सगरमाथा इन्स्योरेन्स कम्पनी २५ वर्षमा प्रवेश
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी आजबाट २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले वर्तमान अवस्थाका कारण देशभरका ७३ वटै कार्यालयमा एकसाथ केककाटी वार्षिक उत्सव मनाएको छ । यही अवसरमा कम्पनीले प्रधान कार्यालयमा राखेको रक्तदान कार्यक्रममा ४९ जना रक्तदाताले रक्तदान गरेका छन् । २५ औं वार्षिकउत्सवको उपलक्ष्यमा नेपालभरी छरिएका शाखा मार्फत सामाजिक उत्तरदायित्व तथा बीमा जनचेतनाका विविध कार्यक्रमहरु आयोजना गरिने कम्पनिले जनाएको छ । कम्पनीकोे चुक्तापुंजी हाल रु. १ अरब १२ लाख २२ हजार पुगेको छ । आ.व. २०७६/०७७ को अषाढ मसान्तमा १ लाख ९४ हजार १ सय ७४ बीमालेख बिक्री गरी रु. २ अरब १९ करोड ४७ लाख ७६ हजार बीमाशुल्क संकलन गरेको छ । त्यसै गरी आ.व. २०७६/०७७ मा रु १ अरब २ करोड दाबी भुक्तानी गरिएको छ । कम्पनीबाट उपलब्ध हुने बीमा लेखहरुलाई क्रमश डिजिटलाईज गर्दै डिजिटल युगमा प्रवेश गर्ने लक्ष्य रहेको जानकारी प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले जानकारी दिए ।
१५ प्रतिशत व्याजदर व्यवहारिक भएन, याे खर्चमा लघुवित्त चल्नै सक्दैनः अध्यक्ष लम्साल
काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्तराज लम्सालले लघुवित्तले लिने व्याजदर अधिकतम १५ प्रतिशत कायम गरिएको नेपाल राष्ट्र बैंककाे व्यवस्था व्यवहारिक नभएको बताएका छन् । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८को मौद्रिक नीतिमा प्रतिकृया दिँदै उनले सो कुरा बताएका हुन् । यो व्यवस्थाले अहिलेको लागत खर्चमा लघुवित्तले धान्दैन र संस्था चल्न नसक्ने उनले बताए । ‘यो व्याजदरमा बेस रेट राखेर प्रिमियम कति भनेर तोकिएको भए ठिक हुन्थ्यो । तर यसमा १५ प्रतिशत व्याजदरको क्याप लगाइदिएकोले संस्थालाई अफ्ठ्यारो बनाएको छ ।’- उनले भने मौद्रिक नीति मार्फत यसलाई बेस रेटमा गणना विधि तय गरी व्याजदर निर्धारणलाई थप व्यवस्थित बनाइने भनिएको छ । पहिले राष्ट्र बैंकले बढीमा ९ प्रतिशतसम्म स्प्रेडदर तोकिदिएको थियो । पछिल्लो तीन महिना ग्राहकलाई १५ प्रतिशतमै ऋण दिएको बताउँदै विजय लघुवित्तको सीईओ समेत रहेका संघका अध्यक्ष लम्सालले भने- ‘जुन गत आवको पहिलाको ८ महिनाको कमाइले धानेको थियो र उक्त व्याजदरमा दिएका थियौं । र, पनि तीन महिनाको नाफा घटेको छ । अब चालु आवमा शुरुदेखि नै १५ प्रतिशत रहेपछि त संस्थाको नाफा शुरुदेखि नै नकारात्मक हुने भयो ।’ ‘यदि अहिलेको लागत खर्च घट्यो भने यो व्यवस्था ठिक हुन सक्छ । तर हामीले अहिले बैंकहरुबाट जति व्याज तिरेर पैसा ल्याउँछौं, त्यहि अवस्था रहने र १५ मा लगानी गर्ने हो भने शुरुदेखि नै लघुवित्तको वित्तीय विवरण नेगेटिभ आउँछ ।’ उनले भने- ‘बैंकहरुले लघुवित्तलाई ऋण दिँदा जति प्रिमियम लिएका छन् त्यसमा कम्तिमा २ प्रतिशतसम्म घट्यो भने चाहिँ संस्था चल्ने सक्ने छ ।’ लिन पाउने व्याज चाँहि घट्ने लागत चाहिँ जस्ता तस्तै हुने हो भने संस्था चल्दै नचल्ने उनले स्पष्ट पारेका छन् । ‘त्यस्तै, अन्य अरु सबै कुराहरु राम्रै छन् । धितो कर्जा सीमा ७ लाख रुपैयाँबाट बढाई १५ लाख रुपैयाँ कायम गरिएको छ, जुन हामीले मागेकै नै थियौं । सेवा शुल्क २ प्रतिशतबाट १.५ प्रतिशतमा झरेको छ, त्यसलाई सकारात्मक नै लिएका छौं ।’ ‘चालु आवको मौद्रिक नीति व्यवस्थित नै छ तर हाम्रो असन्तुष्टि मात्र यहि व्याजदरमा रहेको छ ।’- उनले भने । सम्बन्धित समाचारः लघुवित्तले १५ प्रतिशतभन्दा बढी व्याज लिन नपाउने
