पाटा नेपालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा विभूतिचन्द ठाकूर

<p>काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको नयाँ कार्य समितिमा अध्यक्ष सहित १८ जना चयन भएका छन् । संघको ४३औँ साधारण सभाले हिमालयन होलिडेज ट्रेकिङ्गका संस्थापक विभूतिचन्द ठाकुरको अध्यक्षतामा १७ जना सदस्य चयन गरेको हो । पाटाको ४३ औं बार्षिक साधारण सभा बुधबार काठमाण्डौको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा ‘डिजाइन थिङ्कििङ्ग–क्रिएटिङ्ग लाइफ टाइम एक्सपेरिएन्सेस [&hellip;]</p>

काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको नयाँ कार्य समितिमा अध्यक्ष सहित १८ जना चयन भएका छन् । संघको ४३औँ साधारण सभाले हिमालयन होलिडेज ट्रेकिङ्गका संस्थापक विभूतिचन्द ठाकुरको अध्यक्षतामा १७ जना सदस्य चयन गरेको हो ।

पाटाको ४३ औं बार्षिक साधारण सभा बुधबार काठमाण्डौको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा ‘डिजाइन थिङ्कििङ्ग–क्रिएटिङ्ग लाइफ टाइम एक्सपेरिएन्सेस इन नेपाल’भन्ने मूल नाराका साथ सम्पन्न भएको थियो ।

नवनिर्वाचित अध्यक्ष विभूतिचन्द ठाकूरले आगामी दिनमा पर्यटन क्षेत्रमा हरेक सरोकारवाला निकायहरुसंग सहकार्य तथा समन्वय गरी नेपाली पर्यटन क्षेत्रको विकास र प्रवर्धनमा आफुले सक्रिय भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेपाल सरकारको समृृृद्ध नेपाल सुखी नेपालीको अभियानलाई पर्यटन मार्फत उजागर एवम् सार्थक बनाउने अभियानमा पाटाले नवीनतम बजारीकरणको अभ्यासहरु, मानव संशाधनविकास र पर्यटन स्रोतको खोज पहिचान र ‘प्रोडक्ट डेभलपमेन्ट तथा सेवा स्तरीकरण’ माआफ्नो कार्यदिशा अगाडी बढाउनुका साथै पूर्वाधार विकास, पर्यटन सम्बन्धीनीतिगत सुधार र हवाई क्षेत्र तथा राष्ट्रिय ध्वजा बाहक नेपाल एयरलाइन्सको सवलीकरण जस्तापक्षमा आफ्नो वकालत अगाडि बढाउने कार्यलाई प्राथमिकता दिने बताएका छन् ।

नवनिर्वाचित कार्यसमितिमा निर्वतमान अध्यक्ष सुनील शाक्य, प्रथम उपाध्यक्ष दीपकराज जोशी (नेपाल पर्यटन बोर्ड) द्धितीय उपाध्यक्ष टङकनिधि दाहाल (नेपाल वायुसेवा निगम) महासचिव शिवप्रसाद ढकाल (रोयल माउन्टेन ट्राभल) र कोषाध्यक्ष खेम लकाई (गेट कलेज) रहेका छन ।

त्यसैगरी, कार्य समितिमा ४ वटा पदेन सदस्यहरु क्रमशः महानिर्देशक डण्डुराज घिमिरे (पर्यटन विभाग), महानिर्देशक राजनपोखरेल (नागरिक उड्यनप्राधिकरण), कृष्णगोपालजोशी (नेपालवायुसेवानिगम), र श्रदा क्षेष्ठ (नेपालपर्यटन बोर्ड) का साथै ७ सदस्यहरु क्रमशः नरेन्द्रदेव भट्ट (हेरिटेज टूर्स एन्ड ट्राभल्स), अब्दुल्ला टन्सर केससी (ट्रकिस एयरलाइन्स), रित्तल राना (मिडभ्याली इन्टरनेश्नल कलेज),टासी गुरुङ्ग (हिमालयन कैलास ट्राभल्स एण्ड ट्रर्स), मन्जनी श्रेष्ठ (समिट एयर), टिका राम सापकोटा (नेपालभ्याकेसन) र रामबारा कोटी (हाइकिङ एडभेन्चर ट्रेक्स) रहेका छन । पाटा नेपालले कार्यसतिमा लाक्पा फुटी शेर्पा (लग्क्जरी डिएमसी), सुनीलकुमार भुसाल –प्रिमियर होटल स्कुल), लिला भण्डारी ( गोइङ नेपाल), सञ्जयभक्त माथेमा –एसडियू ट्राभल), पृथ्वीश्रेष्ठ (नेपालखाजे ट्राभल) र कूलप्रसाद सुवेदी –हिमालयन स्माइल ट्रेक्स) सहित बैकल्पिक पदाधिकारी तथा सदस्यहरु समेत चयन गरेको छ ।

कार्यक्रमको औपचारिक समारोहबीच वरिष्ठ पर्यटन व्यवसायी तथा नेपाली पर्यटन क्षेत्रमा प्रखर वक्ता, स्वच्छ छवि र निष्ठावान एवम् बहुमुखी प्रतिभा भएका व्यक्तित्वको रुपमा चिरपरिचित रवीन्द्रराज पाण्डे “पाटा पर्सनालिटी अफ द ईयर २०१९” अवार्डद्धारा सम्मानित भएका छन् । लामो समयदेखि आवद्ध रहेका उनले निरन्तर रुपमा पर्यटन क्षेत्रमा पूर्याएको अतुलनीय योगदान तथा उनको समाजिक कार्यहरु प्रतिको समर्पणको उच्च मूल्याङ्कन गर्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

त्यसैगरी पाटा नेपालले आफ्ना सदस्य शैक्षिक संस्थाहरुमा स्थापित स्टुडेन्ट च्यार्टरहरु मध्ये मिड भ्याली इन्टरनेश्नल कलेजलाई “बेष्ट स्टुडेन्ट च्याप्टर अफ द एयर २०१९” पुरस्कार समेत प्रदान गरेको छ । साथै, पाटा सचिवालयमा २३ वर्षे लामो सेवा पुर्याएर अवकास लिएकी कर्मचारी मिना खड्का र पाटान नेपाल स्टुडेन्ट च्याप्टरमा आवद्ध विद्यार्थी सगरमाथा आरोही निसा भोटेलाई समेत सम्मान एवम् कदरपत्र प्रदान गरिएको थियो ।

Share News