प्रविधियुक्त पथमा लम्किएकी सुकीर्ति, जसले ल्याउँदैछिन् नेपालमा ‘पार्क इजी’ सिस्टम
काठमाडौं । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ अथवा भनौं जब मान्छेमा केही गर्ने इच्छाशक्ति हुन्छ न उसलाई कसैले रोक्न सक्छ नत छेक्ननै । उसको काम सफल होस् वा असफल तर उसको काम गर्ने दृढ चाहनाले भने उसलाई निरन्तर काममा उत्प्रेरित गर्छ । उसले आफ्नो काम गर्ने पाटो र बाटो पृथक रोज्छ पनि । त्यस्तै केही पृथक केही नयाँ र प्रविधियुक्त काम गर्न रुचाउने महिला उद्यमी हुन् काठमाडौं थापाथलीकी सुकीर्ति शर्मा । समाजमा बसेर केही पृथक काम गर्ने चाहना सुकीर्तिको सानै उमेर देखिको हो । वि.सं.२०४२ साल जन्मिएकी उनी सानैदेखि घरकी प्यारी थिइन् । हुने विरुवाको चिल्लो पात भनेझैं उनी सानै उमेरदेखि नै कक्षाकोठामा जेहेनदार विद्यार्थी भनेर चिनिन्थिन् । बुवा पाइलट भएकै कारण उनलाई पनि पाइलट बन्ने इच्छा नभएको होइन । तर, उनको पेन्टिङ तथा ड्रइङप्रतिको रुचीले उनलाई अर्कै बाटोतर्फ मोड्यो । उनका बुवा आफ्नै काममा व्यस्त हुन्थे तर , त्यहि माहोलमा पनि उनको पढाइ गज्जवको थियो । उनले वि.स २०५८ सालमा राम्रै अंकका साथ एसएलसी पनि पास गरिन् । घरमा छोरीले राम्रै अंकका साथ एसएलसी परिक्षा उत्तीण गरेसँगै खुसियाली छायो । आइएस्सी विश्व निकेतनमा बढ्न शुरु गरेसँगै घरमा विवाहको कुरा चल्न थालेको थियो । ‘म सानैदेखि ड्रइङमा रुचि राख्थेँ’ उनी भन्छन्, मलाई इञ्जिनियर पढ्ने उत्कर्ष जागी सकेको थियो ।’ सुकीर्तिले दुईवर्षे आइएस्सी पनि राम्रै अंकका साथ पास गरिन् । उनलाई अब १८ वर्ष लाग्यो । घरमा उनको विवाहको कुरा चल्न थाल्यो । बुबा र आमाले विवाहको गर्न ल्याउनु भएसँगै सो कुरा टार्न नसकि विवाह गरिन् । १८ वर्षको उमेरमा विवाह कलिलो उमेर । भर्खर १८ वर्ष पुगेकी सुकीर्तिलाई विवाहको प्रस्ताव आयो । अवस्था अनुसारको व्यवस्थामा रमेको समाजको अगाडि उनले त्यो प्रस्तावलाई नकार्न सकिनन् । पाइलट पढेका उनका बुवाले त्यही समाजका अगाडि छोरीको ढिलो विवाह गर्छु भन्ने शाहस निकाल्न सकेनन् । ‘उमेरले परिपक्क थिएनँ, आमाले विवाह गर्नुपर्छ भन्नुभयो, विवाह गरेँ ।’ उनको सहमतिसँगै २०६० सालमा उनको श्रवण खनालसँग विवाह भयो । विवाह गरेपछि पढ्नु हुन्न भन्ने मानसिकता आम मानिसहरुमा व्याप्त थियो त्यति बेला । त्यो उनको जीवनमा पनि लागु भयो । उनले विवाह गरेसँगै अध्ययन पनि रोकियो । ‘विवाह भएको एक वर्षपछि अब त केही गर्नु पर्छ भन्ने कुरा महशुस भयो’, उनले भनिन्, त्यसपछि म काठमाडौं इन्जिनियरिङ्ग कलेजमा सिभिल इन्जिनियरिङ्ग पढ्न शुरु गरेँ,घरका अन्यले कुनै मतलब गरेनन् तर श्रीमानको सल्लाह बमोजिम अध्ययनमा निरन्तरता दिएँ ।’ एउटा घर सुन्दर र सम्वृद्ध बनाउनका लागि महिलाको हात अपरिहार्य हुन्छ भन्ने भनाई आम जगतले गुनगुनाउँदै आएको छ । हो त्यस्तै, सुकीर्तिले पनि आफ्नो अध्ययन सँसगै घरको काम र जिम्मेवारी कहिल्यै भुलिनन् । निर्माण व्यवसायको यात्रा सुकीर्तिका श्रीमानको पृष्ठभूमी निर्माण व्यवसाय क्षेत्रको रहेको थियो । घरका अन्य सदस्यहरु निर्माण क्षेत्रमै काम गर्ने भएकै कारण उनले पनि काममा सघाउन सुरु गरिन् । बिहान कलेज सकेर दिउँसो निर्माण क्षेत्रमा हेर्न जाने उनको दैनिकी पनि सुरु भयो । इञ्जिनियरीङ पढ्दै गरेकी उनले काममा जाने मौका पाएसँगै केही सहजता पनि भयो । उनलाई आफ्नो पढाइको साथसाथै प्रयोगात्मक रुपमा आफुलाई स्थापित गर्न सहज वातावरण सिर्जना भयो । निर्माण क्षेत्रमा लामाे समयदेखि व्यवसाय गर्दै आएका उनका ससुराबुबा माधव खनाललाई समेत उनले सहयोग गर्न थालिन् । हाल एमके निर्माण सेवाले काम गर्दै आएको पनि ४० वर्ष भइसकेको छ । समयलाई व्यवस्थापन गर्दै प्रयोगात्मक कामका रुपमा काम गर्दै गएको उनी बताउँछिन् । जब उनको इन्जिनियरिङ्ग पनि सकियो, पढाइ सकेको तीन महिनापछि उनले इन्जिनियरिङ्ग परामर्शदाताको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंकमा काम शुरु गरिन् । जागिरभन्दा पनि आफैले केही व्यवसाय गरेर काम दिने उनको चाहना सानैदेखिको थियाे । ‘साथीहरु विदेशमा सेटल थिए’ उनले भनिन्, मलाई विदेश जाने रहर कहिल्यै जागेन, बरु आफ्नै केही व्यवसाय स्थापना गरेर त्यसैमा काम गर्ने योजना बनाएँ’। त्यससँगै उनले ३४ वर्षको उमेरमा एउटा कम्पनी स्थापना गरेकाे उनी बताउँछिन् । आफ्नै वि बिल्ड कम्पनी स्थापना उनले २०७४ सालमा वि बिल्ड कम्पनी स्थापना गरिन् । कम्पनी स्थापना गरेसँगै उनले विभिन्न भवनहरुको डिजाइनिङ र पुर्ननिर्माणको काम पनि सुरु गरिन् । नेपालको अधिकांश सरकारी तथा नीजि क्षेत्रमा कामको क्षमता भन्दा पनि आफ्नो मान्छेलाई राख्ने प्रवृतिका कारण पनि आफ्नै निर्माण कम्पनी राख्ने योजना बनाएको उनी बताउँछिन् । काम गर्दै जाँदा उनले धेरै अनुभवहरु बटुलिन् । धेरै व्यवसायीहरुसँग उनको घुलमिल भयो । निर्माणको क्षेत्रमा उनले धेरै ज्ञान र जानकारी हासिल गरिन् । नियमित रुपमा उक्त वी बिल्ड कम्पनीमा करिब एक सय जनाको संख्यामा श्रमिक रहेका छन् भने ५ जना इन्जिनियरले काम गर्दै आएका छन् । ‘वि बिल्ड’ ले भवन निर्माणको काम गर्दै आएको छ । हाल सुकीर्ति नयाँ प्रविधियुक्त पार्किङ सेवा काठमाडाैंमा स्थापित गर्ने तयारीमा छिन् । अब सुकीर्तिको कम्पनी वि बिल्डमार्फत नेपालमा पनि बहुतले पार्किङ (पार्किङ इजी) बनाउने भएको छ । ‘अब काठमाडौंमा पार्किङ व्यवस्थित हुनेछ’, मेरो प्रयासले देशले नयाँ पार्किङको सेवा लिनेछ ।’ के हो पार्क इजी ? सरल तरिकाले पार्किङ गर्न सकिने प्रविधियुक्त प्रणाली नै पार्क इजी हो । पार्क इजी सिमित ठाउँमा धेरै गाडी अटाउने गरी तलातलाको निर्माण गरिएको हुन्छ । स्टिलबाट बन्ने यस्तो पार्किङ एउटा लटमा दुईवटा मात्र गाडी अटाउने क्षेत्रफलमा तलातला गरी १२, १६ वा २० वटा सम्म पार्क गर्न सकिने संरचना तयार गरिन्छ । यो विश्वमा प्रख्यात पार्किङ प्रणाली हो । यस्ता स्टिल संरचनाको आयु ५० वर्ष भन्दा पनि बढी हुने उनी बताउँछिन् । चिनियाँ कम्पनी लुथाइडासँग मिलेर उनले यो प्रविधि नेपालमा भित्र्याउन लागेकी हुन् । लुइडा त्यहि कम्पनी हो जसले लामो समयदेखि मेक्सीको इरान, थाइल्याण्ड, सिंगापुर, साउदी अरेबिया, जिब्राल्टार, रुस, पोल्याण्ड, कोरिया, चीनमा बहुतले पार्किङ प्रणाली विकास गर्दै आएको छ । उनी आफै नै जमिन लिजमा लिएर पार्किङ सिस्टम निर्माणको तयारी गरिरहेकी छन् । पार्किङमा एउटा गाडी अट्ने युनिट तयार पार्न १० हजार डलर लागत लाग्ने उनी बताउँछिन् । सुरुमा यो प्रणाली खर्चिलो भएपनि दिर्घकालिन रुपमा नाफामूलक हुन्छ । उनले हाललाई १२ देखि १६ तला सम्मको भर्टिकल पार्किङ बनाउने स्वीकृति पाएकी छिन् । महिला उद्यमीका लागि निर्माण क्षेत्रमा चुनौती समाजमा छोरीले केहि गर्नै सक्दैनन् घरको कामका लागि मात्र हो भन्ने मानसिकता भएकाहरुका लागि सुकीर्ति एक उदाहरण बनेकी छन् । सफलताको पछाडि तितो यर्थाथता लुकिरहेको हुन्छ । यो त्यहि यर्थाथ जिन्दगीलाई पार गर्दै आज एक सफल निर्माण व्यवसायीको रुपमा उनी स्थापित भएकी छन् । कार्यक्षेत्रमा केटीले पनि याे काम गर्न सक्छन् र भन्ने जस्ता कुरा आउनुका साथै सम्मप्रति ठेस पुराउने प्रवृत्ति रहेकाे छ । हरेक क्षेत्रला ठूलो निर्णय गर्दा जानकारी नदिने, आफ्नो दक्षताप्रति तल्लो स्तरका व्यक्तिले प्रश्न उठाउने जस्ता कार्यहरु हुने गर्दछन् । खास त निर्माण सम्बन्ध सम्झौता गर्नलाई पनि हिचकिचाउने खालको संस्कार अधिकं मात्रा रहेको छ । यतिमात्र नभई महिला उद्यमीको कार्यशैलीप्रति महिलाले नै खुट्टा तान्ने प्रवृति रहेको छ । अझै महिला उद्यमीको कुरा गर्दै गर्दा दशकौंसम्म हेपिनु पर्ने अवस्था रहेको हुँदा महिलाले एकआपसमा सम्मान गरेर अगाडी बढ्दा उत्तम उनको बुझाइ छ । सार्क चेम्बरमा केन्द्रिय सदस्यका रुपमा सक्रिय शर्मा पछिल्लो समय नेपाल महिला उद्यमी महासंघमा पनि आवद्ध छिन् । देशमा आफ्नो लगनशिलता प्रस्तुत गरी आगामी दिनमा भवन निर्माणदेखि व्यवस्थित पार्किङ्गका लागि एवंम महिलाका हक अधिकार र कामप्रति समानता ल्याउने उनको प्रयास जारीे छ ।
लक्ष्मी बैंकले शुरु गर्यो एनिमेटेड भाइबर सेवा
