विकासन्युज

आयोजना बैंक: ३६७ परियोजना छानिए, पूर्व तयारीका लागि छुट्टै कोष, विकासमा ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय आयोजना बैंकका लागि ३६७ वटा परियोजना प्रारम्भिक छनौटमा परेका छन् । राष्ट्रिय योजना आयोगको राष्ट्रिय आयोजना बैंक युनिटले ३६७ वटा ठुला विकास निर्माणका परियोजना तयार पारेको हो । आयोगको पूर्वाधार हेर्ने सदस्य सुशिल भट्टको नेतृत्वमा आयोगले आयोजना बैंकका लागि आयोजना छनौट इकाई गठन गरेको थियो । आगामी आर्थिक वर्षको बजेट विनियोजन आयोजना बैंकले तय गरेकै आधारमा हुनेछ । आयोगले आयोजना बैंकलाई प्रदेश हुँदै स्थानीय तहसम्म विस्तार गर्ने सोँच पनि बनाएको छ । ‘हामीले प्रारम्भिक चरणमा ३६७ वटा आयोजना प्राप्त गरेका छौं, अब यीनीहरुलाई अन्तिम रुप दिन्छौं र आगामी बजेटमा प्राथमिकताका आधारमा रकम विनियोजनका लागि सिफारिस गर्छाै’, आयोग सदस्य भट्टले भने । बैंकले विसका निर्माण सँग सम्बन्धित मन्त्रालयहरु मार्फत ती आयोजना छनौट गरेको हो । छनौटमा परेका आयोजनामध्ये अधिकांश पुराना तथा क्रमागत आयोजना रहेको पनि उनले जानकारी दिए । के हुन्छ बैंक आएपछि ? आयोजना बैंक सञ्चालनमा आएपछि खुद्रे आयोजनाहरुमा कनिका छरे जसरी बजेट विनियोजन गर्ने परम्पराको अन्त्य हुनेछ । आयोजनाहरुलाई प्राथमिकताका आधारमा क्रमबद्ध गरेर आवश्यक मात्रामा बजेटको विनियोजन गरिनेछ । कुन आयोजना कुन चरणमा रहेको छ र त्यसलाई तोकिएको समयमा सम्पन्न गर्न बर्षेनी कति बजेट आवश्यक पर्ने हो त्यसकै आधारमा बजेट विनियोजन हुनेछ । आयोजनाहरुको प्राथमिकता निर्धारण गर्दा आयोजना पूर्व तयारीको काम र आयोजनाले पार्ने प्रभावलाई मध्यनजर गरिनेछ । अहिले निर्माणका लागि बजेट विनियोजन गरिएका धेरै आयोजनाहरुको वातावरणीय प्रभाव मूल्यांकन, सामाजिक प्रभाव मूल्यांकन र डीपीआर समेत तयार नभएको अवस्था छ । आयोजना पूर्व तयारीका लागि प्रोजेक्ट डेभलपमेन्ट फण्ड कुनै पनि आयोजनाको निर्माण प्रक्रिया अघि बढाउनु अघि त्यसको पूर्व तयारीको काम सम्पन्न गरिनेछ । त्यसका लागि प्रोजेक्ट डेभलपमेन्ट फण्ड खडा गरेर पूर्व तयारीका लागि श्रोत उपलब्ध गराइनेछ । सबै मन्त्रालय र विभागहरुमा त्यस्तो फण्ड मार्फत आयोजनाहरुको सम्भाव्यता अध्ययन, वातवारणीय तथा सामाजिक प्रभाव मूल्यांकन, डीपीआर र मुआब्जा वितरणको काम सम्पन्न गरिनेछ । ‘सबै मन्त्रालयमा प्रोजेक्ट डेभलपमेन्ट फण्ड मार्फत आयोजनाको पूर्व तयारी सम्पन्न गरिनेछ, त्यसपछि मात्रै निर्माण प्रक्रियाका लागि आवश्यक बजेट सरकारले उपलब्ध गराउँछ’, आयोगका सदस्य भट्टले विकासन्युजसँग भने । त्यसरी बजेट विनियोजन गर्दा समेत आयोजनाको प्रभावलाई मध्यनजगर गरेर पुनः प्राथमिकीकरण गरिनेछ । सञ्चालनमा रहेका आयोजनाको पनि पुनः प्राथमिकीकरण अब आयोगले हाल सञ्चालनमा रहेका आयोजनाहरुको पनि पुनः प्राथमिकीकरण गर्दैछ । त्यसका लागि हाल बर्षेनी बजेट विनियोजन भैरहेका आयोजनाहरुको लाभ र लागतका आधारमा पुनः प्राथमीकीकरण गरिनेछ । चीन र भारत जोड्ने उत्तर दक्षिण सडक करिडोरमा पनि केरुङ पुग्ने नाकालाई उच्च प्राथमिकता दिइनेछ, त्यसपछि कोरलाले प्राथमिकता पाउनेछ । यी दुई सडकसँगै त्यहाँ भन्सार, सुरक्षा पोष्ट, बन्दरगाह लगायतका संरचना निर्माणलाई प्राथमिकता दिइनेछ । विकासमा नीतिगत छलाङ सरकारले विकास निर्माणका काममा नीतिगत छलाङका रुपमा आयोजना बैंकलाई अघि सारेको हो । तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेका पालामा आयोजना बैंकको योजना बजेटमा समेटिएको थियो । आयोजना बैंक मार्फत आयोजनाहरुलाई पूर्व तयारीको चरण र निर्माणको चरण गरि दुई भागमा बाढेर अघि बढाउने सोँच तयार भएको हो । ‘आयोजना बैंकको रोडम्याप अनुसार काम अघि बढाउँदा कुनै पनि आयोजनामा समस्या आउँदैन र विकास निर्माणले पनि योजनावद्ध ढंगले गति पाउँछ’, भट्टले भने ।

