भारु २०० र ५०० को नोट नेपाली बजारमा खुला गर्न भारतको माग
काठमाडौं । भारतले उच्च दरका भारतीय रुपैयाँ नेपालमा खुला गर्न नेपाललाई आग्रह गरेको छ । भारु १०० भन्दा ठूला अंकका नोट नेपालभर चलन चल्ती गर्न नेपाल सरकारले रोक लगाएको तीन महिना पनि नवित्दै भारतले यस्तो आग्रह गरेको हो । भारतको केन्द्रीय बैंक ‘रिर्जभ बैंक अफ इण्डिया’ले नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै भारु २०० र भारु ५०० का नोट चलनचल्ती गर्न खुला गरिदिन अनुरोध गरेको राष्ट्र बैंकमा डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले जानकारी दिए । नेपाल भ्रमणमा आउने भारतीयहरुले ठूला दरका नोट २५ हजारसम्म साथमा बोक्न पाउने व्यवस्था गर्न भारतले माग गरेको हो । ठूला नोट नचल्दा नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरुले सास्ती खेप्नु परेको बताइएको छ । भारतले दुई वर्षअघि भारु ५०० र भारु १००० का नोटबन्धी गरेपछि र नेपालीसँग भएको त्यस्ता नोट भारतले फिर्ता लिन नपानेपछि नेपाल सरकारले भारु १०० भन्दा ठूला नोट प्रतिवन्ध गरेको हो । त्यसअघि नेपालीले भारु २५ हजारसम्म ठूला नोट पनि साथमा राख्न पाउने व्यवस्था थियो । भारतीय नीतिमा आएको परिवर्तनले लाखौ नेपालीसँग भएको भारतीय रुपैयाँ खोस्टो भएको छ । यसबाट नेपालीले अर्बौ रुपैयाँ गुमाएका छन् ।
विश्वविद्यालय पढाउनेले पीएचडी गर्नै पर्ने, ‘त्रिविले ल्याउँदैछ नयाँ नीति’
लुम्बिनी । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाँले अबको केही वर्षभित्र क्याम्पस पढाउने प्राध्यापक अनिवार्यरुपमा विद्यावारिधि(पीएचडी) गरेको हुनुपर्ने नीति ल्याइने बताएका छन् । भैरहवा बहुमुखी क्याम्पसको स्वर्णमहोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले त्रिवि विश्वका एक हजार उत्कृष्ट र गुणस्तरीय विश्वविद्यालयको सूचीमा परेको उल्लेख गर्दै यसको सकारात्मक प्रभाव ६२ वटै आङ्गिक क्याम्पसमा जाने बताए । प्रा डा खनियाँले विश्वविद्यालयले बजारले खोजे अनुसारको नयाँ नया शैक्षिक कार्यक्रमसमेत सञ्चालन गरिरहेको बताए । उनले भैरहवा क्याम्पसमा सञ्चालित बिबिए, बिसिए, बिएससिआइटी, बिआइएमजस्ता विषय त्यसको उदाहरण भएको उल्लेख गर्नुभयो । उनले विश्वविद्यालयको आङ्गिक, सम्बन्धन प्राप्त, सामुदायिकमा गरी हाल चार लाख विद्यार्थी रहेको दाबी गर्दै उक्त सङ्ख्या विश्वकै ठूला विश्वविद्यालयकोभन्दा धेरै भएको बताए । कार्यक्रममा रजिस्टार डिल्लीराम उप्रेतीले त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसमा मात्रै शैक्षिकसत्र २०७३/०७४ मा एक लाख ३८ हजार विद्यार्थी रहेकामा हाल एक लाख ५६ हजार पुग्नुले विश्वविद्यालयप्रतिको विश्वास झनै बढेर गएको बताए ।
हेटौँडामा बर्डफ्लु देखा पर्यो, १० हजार कुखुरा मरे
हेटौँडा । दुई साताअघि हेटौँडामा हजारौँ कुखुरा मर्नुका कारण बर्डफ्लु नै भएको पुष्टि भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार परीक्षणबाट बर्डफ्लु प्रमाणित भएकाले चारकिल्ला तोकी नियन्त्रणका लागि टोली परिचालन गरी सकिएको छ । हेटौँडाका किसान कुलप्रसाद चौलागाईंले पालेको कुखुराको नमूना परीक्षणमा बर्डफ्लुको जिवाणु रहेको पुष्टि भएको हो । दुई साताअघि करौडौँको क्षति हुने गरी दुई दिनको अन्तरालमा हेटौँडाका केही कुखुरा व्यवसायीको हजारौँ कुखुरा मरेका थिए । किसानले दिएको जानकारीअनुसार हेटौँडा–७ मा १० हजारभन्दा बढी कुखुरा मरेका थिए । भेटेनरी अस्पतालले एच नाइन भाइरसको सङ्क्रमण भएको पुष्टि गरे पनि बर्डफ्लु नभएको बताएको थियो । विशेष परीक्षणमार्फत नमूना पठाइएको १५ दिनपछि बर्डफ्लु भएको पुष्टि भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख चेतनारायण खरेलले जानकारी दिए । “मकवानपुरमा बर्डफ्लु देखिएको पुष्टि भयो नियन्त्रणको विषयमा छलपल हुँदैछ”, उनले भने । मकवानपुरका प्रमुख जिल्ला अधिकारीले यस सम्बन्धमा भर्खरै आपत्कालीन बैठक सम्पन्न भई नियन्त्रणको काम शुरु भइसकेको बताए । हेटौँडा उपमहानगरपालिकाको व्यावसायिक कुखुरापालनका लागि पकेट क्षेत्र मानिने क्षेत्रमा किसानका हजारौँ कुखुरा केही दिनको अन्तरालमै सखाप भएपछि चिन्तित बनेका किसान बर्डफ्लु प्रमाणित भएपछि थप चिन्तित बनेका छन् । हेटौँडा ८ का किसान सुवर्ण अधिकारीले ऋण गरेर कुखुरा पाल्न शुरु गरेको र अब के हुने हो भन्ने चिन्ताले सताएको बताए ।
