इन्टरनेट सेवाः पहिला गुणस्तर कि सेवा विस्तार भन्नेमा नियामक र व्यवसायीको मतान्तर
काठमाडौं । नेपाल दूर–संचार प्राधिकरण (एनटीए) ले इन्टरनेटको गुणस्तरलाई प्राथमिकता दिनुपर्ने बताएको छ । तर, सेवा प्रदायकहरुले नेपाल जस्तो कम विकशित देशहरुमा पहुँच विस्तारलाई प्राथमिकता दिएपछि मात्रै गुणस्तरमा ध्यान दिन सकिने दाबी गरेका छन् । नेपाल दूर–संचार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार अहिलेको जमानामा इन्टनेट बिना जीवन चल्न नसक्ने भएकाले सो सेवालाई गुणस्तरीय नै बनाउन आवश्यक रहेको छ । गुणस्तरीय इन्टरनेटको प्रयोगबाट मात्रै सर्वसाधारणले स्मार्ट ढ्ङ्गबाट काम गर्न सक्नेमा अर्यालले जोड दिए । डिजिटल नेपालमा सघाउने एनटीएको लक्ष्य एनटीएले इन्टरनेटको गुणस्तरलाई प्राथमिकतामा राख्न निर्देशन दिँदै आएको जानकारी दिएको छ । आगामी दिनमा नेपालले शहरी र ग्रामीण दुवै क्षेत्रमा आफ्नो सेवाको विस्तार गर्न आवश्यक रहेको एनटीएको बुझाई छ । सरकारले डिजिटल नेपाल अभियान संचालन गर्ने कार्यक्रम अघि सारेको छ । सरकारको यस्तो कार्यक्रमलाई सहयोग पुर्याउन पनि सेवाको गुणस्तर र पहुँच दुबै आवश्यक भएको प्राधिकरणको भनाइ छ । पहिला पहुँच, अनि गुणस्तरः सेवा प्रदायक इन्टरनेट सेवा प्रदायकहरु भने नेटवर्कको समस्या र अन्य देशको तुलनामा सस्तोमा आफ्नो सेवा विक्री गर्नु परेका कारण इन्टरनेटको गुणस्तरप्रति प्रश्न उठ्ने बताउँछन् । यस्तै, नेपालको भौगोलिक अवस्था तथा मौसमले समेत इन्टरनेटको गुणस्तरमा आंशिक प्रभाव पार्ने गरेको व्यवसायीको धारणा छ । सुविसु कम्पनीका म्यानेजिङ्ग डिरेक्टर (एमडी) सुधिर पाराजुली गुणस्तर राम्रो बनाउन सबैले ध्यान दिनुपर्ने भए पनि पहिलो आवश्यकता भनेको सेवाको पहुँच विस्तार नै भएको बताउँछन् । ‘इन्टरनेट सेवा प्रदायकहरुले सेवाको गुणस्तरलाई प्राथमिकतामा राख्नै पर्छ, यस्तै पहुँच विस्तारलाई पनि उत्तिकै केन्द्रमा राख्नुपर्छ, तर नेपालमा केही प्रावधिक, केही व्यवसायिक र केही व्यवहारिक कठिनाईका कारण गुनासो आउने गरेको छ,’ पराजुलीले विकासन्यूजसँग भने । कम विकसित देशहरुमा पहिले पहुँच विस्तार गर्न कम मूल्यको इन्टरनेट सेवा खोजीने भएकोले गुणस्तर कायम गर्न चुनौती हुने गरेको पराजुलीको भनाइ छ । ब्रोडव्याण्डको आधारमा इन्टरनेटको मूल्य निर्धारण हुन्छ । नेपालमा अहिले प्रयोग हुँदै आएका ब्रोड व्याण्डहरु सार्क राष्ट्रकै आधारमा सस्तोमा गनिने जानकारहरुको भनाइ छ । नेपालमा अहिले प्रयोग भएको इन्टरनेट ब्रोडव्याण्ड विश्वभरमा १३औं स्थानमा पर्छ । नेपालमा इन्टरनेट क्षेत्रको नियमन गर्दै आएको नियामक एनटीएले ग्रामीण क्षेत्रमा समेत इन्टरनेट सेवा विस्तारमा जोड दिएको छ । एनटीएले पछिल्लो समय शहरी क्षेत्रमा इन्टरनेटको प्रतिस्पर्धा बढेसँगै ग्रामीण क्षेत्रमा समेत पहुँच विस्तारको लक्ष्य लिएको छ । एनटीएले ग्रामीण क्षेत्रका सरकारी विद्यालय, स्थानीय तहका संरचनाहरु तथा स्वास्थ्यचौकीमा इन्टरनेट सेवा पुर्याउन कार्यक्रम र योजना अघि बढाइरहेको छ ।
