मेडिकल कलेजमा आर्थिक नाकाबन्दी लगाउने संघर्ष समितिको चेतावनी
काठमाडौं । चिकित्सा शिक्षा संघर्ष समितिले मेडिकल कलेजमा आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी समितिका संयोजक प्रकाश चन्दले कठोर आर्थिक नाकाबन्दीको शुरुवात चितवन मेडिकल कलेजबाट गरिने चेतावनी दिएका हुन् । ‘शुल्क फिर्ता नगरे कठोर आर्थिक नाकाबन्दी लगाउनेछौं,’ चन्दले भने, ‘विद्यार्थीसँग सबै आर्थिक कारोबार ठप्प पारिनेछ र शुरुपमा चितवन मेडिकल कलेजलाई कठोर आर्थिक नाकाबन्दी लगाइनेछ ।’ आउने दिनमा सरकारले तोकेको, निर्णय गरेको, केलेज प्रशासनसँग विद्यार्थीले मागेको अत्यावश्यक मागहरु लागू नगरेमा वा पूरा नगरेमा कठोर निर्णय लिन वाध्य हुने उनको चेतावनी थियो । कलेज प्रशासनले झुठो र फर्जी षड्यन्त्रपूर्ण समायोजनका विरुद्ध कठोर नाकाबन्दीमा जाने अवस्थामा पुग्न लागेको उनको भनाई थियो । चन्दले चिकित्सा शिक्षामा चरम लुट, भ्रष्टाचार र कालोबजारी र विकृतिपूर्ण व्यापारको अवस्था अन्तट गर्न आन्दोलनको स्वरुप परिवर्तन गर्दै नयाँ उचाईमा पुर्याइने बताए । आन्दोलन नरोकिएको स्पष्ट पार्दै उनले भने ‘हाम्रो आन्दोलन रोकेका छैनौ यसको रुप परिवर्तन हुनेछ ।’ अब हुने आन्दोलनले माफियाको पैसा नष्ट गर्ने उनको भनाई थियो । माफियासंग लड्न सडकबाट बलिदान समेत दिन तयार रहेको उनले बताए । उनले भने ‘न्याय नपाएसम्म हामीले गरेको आन्दोलन रोकिने छैन् ।’ नयाँ स्वरुपको आन्दोलनमा कठोर रुपमा प्रस्तुत हुने बताए । पहिलो र दास्रो वर्षका विद्यार्थीको पैसा फिर्ता नभए सम्म अब तिर्नु पर्ने पैसामा रोक लगाउने बताए । उनले भने,‘माफिया र माफियासंग मिलेका सम्बन्धित निकायसम्मलाई हामी नाङ्गेझार पारेरै छाड्छौं ।’ मेडिकल शिक्षा माफियामुक्त बनाउन सरकार गम्भीर नभएको उनको आरोप थियो । उनले भने,‘ सरकारले खुल्ला रुपमा भन्नुपर्यो कि हामी माफियालाई साथ दिन्छौं ।’ राज्य लगायत सम्पूर्ण सरोकारवाला लाचार रहेको उनले बताए । संघर्ष समितिकी मान्यता थापाले सरकार मेडिकल विद्यार्थीको जायज मागमा गम्भीर नरहेको आरोप लगाइन् । पाँच महिना अगाडि औपचारिक रुपमा संघर्षको शुरुवात गरेपनि सरकार यस विषयप्रति गम्भीर नरहेको बताइन् । उनले भनिन्,‘ मंसिर १० बाट मन्त्रीपरिषदबाट गरिएको निणर्यले पहिलो र दास्रो वर्षका विधार्थीहरुको शुल्क फिर्ता गर्ने निणर्य कार्यवान्यन भएको छैन् ।’ पहिलो र दास्रो वर्षका विद्यार्थीहरुको मात्र रकम समायोजन नगरी सम्पूर्ण पारा मेडिक्सको शुल्क समायोजन गर्न माग गरिन् । अतिरिक्त शुल्क फिर्ताको माग गर्दा लात र जुत्ता खानुपरेको उल्लेख गरिन् । मेडिकल कलेजका विद्यार्थी सुक्रान्त पौडेलले पाँच महिनादेखि जारी आन्दोलनले कुनै निष्कर्ष नआएकोले आन्दोलनको स्वरुप बदलेको बताए । सरकारले मेडिकल माफियाहरुलाई न्यायको कठघरामा ल्याउन नसकेको भन्दै आन्दोलनको स्वरुप बदल्न वाध्य भएको बताए । उनले भने,‘एमबिबिएस र बिडिएसलाई मात्र सरिकारले सम्वोधन गरेको उल्लेख गर्दै सरेकारवालाहरु माफियासंग टेबलमुनिबाट पैसा लिएको आरोप लगाए । उनले भने,‘सरकारलाई सबै कुरा थाहा हुँदापनि केही कदम चालेन ।’ कार्यक्रममा अभिभावक महेश अधिकारीले एतिहासिक आन्दोलनले सरकारले केही गर्न नसकेको गुनासो पोखे । अभिभावकलाई अतिरिक्त शुल्कको चापमा अझै राखिएको उनको भनाई थियो । सरकारले कारबाही गर्छु भन्दा पनि केही गर्न नसकेको बताए । शुल्क फिर्ता नभएसम्म अब तिर्नुपर्ने कुनैपनि शुल्क नतिर्ने उनको भनाई थियो । आफूहरुको माग सम्बोधन गर्ने गरी वार्ता राम्रोसंग भए कलेज खुलाउन तयार रहेको बताए ।
