सामाजिक सुरक्षा कोषमा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंककाे दवाव

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन सूचना जारी गरेको छ । राष्ट्र बैंकले बाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त लगायत इजाजतपत्त सबै वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकरण सुझाएकाे छ । १ महिनाअघि तत्कालिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन सूचना जारी गरेको छ । राष्ट्र बैंकले बाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त लगायत इजाजतपत्त सबै वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकरण सुझाएकाे छ ।

१ महिनाअघि तत्कालिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले सामाजिक सुरक्षाकोषका पदाधिकारी र बैंकर्स संघका पदाधिकारीलाइ सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न गराउन निर्देशन दिएका थिए ।

सामाजिक सुरक्षा काेषले हाल बैंकहरूका कर्मचारीले पाएजति सुविधा पनि नदिने, दाेहाेराे कर लाग्ने, पुराना कर्मचारीलाई नाेक्सान हुने, उच्च तहका कर्मचारीलाइ पनि नाेक्सान हुने, सामाजिक सुरक्षा काेषले दिने पेन्सन बैंकमा निक्षेप राखेर पाउने व्याजकाे अाधा पनि नहुने, अवकार पाएपछि सबै रकम झिक्न नपाउने जस्ता कारण देखाउँदै काेषमा जान मानिरहेका छैनन् । 

Share News