प्लस टु ब्रिजवाटर कपमा आदर्श जनप्रेमी, न्यूमिलिनियम र साईपल एकेडेमीको जित
काठमाडौं । उपत्यकाव्यापी प्लस टु ब्रिजवाटर कप २०१९ को खेलमा आदर्श जनप्रेमी, न्यूमिलिनियम र साईपल एकेडेमीले जित हासिल गरेका छन् । गत मंसिर २९ गतेदेखि सानोठिमीस्थित मध्यपुर युथ एशोसियशनको खेल मैदानमा भएको पहिलो खेलमा आदर्श जनप्रेमीले श्रमिक शान्तिमाविलाई ९–८ को अन्तरले जनप्रेमीले जीत हासिल गरेको हो । त्यसैगरी, न्यू मिलनियम र कौस्तुप एकेडेमी बिच भएको दोश्रो खेलमा ३–२ को अन्तरले कौस्तुपलाइए पछाडि पार्दै न्यू मिलनियमले जित हासिल गरेको छ । तेश्रो खेलमा साईपल एकेडेमीले भिमेश्वर एकेडेमीलाई ३–० को अन्तरले पछाडि पार्दै साईपल एकेडेमीले जित हासिल गरेको छ । पहिलो खेलमा आदर्श जनप्रेमीबाट पारश खत्री, दोश्रो खेलमा न्यूमिलिनियमका विशाल सुनार र तेश्रो खेलमा साईपल एकेडेमीका संजिव लामा म्यान अफ दि म्याच घोषित भए । उनीहरुलाई क्रमशः काठमाण्डौं प्याब्सनका सहसचिव सूर्यबहादुर भण्डारी, समाजसेवी रघुनाथ खड्का र भिमेश्वर एकेडेमीका प्रिन्सिपल अमृतकुमार खड्काले अवार्ड प्रदान गरेका हुन् । ब्रिजवाटर इन्टरनेशनल कलेज सिनामंगलले आयोजना गरेको अहिलेसम्म कै ठूलो पुरस्कार राशीको ब्रिजवाटर कप २०१९ मा आजको खेलमा विजयी तीन वटै विद्यालय दोश्रो चरणमा प्रवेश गरेका छन् । प्रतियोगिताको पाँचौ दिन बिहिबार टाईम्स ईन्टरनेशनल कलेज र ईष्ट प्वाईन्ट, साउथ वेस्टन कलेज र कस्मिक कलेज तथा नेपालय कलेज र सिवर्ड कलेज विच खेल हुनेछ । प्रतियोगितामा विजेता स्कुललाई नगद रु. १ लाख र उपविजेतालाई नगद रु. ५० हजार सहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने ब्रिजवाटर ईन्टरनेशनल कलेजका प्राचार्य तेज श्रेष्ठले जानकारी दिएका छन् । प्रतियोगिता १२ गतेसम्म जारी रहनेछ ।
महिन्द्राको कार किन्ने सोच्दै हुनुहुन्छ ? यस्तो छ मूल्य सूची
काठमाडौं । महिन्द्राले कमर्शियल कार्स सेग्मेन्टतर्फ राम्रो पकड जमाएको छ भन्दा फरक नपर्ला । कार उत्पादकको रुपमा महिन्द्राले ६५ वर्षको अनुभव सँगाल्दै नेपाल र भारत लगायतका देशहरुको अटोमोवाइल क्षेत्रमा बलियो स्थान बनाउन सकेको छ । सन् २०१८ को ‘फोर्चुन इण्डिया ५००’ को सुचीमा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड भारतको १७औं उत्कृष्ट कम्पनीको रुपमा पर्न सफल समेत भएको थियो । भरपर्दो उत्पादनहरु एकदमै उचित मूल्यमा उपलब्ध गराइरहेको कारणले पनि महिन्द्राले ग्राहकहरुको मन जित्न सफल भएको हो । महिन्द्रा कार्सको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रा.लि. रहेको छ । यस कम्पनीले नेपालमा सिङ्गल क्याब, डवल क्याब, जिप टाइप भेहिकल र कार टाइप भेहिकल गरेर ४७ अलग मोडेलहरुको विक्री वितरण गर्दै आइरहेको छ । कम्पनीका अनुसार यी मोडेलहरु ११९८ सीसी देखि लिएर २५२३ सीसी सम्मका छन् भने यिनको मूल्य चाहिँ १६ लाख ८० हजार रुपैयाँ देखि लिएर ९१ लाख २५ हजार रुपैयाँसम्म तोकिएका छन् । हाल महिन्द्राले नेपालमा उपलब्ध गराइरहेको उत्पादनहरुको मूल्य सुची भने यस प्रकार रहेको छ:
सानिमा बैंकले घर बनाउन चाहने ग्राहकलाई निर्माण खर्चको शतप्रतिशतसम्म ऋण दिने
काठमाडौं । सानिमा बैंकले आफ्नै घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै “सानिमा प्रथम घर कर्जा” को विशेष कर्जा सुविधा योजना ल्याएको छ । यो सुविधा अन्तर्गत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १०० प्रतिशतसम्म बैंकले कर्जा उपलब्ध गराउने छ । यस योजना अन्र्तगत ऋणीका लागि अधिकतम लगानी, अधिकतम कर्जा अवधि, सुलभ ब्याजदर तथा कर्जा सेवा शुल्कमा भारी छुट जस्तो आकर्षक सुविधा प्रदान गर्ने छ । साथै, ऋणीलाई बजारमा हुने उतार चढावबाट सुरक्षित गर्न “सानिमा प्रथम घर कर्जा” अन्तर्गत कर्जा प्रवाह गर्दा निर्धारित ब्याजदर कर्जा अवधिको सुरुवाती समयको लागि यथावत् राखिने छ । आवासीय घर निर्माण वा खरिद गर्न चाहने सबैले “सानिमा प्रथम घर कर्जा”को आकर्षक फाइदाहरु तथा सानिमा बैंकको अन्य सरल कर्जा सुविधाको लाभ लिन सक्नेछन् । यो कर्जा लिन इच्छुकले सानिमा बैंकको जुनसुकै शाखाहरुबाट लिन सक्नेछन् । सानिमा बैंकले हाल ७९ वटा शाखाहरु, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
प्रिन्ट मेकिङ्ग कला कार्यशाला आजदेखि शुरु
काठमाडौं । प्रिन्ट मेकिङ्ग कला कार्यशाला पुस २ गतेदेखि शुरु भएको छ । उक्त कार्यशाला नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभाग र प्रिन्ट मेकिङ्ग नेपालको संयुक्त आयोजनामा पुस ८ गते सम्म हुनेछ । कार्यशालाको उद्घाटन नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले गरेका छन् । प्रिन्ट मेकिङ्ग नेपालका अध्यक्ष उमाशंकर शाहले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको चित्रकला विभागलाई अझ सयोग र सद्भाग राख्न आग्रह गरेका छन् । विश्वकलाको इतिहास हेर्ने हो भने यो विधा निकै पुरानो हो, जुन पाँचौं सताब्दीबाट चिनदेखि शुरु भएको देखिन्छ । नेपाल ललितकला प्रज्ञा-प्रष्ठिानकी प्राज्ञ तथा चित्रकला विभागका प्रमुख सुषमा राजभण्डारीले यो विधालाई अरु विधाहरुलाई जस्तै सहयोग गर्ने बाचा गरेका छन् । र निरन्तरताको लागि सबैलाई आवहन गरेका छन् । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले यो विधालाई माथि लान प्रष्ठिानले सक्दो सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । यो कार्यशालामा ४५ जना वरिष्ठ कलाकारहरु देखि युवा कलाकारहरु जसमा विरेन्द्र प्रताप सिंह, उमा शंकर शाह, डा.