प्रिन्ट मेकिङ्ग कला कार्यशाला आजदेखि शुरु

<p>काठमाडौं । प्रिन्ट मेकिङ्ग कला कार्यशाला पुस २ गतेदेखि शुरु भएको छ । उक्त कार्यशाला नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभाग र प्रिन्ट मेकिङ्ग नेपालको संयुक्त आयोजनामा पुस ८ गते सम्म हुनेछ । कार्यशालाको उद्घाटन नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले गरेका छन् । प्रिन्ट मेकिङ्ग नेपालका अध्यक्ष उमाशंकर शाहले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको चित्रकला विभागलाई अझ सयोग [&hellip;]</p>


काठमाडौं । प्रिन्ट मेकिङ्ग कला कार्यशाला पुस २ गतेदेखि शुरु भएको छ । उक्त कार्यशाला नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभाग र प्रिन्ट मेकिङ्ग नेपालको संयुक्त आयोजनामा पुस ८ गते सम्म हुनेछ ।

कार्यशालाको उद्घाटन नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले गरेका छन् । प्रिन्ट मेकिङ्ग नेपालका अध्यक्ष उमाशंकर शाहले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको चित्रकला विभागलाई अझ सयोग र सद्भाग राख्न आग्रह गरेका छन् । विश्वकलाको इतिहास हेर्ने हो भने यो विधा निकै पुरानो हो, जुन पाँचौं सताब्दीबाट चिनदेखि शुरु भएको देखिन्छ ।

नेपाल ललितकला प्रज्ञा-प्रष्ठिानकी प्राज्ञ तथा चित्रकला विभागका प्रमुख सुषमा राजभण्डारीले यो विधालाई अरु विधाहरुलाई जस्तै सहयोग गर्ने बाचा गरेका छन् । र निरन्तरताको लागि सबैलाई आवहन गरेका छन् । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले यो विधालाई माथि लान प्रष्ठिानले सक्दो सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।

यो कार्यशालामा ४५ जना वरिष्ठ कलाकारहरु देखि युवा कलाकारहरु जसमा विरेन्द्र प्रताप सिंह, उमा शंकर शाह, डा.सिमा शाह, सुषमा राजभण्डारी, सुर्दशन विक्रम राणा, सुनिता राणा, सम्झना राजभण्डारी, विपना महर्जन, कला लिम्बु, अमन महर्जन, अमिर महत, अनिल मचामसी, अनिता भट्टराई, भिसान राजभण्डारी, विद्यामान तामाङ्ग, दिपक मेहता, दिपक आउजी, दुर्गा सुनुवार, हितेश वैद्य, जगदिश लामा, जेनी घले, कृष्ण राउत, लक्ष्मी प्रसाद, मर्जु खड्गा, मनिषा मानन्धर, मेनुका शाही, नविना सुनुवार, पुजा दुवाल, रविता किसी, रुकमणी श्रेष्ठ, संगिता घिमिरे, सन्तोष सिग्देल, सिसजेन जाबेगु, सोनी राई, सुभाष तामाङ्ग, सुदेष श्रेष्ठ, सुजन विर बज्राचार्य, सुजिता महर्जन, सुरेशा महर्जन, तामा तामाङ्ग, तासी लामा, तिसा श्रेष्ठ, साकार खड्गी, टिका दत्त दाहाल, उमेश शाह लगायत कलाकारहरुको सहभागिता रहेको छ ।

Share News