउँदै काेषमा जान मानिरहेका छैनन् । 

कुमारी स्मार्ट मोबाईल बैंकिङ्गको आकर्षक योजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले स्मार्ट मोबाईल बैंकिङ्गको आकर्षक योजना ल्याएको छ । नगद रहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न, कुमारी बैंकले आफ्नो ग्राहकवर्गलाई लक्षित गरी उक्त योजना ल्याएको हो । यस योजना अन्तर्गत कुमारी बैंकका मोबाईल बैंकिङ्ग ग्राहकहरुले कुमारी स्मार्ट मोबाइल बैकिङ्ग एप्लिकेसन प्रयोग गरी विभिन्न योजनाहरुमा सहभागी भई यस अवसरको फाइदा लिन सक्ने छन् । १०० मा १०० – यस योजना अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ्गबाट पहिलो रु १०० को टपअप गर्दा रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना नयाँ तथा पुराना दुबै खालका ग्राहकलाई लागू हुनेछ तथा यो योजनामा सहभागी हुनका लागि ग्राहकले पहिलो चोटी कुमारी मोबाईल बैंकिङ्गको प्रयोग गरेको हुनुपर्नेछ । स्क्यान एन्ड पे – यस योजना अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ्ग प्रयोग गरी विभिन्न पसल तथा रेस्टुराँहरुमा क्यु. आर. कोड स्क्यान गरी भुक्तानी गर्दा १०५ वा दैनिक आधिक्तम रु १०० सम्म क्यासब्याक (प्राप्त गर्न सक्नेछन् । यो योजना फाल्गुन १७ गते सम्मका लागि लागू हुनेछ । कुमारी स्मार्टको प्रयोग गरी विभिन्न बिल भुक्तानी जस्तै – पानी, बिजुली, सारथिको ट्याक्सी, नेपाल ग्याँस, इन्टरनेट, इत्यादिको पैसा भुक्तानी गर्न पनि सकिन्छ ।

बजार अनुगमनबाट ३५ लाख उठ्दा ३६ लाख कर्मचारीलाई भत्ता, सांसदको प्रश्न- ‘यो कस्तो बजार अनुगमन ?’

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण समितिका सदस्य एलपिसवा लिम्बुले चाडपर्वको समयमा अनुगमन गरेर उठेको रकमभन्दा धेरै पैैसा अनुगमन गर्ने कमचारीले भक्ताको रुपमा बुझेको बताए । उनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीलाई पनि सोधे यो कस्तो अनुगमन हो । अनुगमनबाट ३५ लाख जरिवना उठने तर ती अनुगमन गर्ने अधिकारीहरुको भत्ता नै ३६ लाख हुने । संघ प्रदेश र स्थानीय तहको भूमिकाबारे उपभोक्ता हित संरक्षण मञ्चले आयोजना गरेको अन्तरक्रियामा बोल्दै लिम्बुले बजार अनुगमन भत्ता लिनको लागि हो कि व्यापारीलाई सजक गराउनलाई हो भनेर प्रश्न गरे । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी रोक्न कुनै कसुर बाँकी नराख्ने बताए । बजार अनुगमन व्यवस्थित गर्न मन्त्रालयले काम गरिरहेको समेत उनले जानकारी दिए । व्यवसायीलाई जिम्मेवार बनाउने गरी मन्त्रालयले काम गरिरहेको छ । ‘बजार अनुगमन भन्दा पनि बजार सचेतना पहिलो कुरा भएकोले कानून नटेर्नेलाई तह लगाउन सरकार तयार छ । उत्पादक, व्यापारी र उपभोक्ता उत्तरदायी हुनेगरी सचेतनाको काम अघि बढाउने उनले बताए । कायक्रममा बोल्दै वणिज्य सचिव बैकुण्ठ अर्यालले बजार अनुगमनको नयाँ ढाँचाबारे मन्त्रालयले काम गरिरहेको छ । पहिले बुझाउने, दोस्रो सम्झाउने, तेस्रो सर्जीकल स्ट्राईक गर्ने छ । बजार व्यवस्थापनका लागि संघ र प्रदेशले बनाएको कानुनका अस्पष्टता अन्त्य गर्न मन्त्रालय तयार रहेको उनले बताए । त्यस्तै वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले तत्कालिन अवस्थामा कानुन बनाउँदा संघका लागि मात्रै हो भन्ने सोच देखियो भन्ने छ त्यसलाई अब सच्याएर अगाडि बढने बताए । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाले बजार अनुगमनको ऐनमा कमजोरीहरु रहेको बताए । कानुन बनाउँदा व्यापारी सांसदहरुले ऐनमा चलखेल गर्दा मालिक भन्दा पनि कामदार दोषी ठहरिने गरी ऐन आएकोले अनुगमनमा समस्या रहेको बताए ।