अब सुजुकी बाईक किन्दा १५ हजार नगद छुट वा शुन्य प्रतिशत ब्याज अफर
काठमाडौं । सुजुकी माेटरसाईकल तथा स्कुटरकाे नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भिजि अटाेमाेबाईल्स प्रालिले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै काेराेना विशेष स्किमकाे घाेषणा गरेकाे छ। बिगत ३ महिनाबाट लकडाउनले पारेकाे आर्थिक असरलाई केही सहजता हाेस् भन्ने उदेश्यकाे साथ ‘उतार चडाब आईरहन्छ, सुजुकीकाे साथ रहिरहन्छू’ भन्ने मुल नारा राखेर प्रत्येक माेटरसाईकल तथा स्कुटरकाे खरिदमा १५ हजार नगद छुट वा ० % ब्याजदरकाे स्किमकाे आह्वान गरेकाे छ। ग्राहकलाई १५ हजार नगद छुट वा ०५ ब्याज दर मध्ये जुन ठिक लाग्छ त्याे छानेर लिन सकिने कम्पनिले जानकारी दिएकाे छ। कम्पनीले अगाडि सारेकाे स्किम यहि श्रावण १ गते देखि ३१ गते सम्म नेपालभरका सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिने छ। एक्सचेञ्जमा समेत यौ स्किम लागु गरिएकाे कम्पनिले जानकारी गराएकाे छ । सुजुकीका जिक्सर २५० सिरिज, जिक्सर १५० सिरिज, ईन्ट्रुडर तथा हयाते बाईक छन भने स्कुटर तर्फ बर्गम्यान, एक्सेस तथा लेट्स रहेका छन। १ बर्ष अगाडि मात्र नेपाली बजारमा बिक्रि सुरु भएकौ जिक्सर भेरियन्ट युवा पुस्ताले निकै रुचाईएकाे बाईकमा पर्दछ भने बर्गम्यान म्याक्सि स्कुटर भएकै कारण पनि लाेकप्रिय रहेकाे छ।
आफुपनि नजान्ने अरुको कुरापनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाइरहेकाे छ: डा. भट्टराई (भिडियाेसहित)
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफुपनि नजान्ने अरुको कुरापनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाइरहेको टिप्पणी गरेका छन् । राजधानीमा भएको एक कार्यक्रमममा बोल्दै डा. भट्टराईले संकटको बेलापनि सत्ताका लागि आन्तरिक किचलो र झगडामा मस्त ‘अधम’ मान्छेले सरकार सञ्चालन गरिरहेको बताए । जनताको जीवन र देशको अर्थतन्त्रमा खेलवाड भइरहेको उल्लेख गर्दै उनले भने, ‘उत्तम मान्छे आफ्नै विवेकले बुझ्छ । मध्यम मान्छेले अर्कोले भनेको मान्छ । ‘अधम’ मान्छले आफुले पनि जान्दैन र अर्कोले भनेको पनि मान्दैन् । म चाँही हाम्रा शासकलाई अधमको कोठीमा राख्न चाहान्छु । किनकी यस्तो संकटको बेलामा शासन सत्तामा बस्ने मान्छेको आफ्नै किचलो र झै झगडा, सत्ताको भागवण्डामा महिनाैं वर्वाद गरिरहेको छ । देश र जनताकोजीवनमाथि खेलवाड गरिरहेको छ ।’ जनता समाजवादी पार्टीका नेता भट्टराईले सरकारले नीति, कार्यक्रम र बजेट मार्फत कुनै ठोस कार्यक्रम नल्याएको बताए । कोरोनाका कारण समस्यामा परेका उद्योगी व्यवसायी तथा श्रमिकका लागि कुनै पनि राहतका कार्यक्रम सरकारले ल्याउन नसकेको बताए । Dr. Baburam Bhattarai Gepostet von Bikashnews.com am Freitag, 17. Juli 2020