बन्द हड्ताल हुनु दुःखद् : महासङ्घ

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकमा औद्योगिक वातावरण निर्माण हुँदै गएको अवस्थामा बन्द हडताल हुनु दुःखद् भएको जनाएको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी संविधान निर्माणसँगै मुलुक आर्थिक विकासको चरणमा अगाडि बढ्दै गर्दा भएको बन्दले उद्योगी व्यवसायी मारमा परेको बताए । “सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पूरा गर्न अगाडि बढेको अवस्थामा फेरि बन्द तथा हडतालजस्ता क्रियाकलाप हुनु दुःखद् कुरा हो”, विज्ञप्तिमा भनिएको छ । मुलुकमा राजनीतिक आन्दोलन र सशस्त्र क्रान्तिका कारण विकास हुन नसकेको बताउँदै महासङ्घले विकासका लागि सरकारले असन्तुष्ट पक्षलाई वार्ता र छलफलबाट समाधान खोज्नुपर्नेमा जोड दिएको छ । महासङ्घले यस्ता समस्यालाई असन्तुष्ट पक्षसँग बसेर वार्ता र छलफलको माध्यामबाट तत्काल समाधानका लागि नेपाल सरकारसँग जोडदार मागसमेत गरेको छ ।

विप्लवलाई प्रचण्डको चेतावनी-माओवादीको नक्कल किन गरेको ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहलाई नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नहुने बताएका छन् । वाइसिएल नेपालले पेरिसडाँडामा आज आयोजना गरेको ‘शहीद तथा बेपत्ता परिवार अभिनन्दन’ कार्यक्रममा उनले भने, “कुनै पनि आन्दोलनलाई सफल बनाउन त्यो समय, अवस्था तथा आवश्यकताअनुसारको सक्कलताबाट मात्रै सफल हुन्छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले विप्लवलाई सङ्केत गर्दै कसैको नक्कल गर्दै धाँकधम्की दिँदै आफ्नो अधिपत्य देखाउँछु भन्ने कसैलाई सपना नदेख्न चेतावनी दिए । पार्टी एकीकरणबाट बलिदानको कृतिमानीलाई स्थापना गर्न सफल भएको बताउँदै उनले जनताको काम गर्दै जाँदा जनताले प्रचण्ड बनाएको हो, प्रचण्डको नक्कल गरेर वास्तविक प्रचण्ड हुन सकिँदैन भने । अध्यक्ष ‘प्रचण्ड’ले विप्लवलाई लक्षित गर्दै भने, “निधार खुम्च्याएर सोच्नुपर्छ, निरङ्कुशतामा लान सकिँदैन ।” उनले देशमा शान्ति, अमनचयनलाई बिथोल्न खोजे जो कोहीलाई राज्यले संविधान तथा ऐन कानूनअनुसार कारवाही गर्छ, त्यसैले परिस्थितिअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । आफूलाई नै १ नं मा मार्न विप्लव समूहले निर्णय गरी टिम खटाएको जानकारी सरकारबाट प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफू कसैको धम्कीबाट विचलित नहुनेसमेत बताए । उनले जनताको त्याग र बलिदानीबाट नै समाजवादको आधार तयार भएको बताउँदै समाजवादको यात्रामा अघि बढेको तर त्यो रातारात आउन नसक्ने धारणा व्यक्त गरे । एकता र सहकार्यका साथ महान् समाजवादको उज्यालोमा पुग्न सकिने पनि उनले बताए । अध्यक्ष प्रचण्डले शहीदहरु युगयुग बाँचेका हुन्छन् भन्दै जनयुद्ध र जनआन्दोलनका सबै शहीदको एकै ठाउँमा शहीदपार्क बनाउनेमा पार्टीमा सहमति भइसकेको जानकारी गराए । तल्लो तहसम्म पार्टी एकीकरणको अन्तिम रुपमा केही दिनमा नै हुनेसमेत जानकारी गराए ।

