कांग्रेसले चुनावकेन्द्रित समितिहरू गठन गर्न परिपत्र गर्यो
काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि चुनावकेन्द्रित विभिन्न समितिहरू गठन गर्न प्रदेश, जिल्ला र क्षेत्रीय तहका १६५ वटै कार्यसमितिलाई परिपत्र गरेको छ । पार्टीका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माले बुधबार (आज) विभिन्न निकायहरूलाई चुनावी समिति गठन गर्न निर्देशन दिदै परीपत्र गरिएको प्रवक्ता देवराज चालीसेले जानकारी दिए। उनले परिपत्रमार्फत निर्वाचन अभियान व्यवस्थित गर्न सबै तहमा समितिहरू र संरचनाहरू तत्काल गठन गर्न आग्रह पनि बताए । परिपत्रमा कांग्रेसले निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मूल समिति, निर्वाचन प्रचार प्रसार मूल समिति र स्थानीय तह समन्वय समिति गठन गर्न निर्देशन गरेको छ । यसैगरी, बौद्धिक क्षेत्र समन्वय समिति, सामाजिक संघसंस्था समन्वय समिति, धार्मिक संघसंस्था समन्वय समिति र निजी क्षेत्र समन्वय समिति पनि कांग्रेसले गठन गर्ने जनाइएको छ । कांग्रेसले हालै १६५ क्षेत्रमै आफ्ना उम्मेदवारको प्रचारप्रसार गर्न चुनावी तयारीलाई तीव्र पार्नसमेत निर्देशन गरेको छ ।
हाडजोर्नी दुख्ने मात्र होइन, बाथले भित्रभित्रै अंगहरू पनि नष्ट गर्छ
शरीरका कुनै पनि अङ्गको दुखाइ सामान्य नहुन पनि सक्छ । हामीले सामान्य दुखाइ भनेर बेवास्ता गर्दा भोलि शारीरिक अपाङ्गता देखी लिएर शरीरका जुनसुकै अंगमा क्षति पनि पुर्याउन सक्छ । विशेषगरी युवा उमेर समूहमा बढ्दै गएको र चिसो समयमा अझ बढी बिरामीलाई दुःख दिने बाथ रोग के हो ? बाथले नेपालीलाई कति दुःख दिइरहेको छ र यसको उपचार पद्धति नेपालमा कस्तो छ ?लगायतका विषयमा विकासन्युजकी इन्द्रसरा खड्काले बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्तासँग गरेको कुराकानीको सम्पादित अंश : बाथरोग कस्तो किसिमको रोग हो ? यसका लक्षण कस्ता छन् ? बाथरोग शरीरको दुखाइ हो । यो दुखाइ सुतेर उठ्दा बिहानको समयमा अझ बढी हुन्छ । बाथ भएका भएका व्यक्तिलाई हातको आँख्ला दुख्ने, हिँड्न, बस्न र उठ्न निकै गाह्रो हुने गर्छ । बिहान सुतेर उठ्दा जीउ गाह्रो हुन्छ, पहिले सजिलै गरिरहेको काम गर्न अप्ठ्यारो लाग्दै जान्छ । घुँडा सुन्निने, जोर्नीहरू दुख्ने, कम्मरमा दुखाइ, हिँड्न सकिरहेको छैन, विस्तारै अशक्त जस्तै भइरहेको छ भने त्यो बाथरोगको लक्षण हुनसक्छ । सबै दुखाइ बाथको हुँदैन । दुखाइ लक्षण हो । अस्पताल पुग्ने बिरामीहरू यहाँ दुखेको, उता दुखेको भनेर आउँछन् यो दुखाइ कहिलेदेखि भयो भन्ने समय अवधि हेरेर उपचार सुरु गरिन्छ । डा. अरुणकुमार गुप्ता । नेपालमा बाथरोगको अवस्था कस्तो छ ? आजभन्दा करिब २० वर्ष अगाडि बाथरोगका विषयमा धेरैलाई थाहा थिएन । बाथ लाग्दा अभिशाप हो भन्ने सोच मानिसमा थियो । धेरैले भाग्यलाई सराप्दै बस्थे । बिस्तारै चिकित्सा शिक्षाको बिस्तार हुँदै गएपछि बाथरोगका विषयमा पनि थाहा हुँदै गयो । २० वर्षपछि धेरै परिवर्तन आएको छ । त्यो बेलाको यो रोगप्रतिको बुझाइ, उपचार प्रणाली पनि धेरै फरक छ। कुन उमेर