सिमा शाह, सुषमा राजभण्डारी, सुर्दशन विक्रम राणा, सुनिता राणा, सम्झना राजभण्डारी, विपना महर्जन, कला लिम्बु, अमन महर्जन, अमिर महत, अनिल मचामसी, अनिता भट्टराई, भिसान राजभण्डारी, विद्यामान तामाङ्ग, दिपक मेहता, दिपक आउजी, दुर्गा सुनुवार, हितेश वैद्य, जगदिश लामा, जेनी घले, कृष्ण राउत, लक्ष्मी प्रसाद, मर्जु खड्गा, मनिषा मानन्धर, मेनुका शाही, नविना सुनुवार, पुजा दुवाल, रविता किसी, रुकमणी श्रेष्ठ, संगिता घिमिरे, सन्तोष सिग्देल, सिसजेन जाबेगु, सोनी राई, सुभाष तामाङ्ग, सुदेष श्रेष्ठ, सुजन विर बज्राचार्य, सुजिता महर्जन, सुरेशा महर्जन, तामा तामाङ्ग, तासी लामा, तिसा श्रेष्ठ, साकार खड्गी, टिका दत्त दाहाल, उमेश शाह लगायत कलाकारहरुको सहभागिता रहेको छ ।
उद्योग परिसंघले ऊर्जा दक्षता विकासमा उद्योगहरुलाई सहयोग गर्ने
काठमाडौं । नेपाल उद्योग परिसंघले जर्मन विकास सहयोग (जीआई जेड्) अन्तर्गत नेपाल ऊर्जा दक्षता कार्यक्रमसँग सहकार्य गरी नेपालका उद्योगहरुमा ऊर्जा दक्षता विकास गर्ने भएको छ । बुधबार एक कार्यक्रमबीच सो कार्यको सुरुवात गरिएको परिसंघले बताएको छ । कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले गिज-नीपसँग परिसंघले सहकार्यको सम्झौता भइसकेको जानकारी समेत गराएका छन् । परिसंघका सदस्य प्रतिष्ठानलाई सेवातथा सुविधा उपलब्ध गराउन परिसंघमा छुट्टै ऊर्जा दक्षता डेस्क स्थापना समेत गरिएको उनले बताए । यस डेस्कअन्तर्गत परिसंघले ऊर्जा दक्षताविकास तथा सचेतना बढाउने कार्यलाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । परिसंघका उपाध्यक्ष राजेश अग्रवालले ऊर्जा दक्षताको महत्वबारे प्रकाश पारेका थिए । यस्ता कार्यक्रमहरुले ऊर्जाको खपत कम गरी वस्तु उत्पादनको लागत मात्र कम नभई विभिन्न ऊर्जाजन्य वस्तुको आयातमा समेत कमी आउने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा जर्मन राजदूतावासका डीसीएम डा. क्लायडिया हाइपीले जर्मन संघीय सरकारले नेपाललाई ऊर्जा दक्षताको क्षेत्रमा मात्र नभएर अन्य विविध क्षेत्रमा सहयोग गर्न सक्ने बताउँदै यस विषयमा परिसंघसँग सघन छलफल गर्ने प्रतिवद्धता गरेका छन् । जर्मन संघीय सरकारको आर्थिक सहयोग तथा विकास मन्त्रालय (विएमजेड) को निमित्त जर्मन विकास सहयोग–जीआईजेडको प्राविधिक सहयोगमा नेपाल सरकार ऊर्जा, जलश्रोत तथा सिंचार्ई मन्त्रालयद्धारा कार्यान्वयन गरिएको नेपाल ऊर्जा दक्षता कार्यक्रमको प्रमुख उद्देश्य ऊर्जा दक्षतालाई नेपालमा ऊर्जाको एक श्रोतको रुपमा पहिचान गराउनु रहेको छ । सन २०१० देखि सञ्चालित यस कार्यक्रमको हालको कार्यक्षेत्र नेपालमा ऊर्जा दक्षता तथा ऊर्जा संरक्षणको निमित्त नीति निमार्ण, विद्युतको माग तथा आपुर्तिको वितरणमा नेपाल विद्युत प्राधिकरणको क्षमता अभिवृद्धि, ऊर्जा दक्षताको सेवा तथा वस्तुहरुको बजार विस्तार तथा उच्च शिक्षा तथा प्राविधक शिक्षामा ऊर्जा दक्षता विषय समाहित गर्ने रहेको छ । कार्यक्रममा