काठमाडौं । लक्ष्मी बैंकले नेपाली एनिमेटेड प्याकको शुरु गरेको छ । भाइबर च्याटमा कुराकानीलाई अझ बढी रोमाञ्चक बनाउने उद्देश्यले सोमबारदेखि भाइबरमा १६ प्रकारका स्टिकर रहेको एनिमेटेड भाइबर–स्टिकर सेटको प्रारम्भ गरेको हो । भाइबरमा भएका स्टिकरहरु रमाइलो एवं रंगीन अभिव्यक्तिको माध्यम भएकाले लक्ष्मी बैंकको “ग्रिटिङ्स फ्रर्म लक्ष्मी” प्याकले पनि त्यसलाई सघाउने अपेक्षा गरिएको छ । भाइबर च्याटमा मौद्रिक भाषामा समयानुकुल कुराकानी गर्न, धन्यवाद व्यक्त गर्न तथा अन्य सन्देशहरु आदानप्रदान गर्न अब लक्ष्मी बैंकको रचनात्मक भाइबर स्टिकरहरु प्रयोग गर्न सकिनेछ । उक्त प्याकले बैंकको ग्राहसँगको सम्बन्धलाई थप मजबुत बन्नुका साथै यो स्टिकरमार्फत् नयाँ र विद्यमान ग्राहकहरुलाई हाम्रो भाइबर खाताद्वारा थप नजिक ल्याउन सक्ने अपेक्षा गरिएको लक्ष्मी बैंककी रणनीति तथा बजार विभाग प्रमुख भारती पाण्डेले बताइन् ।
सगरमाथा इन्स्योरेन्सको चरिकोट शाखामा उद्योग वाणिज्य संघको तालाबन्दी
काठमाडौं । चरिकोट उद्योग वाणिज्य संघले सगरमाथा इन्स्योरेन्स कम्पनीको शाखामा ताला लगाएको छ । संघले इन्स्योरेन्सको दाबी भुक्तानी सम्बन्धि विवाद सुल्झाउन नसकेपछि तालाबन्दी गरेको हो । चरिकोट उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले इन्स्योरेन्स कम्पनीले समयमा पैसा बुझाउनु पर्ने बताए । कम्पनीले बीमितहरूलाई मर्का पर्दै आएकाले ताला लगाउँन बाध्य भएको जानकारी दिए । ‘१ करोड २५ लाखको दाबी बीमा नपाएका कारण ताला लगाएका हौं,’ उनले भने ‘तामाकोशी–भिरकोटको करिब ७ किमी सडकको ९० लाख दाबी पर्दा कम्पनीले ३० लाख रुपैयाँ मात्र भुक्तान गर्ने तयारी गरेको संघले बतायो । सो रकम इन्योरेन्स कम्पनीले २ वर्ष देखि भुक्तानी गरेको छैन । बीमा गराएको अवस्थामा समेत (नोक्लेम) दाबी नै नपरेको भन्दै बीमा कम्पनीलेधम्की दिने गरेको चरिकोट उद्योग वाणिज्य संघले दाबी गरेको छ । २ दिनदेखि ताला लागेको १ करोड २५ लाख करीब दाबी छ । इन्स्योरेन्स कम्पनीले समयमै दाबी भुक्तानी गर्नु पर्ने कुरा सही हो । तर, कम्पनीमा आएको गडबढीको कारण बीमा कम्पनीमा ताला लगाउनु कतिको जायज हो यो विषय अर्को पक्ष हो । कानुनी रुपमा अघि बढ्दा बीमित बीमक दुबैलाई फाइदा हुने पाइन्छ । इस्योरेन्स कम्पनीले छलफल मार्फत विवाद टुङ्ग्याउन सकिने बताएको छ । ‘यस विषयलाई लिएर बीमा समितिका अध्यक्ष चिरञ्जीबि चापागाँईले कानुनी बाटो अपनाएर हिडन् आग्रह गरेका छन् । बीमा समितिले अर्ध न्यायीक निकायको रुपमा आफ्नो भुमिका निभाउँदै आएको छ,’ उनले भने । ‘भूकम्पपछि मात्रै हामी कहाँ १६ अर्बको दाबी परेको र १४ अर्ब रुपैयाँको भने भुक्तान गरिसकेका छौं,’ उनले भने । तालाबन्दीको बाटो भन्दा कानुनी रुपमा बीमा समितिमा आफ्नो निवेदन दिएर तथा अदालत समक्ष पुगेर आफ्ना मुद्दा राख्दा राम्रो हुने उनले बताए । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले कानुनी प्रकिया अनुसार काम गर्दा दुबै पक्षको राम्रो हुने बताए । उनले पोलिसी अनुसार नै बीमाले काम गर्ने भएकाले कानुनी उपचार खोज्नुपर्ने प्रष्टाए । कम्पनीले गर्नु पर्ने दाबी भुक्तानी गर्नमा आफूहरू तयार रहेको बताए ।
पचास हजार घुस रकमसहित दुई प्रहरी पक्राउ
सर्लाही । नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रु ५० हजार घुस रकमसहित मङ्गलबार पक्राउ गरेको छ । भारतबाट नेपालमा अवैध रूपमा समान ओसार्नमा सहज गरिदिने भनेर घुस लिएको अवस्थामा रङ्गेहात सिंह र यादवलाई पक्राउ गरिएको आयोगको टोलीले जनाएको छ । सइ सिंहले प्रहरी जवान यादवलाई प्रयोग गरी घुसवापत सो रकम मागेको टोलीले जनाएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि महोत्तरीको बर्दिवासस्थित कार्यालय लगिएको छ । उनीहरुलाई हिरासतमा लिएर बर्दिवास लैजाने क्रममा त्रिभुवननगरका केही स्थानीयवासीले अख्तियारको टोलीलाई अवरोध गर्दा अवस्था केहीबेर तनावग्रस्तसमेत भएको थियो । रासस
विदेशीलाई गैह्र पर्यटकीय भिषा उपलब्ध गराएको आरोपमा ३५ जनालाई अख्तियारको ७ दिने अल्टिमेटम
काठमाडौं । अध्यागमन विभागबाट नाता कायम नहुने विदेशी नागरिकलाई गैह्र पर्यटकीय भिषा उपलब्ध गराएको आरोपमा ३५ जनालाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले ७ दिने अल्टिमेटम दिएको छ । आयोगले पेमा छिरी तामाङ सहित अन्य ३४ जनासँग यस विषयमा बुझ्नु पर्ने भएको तोकिएको समय सीमाभित्र आयोगमा उपस्थित हुन सूचना प्रकाशित गरेको हो । उनीहरूले गैह्र कानुनी काम गरेको भन्दै अख्तियारमा उजुरी परेपछि अनुसन्धानको लागि सूचना प्रकाशित गरेको अख्तियारले बताएको छ । आयोगले तोेकेको समयसीमाभित्र उनीहरू अख्तियारको सम्पर्कमा नआए कानुन बमोजिम कारवाही अघि बढाउने जानकारी दिएको छ ।
पूर्वका दुई विमानस्थलमा सीता एयर र माउन्टेन हेलिकोप्टरले सेवा प्रदान गर्ने
विराटनगर । पूर्व क्षेत्रको दुई विमानस्थलमा सीता एयर र माउन्टेन हेलिकोप्टरले सेवा प्रदान गर्ने भएको छ । खासगरी धार्मिक पर्यटकका लागि शुरु गरिएको यो सेवाबाट हलेसी महादेव र ताप्लेजुङको पाथीभराको दर्शन गर्न चाहने पर्यटकका लागि निकै फलदायी बन्ने सीता एयरका प्रबन्धक निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् । उनले पूर्व क्षेत्रमा सबैभन्दा बढी विमानस्थल रहे पनि निजी क्षेत्रले सो विमानस्थलको उपयोग नगरिरहेको अवस्थामा सीता एयरले चालेको पाइलाबाट प्रदेश सरकार र