नेप्से ५ अंकले बढ्दा नेशनल लाइफ इन्स्योरेन्सको एकैदिन २२ करोडको सेयर किनबेच

काठमाडौं । बिहीबारको नेप्से परिसूचक सामान्य ५.४० अंकले उकालो लागेर ११५५ अंकमा पुगेको छ । पुँजी बजारमा ५ लाखभन्दा कमको कारोबारमा प्यान एैच्छिक गर्ने नेपाल धितोपत्र बोर्डको निर्णय पछि उकालो लाग्न थालेको बजार अन्तत अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशतले बढेर बन्द भएको छ । सामान्य अंकले बढेको बजारमा सामान्य कारोबार भएको छ । कुल ४८ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी सेयर किनबेच भएको छ । समग्रमा भन्नुपर्दा इन्स्योरेन्सको झण्डै कुल कारोबारको आधा जस्तो हाराहारीमा सेयर किनबेच भएको छ । यस इन्स्योरेन्सको एकैदिन २२ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । इन्स्योरेन्सको संस्थापक र साधारण सेयर गरी सो मात्राको सेयर कारोबार भएको हो । सो मध्ये सबैभन्दा बढी संस्थापक सेयर बिक्री भएको छ । जसको एकैदिन २१ करोड रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ भने एक करोड ५७ लाख रुपैयाँ बराबरको साधारणसेयर किनबेच भएको छ । कम्पनीको ब्रोकर नंम्बर २० र ४९ मार्फत कुल एक लाख ९६ हजार २६२ कित्ता सेयर २१ करोड रुपैयाँमा किनबेच भएको हो । बिहीबार नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर काराेबार भएकाे फ्लोरसीट बिहीबार नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य प्रतिकित्ता १०७० र साधारण सेयरको मूल्य प्रतिकित्ता ६६९ रुपैयाँ रहेको छ ।