नेपाल रेडक्रस र कोका-कोलाद्वारा ७ सय बढी स्वास्थ्यकर्मी र स्वयंसेवकहरुलाई सुरक्षा सामग्री वितरण
काठमाडौं । नेपाल रेडक्रस र कोका-कोलाद्वारा ७ सय बढि स्वास्थ्यकर्मी र स्वयंसेवकहरुलाई सुरक्षा सामग्री वितरण गरेकाे छ । कोभिड—१९ को फैलावटलाई कम गर्न अग्रपतिंमा समर्पित रहेर काम गरिरहेका रेडक्रस एम्बुलेन्सका सवारी चालकहरु, रक्तसञ्चार सेवाका प्राविधिकहरु तथा क्वारेन्टिनमा खट्ने स्वयंसेवाहरुको लागि उनीहरुले एन नाइन्टिफाइभ मास्क, सुरक्षा बुट र स्यानिटाइजर जस्ता व्यक्तिगत सुरक्षा सामग्रीहरु वितरण गरेको हाे । असार १७ गतेबाट शुरु गरिएको यस वितरण कार्यक्रमको लक्ष्य देशभरका सबै लक्षित स्वास्थ्यकर्मीहरु र स्वयंसेवकहरु माँझ पुगेर उनीहरुको सुरक्षा अभिवृद्धि गर्नु रहेको कोकाकोलाले जनाएको छ । हालसम्म, सुदुरपश्चिमका केहि जिल्ला र प्रदेश १ बाहेक देशभरका सबै जिल्लाका रेडक्रसका अधिकारीहरुलाई सुरक्षा साम्रगीहरु हस्तान्तरण गरिसकेको उनीहरुले बताएका छन् । सबै जिल्लाहरुमा वितरण कार्यक्रम यहि साताभित्र सम्पन्न हुने रेडक्रसले जानकारी दिएको छ । “कोका—कोला नेपालसंगको यो साझेदारीले रक्त सञ्चार सेवाका ४०० प्राविधिकहरु र स्वास्थ्य कर्मचारीहरु र २४७ एम्बुलेन्स चालकहरुको मनोबल र सुरक्षा बढाउन मद्दत गरेको छ । साथै, यसले स्वास्थ्य, सरसफाई, जोखिम सञ्चार, सामुदायिक संलग्नता, संरक्षण तथा क्वारेन्टिन सहयोगमा खटिइरहेका रेडक्रसका स्वयंसेवकलाई पनि प्रोत्साहित गरेको छ, ” नेपाल रेडक्रसका निर्देशक दिव्यराज पौडेलले बताए । यस्तै कोका—कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “हामी हाम्रा एम्बुलेन्स चालकहरु, रक्त सञ्चार सेवाका प्राविधिकहरु र स्वयंसेवकहरुलाई आभार प्रकट गर्न चाहन्छौं जसले यस्तो चुनौतीपूर्ण समयमा पनि निष्ठाका साथ आफ्नो कर्तव्य पूरा गरिरहेका छन् । हाम्रो पार्टनर नेपाल रेडक्रस सोसाइटीका साथ अग्रपतिंमा रहेका सम्पूर्णको स्वास्थ्य र सुरक्षामा सहयोग गर्न सुरक्षा सामग्रीहरु प्रदान गरिरहँदा हामी खुसी छौं ।”
एटीएममा कारोबार निःशुल्क, जहाँँबाट पनि पैसा निकाल्न मिल्ने
काठमाडौं । राष्ट्र बैंकले एटीएम कारोबारलाई निःशुल्क बनाएको छ । उपभोक्ताले जुनसुकै बैंकको एटीएमबाट पैसा झिके पनि शुल्क नलाग्ने व्यवस्था गरेको हो । कोभिड १९को असर नेपालमा देखिएपछि गत चैतदेखि एटीएम कारोबार निःशुल्क भएको थियो । तर नेपाल बैंकस संघ, विकास बैंकर्स संघ र वित्त कम्पनी संघले असार मसान्तमा एक विज्ञप्ती जारी गर्दै साउन १ गतेदेखि शुल्क लिने निर्णय गरेको थिए । साउन १ र २ गते बैंकहरुले अर्को बैंकका ग्राहकले एटीएम प्रयोग गरेमा प्रति कारोबार २५० रुपैयाँसम्म शुल्क लिन लागेका थिए । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाबीच अन्तर आवद्धता हुने व्यवस्था गर्ने, कोभिडका असर रहदासम्म एटिएम कारोबार पूर्ण रुपमा निःशुल्क बनाउने बताएका छन्
मौद्रिक नीतिप्रति नाडाको असन्तुष्टि, भन्छः हाम्रा कुरै सुनिएन
काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज सार्वजनिक गरेको मौद्रिक नीतिले अटोमोवाइल क्षेत्रको सुझाव सम्बोधन नभएको प्रतिक्रिया दिएका छन् । नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपालले आफ्नो क्षेत्रबाट दिएका सुझावहरु मौद्रिक नीति मार्फत सम्बोधन नभएको बताएको छ । कोरोना भाईरसको संक्रमणबाट आम जनताको स्वास्थ रक्षाको लागि सरकारले लगाएको झण्डै ३ महिना लामो पूर्ण बन्दाबन्दी र हालको आशिंक बन्दाबन्दीको कारण झण्डै धरासायीको अवस्थामा पुगेको अटोमोवाइल व्यवसायको उत्थानका लागि नाडाबाट प्रस्तुत सुझावहरुप्रति पूर्नविचारका लागि अनुरोध गरेको छ । नेपाल राष्ट्र बैँकले अटो लोनलाई जोखिमयुक्त वस्तुको रुपमा वर्गीकरण गरी मूल्यको ५० प्रतिशतसम्म मात्र कर्जा दिने नीतिलाई आजको मोद्रिक नीतिले पनि निरन्तरता दिएको छ । त्यसैगरी हालसम्म पनि कायम रहेको र हाय पर्जेज लोनको सम्बन्धमा कर योग्य आयको कूल मासिक आम्दानीको ५० प्रतिशत मात्र किस्ता तिर्न सकिने व्यवस्थालाई पनि मोद्रिक नीतिले निरन्तरता दिएको छ । आर्थिक बर्ष २०७४/७५ मा कुल सवारी साधनको आयात ४ लाख ३७ हजार ६ सय १४ वटा रहेकोमा आर्थिक बर्ष २०७५/७६ मा यो घटेर ३ लाख ७० हजार २ सय ३८ वटा पुगेको छ । अर्थात १५.३९ प्रतिशतले आयात घटेको नाडाले बताएको छ । यस्तै, आर्थिक बर्ष २०७५/०७६ को माघ महिनासम्मको आयात र चालु आर्थिक बर्ष अर्थात २०७६/०७७ को माघ महिनासम्मको आयात तथ्याङ्कलाई तुलना गर्दा पनि कूल आयातमा १६.८० प्रतिशतले आयात घटेको छ । प्रत्येक बर्ष सवारी तथा ढुवानीका साधनहरुको आयात सरदर २० प्रतिशतले बढदै जाने क्रम रहेकोमा अहिले झण्डै त्यही अनुपातमा कूल आयात ओरालो लाग्दै गएको नाडाले बताएको छ । नाडाका महासचिव सुनिल रिजालले निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुर्नविचार गरी यस कर्जाको सीमा बृद्धिगरी ९० प्रतिशत पु¥याउनु पर्ने सुझाव दिएका छन् । यसबाट सवारी साधन खरिद गर्न चाहनेहरुका लागि सहजता हुने, यसको प्रतिफलस्वरुप ओरालो लागेको सवारी साधनहरुको पैठारीमा सुधार आउने, सरकारको राजश्व प्राप्तिमा स्वभाविक रुपले बृद्धि हुने र देशको अर्थतन्त्र पनि थप चलायमान हुन सक्ने उनको भनाई छ ।
मनकामना केबुलकारले गरायो सरकारलाई ध्यानाकर्षण
काठमाडौं । कोरोना भाइरसले पारेको प्रभाब आत्मसाथ गर्दै मनकामना मन्दिर दर्शनका लागि संचालित देश कै पहिलो केबलकार मनकामना केबुलकारले आगामी दिनहरुमा उच्च सुरक्षाका उपायहरु अपनाएर व्यवसायिक क्षेत्रहरु खुल्ला गर्नुपर्ने सरकारसँग माग राखेको छ । केबुलकारले व्यवसायिक क्षेत्र खुलाउन सरकारसँग आग्रह गर्दै लामो दुरीका यातायातलाई समेत सञ्चालन गर्दै, पर्यटन, धार्मिक क्षेत्र लगायतका सबै क्षेत्र खुल्ला गराउन आग्रह गरेको हो । कोरोना कहरले निम्त्याएको संकट सामना गर्न नागरिकहरु समेत सजग र सचेत भईसकेकाले सुरक्षामा कुनै पनि कसर बाँकी नराखी अबिलम्ब पर्यटन व्यवसायिक क्षेत्र साथै धार्मिक क्षेत्र समेत खुलाउन तर्फ सरकारले चाँसाे दिनुपर्ने केबुलकारले जनाएको छ । लामो समय देखि यि प्रतिष्ठानहरु बन्द हुँदा समग्र देशको आर्थिक क्षेत्र नै धरासायी हुन पुगेकाले अर्थतन्त्र चलायमान बनाउन पनि अब सतर्कतापुर्वक यस्ता क्षेत्र संचालन हुनुपर्नेमा केबुलकारले जोड दिएको छ ।