समूहका व्यक्तिमा यसको समस्या बढी हुन्छ ? बाथरोग सबै उमेरसमूहका व्यक्तिलाई भइरहेको पाइन्छ । बच्चादेखि युवा र वृद्धवृद्धा पनि यो रोगको जोखिममा परिरहेका हुन्छन् । नेपालमा सबैभन्दा बढी बाथरोग देखिने समूह भएको १५ देखि ४० वर्ष हो । जाडोयाममा यो बढी हुन्छ भने गर्मीयाममा अलिक कम हुने गर्दछ । बाथ दुखाइकै रोग हो तर बाथकै कारण दुखाइ भएको हो वा अन्य कारण भन्ने विषयमा व्यक्तिको उपचार गर्ने क्रममा मात्र थाहा हुन्छ । बाथ कति प्रकारको हुन्छ ? बाथ सयौं प्रकारको हुन्छ । उमेरअनुसार बालबालिकादेखि वृद्धवृद्धालाई पनि यो समस्या भइरहेको पाइन्छ । कति बाथ हड्डी, जोर्नी, नसाबाट सुरु भएको हुन्छ यसको नाम पनि त्यही अनुसार फरक हुन्छ । लक्षणका हिसाबले कुन बाथ हो भन्ने कुरा छुट्याउन सकिन्छ । ओस्टियो अर्थाइटिस (जोर्नी खिइने बाथ), युरिक एसिडजन्य बाथ,(¥युमाटाइट अर्थाइटिस), लुपस, ढाडको बाथ, भास्कुलाईटिसलगायत सय भन्दा बढी प्रकारको हुन्छ । कुन प्रकारको बाथ हो भन्ने कुरा थाहा पाउन व्यक्तिको हिस्ट्रीबारे अध्ययन गरिन्छ । किनकि बाथरोग वंशाणुगत कारणले बढी देखिने गर्छ । बाथरोग सरुवा रोग त होइन तर यो कसरी लाग्छ ? कुनै व्यक्तिलाई जीवाणु, किटाणु र भाइरसबाट कुनै रोग लागेको छ भने त्यस्ता व्यक्तिलाई बाथ हुने सम्भावना बढी हुन्छ । ट्युबरकुलोसिस, चिकेन गुनिया, एचआईभी लगायतका रोग भएका व्यक्तिलाई हुने सम्भावना पनि हुन्छ । कुनै सरुवा रोग नभए पनि यस्ता रोगबाट आक्रान्त छन् भने त्यस्ता व्यक्तिलाई बाथरोग हुनसक्ने सम्भावना बढी हुन्छ । बाथरोग यही कारण हुन्छ भन्ने हुँदैन । बाथरोग भनेको अटोइम्युन रोग हो । हरेक मान्छेको शरीरमा रोगसँग लड्ने प्रतिरक्षा प्रणाली हुन्छ तर बाथरोगीलाई त्यो प्रणालीले आफ्नै शरीरको विरुद्धमा आक्रमण गर्छ । उक्त आक्रमणलाई रगतभित्र रहेको एन्टीबडीले नै डिफेन्स गर्छ, जसले गर्दा शरीरलाई आघात गर्नसक्छ । कुन व्यक्तिलाई कुन प्रकारको ब्याक्टेरिया वा भाइरसले असर गर्छ भन्ने कुरा रगतको परीक्षण र अध्ययन गरेर मात्रै थाहा पाउन सकिन्छ । यो रोगको कारण भनेको एउटा वंशाणुत हो । कतिपय हर्मोनका कारण पनि यो रोग हुन्छ, जो महिलालाई बढी देखिने गर्छ । तर यो यही कारणले हुन्छ भन्ने हुँदैन । के कम्मरको दुखाइ पनि बाथ हुन सक्छ ? अहिले धेरैजसो व्यक्ति कम्मर दुखाइको समस्या लिएर आउने गर्छन् । त्यसमा पनि कुन उमेर समूहको व्यक्ति हो भनेर छुट्याइन्छ । कम्मरको तल्लो भागमा दुखेको हो भने त्यसलाई ‘लोअर ब्याक पेन’ भनिन्छ । जुन समस्या हाडजोर्नी, मांशपेसी र स्नायु रोगको समस्याले हुनसक्छ । तर कम्मरको दुखाइ छ भने यो बाथ हो कि होइन भनेर अध्ययन गरिन्छ । यो दुखाइको प्रकृति कस्तो छ, एक–दुई दिनदेखि भएको हो कि, केही घण्टामा भएको हो कि, केही महिना वा वर्ष बितिसकेको हो भनेर हेरिन्छ । बाथको दुखाइ र मेकानिकल ब्याक पेन छुट्याइइन्छ । बाथको दुखाइ र अरू दुखाइमा फरक कसरी छुट्याउने ? बाथको दुखाइ तपाईं जति आराम गर्नुहुन्छ त्यति बढ्छ । जब शारीरिक व्यायाम गरिन्छ तब कम भएको अनुभव हुन्छ । बाथको