संसारभरि ७३७ म्याक्स मोडलका विमान उडानमा रोक

काठमाडौँ । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडलका सम्पूर्ण विमानहरूमा उडान रोक लगाएको छ । यससँगै उसले निर्माण गरेका ३७१ वटा त्यस्ता विमानहरूले अर्को निर्णय नभएसम्म उडान गर्ने छैनन् । अमेरिकी उड्डयन नियामक निकायले गत आइतवार उक्त मोडेलको एउटा विमान दुर्घटना भएको इथियोपियाबाट नयाँ प्रमाण भेटिएपछि त्यस्तो निर्णय लिइएको बताएको छ । भेटिएको नयाँ प्रमाण र भू–उपग्रहबाट सङ्कलित पछिल्ला केही विवरणपश्चात् यस्तो निर्णय लिइएको अधिकारीहरूले बताएका छन् । यसअघि अमेरिकी सङ्घीय उड्डयन प्रशासनले उडानहरू रोक्ने आधार नभेटिएको बताएको थियो । बुधवार भने उक्त निकायका कार्यवाहक प्रशासक डेनियल इल्वेलले भनेका छन्, –हामी सबै यो कुरामा स्पष्ट भएका छौँ कि दुर्घटना भएको इथियोपियन एअरलाइन्सले लिएको बाटो र उसको व्यवहार लायन एयरको जस्तै थियो । जमिनमा पाइएका प्रमाणले पनि त्यस्तै देखायो ।सोही मोडेलको लायन एयरको विमान पाँच महिनाअघि इन्डोनेशियामा दुर्घटना हुँदा १८९ जनाले ज्यान गुमाएका थिए । उजुरी यसअघि राष्ट्रपति ट्रम्पले दुर्घटनास्थल र अन्यत्रबाट प्राप्त विवरण एवम् उजुरीका आधारमा आपत्कालीन आदेश दिन लागेको बताएका थिए । गत वर्षको अन्त्यतिर केही अमेरिकी पाइलटहरूले उक्त विमानलाई उडाउने बेलामा नियन्त्रण गर्न समस्याहरू भएको उजुरी गरेका थिए । बोइङले भने उक्त मोडेलको विमानको सुरक्षामा आफू सुनिश्चित रहेको बताएको छ । उडानहरू रोक्नुलाई भने उसले ुनिकै उच्च स्तरको सावधानीु अपनाएको बताउँदै मानिसहरूलाई पुनः आश्वस्त पार्न चाहेको जनाएको छ ।यसअघि नै ब्रिटेन, युरोपेली सङ्घ, चीन, अस्ट्रेलिया र भारत लगायतका देशले आफ्ना विमानसेवामा उक्त मोडलको जहाजलाई उड्न रोकिसकेका थिए । सो मोडलको विमान सन् २०१७ देखि मात्रै व्यावसायिक उडानमा प्रयोग हुन थालेको हो । बोइङको वेबसाइटका अनुसार १६ वटा वायुसेवा कम्पनीले सो मोडलका विमानहरू किनेका छन् ।(बीबीसीबाट)

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियार बर्खास्त

काठमाडौं। प्रतिष्ठानमा अनियमितता गरेकाे आराेप लागेका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारलाई पदबाट हटाईएको छ। प्रतिष्ठानका कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपकुलपति रहेका स्वास्थ्यमत्री उपेन्द्र यादवले उनलाई बिहीवार हटाएका हुन्। प्रतिष्ठानको सञ्चालक समितिको फागुन १६ र १७ गते बालुवाटारमा बसेको बैठकले रौनियारले हटाउन सिफारिस गरेको आधारमा मन्त्री यादवले रौनियारलाई पदबाट हटाउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।

