
काठमाडौं । नेपाली संगीतका पारखीहरुले सर्वाधिक रुचाएका रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करण नेपाल आइडल सीजन ३ यहि पुषदेखि शुरु हुँदैछ । अन्तर्राष्ट्रिय रुपमा चर्चित यस शोलाई नेपालमा एपि वान् एचडिले पहिलो संस्करणदेखि नै प्रसारण गर्दै आइरहेको छ र विगतका २ सीजनले नेपालमा पनि यसको लोकप्रियता शिखरमा रहेको प्रमाणित गरिसकेको छ । नेपाल आइडल कार्यक्रमको प्र्रसारण टेलिभिजनमा समाप्त भए लगतै उक्त कार्यक्रम डिशहोमको रियालिटी टिभी च्यानल नं. १४३ मा पुनः प्रसारण गरिने छ ।
नेपाल आइडल ३ को प्रसारण प्रारम्भसँगै यसको प्रसारण सहयात्रीमा डिशहोम पनि आबद्ध भएको छ । डिशहोम नेपाल आइडल सीजन ३ सँग पावरड बाई श्रेणीमा आवद्ध भएको छ । यसै सन्दर्भमा डिशहोमका बिक्री प्रमुख रमेश सापकोटले भनेका छन्, “हामी दर्शकहरुलाई उत्कृष्ट गुणस्तरको प्रसारणमात्र होइन साथमा उत्कृष्ट मनोरन्जन प्रदान गर्न पनि अग्रसर रहँदै आएका छौं । यसभन्दा अघिका अन्य रियालिटी शोहरुलाई जस्तै नेपाल अइडल ३ सँग पनि संलग्न हुन पाएकोमा हामी हर्षित छौं ।”
एक जिम्मेवार वितरण संस्था भएको नाताले डिशहोमले सदैव दर्शकहरुको रुचीको कदर गर्ने गर्दछ । यसै प्रसंगमा डिशहोमाले नेपाल लोक स्टार तथा द भ्वाइस अफ नेपालसँग पनि सहकार्य गरिसकेको डिशहोम यसप्रकारका रियालिटी शोहरुलाई साथ दिन सदा प्रतिबद्ध छ ।