दुखाइ करिब ६ हप्तासम्म हुन्छ भने अर्को दुखाइ एक महिना वा दुई महिना नाघिसकेको हुन्छ । मेकानिकल दुखाइ केही दिनदेखि हप्तासम्म रहन्छ । बाथको दुखाइ रातको समयमा बढी हुन्छ भने अन्य दुखाइ दिनचर्यामा बढी हुन्छ । बाथको दुखाइले मोविलिटीलाई नै जाम गराइदिन्छ । दुखाइ बिहान ३० मिनेटदेखि १ घण्टासम्म जारी रहन्छ । अन्य दुखाइको कुनै समय हुँदैन । बाथले बिस्तारै बिस्तारै व्यक्तिलाई अपाङ्गता समेत गराउँछ । अन्य दुखाइले भने यस्तो अवस्था ल्याउँदैन । कम्मरको बाथ बढी पुरुषमा देखिन्छ हो ? यो समस्या बढी पुरुषमा देखिने गरेको छ । यसको दुखाइ कम्मरमा मात्र समिति हुँदैन । कम्मरबाहेक बिस्तारै घुँडा, गोलिगाँड, कुइना हातको आँख्लामा समेत असर गरेको हुन्छ भने गर्दनको हड्डीमा समेत यसले असर गर्छ । यो दुखाइ एक–दुई वर्षदेखि हुँदै आएको छ भने यसले तलमाथि दायाबायाँ, अगाडि पछाडि गर्न नसकिने अवस्थामा पुर्याइदिन्छ । बाथरोगको समयमै उपचार भएन भने यसले शरीरको संरचना नै परिवर्तन गराइदिनसक्छ । अस्पताल उपचारका लागि ढिला पुगेका धेरै व्यक्ति अपांगताको अवस्थामा पुगेका छन् । कुनै किसिमको दुखाइ छ, दुखाइ बढ्दै गएको छ भने त्यस्तो दुखाइ सहेर बस्न हुँदैन, तुरुन्तै अस्पतालमा गई उपचार गराउनुपर्छ । के बाथले शरीरका अरू अंगलाई पनि असर पार्छ ? बाथ एउटा दुखाइबाट सुरु हुन्छ । तर यसको हाँगा शरीरका विभिन्न अंगतिर छरिएको हुन्छ । टाउकादेखि खुट्टा, मुटु मिर्गौला, कलेजो, फोक्सो, आँखा, छाला लगायत हरेक अंगमा यसले असर पु¥याएको हुन्छ । अस्पताल पुगेका सय जनामध्ये एकजना दुखाइ भन्दा अन्य समस्या भएर उपचारका लागि आउँछन्– जस्तै आँखा रातो हुने, बिझाउने, कतिको ज्वोतिमै समस्या आउने । कतिको आँखाको रोग बाथको कारणले पनि भएको पाइयो । यसले मुटुसम्बन्धी समस्या पनि ल्याउँछ, फोक्सोमा पनि असर पार्छ । फोक्सोमा विशेष गरी करङको हड्डीमा पनि असर पार्छ । त्यसैले बाथ दुखाइ मात्र हुँदैन, यसले शरीरका विभिन्न अंगलाई समेत असर पुर्याउँछ । बाथका बिरामीले कस्तो जीवनशैली अपनाउनुपर्छ ? बाथरोग खानपानसँग सम्बन्धित रोग होइन । युरिक एसिडको बाथरोग मात्रै खानपानसँग सम्बन्धित हुन्छ । युरिक एसिडको बाथरोग भएकाहरूले जाँडरक्सी, रातो मासु, जनावरको भित्री अंग, चिनीजन्य पेय पदार्थ नखाएको राम्रो मानिन्छ । अन्य प्रकारका बाथ रोगीहरूले भने खानपान बार्नु पर्दैन । बाथरोगको उपचार कसरी गरिन्छ ? अहिले हरेक बाथका रोगीको उपचार नेपालमा सम्भव छ । सबैभन्दा पहिले कुन बाथरोग हो भन्न कुरा पत्ता लगाउनुपर्छ । यसका लागि चिकित्सकको सल्लाह अनिवार्य चाहिन्छ । अस्पताल पुगेर बाथको प्रकार, स्टेज पत्ता लगाइसकेपछि मात्र उपचार सुरु गरिन्छ । औषधी, इन्जेक्सनसँगै बिरामीलाई फिजियो, शारीरिक व्यायाम, योगाको पनि सल्लाह दिइन्छ । कम्मरको बाथको हकमा युवा अवस्थाको व्यक्ति छ र उसको कम्मरको दुखाइ बाथकै हो भने समयमै उपचार अनिवार्य आवश्यक छ ।