नयाँ वर्षदेखि जनकपुर-जयनगर रेल चलाउने तयारी, यस्तो छ नेपालमा रेल्वेको इतिहास

धनुषा । वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर-जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ । पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम शुरु गरेको हो । त्यस्तै रेल सञ्चालनका लागि आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि शुरु गरेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । सो मार्गमा निर्माण हुने सात स्टेशनका लागि आवश्यक १५० कर्मचारीको छनोट प्रक्रिया शुरु भएको मिश्रको भनाइ छ । मिश्रले सातै स्टेशनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा सातदेखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले तयारी गरेको मिश्रले बताए । मुख्य स्टेशनमा भने केही बढी कर्मचारी आवश्यक हुनाले सोहीअनुसारको कार्यविधि निर्माणमा आफूहरु लागिपरेको मिश्रको भनाइ छ । उनले कुर्था र खजुरीलगायत केही स्टेशनमा बढी कर्मचारी आवश्यक भएकाले आवश्यकतानुसार कर्मचारी परिचालन गरिने बताए । विभागले सो मार्गमा रेल सञ्चालनका लागि भारतबाट दुई रेल खरीद गर्ने जनाएको छ । रेल खरिदको प्रक्रिया पनि अन्तिम चरणमा पुगिसकेको मिश्रले बताए । मुलुककै एक मात्र रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा नेपालमा रहेको न्यारोगेज रेलको कोइला इञ्जिन भने संरक्षणको अभावमा कबाडीमा परिणत हुँदै गएको छ । जनकपुर–जयनगर रेल्वे ब्रोडगेज निर्माणको क्रमसँगै पुराना इञ्जिन, बोगी र अन्य महत्वपूर्ण पार्टपूर्जा संरक्षणका अभावमा घाम र पानीले खिया लागिरहेको छ । नेपाल रेल्वेको विघटन भएपछि सरकारले ती सम्पत्तिको संरक्षणका लागि १६ कर्मचारी खटाए पनि उनीहरूले संरक्षणमा चासो नदिँदा इञ्जिनका पार्टपूर्जादेखि कारखानामा रहेका अन्य सामग्रीसमेत चोरी भएका छन् । जनकपुरबाट करिब १५ किमी दूरीमा रहेको वैदेही गाउँपालिकास्थित खजुरी स्टेहनमा नेपाल रेल्वेको कारखानामा थन्क्याइएका ब्रह्मा, विष्णु, रामसीता, गोरखनाथ, पशुपतिनाथ, महावीरका नामले चिनिने इञ्जिन संरक्षण भएको छैन । रेल्वेको इतिहास विसं १९९४ मा तत्कालीन बेलायती शासकले महोत्तरीको जङ्गलबाट काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किमीसम्म सञ्चालनमा थियो । विसं २०५९ मा आएको बाढीबाट बिग्ही पुल क्षतिग्रस्त भएपछि रेल सेवा जनकपुरदेखि जयनगर २९ किमीमा मात्र सीमित भयो । जनकपुर–जयनगरका लागि दैनिक तीन सेवा सञ्चालन गर्दै आएको रेल्वे अन्तिम समयमा आएर एउटा सेवामा सीमित भए पनि नियमित थिएन । शुरुमा इन्धनका रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेलले २०१८ सालदेखि यात्री ओसारपसार गर्न थालेको थियो । विसं २०५१ मा भारत सरकारको सहयोगमा १८ डिब्बासहित चार डिजेल पावर इञ्जिन प्राप्त भएपछि आधुनिक रेल सेवा सञ्चालन भएको थियो । रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ सालमा यसलाई नेपाल यातायात संस्थानअन्तर्गत राखियो । पछि २०२५ सालमा सरकारले यसको नाम जनकपुर–जयनगर रेल्वे राख्यो । रेल्वेको पहिलो प्रबन्धकका रूपमा टेकजङ्ग थापा नियुक्त हुनुभएको थियो । विसं २०६१ मा रेल्वे सेवालाई नेपाल रेल कम्पनीका रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएपछि नेपाल रेल्वेका रूपमा चिनिएको छ । संसारमै कतै नभएका इञ्जिन नेपालसँग हुनु गौरवको विषय रहेको खजुरी निवासी विज्ञान विषयका शिक्षक उपेन्द्र ठाकुर बताउँछन् । उनी भन्छन्, “वैदेही नगरपालिकाको खजुरी स्टेशनमा म्युजियम निर्माण गरेर कोइला इञ्जिन संरक्षण गरिएमा पर्यटक भित्र्याउन सकिन्छ ।” सरकारलाई न्यारोगेज कोइला इञ्जिन उपलब्ध गराउने बेलायतस्थित कम्पनीका मालिकका नातेदारले २०३९ सालमा जनकपुर आएर ती इञ्जिन आफूलाई दिन आग्रह गरेको स्थानीयवासी बताउँछन् । त्यतिबेला एउटा इञ्जिनको साटो तीन डिजेल इञ्जिन उपलब्ध गराउने प्रस्तावसमेत गरिएको थियो । त्यसबेला तत्कालीन सरकारले आफैंँ सङ्ग्रहालय बनाउने बताउँदै बेलायती कम्पनीको प्रस्ताव अस्वीकार गरेको थियो । पछि राजनीतिक परिवर्तनका कारण सङ्ग्रहालय निर्माणसम्बन्धी काम अघि बढ्न सकेन । जनकपुर रेल्वे व्यवस्थापनले २०६० भदौमा जनकपुर रेल्वे वर्तमान अवस्था र सुधार हुनुपर्ने कुरा समेटेर सरकारलाई प्रतिवेदन बुझाएको थियो जसमा ७५ प्रतिशत रेल्वे ‘स्लिपर’ जीर्ण भइसकेको, सिग्नल र टेलिकम्युनिकेशनको व्यवस्था नभएकाले सूचना आदानप्रदान गर्न कठिनाइ हुने गरेको, इञ्जिन र यात्रुवाहक कोचको मर्मत गर्नुपर्ने लगायत विषयप्रति ध्यानाकर्षण गराइएको थियो । समयमै मर्मतसम्भार नगरिए यात्रु तथा मालसामान ढुवानी निषेध गर्नुपर्ने राय पनि प्रतिवेदनमा थियो । पूर्वी तथा मध्य धनुषासँगै सीमावर्ती भारतीयका लागि ८१ वर्षदेखि यातायातको प्रमुख मार्गका रूपमा रहेको जनकपुर–जयनगर रेल गत पाँच वर्षदेखि भने बन्द छ । संरक्षणका लागि नेपाल रेल कम्पनीका निमित्त प्रमुख तुलाबहादुर डाँगीसहित खटाइएका १७ कर्मचारीमध्ये कार्यालयमा एक जना पनि भेटिँदैनन् । घरमै बसेर तलब खाइरहेका रेल्वेका कर्मचारीको लापरवाहीका कारण करोडौंँको सम्पत्ति क्षतिग्रस्त हुँदैछ । पर्यटकीय तथा धार्मिक नगरी जनकपुरधाम वा आसपासका क्षेत्रमा संसारमा कतै नभएको रेल इञ्जिनको सङ्ग्रहालय निर्माण गरिए जनकपुरको पर्यटकीय विकासमा थप टेवा पुग्ने नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले बताए ।  