लमजुङको चिनारी कृषि फार्ममा आगलागी, डेढ करोडभन्दा बढीको क्षति
काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिका–१ जिता देउरालीमा रहेको चिनारी कृषि फार्ममा विद्युत् सर्ट भएर आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति भएको छ । फार्ममा रहेको ५० बाख्रा र एक सय लोकल कुखुरा जलेर नष्ट भएको छ । मंगलबार साँझ पौने ७ बजे अचानक विद्युत् सर्ट भएपछि फार्ममा आगलागी भएको हो ।फार्ममा एक सय ७० बाख्रा र तीन सय लोकल कुखुरा थिए । आगलागी हुँदा बाख्राका दुईवटा आधुनिक खोर र गोदाम घर जलेर नष्ट भएको छ । आगलागीबाट करिब डेढ करोड बढी क्षति भएको छ । २०७२ सालबाट ६० वटा बाख्रा र ५० वटा लोकल कुखुराबाट डेढ सय रोपनी जग्गामा चिनारी कृषि फार्म सञ्चालन गरिएको थियो । ४ करोड लगानीबाट सुरु गरिएको फार्ममा हाल पाँच करोड लगानी पुगेको थियो ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सिराहामा
काठमाडौं । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा सिराहा नगरपालिकास्थित प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको उद्घाटन सिराहाका प्रमुख जिल्ला अधिकृत गोपाल कुमार अधिकारीले गरेका हुन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नाे सेवा विस्तार गरेकाे हाे। यस बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकले २ सय २ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटिएम ४० वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
एभरेष्ट बैंकको २५ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी साढे ८ अर्ब पुग्यो
काठमाडौं । एभरेष्ट बैंकको प्रस्तावित २५ प्रतिशत लाभांश पारित भएको छ । बुधबार काठमाडौंको लैनचौर ब्यांक्वेटमा सम्पन्न बैंकको २५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै शेयरधनीले ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश पाउने छन् । ८ अर्ब ६ करोड रुपैयाँ रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी ५ प्रतिशत बोनस पश्चात ८ अर्ब ४७ करोड रुपैयाँ नाघेको छ । बैंकको निक्षेप र कर्जा लगानी दुबै बढेर क्रमशः १३ लाख र ११ लाख १८ हजार रुपैयाँ नाघेको छ । बैंकको प्रतिशेयर आम्दानी ३८.०५ रुपैयाँ रहेको छ । त्यस्तै, निष्कृय कर्जा घटेर ०.१६ प्रतिशत पुगेको बैंककाे बेस रेट ८.१२ प्रतिशत रहेको छ ।
इरानको हमलाले विश्व बजारमा प्रभाव, २.५ प्रतिशतले बढ्याे तेलकाे मूल्य