राष्ट्रपतिसमक्ष राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरिएको छ । निर्वाचन आयोगका पदाधिकारीहरूले बुधबार (आज) राष्ट्रपति भवन शीतलनिवासमा पुगेर निर्वाचन प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा निर्वाचन प्रक्रिया, मतदानको अवस्था तथा अन्तिम परिणामसम्बन्धी विवरण समेटिएको छ । माघ ११ गते सम्पन्न निर्वाचनमा २ करोड ४० लाख ६६ हजार खर्च भएको आयोगले जनाएको छ । निर्वाचन आयोगले निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न भएको तथा निर्वाचनका विविध विषय प्रतिवेदनमा समेटिएको आयोगका सहप्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए ।
२० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार २० अर्ब निक्षेप तान्दैछ । निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले बुधबार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७६ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा बुधबार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ चैत्र १८ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।
रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रम संस्कृति पार्टीमा प्रवेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।मंगलबार (आज) श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रेष्ठलाई पार्टीमा स्वागत गरेका हुन् । अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठ पार्टीमा प्रवेश गरेको जानकारी दिए। श्रेष्ठ यसअघि रास्वपाबाट समानुपातिक सांसद थिए । सांसद रहँदा स्वास्थ्यमन्त्री बन्ने उद्देश्यले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए । उक्त अडिओ सार्वजनिक भएलगत्तै रास्वपाले उनलाई पार्टीबाट निष्कासन गरेको थियो ।
लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी
लमजुङ । जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड ३० लाख रुपैयाँ बराबरको आम्दानी भित्रिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन अलैँची बिक्रीबाट २४ करोड ३० रुपैयाँ बराबरको आम्दानी भएको छ । यस वर्ष अलैँची प्रतिकिलो एक हजार ८०० देखि दुई हजार ५०० रुपैयाँ सम्ममा बिक्री भएको उनले जानकारी दिए । गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा बढी आम्दानी भएको उनको भनाइ छ । गत वर्ष शून्य दशमवल चार प्रतिशतले उत्पादन भएको अलैँची यस वर्ष घटेर शून्य दशमलव ३९ प्रतिशत भएको कृषि अधिकृत मिजारले उल्लेख गरे । आव २०८१/८२ मा उत्पादित १५० मेट्रिकटन अलैँचीका दाना बिक्रीबाट २२ करोड रुपैयाँ आम्दानी भएको थियो । गत आवमा प्रतिकिलो एक हजार ५०० देखि दुई हजार ४०० रुपैयाँसम्ममा अलैँची बिक्री भएको थियो । यस वर्ष छिमेकी मुलुक भारतमा पनि अलैँची उत्पादनमा कमी आएकाले माग उच्च हुँदा यहाँका किसानले राम्रो मूल्य पाएका परियोजनाका कृषि अधिकृत मिजारले बताए । आव २०८०/८१ मा जिल्लाका किसानले २५१ मेट्रिकटन अलैँची बिक्री गरी २४ करोड रुपैयाँ आम्दानी गरेका थिए । मिजारका अनुसार उक्त वर्ष जिल्लाका किसानले प्रतिकिलो एक हजार २०० रुपैयाँका दरले अलैँची बिक्री गरेका थिए । आव २०७९/८० मा ३८० मेट्रिकटन अलैँची बिक्रीबाट २० करोड रुपैयाँ आम्दानी भएको थियो । उक्त वर्ष प्रतिकिलो अलैँची कम्तीमा ५५० देखि ७०० रुपैयाँसम्म बिक्री भएको थियो । आव २०७८/७९ मा ३३५ मेट्रिकटन अलैँची बिक्री गरी १५ करोड रुपैयाँ, आव २०७७/७८ मा तीन हजार ५०० क्विन्टलबाट १८ करोड २० लाख रुपैयाँ, आव २०७६/७७ मा दुई हजार क्विन्टल अलैँची बिक्रीबाट १२ करोड रुपैयाँ आम्दानी भएको परियोजनाले जनाएको छ । जिल्लामा ७५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि ३७५ हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको उक्त कार्यालयले जनाएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रूपमा मर्स्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्होँलासोथर गाउँपालिका, दूधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने भएकाले पकेट क्षेत्र घोषणा गरिएको हो । यस वर्ष सबैभन्दा बढी मर्स्याङ्दी गाउँपालिकाका किसानले अलैँचीको दाना बिक्रीबाट आम्दानी गरेका नेपाल अलैँची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष सोमबहादुर तामाङले बताए । उनले भने, 'यस वर्ष अलैँची किसानले राम्रो आम्दानी प्राप्त गर्न सफल हुँदा किसान यस खेतीमा उत्साहित र खुसी भएका छन् ।' जिल्लामा ७०० मिटरदेखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बर शाही, एक हजार २०० मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँचीका बिरुवा लगाइएका छन् । यहाँ विसं २०४१ देखि अलैँचीखेती विस्तार हुँदै आएको हो । अलैँचीखेतीले जिल्लाका किसानको जीवनसमेत परिवर्तन गरेको छ । विदेशिएका युवासमेत फर्किएर अलैँचीखेती विस्तार गरेका छन् । सोमध्ये अजय तामाङ, सोमबहादुर तामाङ, बलराम लामालगायत विदेशबाट फर्किएर एक दशक अघिदेखि अलैँचीखेती गरिरहेका छन् । उनीहरूको अहिले वार्षिक पाँच लाखदेखि १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने सोमबहादुरले जानकारी दिए । अलैँचीखेतीले स्थानीयको आर्थिक अवस्था सुधार हुनुका साथै जीवनशैली परिवर्तन भएको छ । सोही कारणले जिल्लाका किसान पछिल्लो समय अलैँचीखेती विस्तार गर्नतर्फ आकर्षित हुँदै गएका परियोजना कार्यालयले जनाएको छ । जिल्लामा करिब तीन हजार किसान अलैँचीखेतीमा आबद्ध छन् । रासस
भिसा लागेपछि मात्र पैसा तिर्नू : अमेरिकी दूतावास
काठमाडौं । के तपाईं अमेरिका जान व्यवसाय वा पर्यटन भिसाका लागि अन्तर्वार्ता दिँदै हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईंले अगाडि नै भिसा बन्डको रूपमा पैसा तिर्नु नपर्ने भएको छ । अब भिसाका रूपमा अग्रिम बन्ड तिर्नु नपर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । अन्तर्वार्ता अघि बन्ड तिर्दैमा भिसा स्वीकृत हुन्छ भन्ने ग्यारेण्टी नहुने दूतावासले बताएको छ । अन्तर्वार्तापछि मात्र कन्सुलरले भिसा पाएमा अधिकृतले सही वेबसाइटको लिंकसहित उपलब्ध गराएर बन्ड कसरी तिर्ने भनेर निर्देशन दिने अमेरिकी दूतावासले उल्लेख गरेको छ । अन्तर्वार्ताअघि गरिएको भुक्तानी भने फिर्ता