सरकारका प्रवक्ता बास्कोटाले भने-‘यी ४ विद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भो’
काठमाडौँ । सरकारले ४ वटा विद्युतसव स्टेशन निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । १३२/३३ केभी सुनवन सव स्टेशन, दोर्दी कोरिडोर १३२ केभी प्रशारण लाइन, निलगिरी खोला–२ क्यासकेड जनविद्युत आयोजना(६२ मेघावाट) र सान्जेन(माथिल्लो) १३२ केभी प्रशारण लाइन निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिइने भएको हो । मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विद्युत आयोजनका लागि वन क्षेत्र दिने निर्णय भएको जानकारी दिए ।
त्रिशुली जलविद्युत कम्पनीकाे ३७ करोडको आईपीओ स्वीकृत
काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले ३७ करोड ५ लाख रुपैयाँको साधारण सेयर (आईपीओ) स्वीकृत भएकाे छ । नेपाल धितोपत्र बोर्डले फागुन ३० गते कम्पनीलाई सो मात्राको आईपीओ जारी गर्न अनुमति दिएकाे हाे । ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गतकाे यस कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ३७ लाख ५ हजार कित्ता सेयर बिक्री गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमार्फत सो मात्राको सेयर सर्वसाधारणलाई जारी गर्ने छ । साथै, यस कम्पनीले सेयर निष्काशन गर्दा क्रेडिट रेटिङ गर्न नपर्ने भएको छ ।
गरिब नै नभएपछि लघुवित्तलाई अपग्रेड गर्नुको विकल्प छैन
काठमाडौं । अहिले लघु वित्तका ऋणीको संख्या २१ लाख पुगेको छ, । निक्षेप सदस्यको संख्या नै ३२ लाख पुगेको तथ्यांक छ । दोहोरो सेवा लिनेहरुको संख्या कटाउने भने भने पनि ११ लाखले त लघु वित्तको सेवा पाएकै छन् । हामीले जुन संख्यामा गरिबहरु छन भनेका छौं, त्यहि संख्याका नागरिकहलाई लघु वित्तहरुले सेवा दिईरहनु भएको छ । लघु वित्तहरुको सेवा क्षेत्र नै आर्थिक रुपले विपन्नहरु नै हुन् । यसको अर्थ अबको केहि बर्षभित्रै गरिबहरुको संख्या सकिन्छ । अनि लघु वित्तको संख्या बढाउँदा गरिब कहाँ खोज्ने ? कि कसैलाई गरिबीको रेखा मुनी धकेलेर धेरैलाई गरिब बनाउनु परो । अहिलेको परिभाषाकोे गरिब त केहि वर्षमै सिद्धिन्छन् । अनि त्यहीँ डुब्लिकेशन हुन्छ । लघु वित्तहरुले गरिबीको रेखा मुनी रहेका भन्दा माथीकालाई काम गर्न पाउनु भएन भने त कहाँ जाने हो र ? गरिबी सकिएपछि लघु वित्तहरु कहाँ जाने ? फेज आउट हुने त होइन होला ? २१ लाख व्यक्ति लघुवित्तबाट सेवा लिईरहेका छन् । दोहोरो परेको भन्ने बिषय पनि आएको छ, त्यसो हो भने पनि ११ लाख त कभर भएकै होलान् । गरिबहरुको जीवन स्तर उकासेपछि गरिबका लागि काम गर्ने लघु वित्तहरुको स्तर पनि उकास्नु आवश्यक छ । नत्र भोली लघु वित्तले गरिब खोज्न कहाँ जाने ? त्यसकारण अब लघु वित्तहरुलाई अपग्रेड गर्नुपर्छ भनेका हौं । अब गरिबहरुको परिभाषा पनि बदल्नुपर्छ र लघु वित्तहरुको स्तरोन्नति आवश्यक छ भन्ने मेरो निष्कर्ष हो ।– अर्थमन्त्रीसँग गरिएको कुराकानीमा आधारित
ग्रामीण विकास लघुवित्तले ५० प्रतिशत हकप्रद जारी गर्ने, पायो बोर्डको अनुमति
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशत अर्थात १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । बुधबार मात्र नेपाल धितोपत्र बोर्डले संस्थालाई सो मात्राको हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै लघुवित्तले ३२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने छ । संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल मार्फत बजारमा बिक्री गर्ने छ ।
सिरहाको गोलबजारमा एनआईसी एशियाको नयाँ शाखा
काठमाडौँ । एनआईसी एशिया बैंक लि.को गोलबजार नगरपालिका वडा नं ४, सिरहामा नयाँ शाखा खुलेको छ । बिहीबार एक समारोहका बीच गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ शाहले शाखाको उद्घाटन गरे । सो अवसरमा नगर प्रमुख शाहले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको बैंकको प्रशंसा गरे ।