समाजशास्त्री नीलबहादुर लुम्रे नेपालको रेलको इतिहासका विषयमा भावी पुस्ता र मिथिलामा आउने पर्यटकलाई जानकारी दिन पनि संरक्षण गर्नुपर्ने बताउँछन् । यसलाई प्रदेश सरकारले सङ्ग्रहालय बनाएर राख्नुपर्ने उनको सुझाव छ । ब्रोडगेजको तयारी पुरानो न्यारोगेज रेल्वे बन्द भए पनि अहिले ब्रोडगेज रेल्वेको तयारी भइरहेको छ । सबैभन्दा कम २ फिट ६ इञ्च चौडाइ भएको लिकलाई ‘न्यारोगेज’, १ मिटर चौडाइलाई ‘मिटरगेज’ र ५ फिट ६ इञ्च चौडा भएको लिकलाई ‘ब्रोडगेज’ भनिन्छ । लिकको चौडाइ जति बढी भयो, त्यति नै गति र सन्तुलनमा राम्रो हुने जनाइएको छ । बेलायती सरकारले स्थापना गरेदेखि नै जनकपुर रेल्वे ‘न्यारोगेज’ ट्रयाकमा चल्ने गरेको थियो । भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ६९ किमी ब्रोडगेज रेल लाइनको पहिलो चरणको निर्माण अन्तिम अवस्थामा पुगेको जनाइएको छ । पहिलो चरणअन्तर्गत जयनगरदेखि धनुषाको कुर्थासम्म रेल सेवा सञ्चालन हुनेछ । न्यारोगेजभन्दा ब्रोडगेजले प्रभावकारी हुने स्थानीय बासिन्दाको विश्वास छ । रेल कम्पनीका निमित्त प्रमुख डाँगीका अनुसार अबको दुई महिनामा प्लेटफर्मसहित स्टेशन र हल्ट निर्माणले पूर्णता पाउने छ । विभागले प्रत्येक स्टेशनमा रेल्वे कम्पनीका कर्मचारीलाई खटाएको छ । विगतमा ‘न्यारो गेज रेल’ सञ्चालनमा रहेको बेला स्टेशन घरदेखि प्लेटफर्म पुरानो ढाँचाका थिए । अहिले बनिरहेको स्टेशनको डिजाइन भारतको राइट्स कम्पनीले बनाएको डिजाइनअनुरुप नै तयार भइरहेको नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इञ्चार्ज विनोदकुमार ओझाले बताए ।  जनकपुरमा स्टेशन नभएर हल्ट बनेको छ । स्टेशनमा रेलका दुई लिक हुन्छ र रेल बढी समय रोकिने गर्छ । हल्टमा एउटा मात्रै रेल लिक हुन्छ र रेल छोटो समयका लागि मात्र रोकिने गर्छ । विगतमा जनकपुर अन्तिम स्टेशन थियो । ‘न्यारो गेज’ हुँदा तीनदेखि चारसम्म रेलको लिक बिछ्याइएको थियो । अहिले जनकपुर हल्टमा परिणत हुनाका साथै सिङ्गल लिक बिछ्याइएको छ । अन्तिम स्टेशन अब जनकपुर नभएर जनकपुरधाम उपमहानगरपालिकाकै कुर्था स्टेशन बनेको छ । जनकपुरधाम हल्ट आकर्षक देखिएको छ । प्रदेश नं २ को राजधानीसमेत भएकाले यात्रुको चाप अन्य स्टेशन तथा हल्टभन्दा बढी हुने हुनाले प्लेट फर्मदेखि हल्टसम्मको क्षेत्रफल ठूलो बनेको छ । आर्थिक गतिविधि बढ्ने जयनगर–जनकपुर–बिजुलपुरा–बर्दिबास रेल सेवा सञ्चालनमा आएपछि कोलकाता बन्दरगाहबाट काठमाडौँको दूरी १३० किलोमिटर घट्ने छ । जयनगर–बर्दिबास रेल सेवा सञ्चालन भएपछि स्थानीयस्तरमा आर्थिक गतिविधि तीव्र हुनेछ । जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने क्रममा सरकारले तत्कालीन दरभङ्गा महाराज ९भारत स्वतन्त्र हुनुपूर्वका राजा० सँग सन् १९४० मा भारतीय भूमि लिजमा लिएको थियो । दरभङ्गा महाराज र नेपाल सरकारबीच भएको भूमि सम्झौतामा रेल सेवा सञ्चालन भएसम्म भारतीय भूमि नेपालले प्रयोग गर्न पाउने उल्लेख छ । सामान्य वर्षामा पनि हुलाकी सडक हिलाम्मे भई सडक यातायात अवरूद्ध हुने भएकाले सेवाग्राहीलाई भारतको घुमाउरो बाटो भएर जिल्ला सदरमुकाम जनकपुर आउनुपर्ने बाध्यता छ । रेल विस्तार तथा स्तरोन्नतिले स्थानीय बासिन्दा हर्षित छन् । ८ स्टेशन र ६ हल्ट जयनगरदेखि बर्दिबाससम्म ६९ किमी रेलमार्गमा आठ स्टेशन र छ हल्ट गरी १४ विश्रामस्थल तोकिएको छ । विभागको साइट कार्यालय जनकपुरका अनुसार जयनगर, खजुरी, इनरुवा, खजुरी, वैदेही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी आठ स्टेशन छन् । महिनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगर गरी ६ स्थानमा हल्ट छन् । स्टेशनमा बढी र हल्टमा थोरै समयका लागि रेल रोकिने छ । हल्टमा थोरै समयका लागि गाडी रेल रोकिने भएकाले सिंगल लाइनको लिक रहने छ । जयनगरमा चार लाइन, इनरुवामा पाँच लाइन, खजुरीमा तीन लाइन, कुर्थामा पाँच लाइन, वैदहीमा तीन लाइन र जनकपुरमा एक लाइन रहने छ । जयनगरदेखि बिजलपुरासम्म रेलमार्ग निर्माण अन्तिम चरणमा रहे पनि बिजलपुरदेखि बर्दिबाससम्म १७ किमी रेलमार्गका लागि जग्गा अधिग्रहण जारी छ । रासस