काठमाडौं । एसियाली बजारमा कच्चा तेलको मूल्यमा २.५ प्रतिशत वृद्धि भएको छ र ६९.९४ डलर प्रति ब्यारेल भएको छ । इराकको अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेपछि कच्चा तेलको मूल्यमा वृद्धि भएको हो । पछिल्लो समय मूल्य वृद्धिका भएकै कारण मध्यपूर्वबाट तेल निर्यातमा रोकावट त हुँदैन भन्ने चिन्ता बढेको छ । इरानको हमलाबाट अन्तर्राष्ट्रिय शेयर बजारमा नकारात्मक असर देखिएको छ । शेयर बजारमा नकारात्मक असर पर्ने देखिएको छ । जापानको निकेईको शेयर २ प्रतिशत घटेको छ, भने हङकङको हेङ सेङमा १ प्रतिशतको गिरावट आएको छ । इरानी संचार माध्यमका अनुसार सो हमला इरानी प्रमुख कमाण्डर कासिम सुलेमानीको हत्याको बदला भएको जनाएको छ । इरानको हमला कासिम सुलेमानीको अन्तिम संस्कारपछि गरेको हो । शुक्रबार अमेरिकाले ड्रोन हमला गरेर कासिम सुलेमानीको हत्या गरे । आगामी दिन बदला स्वरुप अमेरिका र इरानका बीच द्वन्द्व बढ्ने अनुमान छ । त्यस्तो अवस्थामा हारमुजदेखि संसारभर तेल निर्यात रोकिन सक्ने अनुमान छ । साउदी अरब, इराक, संयुक्त अरब इमिरेट्स र कुवेतबाट तेल निर्यात यही मार्गबाट हुने गर्छ । अमेरिकी वायुसेवा नियामक निकाय संघीय हवाईसेवा प्राधिकरण (एफएए)ले अमेरिकी यात्रुवाहक विमानलाई इराकको हवाई सीमाबाट उड्न प्रतिबन्ध लगाएको थियो । हमलापछि नै सिङ्गापुर एयरलाइन्सले पनि आफ्ना सबै विमानलाई इरानी हवाई सीमाबाट नउड्न भनेको छ । इरानको अवस्थाको प्रभाव मध्यपूर्वी देशमा भारत अमेरिका र रुसबाट पनि तेल आयात गदर्छ । त्यस्तै सबैभन्दा बढी तेल मध्यपूर्वका देशहरूबाट आयात गर्छ र त्यसमा पनि इराक पहिलो नम्बरमा पर्छ । यसका अलावा साउदी अरब, ओमान र कुवेत छ । भारतलाई यसको चिन्ता छैन कि तेल निर्यातमा कुनै रोकावट भन्दा पनि तेलको मूल्य वृढिमा छ । अहिले तेलको मूल्य प्रति ब्यारेल ३ डलर बढेको छ । भारतीय अर्थतन्त्रका लागि प्रति ब्यारेल ३ डलर मूल्य बढेको हो । भारतमा जुन आमउपभोक्ता छन्, उनीहरू पेट्रोल–डिजल खरिद गर्छन् या एलपीजी ग्यास गरिद गर्छन्, उनीहरूका लागि यो सुखद् खबर होइन । अमेरिकाको यस्तो कार्बाहीले भारतका नागरिकको खल्तीमा असर गर्नेछ किनकि आगामी दिनमा पेट्रोल–डिजल र एलपीजी ग्यासको मूल्य बढ्ने अनुमान छ । भारतमा तेलको आपूर्ति भए पनि मूल्य उच्च हुन जाने आशंका रहेको छ । तेलको मूल्य यस्तो समयमा बढिरहेको छ, जुनबेला भारत सरकारका लागि आर्थिक घाटा चुनौती बनिरहेको छ । यसबाट भारतीय रुपैयाँमा पनि दबाब बढ्नेछ । आगामी दिनमा भारतीय उपभोक्ताका लागि यो चिन्ताको विषय बन्नेछ । यो भारतीय अर्थव्यवस्थाका लागि त चिन्ताको विषय हुँदै हो । अमेरिकाले उक्त कार्बाही इरानविरुद्ध इराकमा गरेको थियो, तर यसको सबैभन्दा प्रतिकूल असर भने भारत र दक्षिण एसियाका देशमा देखिएको छ । भारतको निकट छिमेकी तथा नेपालले पनि पेट्रोलियम पदार्थ भारतबाटै ल्याउनु पर्ने अवस्थाको यसको प्रत्यक्ष असर नेपालमाथि पर्नेछ । इरानकाे हमलाकाे सुनमा इरानकाे हमलाकाे प्रभाव विश्वकाे सुनबजारमा देखिएकाे छ । नेपालकै सन्दर्भमा हालसम्मकै (उच्च मूल्य) प्रतिताेला ७६ हजार ५ सय रूपैयाँ काराेबार भइरहेकाे छ । नेपालले अन्तर्राष्ट्रिय बजारबाट सुनमात्र नभइ पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ ।
सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा लम्जुङ र तनहुँमा