महासागरीय देशहरुमा दादुराको महामारीः नियन्त्रणमा सघाउन राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघ । दक्षिणी प्रशान्त महासागरीय देशहरुमा केही समय यतादेखि फैलिएको दादुराको महामारी विरुद्ध लड्न राष्ट्रसंघले आग्रह गरेको छ । ती देशमा बढ्दै गएको प्रकोप कम गर्न हाल अष्ट्रेलिया र न्युजिल्याण्डले सहयोग गरिरहेका छन् । त्यस महामारी विरुद्धको अभियानमा सघाउन अरु देशलाई पनि आग्रह गरिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो आग्रह गरेको महासचिवका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दक्षिणी प्रशान्त महासागरीय क्षेत्रका कम्तीमा पनि तीन लाख नागरिकमा यसको सङ्क्रमण देखिएको समाचार यसअघि नै आएको थियो । यसको प्रकोप प्रतिदिन बढ्दै जान सक्ने खतरालाई मध्यनजर गर्दै यसका लागि सघाउन आग्रह गरिएको हो । खासगरी समोआ, फिजी, टोंगा, भानुआतु, कुक आइल्याण्ड, नाउरु, टुभालू आदिमा दादुराको प्रकोप बढ्दै गएको छ । यसको प्रकोपका कारण यहाँ सयौँ नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ । महामारी नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघीय बालकोष, युनिसेफको नेतृत्वमा केही सहायता सहायता एजेन्सीहरुले काम गरिरहेका छन् । ती देशमा अझै ठूलो सहयोग र प्रतिबद्धताको आवश्यकता रहेको पनि बालकोषले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनले यहाँको अवस्थालाई अझ गम्भीर रुपमा लिन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघको यो पछिल्लो आग्रह बमोजिम अष्ट्रेलिया र न्युजिल्याण्ड सरकारले भने सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । तर अरु पनि स्वास्थ्य क्षेत्रमा काम गर्ने सहायता एजेन्सीहरुसमक्ष सहयोगको आग्रह गरिएको हो । यसैबीच टापुहरुले भरिएको देश समोआमा दादुराको महामारीबाट मध्य अक्टोबरबाट हालसम्म ७० जनाको मृत्युको भएको सरकारी स्रोतले जानकारी दिएको छ । सो रोग निगरानी टोलीकाअनुसार चार हजार ६९३ दादुराको सङ्क्रमण सरकारले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ । हाल मात्र पनि यस रोगबाट सङ्क्रमित १५९ अस्पतालमा भर्ना छन् । समोआ हाल आपतकालको अवस्थामा रहेको छ । गत बिहीबार र शुक्रबार प्रायः सार्वजनिक र सरकारी सेवा बन्द गरिएको थियो । गत डिसेम्बर ८ मा ९० प्रतिशत सर्वसाधारणलाई दादुरा विरुद्धको सार्वजनिक खोप लगाइएको सरकारी स्रोतले जानकारी दिएको छ । रासस