नहुने दूतावासले प्रस्ट पारेको छ । अमेरिकाको विदेश मन्त्रालयले अमेरिका प्रवेश गर्नुअघि धरौटी तिर्नुपर्ने देशहरूको सूचीमा नेपालसहित सातवटालाई थपेको थियो । गत बुधबार अर्थात जनवरी २१ देखि नेपालीहरूले अमेरिकाको भिसा निवेदनसँगै ५ देखि १५ हजार डलर ९७ लाख २२ हजारदेखि २१ लाख ६६ हजार १९३ नेपाली रुपैयाँ० सम्म शुल्क तिर्नुपर्ने व्यवस्था गरिसकेको छ । नेपालसहित यी देश : अल्जेरिया, अंगोला, एन्टिगा एन्ड बार्बुडा, बंगलादेश, बेनिन, भुटान, बोत्स्वाना, बुरुन्डी, काबो भेर्दे, आइभरी कोस्ट, क्युबा, जिबुटी, डोमिनिका, फिजी, गाबोन, द गाम्बिया, गिनी, गिनी बिसाउ, किर्गिजस्तान, मलावी, मौरिटानिया, नामिबिया, नाइजेरिया, साओ टोम एन्ड प्रिन्सिपे, सेनेगल, ताजिकिस्तान, तान्जानिया, टोगो, टोंगा, तुर्कमेनिस्तान, टुभालु, युगान्डा, भानुआतु, भेनेजुएला, जाम्बिया र जिम्बाब्वे ।
भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा
मुम्बई । भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि भए पनि अवस्था समयमै नियन्त्रणमा ल्याइएको जानकारी दिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले मङ्गलबार राति जारी गरेको विज्ञप्तिमा उन्नत निगरानी, प्रयोगशाला परीक्षण तथा क्षेत्रीय अनुसन्धानमार्फत सङ्क्रमण फैलिन नदिइएको स्पष्ट पारेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार जनावरबाट मानिसमा सर्ने निपाह भाइरसको हालसम्म कुनै खोप उपलब्ध छैन र यसबाट हुने मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुनसक्ने बताइएको छ । यति उच्च जोखिमका बाबजुद पनि हाल देखिएका दुईवटै सङ्क्रमणलाई समयमै नियन्त्रण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित व्यक्तिहरूसँग सम्पर्कमा आएका १९६ जनाको पहिचान गरी परीक्षण गरिएको छ र सबैको नतिजा नकारात्मक आएको छ । 'स्थिति निरन्तर निगरानीमा राखिएको छ र आवश्यक सबै जनस्वास्थ्यका उपायहरू कार्यान्वयनमा छन्', विज्ञप्तिमा उल्लेख छ । यद्यपि सङ्क्रमित बिरामीहरूको व्यक्तिगत विवरण सार्वजनिक गरिएको छैन । निपाह भाइरस पहिलो पटक सन् १९९८ मा मलेसियामा सुँगुरबाट किसानहरूमा फैलिएपछि पहिचान गरिएको थियो । भारतमा यसको पहिलो प्रकोप सन् २००१ मा पश्चिम बङ्गालमै देखिएको थियो । पछि सन् २०१८ मा केरलामा फैलिएको निपाहबाट कम्तीमा १७ जनाको मृत्यु भएको थियो भने सन् २०२३ मा सोही राज्यमा दुई जनाको ज्यान गएको थियो । यस भाइरसका प्रारम्भिक लक्षणमा उच्च ज्वरो, बान्ता र श्वासप्रश्वाससम्बन्धी समस्या देखिन्छन् । उहाँ फरक–फरक समय र विभिन्न सरकारमा गरी सबैभन्दा धेरै अवधिसम्म महाराष्ट्रको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने नेता थिए । स्वास्थ्य विज्ञहरूका अनुसार फल खाने चमेरा निपाह भाइरसका प्राकृतिक वाहक हुन् र विगतका प्रकोपहरूमा पनि उनीहरूलाई मुख्य स्रोतका रूपमा पहिचान गरिएको छ । हालको अवस्थामा पनि सतर्कता अपनाउँदै निगरानी अझ कडा बनाइएको भारतीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् । रासस