काठमाडौं । सनराइज बैंकले लम्जुङको ठुलीेबेसीमा र तनहुँको टुहुरेपसलमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सोमबार लम्जुङको ४४औं शाखारहित बैंकिङ्ग सेवा मस्र्याङ्दी गाँउपालिकाका वडा अध्यक्ष लिलाप्रसाद घलेले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि कर्ण सिंह तामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका हुन् । यसै क्रममा मंगलबार ४५औं शाखारहित बैंकिङ्ग सेवा भानु नगरपालिकाका प्रमुख तारा नरेश पौडेलले उद्घाटन गरेका हुन् । नगरपालिकाका प्रमुख श्री तारा नरेश पौडेल र गण्डकी प्रदेशका कार्यालय प्रमुख रबिन्द्र केसीले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि बिष्णु शिलवाललाई पोइन्ट अफ सेल मेसिन संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । दुबै शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।
प्राइम लाइफद्वारा बीमा रकम भुक्तानी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले बीमाबापत ११ लाख रुपैयाँ भुक्तानी गरेको छ । बागलुङ्ग जिल्ला निवासी ओम प्रसाद बि.क. ले २ वर्ष पहिले प्राइमलाइफ इन्स्योरेन्स क.लि मा बीमा गरी बैदेशिक रोजगारका लागि कतार गएका थिए । वैदेशिक रोजगारबाट छुट्टीमा घरमा आएका बिकको आफ्नै काममा बागलुङ्गको लाम्मीलाबाट घर फर्कदा जिप दुर्घटना भइ कात्तिक ८ गते मृत्यु भएको थियो । कम्पनीको नियमानुसार भुक्तान गर्नुपर्ने बिमाङ्क १० लाख र दाहसंस्कार खर्च रु. १ लाख गरी जम्मा रकम रु ११ लाखको चेक कम्पनीको बागलुङ्ग शाखा कार्यालयबाट शाखा प्रमुख ज्ञान प्रसाद ढुङगानाले स्व. बिकको श्रीमती भावनालाई हस्तान्तरण गरेका हुन् ।
बनेपाका १० विद्यालय भवन पुनःनिर्माणले बल्ल लियाे गति, साढे ४० कराेडकाे ठेक्का
बनेपा । भारतीय दूतावासले जिम्मा लिएको विद्यालय भवनको पुनः निर्माण बल्ल अगाडि बढेको छ । यहाँका १० विद्यालयका भवन निर्माण चारवर्षपछि सुरु भएको छ । ठेक्का आह्वान भई मङ्गलबार निर्माण कम्पनी छनोटको भएपछि पुन निर्माणले गति लिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्यवन एकाइ (शिक्षा) काभ्रेपलाञ्चोकका इञ्जिनीयर सोभित श्रेष्ठका अनुसार आह्वान गरिएको ठेक्कामा खानी/ब्राइट जेभी पोखरीचौरी काभ्रेपलाञ्चोकलाई रु ४० करोड ७१ लाख ९२ हजार ३७६ को ठेक्का परेको छ । सात दिनभित्र उक्त निर्माण कम्पनीले केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)सँग सम्झौता गरेपछि निर्माण अगाडि बढ्नेछ । पाँचखाल नगरपालिकामा रहेको भगवती मावि, दुग्धेश्वर मावि र आजाद मावि, बनेपा नगरपालिकाको आजाद मावि, नमोबुद्ध नगरपालिकाको लक्ष्मीनारायण मावि र कानपुर मावि, चौरीदेउराली गाउँपालिकाको खाँडादेवी मावि, पनौती नगरपालिकाको शारदा मावि, महाभारत गाउँपालिकाको भैरव मावि र खानीखोला गाउँपालिकाको जनहित माविका भवन सो सहयोगले बन्नेछ । भवन निर्माण नहुँदा विद्यार्थी जीर्ण भवनमा नै बसेर अध्ययन गर्दै आइरहेका छन् । चौरीदेउराली गाउँपालिका– २ नार्गेगगर्चेस्थित खाँडादेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य राजीव लामाले समयमा विद्यालय भवन नबन्दा विद्यार्थी जीर्ण भवनमै जोखिममा अध्ययन गर्न बाध्य भएको बताउनुभयो । महाभारत गाउँपालिका–१ गोकुलेस्थित भैरव माध्यमिक विद्यालयका विद्यार्थीको अवस्था पनि उस्तै छ । प्रधानाध्यापक खुवनाथ दुलालले समयमा विद्यालयको भवन नबन्दा अझै दुई वर्षसम्म विद्यार्थीलाई टहरामै राख्नुपर्ने अवस्था रहेको बताउनुभयो । –––