
काठमाडौं । राष्ट्र बैंकले एटीएम कारोबारलाई निःशुल्क बनाएको छ । उपभोक्ताले जुनसुकै बैंकको एटीएमबाट पैसा झिके पनि शुल्क नलाग्ने व्यवस्था गरेको हो ।
कोभिड १९को असर नेपालमा देखिएपछि गत चैतदेखि एटीएम कारोबार निःशुल्क भएको थियो । तर नेपाल बैंकस संघ, विकास बैंकर्स संघ र वित्त कम्पनी संघले असार मसान्तमा एक विज्ञप्ती जारी गर्दै साउन १ गतेदेखि शुल्क लिने निर्णय गरेको थिए ।
साउन १ र २ गते बैंकहरुले अर्को बैंकका ग्राहकले एटीएम प्रयोग गरेमा प्रति कारोबार २५० रुपैयाँसम्म शुल्क लिन लागेका थिए ।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाबीच अन्तर आवद्धता हुने व्यवस्था गर्ने, कोभिडका असर रहदासम्म एटिएम कारोबार पूर्ण रुपमा निःशुल्क बनाउने बताएका छन्