साउन ८ गतेदेखि शैक्षिक संस्थाले विद्यार्थी भर्ना लिने
काठमाडाैं । सरकारले साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । भर्ना लिए पनि शैक्षिक संस्था भने बन्द नै रहने छन् । सामुदायिक स्कुलका शिक्षकहरुलाई साउन ८ देखि १५ गतेसम्म विद्यालयमा पुग्नु भनिएको छ । साथै क्वारेन्टिन स्थल बनाएका विद्यालयहरुमा निर्मलीकरण गर्ने लगायतका विषयमा पनि निर्णय भएको बताइएको छ ।
एक जिल्लाबाट अर्को जिल्लामा गाडी चल्ने, शैक्षिक संस्था भने बन्द नै रहने
काठमाडाैं । सरकारले नजिकका जिल्लामा पनि यातायात चलाउन पाउने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। तर विद्यालय र सिनेमा हल संचालनमा भने रोकावट कायमै रहेको बताइएकाे छ । सामाजिक दूरी कायम राख्नुका साथै स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै छोटो दूरीका अन्तर जिल्ला यात्रुबाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको बताइएकाे छ । ।यसअघि सरकारले एउटा जिल्लाभित्रमात्रै स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर बस सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यसैबीच सरकारसँग विभिन्न माग राखी बस सञ्चालनमा असहयोग गर्दै आएका यातायात व्यवसायीहरु पनि सार्वजनिक बस सञ्चालन गर्न सहमत भएका छन् विद्यालय र सिनेमाहल बाहेक बाहेक खुलाउने निर्णय भएकाे बताइएकाे छ ।
यी हुन् आजकाे मन्त्रिरिषद् बैठकले गरेका महत्वपूर्ण निर्णय
काठमाडौं । सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस भन्दा अगाडि साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि बाह्य हवाई सेवा सञ्चालन गर्न सिफारिस गरेको थियो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयमा आन्तरिक र बाह्य दुवै उडान उडान बन्द गरिएको थियो। सरकारले नजिकका जिल्लामा पनि यातायात चलाउन पाउने निर्णय पनि गरेको छ । यसभन्दा अघि सरकारले एक जिल्लाबाट अर्काे जिल्लामा जान नपाउने निर्णय गरेकाे थियाे । अब भने एक जिल्लाबाट अर्काे जिल्लामा जान पाइने भएकाे हाे । यस्तै, बैठकले प्रशासनिक अदालतको अध्यक्षमा डिल्लीराज घिमिरेलाई नियुक्त गरेको छ । कानून मन्त्रालयका पूर्व सचिव डिल्लीराज घिमिरेलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ । प्रशासनिक अदालतमा रिक्त रहेका एक अध्यक्ष र २ सदस्यको पूर्ति गरिएको हो । सदस्यमा रीता मैनाली र उच्च अदालत पोखराका रजिष्टार कृष्णप्रसाद मैनालीलाई नियुक्त गरिएको बताइएको छ । आज बसेको बैठकले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका करारका कर्मचारीको काम गर्ने अवधि नवीकरण गर्ने पनि निर्णय गरेको छ । सो मन्त्रालय अन्तर्गतका विभिन्न आयोजनाहरुमा काम गर्दै आएका र म्याद सकिएका कर्मचारीको म्याद थप गर्ने निर्णय भएको बताइएको छ । सरकारले यसअघि कोरोना संकटका कारण यो आर्थिक वर्षमा करारमा रहेका कर्मचारीको नवीकरण नगर्ने बताएपनि विभिन्न आयोजनाहरुको काम अधुरो रहनेभएपछि त्यस्ता करारका कर्मचारीको समयअवधि थप गर्ने निर्णय गरेको हो । त्यस्तै अहिलेको लकडाउनलाई अझै खुकुलो बनाइने भएको छ । यथास्थितिको लकडाउन साउन ७ गते सकिँदैछ । त्यसपछिको चरणमा लकडाउनलाई अझै खुकुलो बनाइने भएको बताइएको छ । साउन ८ देखि सिनेमा घर, लामो दुरीका सवारीसाधन, कलेज, विद्यालय लगायत सीमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा थप सहजता मिलाइने भएको छ । शैक्षिक संस्था बन्द नै हुने भएपनि विद्यालयहरुले अब ८ गतेदेखि विद्यार्थी भर्ना भने लिन पाउने छन् । भर्ना लिए पनि शैक्षिक संस्था भने बन्द नै रहने छन् । सामुदायिक स्कुलका शिक्षकहरुलाई साउन ८ देखि १५ गतेसम्म विद्यालयमा पुग्नु भनिएको छ । साथै क्वारेन्टिन स्थल बनाएका विद्यालयहरुमा निर्मलीकरण गर्ने लगायतका विषयमा पनि निर्णय भएको बताइएको छ ।
लकडाउनलाई थप खुकुलाे बनाउने सरकारकाे निर्णय
काठमाडाैं । सरकारले अहिलेको लकडाउनलाई अझै खुकुलो बनाउने निर्णय गरेकाे छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकले साे निर्णय गरेकाे हाे । यथास्थितिको लकडाउन साउन ७ गते सकिँदैछ । त्यसपछिको चरणमा लकडाउनलाई अझै खुकुलो बनाइने भएको बताइएको छ । बैठकले साउन ८ देखि सिनेमा घर, लामो दुरीका सवारीसाधन, कलेज, विद्यालय लगायत सीमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा थप सहजता मिलाइने भएको छ ।
