देवः विकास बैंकले ल्यायाे ‘क्यास ब्याक अफर’,

<p>काठमाडौं । देवः विकास बैंकले ‘क्यास ब्याक अफर’ सञ्चालमा ल्याएको छ । बैंकले पुस १ गतेदेखि लागू हुने गरी  ‘क्यास लेस बैंकिङ’ लाई प्रोत्सान गर्न यो योजना सञ्चालमा ल्याएको बैंकले जनाएको छ । त्यसैगरी, बैंकले पुस १ गतेबाट नै लागू हुने गरी भारतबाट भिसा नेटवर्कको एटीएमबाट नगद निकाल्दा लाग्ने शुल्क पनि १ सय रुपैयाँले घटाएको छ । [&hellip;]</p>

काठमाडौं । देवः विकास बैंकले ‘क्यास ब्याक अफर’ सञ्चालमा ल्याएको छ । बैंकले पुस १ गतेदेखि लागू हुने गरी  ‘क्यास लेस बैंकिङ’ लाई प्रोत्सान गर्न यो योजना सञ्चालमा ल्याएको बैंकले जनाएको छ ।

त्यसैगरी, बैंकले पुस १ गतेबाट नै लागू हुने गरी भारतबाट भिसा नेटवर्कको एटीएमबाट नगद निकाल्दा लाग्ने शुल्क पनि १ सय रुपैयाँले घटाएको छ । भारतमा भिसा नेटवर्क एटिएमबाट नगद निकाल्दा कारोबार बापत लाग्ने शुल्क २ सय ५० मा पुस १ गतेदेखि नै लागु हुने गरी मात्र १ सय ५० शुल्क लाग्ने व्यवस्था गरिएको हाे ।

त्यसैगरी, बैंकले नेपालभर कुनै पनि भिजा नेटवर्कको एटीमबाट कारोबार गर्दा पैसा नलाग्ने सेवालाई पनि यथावत नै राखेको छ । मोबाइल बैकिङ तथत देवः इ बैंकिङबाट टप अप गर्दा कारोबार रकमको २ प्रतिशत नगद फिर्ताको योजना ल्याएको छ । साथै, बचत खातामा निःशुल्क भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ र इ बैंकिङ सुबिधा प्रदान गरिएकाे बैंकले बताएकाे छ ।

Share News