परिसंघका अर्का उपाध्यक्ष विरेन्द्रराज पाण्डेले ऊर्जा बचाउनु भनेको ऊर्जा उत्पादन गरे सरह भएको भन्दै हाल विद्युतीय ऊर्जाको उपलब्धता बढ्दै गएको सन्दर्भमा यसको प्रयोग विविधीकरण गर्न आवश्यक रहेको बताएका थिए । नेपाल ऊर्जा दक्षता कार्यक्रममा प्रमुख प्राविधिक सल्लाहकार फ्रयंक ब्रुमर, ऊर्जा दक्षता कम्पोनेन्ट लिड डा. सञ्जय गोखाली तथा ऊर्जा दक्षता विशेषज्ञ खेमराज भण्डारीले ऊर्जा दक्षताका विभिन्न आयमहरुका बारेमा विस्तृत जानकारी दिएका थिए । जर्मन संघीय सरकारको आर्थिक विकास तथाविकास मन्त्रालयअन्तर्गत ऊर्जा दक्षता विकास गर्न छुट्टै कोष(केएफडब्लु)समेत रहेको र सो कोषले ऊर्जा विकास गर्ने उद्योगहरुलाई आर्थिक सहयोग समेत गर्ने जानकारी केएफडब्लुका नेपाल स्थित परामर्शदाता ज्ञानेन्द्र उपाध्यायले गराएका छन् ।
नेपाल आइडल सीजन ३ शुरु हुँदै, प्रसारण सहयात्रीमा डिशहोम आबद्ध
काठमाडौं । नेपाली संगीतका पारखीहरुले सर्वाधिक रुचाएका रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करण नेपाल आइडल सीजन ३ यहि पुषदेखि शुरु हुँदैछ । अन्तर्राष्ट्रिय रुपमा चर्चित यस शोलाई नेपालमा एपि वान् एचडिले पहिलो संस्करणदेखि नै प्रसारण गर्दै आइरहेको छ र विगतका २ सीजनले नेपालमा पनि यसको लोकप्रियता शिखरमा रहेको प्रमाणित गरिसकेको छ । नेपाल आइडल कार्यक्रमको प्र्रसारण टेलिभिजनमा समाप्त भए लगतै उक्त कार्यक्रम डिशहोमको रियालिटी टिभी च्यानल नं. १४३ मा पुनः प्रसारण गरिने छ । नेपाल आइडल ३ को प्रसारण प्रारम्भसँगै यसको प्रसारण सहयात्रीमा डिशहोम पनि आबद्ध भएको छ । डिशहोम नेपाल आइडल सीजन ३ सँग पावरड बाई श्रेणीमा आवद्ध भएको छ । यसै सन्दर्भमा डिशहोमका बिक्री प्रमुख रमेश सापकोटले भनेका छन्, “हामी दर्शकहरुलाई उत्कृष्ट गुणस्तरको प्रसारणमात्र होइन साथमा उत्कृष्ट मनोरन्जन प्रदान गर्न पनि अग्रसर रहँदै आएका छौं । यसभन्दा अघिका अन्य रियालिटी शोहरुलाई जस्तै नेपाल अइडल ३ सँग पनि संलग्न हुन पाएकोमा हामी हर्षित छौं ।” एक जिम्मेवार वितरण संस्था भएको नाताले डिशहोमले सदैव दर्शकहरुको रुचीको कदर गर्ने गर्दछ । यसै प्रसंगमा डिशहोमाले नेपाल लोक स्टार तथा द भ्वाइस अफ नेपालसँग पनि सहकार्य गरिसकेको डिशहोम यसप्रकारका रियालिटी शोहरुलाई साथ दिन सदा प्रतिबद्ध छ ।
एनबीआईले सिभिल बैंकका कर्मचारीलाई विभिन्न तालिम दिने
काठमाडौं । सिभिल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई)बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको छ । सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै दक्ष जनशक्तिद्धारा ग्राहकसेवालाई चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । नेपालमै पहिलो पटक बचतकर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको सिभिल बैंकको शाखा संख्या १०१ र एटियम संख्या ८० पुगेको छ ।