अब सरकारले करारका कर्मचारीको सम्झौता नवीकरण गर्ने
काठमाडाैं । सरकारले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका करारका कर्मचारीको काम गर्ने अवधि नवीकरण गर्ने निर्णय गरेको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका विभिन्न आयोजनाहरुमा काम गर्दै आएका र म्याद सकिएका कर्मचारीको म्याद थप गर्ने निर्णय भएको बताइएकाे छ । सरकारले यसअघि कोरोना संकटका कारण यो आर्थिक वर्षमा करारमा रहेका कर्मचारीको नवीकरण नगर्ने बताएपनि विभिन्न आयोजनाहरुको काम अधुरो रहनेभएपछि त्यस्ता करारका कर्मचारीको समयअवधि थप गर्ने निर्णय गरेको हो । अहिले करारका कर्मचारीकाे समयावधि नवीकरण नहुँदा उनीहरुले समस्या भएकाे गुनासाे गर्दै आएका छन् ।
भदौ १ गतेदेखि हवाई उडान खोल्ने सरकारको निर्णय
काठमाडौं । सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने बताइएकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस भन्दा अगाडि साउन २१ गतेदेखि आन्तरिक र भदाै १ गतेदेखि बाह्य हवाई सेवा सञ्चालन गर्न सिफारिस गरेकाे थियाे । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयमा आन्तरिक र बाह्य दुवै उडान उडान बन्द गरिएको थियो।
सरकार र यातायात व्यवसायीबीच सहमति, अब ८ गतेदेखि गाडी चल्ने
काठमाडाैं । सरकार र यातायात व्वसायीबीच सवारी साधन चलाउने बारे कुरा मिलेकाे छ । आज यातायत व्वस्था विभागमा भएकाे छलफलले निश्कर्ष पाएकाे हाे । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीच भएको वार्ता सहमतिमा भएकाे बताइएकाे छ । अब आगामी बिहीबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने बताइएकाे छ । उनीहरुले विभिन्न मागहरु राख्दै ती मागहरु सम्बाेधन गर्ने समझदारीमा सहमति भएकाे बुझिएकाे छ । यातायात मजदुरहरुको कोरोना बीमा गर्ने र त्यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने तथा ५० प्रतिशत व्यवसायीले ब्यहोर्नेगरी विभागले सहजीकरण गर्ने सहमति भएको छ। व्यवसायीहरुले याे मुख्य माग रहेकाे थियाे । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सराेज सिटाैलाले सवारी साधन चलाउने सम्बन्धि समझदारी भएकाे बताएका छन् । उनले बीमा लगायत अन्य मागमा विभागले सम्वोधन गर्न सहजीकरण गर्ने भएपछि यातायात व्यवसायी गाडी चलाउन सहमत भएकाे बताएका हुन् । यस्ता छन् छलफलका निश्कर्ष: १. यातायात श्रमिकहरूकाे समुह काेराेना बिमाकाे प्रिमियम सरकार र यातायात व्यवसायीले आधा आधा तिरिदिने । २. यातायात श्रमिक काेराेनाका कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपुर्तिका लागि सरकारकाे तर्फबाट काेष स्थापना गर्न विभागले सम्बन्धीत मन्त्रालयमा शिफारिस गर्ने । ३. यातायात श्रमिकहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू (मास्क, स्यानिटाईजर, पन्जा, पिपिई) सम्बन्धीत व्यवसायीले उपलब्ध गराउने । ४. लामाे, छाेटाे र मध्यम दुरीका सबै सवारी साधनहरू सञ्चालन गर्न विभाग मार्फत सम्बन्धीत मन्त्रालयमा शिफारिस गर्ने ।
ग्लोबल आइएमई बैंकले ८.९९ प्रतिशतमै दिने भयो एसएमई लोन, कति दिनमा पाइन्छ ?
काठमाडौं । ग्लोबल आइएमई बैंकले ८.९९ प्रतिशत व्याजदरमा साना तथा मझौला व्यवसायी कर्जा(एसएमई लोन) उपलब्ध गराउने भएको छ । बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै उक्त सुविधा ल्याएको हो । बैंकले कोभिड-१९ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ छोटो अवधिमै कर्जा प्रवाह गर्न लागेको हो । कर्जा लिन चाहनेले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकले नेपालभरी फैलिएका ग्लोबल आइएमई बैंकका सबै शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन् । यस सेवा अन्तर्गत आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्य लिएका व्यवसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा १५ लाख रुपैयाँदेखि देखि १ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।