फेसबुकको आपराधिक गतिविधिमा छानविन हुँदै, प्रयोगकर्ताको अनुमती बिना डाटा सेयर

न्यूयोर्क। न्यूयोर्क टाइम्समा एक नयाँ रिपोर्टको अनुसार, अमेरिकाको फेडेरल प्रोसिकुटरले फेसबुकको डाटा साझेदारीमा भएको आपराधिक गतिविधी माथि छानविन गर्ने भएको छ। छानविनको लागि न्यु योर्कको मुख्य ज्युरीले दुई प्रसिद्ध स्मार्टफोन निर्मातालाई डाटाको माग गरेको छ। न्युयोर्क टाईम्सको डिसेम्बर रिपोर्टको अनुसार फेसबुकको १५० भन्दा बढी कम्पनीहरुसँग डाटा साँझेदारी सम्झौता रहेको छ। यो सम्झौताले फेसबुकको अझै प्रयोगकर्ता बढाउने र यस सम्झौतामा संलग्न भएका पार्टनरहरुले प्रयोगकर्ताहरुको डाटा उनिहरुको अनुमिता बिना नै लिन सक्दछन्। टाईम्सको अनुसार धेरै कम्पनीसँगको सम्झौता वषौँ अघि सम्झौता तोडे पनि एमजन र एप्पलसँगको सम्झौता भने अझै पनि बाँकी रहेको बताएको छ। सिएनएनको सहयोगमा