सङ्घीय सरकारको लक्ष्यलाई पूरा गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । सीता एयरले भद्रपुर र विराटनगर विमानस्थलबाट हप्तामा एकपटक सुकेटार र लामिडाँडा उडान भर्ने तथा यी दुवै विमानस्थलबाट हलेसी र पाथीभरा दर्शन गर्न हेलिकप्टर उपलब्ध हुने प्रबन्धक सिंहले जानकारी दिएका छन् । प्याकेज टूरका लागि एक यात्रुले रु २३ हजार तिर्नुपर्ने र ती यात्रुले हवाईजहाज एवं हेलिकोप्टरको सुविधा पाउने भनिएको छ । खासगरी पर्यटन वर्ष २०२० लाई लक्षित गरी ल्याइएको सो सेवाले नेपाल–भारतका लागि हजारौँ तीर्थालुले लाभ पाउने अनुमान गरिएको छ । पहाडी क्षेत्रका विमानस्थल ५०० देखि ७०० सम्मको रनवे हुने र यस्ता रनवेमा ठूला जहाज जान नसक्ने अवस्थामा सीता एयरले सेवा शुरु गर्नु यस क्षेत्रका जनताका लागि फाइदा पुग्ने बताइएको छ । यही मङ्सिर २९ गतेदेखि शुरु हुने उक्त सेवाबाट यस क्षेत्रका होटल व्यवसायी र ट्राभल्स सञ्चालक उत्साही भएका ट्राभल्स एवं होटल व्यवसायी भविष्य श्रेष्ठले बताए । मोरङ व्यापार सङ्घका अध्यक्ष एवं सीता एयरका प्रवद्र्धक प्रकाश मुन्दडाले नेपाल वायु सेवा निगमले फाटफुट उडान भर्ने सो स्थानका लागि सीता एयरले गरेको प्रयास सराहनीय रहेको बताएका छन् । रासस
संशोधन हुँदै राष्ट्र बैंक छानबिन समितिको प्रतिवेदन, आजै अर्थ मन्त्रालयलाई बुझाउने तयारी
काठमाडौं । राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका कार्य सम्पादनका विषयमा छानबिन गर्न बनेको समितिले तयार पारेको प्रतिवेदन आज संशोधन पछि अर्थ मन्त्रालयमा बुझाउने तयारी भएको छ । आज बिहानैदेखि छानविन समितिका सदस्यहरूले हिजो मंगलबार राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिबि नेपाललाई बुझाएको प्रतिवेदनमा संशोधन गरी अर्थ मन्त्रालयलाई बुझाउने तयारी भएको हो । छानबिन समितिले हिजै गभर्नरलाई प्रतिवेदन बुझाएको माइनुट भएको छ । यसमा आज संशोधन गरेर पुनः गभर्नरलाई प्रतिवेदन बुझाइने छ । हिजो अबेरसम्म उक्त प्रतिवेदन अध्ययन गरी केही संशोधन गर्नुपर्ने देखिएकोले आज बिहानैदेखि साे तयार पार्न समिति जुटेको छ । त्यसपछि गभर्नर कार्यालयले अर्थ सचिव डा.राजन खनाललाई उक्त प्रतिवेदन बुझाउने छ । राष्ट्र बैंकका सञ्चालक समेत रहेका डा. खनाल र गभर्नर कार्यालयले अर्थ मन्त्री डा. युवराज खतिवडालाई उक्त प्रतिवेदन बुझाउने छ । ‘आज अर्थमन्त्री डा.युवराज खतिवडालाई प्रतिवेदन बुझाउने तयारीका साथ उहाँहरू विहानैदेखि प्रतिवेदन संशोधनको तयारीमा लाग्नु भएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो । मूल कुरा प्रतिवेदनमा आएपनि केही संशोधन गर्नुपर्ने देखिएको छ ।’ प्रतिवेदन सरकार समक्ष पेश भएपछि सम्भवत डेपुटी गभर्नर श्रेष्ठ दोषी ठहरिने छन् ।’ दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई लाभांश लैजाने दिनेदेखि कर्जा घोटाला काण्डसम्म जोडिएका डेपुटी गभर्नर श्रेष्ठलाई सरकारले बर्खास्त गर्न सक्ने गरी छानबिन प्रतिवेदन तयार पारेको छ । कर्जा घाटोलामा बैंकलाई बचाउन सहयोग गर्नेदेखि ग्रान्ड बैंक (मर्जर भएर हाल प्रभु बैंक) को कर्जामा भएको घोटाला लुकाउन, तत्कालीन एपेक्स डेभलपमेन्ट (एनसीसीमा मर्जर) बैंक कर्जा घोटालाका दोषी बचाउन सहयोग गरेको ठहर समितिले गरेको छ । १० करोड चुक्ता पुँजी भएको एनसेललाई १ अर्ब ९१ करोडभन्दा बढी लाभांश लैजान दिएको, विदेश भ्रमणका क्रममा अनावश्यक खर्च देखाएर रकम भुक्तान लिएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । साथै, डेपुटी गभर्नर श्रेष्ठले नेपाल बंगलादेश बैंकको कर्जा प्रकरण लुकाउनसमेत सघाएको समितिको ठहर छ । यसका साथै कैलाश विकास बैंकको केशमा पनि डेपुटी मुछिएका छन् । यी दुबै केशको अध्ययन तथा छानबिन गर्न समितिले राष्ट्र बैंक सुपरिवेक्षण विभागलाई जिम्मा दिएको छ । निलम्बन परेका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ग्रान्ड बैंकको २ अर्ब ६० करोड कर्जा अपचलनको घटना लुकाएको घटना बाहिर आएको छ । उनले एपेक्स बैंकको २ अर्ब ३ करोड कर्जा घोटालाका दोषीलाई कारबाही गर्नुनपर्ने सिफारिस गरेको थिए । यी सबै घाटोलालाई एकीकृत गर्दा श्रेष्ठले करिब पौने ५ अर्ब कर्जा अपचलन गरेको देखिएको छ । राष्ट्र बैंक सञ्चालक समितिले गत कार्तिक १९ गते डेपुटी गभर्नर श्रेष्ठको नाममा छानबिन समिति गठन गरेको थियो । ३० कार्यदिनको हिसाव गरेर छानबिन समितिले हिजो अबेर गभर्नरलाई प्रतिवेदन बुझाएको हो । अर्थ मन्त्रालय हुँदै उक्त प्रतिवेदन मन्त्री परिषदमा पेश गरिने छ । सरकारले प्रतिवेदन अध्ययन गरेपछि दोषी ठहर भएका तत्काल बर्खास्त गर्न सक्ने छ । राष्ट्र बैंकका सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिका सदस्यहरूमा रामजी रेग्मी र सुबोधकुमार कर्णले १ महिनाको कार्यपदिन लगाएर उक्त प्रतिवेदन तयार पारेको हो ।
१० दिनदेखि बन्द भरतपुर विमानस्थल आजदेखि खुल्यो
चितवन । भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो । धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिएका छन् । विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ । गौतमका अनुसार धावनमार्ग मर्मतसँगै भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको छ । भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँच/पाँच वटा जहाजले काठमाडौँ र एक/एक वटा जहाजले पोखरा उडान भर्दै आएका छन् ।